सपना आरामदायी थियटर
११ वैशाख २०७२
•
२२ मिनेट पाठ
सपना आरामदायी थियटर
अमेरिका, लस एन्जलस पुगेपछि हलिउड फिल्मको लत लाग्यो उनलाई। लस एन्जलस अर्थात हलिउड, जो विश्व फिल्म क्षेत्रको राजधानी जस्तै हो। कलेज पढ्न लस एन्जलस पुगेका गौरभलाई नयाँ र राम्रा फिल्म आउँदा नछुटाउने भए।त्यही बेला उनको 'सब कन्सस'मा बसेको थियो होला सायद, एक दिन 'विश्व स्तरीय फिल्म थिएटर' बनाउँछु भन्ने।

आज त्यो पूरा भएको छ। सुन्धारा सिटिसी मलको आठौं तलामा बसेर गौरभ गोयलले आफ्नो 'ड्रिम प्रोजेक्ट' सुनाए। झन्डै दुई वर्षको अथक मेहनतपछि एक वर्षअघि सिटिसी मलमा 'फिल्म थिएटर' सञ्चालनमा ल्याए। जहाँ दुई अडिटोरियम सिने डाइन र सिने थिएटर छन्। साथमा दुई अडिटोरियमका छुट्टाछुट्टै लबी।

हामी सिने डाइनको लबीमा छौं। यहाँको लाइटिङ, कुल वातावरणले आनन्द दिन्छ। लबीको एक छेउमा कफी पिउँदै गौरभले आफ्नो फिल्म थिएटरलाई विश्वस्तरको भनेर दाबी गरे।

'तपाईंको दाबी कसरी पुष्टि हुन्छ?' हामीले प्रश्न गर्यौं ।

'तपाईंलाई यो सबै घुमाएरै भन्छु,' २८ वर्षे उत्साही युवा बिजनेस म्यानले भने, 'मैले त्यत्तिकै भनेको छैन। एक अमेरिकी म्यागेजिनले समेत विश्वको उत्कृष्ट क्वालिटी भएको थिएटरमध्येको एक भनेर लेख्यो। हामीले विश्वस्तरकै अनुभूति दिइरहेका छौं। जुन काठमाडौंका कुनै पनि हलमा छैन।'

ठिकै छ, यो अनुभव घुमेरै लिउँला। त्योभन्दा अघि 'सिने डाइन'को आइडिया कसरी आयो? हामीले अलिकति उनको ब्याकग्राउन्ड खोज्यौं, किनकि उनी अमेरिका, बेलायत पढेर नेपाल फर्केका थिए र लगानी गरेका थिए १८ करोड।

...

लाजिम्पाटस्थित केन्द्रीय विद्यालय पढ्दा खेलकुदमा विशेष रुचि थियो उनलाई। अग्ला कदका गौरभलाई बास्केट बल र क्रिकेट मन पर्थ्यो। साथीहरूसँग कहिले बास्केट बल खेल्थे त कहिले क्रिकेट बलसँग भिड्थे। सन् १९९० अन्त्यतिरको बेला। काठमाडौ अहिलेभन्दा अलि सफा थियो, ट्राफिक जाम हँुदैनथ्यो। सुन्दर काठमाडौंले 'रिल्याक्स' दिन्थ्यो।

बालुवाटारदेखि लाजिम्पाट पुग्दा ठूला बिल्डिङ खासै देखिँदैनथे। ठूलो बिजनेस गर्ने एउटा भाटभटेनी थियो। अरु बिजनेस कम्प्लेक्स आइसकेका थिएनन्। साइकल कुदाउँदै स्कुल पुग्दा भविष्यमा कम्प्युटर इन्जिनियरिङ पढ्ने उनको धोको थियो।

बाबु विश्वनाथ नेपाल टेलिकममा प्रवन्ध निर्देशक भएर रिटार्यड भए। बाबुको सरकारी जागिर भए पनि पारिवारिक व्यवसाय सिमेन्ट व्यापार थियो। भारतबाट सिमेन्ट ल्याएर नेपालमा बेच्ने। संयुक्त परिवारमा जागिर, व्यापार दुवैले गर्दा गौरवलाई केही चिन्ता भएन।

एसएलसी सकाएपछि उनी अमेरिका पढ्न गए। अमेरिकाको व्यस्त सहर लस एन्जलसमा युनिभर्सिटी अफ सदन क्यालिफोर्नियामा भर्ना भए। १२ कक्षा पूरा गरेपछि कम्प्युटर सफ्टवयर इन्जिनियरिङ पढ्ने रहर पलायो।

सन् २००० तिर पपुलर मिडियाहरूले यो विषयलाई 'बुम' गराइरहेका थिए। 'मलाई यही प्रभाव परेको थियो,' गौरभ भन्छन्, 'म यही लहैलहैमा कम्प्युटर सफ्टवयर इन्जिनियरिङमा भर्ना भएँ।' ६ महिना बित्दानबित्दै उनलाई अनुभव भयो, यो विषय मेरा लागि होइन। उनले जे सोचेका थिए, त्यो भएन। कुन विषय पढ्ने, बाहिरी चर्चाले मात्र हँुदैन। अरुको हेरेर पनि हुने भएन। उनले यो विषय पढ्न सकेनन्।

६ महिनामै अर्को विषय पढ्न सुरु गरे, इकोनोमिक्स र इन्टरनेसनल रिलेसन। जुन उनको मनैभित्रको चाह थियो। ४० हजार विद्यार्थी भएको उक्त विशाल विश्वविद्यालयमा चार वर्षको ब्याचलरले उनको व्यावसायिक क्षमता 'विल्डअप' गरिदियो। थ्योरी त केही सेसनमै सकिन्थ्यो तर त्यसभन्दा ज्यादा विभिन्न प्रोजेक्टमा काम गर्ने अनुभव कलेजबाटै मिल्यो। 'ब्याचलर गर्दा थ्योरीभन्दा धेरै प्राक्टिकल हुन्थ्यो,' गौरभले भने, 'व्यावसायिक सीपक्षमता, लगानी, प्रतिफलको जोडघटाउन मेरो मनमा यसरी बस्यो, कुशल व्यवसायी भइन्छ भन्ने विश्वास बढ्यो।'

चार वर्षको ब्याचलरपछि उनले कानुन पढ्ने विचार गरे। सोही कलेजमै भर्ना पनि पाएका थिए। त्यही बेला उनले नयाँ अवसर पाए। बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्समा मास्टरमा विभिन्न अफर थियो। उनलाई यो अफर अझ राम्रो लाग्यो। एप्लाई गरेको, बोलाइहाल्यो। उनी अमेरिकाबाट लन्डन पुगे।

लन्डनको एकवर्षे अध्ययनले 'प्योर प्रोफेसनल' बनाएको उनी सुनाउँछन्। 'एक वर्षमा यति धेरै अनुभव गर्न पाइयो,' गौरभ भन्छन्, 'मास्टरमा पढाइभन्दा अनुभव र काम धेरै थियो अर्थात हरेक थ्योरी प्राक्टिकल गरेर देखाउनुपर्ने।' उनीसँग ४० जना सहपाठी थिए। साथीहरूको समूह बनाएर विभिन्न प्रोजेक्ट गर्नुपर्थ्यो। कलेजले इन्टर्नसिप गर्ने विभिन्न अप्सन दिन्थ्यो। गौरभको समूहले बिएमडब्लु कारको मार्केटिङ गर्ने अप्सन छाने। जहाँ विश्वप्रसिद्ध प्राफेसनल टिमसँग मार्केटिङको अनुभव लिन पाए।

बिएमडब्लुको नर्थ अमेरिकाको मार्केटिङ कसरी गर्ने? उनीहरूको प्राक्टिकल प्रोजेक्ट यही थियो।

बिएमडब्लुको मेन अफिस जर्मनीको म्युनिक थियो। धेरैचोटि जर्मनी पुगेर यससम्बन्धी काम गरे। त्यो बेला एम फाइभ भन्ने नयाँ कार पनि आएको थियो। नर्थ अमेरिकामा यसको कसरी मार्केटिङ गर्ने भन्ने उनको असाइन थियो।

'बिएमडब्लुको मार्केटिङ टिम भनेको संसारकै प्रोफेसनल टिम हो,' उनले अनुभव सुनाए, 'कसरी विज्ञापन गर्ने, कसरी ग्राहकसमक्ष पुग्ने, कुन मार्केटले कस्तो उत्पादन चाहेको छ त्यसको सूक्ष्म अध्ययन हुन्छ।' अमेरिकामा नयाँ कार बजारमा पठाउनुपर्योर भने पहिला रिसर्च फेज हुन्छ, टेस्ट ड्राइभ हुन्छ, ग्राहकले मन पराए कि पराएनन् भनेर! कस्तो प्रतिक्रिया आउँछ, त्यसै अनुसार उत्पादनलाई बजार पठाइन्छ।

सोमबारदेखि बुधबारसम्म कलेज हुन्थ्यो। अन्य दिनमा प्रोजेक्ट गर्नुपर्थ्यो। कलेजको अन्तिम चार महिनामा आधा समय लन्डन र आधा समय जर्मनीमा बिताए उनले। 'मलाई यो प्रोजेक्टमा एक्सपोज गर्ने मौका थियो,' उनले भने।

मास्टर इन फाइनान्स सकियो। अब के गर्ने? उनीसँग तिनटा अप्सन थिए– लन्डमै बस्ने, अमेरिका फर्कने र नेपाल जाने। उनले फेरि एकपल्ट निर्णय गरे, अमेरिका जाने। अमेरिकामा केही अवसर खोज्ने।

उनले आफ्नो पढाइअनुसारको जागिर खोज्न थाले। उनको रोजाइ इन्भेस्टमेन्ट बैंकिङ थियो। धेरै ठाउँ प्रयास गरे। अन्तमा मोरगनस्यान्ली भन्ने इन्भेस्टमेन्ट कम्पनीमा जाने निर्णय गरे। जहाँ उनले 'फाइनान्सियल एडभाइजर'का रुपमा काम गर्नुपर्थ्यो। फाइनान्सियल एड्भाइजरको काम लगानीकर्तालाई कहाँ, कति लगानी गर्ने, 'फाइनान्सियल पोर्टफोलियो' बनाइदिने हो। 'म अफिसको सबैभन्दा कान्छो थिएँ,' उनले भने, 'मेरा लागि यो धेरै च्यालेन्जिङ काम थियो।' उनले अमेरिकी बिजनेसबारे धेरै अनुभव लिने मौका पाए।

उनको मनमा पहिलादेखि एउटा कुरा बसिरहेको थियो। 'आफ्नै क्रियसनमा नयाँ काम आफैं गर्नुपर्छ,' मनमा आइरहने यो कुरा बिस्तारै बढ्दै गयो। जागिरमा उनको मन जान छाड्यो। १८ महिना पुग्दा उनले त्यो जागिर पनि छाडे।

अमेरिकामै उनले बिजनेस गर्ने प्रयास पनि गरे तर त्यो त्यति राम्रो हुन सकेन। सफ्टवयर डेभलप गरे। अनलाइन सपिङ पनि गरे। तर उनले प्रतिस्पर्धा गर्न सकेनन्। त्यहाँ यति ठुल्ठूला अनलाइन सपिङ बिजनेस थिए कि प्रतिस्पर्धा गर्नै गाह्रो। उनी टिक्नै सकेनन्।

नेपालमा भर्खर अनलाईन सपिङ सुरु भएको छ। भारतमा पाँचसात वर्ष पहिला सुरु भएको अनलाइन सपिङ अमेरिकामा त २०–२५ वर्ष पहिले नै ठूलो बिजनेसका रूपमा स्थापित थियो। अनलाइन सपिङ भनेको विश्वास चाहिन्छ। कस्टमरले विश्वासिलो बिजनेस कम्पनी पनि हेर्छ। पहिलादेखि विश्वचर्चित अनलाइन सपिङ कम्पनी भएको ठाउँमा सानोतिनोलाई टिक्न गाह्रो हुन्छ। एमाजन, इबे, ओभर स्टक, फ्िलपकार्टले बजार कब्जा गरिरहेका थिए।

गौरभले परिवारसँग सल्लाह गरे। उनका दाजु पनि अमेरिकामै डाक्टर थिए। सबैसँगको सल्लाह अनुसार उनले निर्णय गरे, नेपाल फर्कने र केही बिजनेस गर्ने।

दाइ उतै बसे, भाइ नेपाल फर्के।

२०११ डिसेम्बरमा नेपाल फर्कंदा के गर्ने निर्णय गर्न सकेका थिएनन्। मात्र उनको मनमा थियो, नयाँ बिजनेस गर्ने। जुन पहिलादेखि चलेभन्दा पनि आफंैले क्रियसन गरेको हुनुपर्छ। 'मैले जे गरे पनि म आफंै सुरु गर्छु, नयाँ गर्छु जुन मैले नै जन्माउन सकूँ,' उनको अठोट थियो।

नेपालमा के 'पोटेन्सियल' छ भनेर उनले अध्ययन गर्न थाले। नयाँ कलेज खोल्न सकिन्छ कि बैंक खोल्न सकिन्छ? नौलो किसिमको रेस्टुरेन्ट गर्न सकिन्छ कि परिवारले गर्दै आएको व्यापारलाई नयाँ रुप दिन सकिन्छ? उनले अप्सनहरू हेर्दै गए तर हात हाल्न भने सकिरहेका थिएनन्।

जुनै बिजनेस गरे पनि पहिला आफ्नो अफिस त चाहियो। अफिसका लागि खाली ठाउँ खोज्दै जाँदा सुन्धाराको सिटिसी मलमा पुगे। जहाँ सातांै र आठौं तला पूरै खाली थिए। खुला, ठूला स्पेस भएको उक्त ठाउँ उनलाई मन पर्यो ।

सहरको बीच भाग। यति ठूलो कम्प्लेक्समा सबैभन्दा राम्रो र नयाँ बिजनेस के हुन सक्छ? उनलाई झट्ट क्लिक भइहाल्यो, विश्वस्तरको मुभी थियटर चलाउन सकिन्छ यहाँ। उनले लस एन्जलस सम्झे। हलिउडले लस एन्जलसलाई विश्वचर्चित बनाएको छ। राम्राराम्रा फिल्म थिएटर छन्।

हामीले त्यो अनुभव नेपालीलाई पनि दिन सकिन्छ। उनलाई विश्वास भयो, यही क्षेत्रमा केही गर्न सकिन्छ।

मुभी थिएटर त बनाउने तर अहिले चलिरहेका थिएटर जस्तै बनाउनु थिएन उनलाई। 'मैले बनाएको मुभी थियटर नेपालमा भइरहेका भन्दा भिन्नै, नयाँ स्वाद दिने खालको हुनुपर्छ,' उनले सोचेका थिए, 'विश्वस्तरको अनुभव नेपालमै दिन सकियोस्, युनिक होस् र मुभी हेर्दाको अनुभव स्मरणीय होस्।'

'अहिले घरमै बसेर पनि राम्रो प्रविधिमा फिल्म हेर्न सकिन्छ। मुभी थियटरमा किन आउने?' उनले यो प्रश्नको सरल जवाफ दिने हिसाबले मुभी थिएटर बनाउने निर्णय गरे।

उनी लस एन्जलस पुगेपछि हलिउड फिल्मको प्रभाव परेको थियो। विश्व फिल्म क्षेत्रको राजधानी जस्तै थियो। नयाँ र राम्रा फिल्म आउँदा उनी छुटाउँदैनथे। त्यही बेला मनको सब कन्ससमा सधंै रहिरह्यो सायद— एक दिन एक विश्वस्तरको फिल्म हल बनाउँछु जहाँ दर्शकले अद्भुत अनुभूति पाऊन्। 'यही सब कन्ससले काम गरेको हुनुपर्छ,' उनले भने, 'यसैकारण यो बिजनेसमा हात हालेको।'

उनी थिएटर अनुभवलाई अतुलनीय बनाउनतिर लागे। फिल्म त एउटै हो जहाँ हेरे पनि त्यही फिल्म हेर्ने हो तर फिल्म हेर्दाको अनुभव महŒवपूर्ण हो। तीनचार घन्टा फिल्म हेर्दा केही फरक होस्। भीडभाड, धक्काधक्की, कष्टपूर्वक फिल्म हेर्नु फुर्सदमा रमाइलोभन्दा बढी तनाव हुन्छ। त्यसैले फिल्म हेर्दाको अनुभव यस्तो छ जसले नौलो, सुखी अनुभव दिओस्। 'आफ्नो दैनिकीभन्दा फरक अनुभव होस् भनेर यो प्रोजेक्ट सुरु गरें,' गौरभले भने।

१८ महिना लगाएर उनले दुई फिल्म हल र दुई लबी बनाए। २०१४ अप्रिल अन्ततिर यो सुरु भयो।

'के फरक छ तपाईंको फिल्म हलमा?' प्रश्न सुनेपछि उनले सिने डे क्याफेको लबीवरिपरि हेरे। अनि भने, 'यहीँ देख्न सक्नुहुन्छ। यस्तो सुविधा कतै देख्नुभएको छ?'

'यहाँ दुई अडिटोरियम छन्– सिने डाइन र सिने थिएटर।' उनका अनुसार यी थियटर 'प्योर लक्जरी भर्सन'मा छन्। यहाँ एक पटक फिल्म हेर्नु भनेको पछिसम्मका लागि अनुभव सँगालिराख्नु हो।

३६ इन्चका फराक सिट। सिटलाई बेडमा कन्भर्ट गर्न सकिन्छ। सिटमा पाँचछ वटा सेन्सर बटन छन्। जसले फिल्म हेर्दा नयाँ अनुभूति दिन्छ। फिल्म हेर्दै गर्दा सिटले आफैं ब्याक मसाज गरिदिन्छ।

सिटमा रहेको कप होल्डरले तातोचिसो बनाइदिन्छ। सिटमा रहेको कलर बटन थिचेपछि कप होल्डरमा राखेको कोक चिसो भइरहन्छ। सिटमै खानाको मेनु आइपुग्छ। वेटर ट्याब्लेट बोकेर सिटसिटमा आइपुग्छन्। ट्याब्लेटमा आफूलाई चाहिएको अर्डर सर्च गर्न सकिन्छ। त्यही ट्याब्लेटबाट अर्डर किचनमा पुग्छ। आफ्नो अर्डर र सिट नम्बर दिए पुग्छ। गएर भनिरहनु पर्दैन। केही समयमै सिटमा खानकी आइपुग्छ। रेस्टुरेन्टका हरेक आइटम मेनुमा राखिएको छ। सिटमै मजाले बसेर खाने सक्ने स्पेस छ।

फिल्म हेर्दा सबैभन्दा महŒवपूर्ण कुरा 'वाचिङ एक्सपेरियन्स' हो। गौरभ दाबी गर्छन्, 'वाचिङ एक्सपेरियन्स' संसारकै उत्कृष्टमध्ये पर्छ। मेरो फिल्म थियटरमा वर्ल्ड क्लास सिस्टम छ।' उनका अनुहार अमेरिकन एक म्यागजिनले विश्वका टप टेन थियटरमा यसलाई राखेको छ।

आफूले प्रयोग गरेकोे प्रोजेक्टर र साउन्ड सिस्टम संसारकै उत्कृष्ट रहेको उनले बताए। उनले 'फोर के' टेक्नोलोलोजीको प्रोजेक्टर प्रयोग गरेका छन्। यो नेपालमा अरु कसैसँग नभएको उनी बताउँछन्। यसको अनुभव अरु प्रोजेक्टरको भन्दा धेरै स्तरीय छ। विश्वका उत्कृष्ट फिल्म थियटरले समेत यही प्रोजेक्टर प्रयोग गरेको उनको भनाइ छ।

उनले मायरको साउन्ड सिस्टम प्रयोग गरेका छन्। मायर भनेको प्रोफेसनल साउन्डका लागि विश्वप्रख्यात अमेरिकी कम्पनी हो। यस कम्पनी विश्वप्रसिद्ध कार्यक्रम जस्तो ओलम्पिक, मेटालिका, मोडोर्ना जस्ता चर्चित कार्यक्रममा प्रयोग गरिन्छ। साउन्ड सिस्टम इन्सटल गर्दा कुनै कसर नरहोस् भनेर अमेरिकाबाटै प्राविधिक मगाए। उनीरूले नै साउन्ड सिस्टम फिट गरिदिए।

सामान्य साउन्ड सिस्टममा साउन्ड रेकर्ड जसरी गरेको हुन्छ, त्यो बराबर आउटपुट आउन सक्दैन। साउन्ड लिकेज हुने, साउन्डमा डिस्टर्ब हुने समस्या हुन्छ। यो साउन्ड सिस्टमले भने हरेक कम्पोज गरेको साउन्डलाई लेबलअनुसार आउटपुट दिन सक्ने उनले बताए। जसरी रेकर्ड गरिएको हुन्छ, त्यसरी नै यसले साउन फ्याँक्छ। 'वि क्यान फिल द भाइब्रेसन,' उनले भने।

सिने डाइनको क्यापासिटी ६० छ। डिमान्ड बड्दो छ। यसले गर्दा छिट्टै दस सिट थप्दैछन् उनले। अर्कोमा ६९ सिट छन्, ४० सोफासहितको। दुवै अडिटोरियमका लबी छन्। जसले विशेष अनुभूति दिन्छन्। ५६ जनाले रोजगार पाइरहेका छन्।

हामी सिने डाइनको लबीमा छौं। मोडर्न लाइट चेन्चिङ सिस्टम छ। 'यहाँ डाउन लुक डिम गरेर खेल्न खोजेका छौं,' उनले भने, 'उता पनि लाइट बढी खेलिएको छ।' यहाँ हरेक दिन नयाँनयाँ सदस्य थपिइरहेका छन्। उनका अनुसार एक दिन ६० जना नयाँ मेम्बर थपिन्छन्। सेवासुविधा अनुसार टिकट मूल्य पनि उपयुक्त रहेको उनको दाबी छ। 'जतिले यहाँ फिल्म हेर्छन्, सबै खुसी छन्,' उनले भने, 'तपाईंले पनि एकचोटि अनुभव लिनुस्, यो पछिसम्मलाई मेमोरेबल हुनेछ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस