देश जोड्ने मुंग्रेबाज
११ वैशाख २०७२
•
३९ मिनेट पाठ
देश जोड्ने मुंग्रेबाज
चैत २८, २०७१।
उदाउँदो घाम पनि आज उनलाई कस्तो–कस्तो लागिरहेछ। उराठ–उराठ... पीडादायी। उनी कीर्तिपुर मैदानमा छन्। एक्लो होइन, उनका लागि दसौं हजार उपस्थित छन् मैदान परिसरमा। तैपनि उनलाई आज मैदान मैदानजस्तो लागिरहेको छैन, आत्मीयता हराउँदै गएको बिरानो मुलुकझैं अनुभव भइरहेछ त्यो कर्मभूमि।




किनकि, उनी आज डेढ दशक लामो आफ्नो करिअरबाट त्यही मैदानमा बिदा हुँदैछन्। दसौं हजार प्रशंसकलाई बिदाइका हात हल्लाउनुअघिको टीठलाग्दो समय कसलाई पो नरमाइलो नलाग्ला र!

विनोद दास। नेपाली क्रिकेट जीवनका धरोहर। बारा, कलैयाको एउटा सामान्य मध्यमवर्गीय परिवारमा जन्मेका उनले क्रिकेट जीवन सुरु गर्दा राष्ट्रिय खेलाडी बन्ने सोचेका पनि थिएनन्। कप्तानी त धेरै टाढाको सपना। अझ डेढ दशकभन्दा लामो समय नेपाली क्रिकेटको पर्याय बनेर बिदाइ हुँदाको क्षण देशको खेलकुद इतिहासकै भव्य बन्ने कल्पना कसरी गर्न सक्थे र उनी?

उनले सोचेभन्दा भव्य माहोल र भावुकताबीच उनको बिदाइ हुँदै थियो कीर्तिपुर मैदानमा।

घरेलु खेलको दौरान विपक्षी खेलाडीको बाउन्सर लागेर मृत्युवरण गरेका अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्युजको स्मृतिमा कीर्तिपुरमा 'सम्मान क्रिकेट' आयोजना गरिएको थियो। अस्ट्रेलियालीमूलका चार क्रिकेटर र बाँकी नेपाली खेलाडीलाई दुई समूहमा विभाजन गरेर ६३ ओभरको खेल गराइएको थियो त्यस दिन।

करिब चार महिनाअघि ६३ रन बनाएर खेलिरहेका बेला बलले टाउकामा लागेर कोमा अवस्थामा अस्पताल पुर्या इएका ह्युज त्यसपछि कहिल्यै फर्किएनन्। विश्व क्रिकेटलाई स्तब्ध पार्दै उनले मृत्युवरण गरे। त्यसैकारण ह्युजको 'अविजीत ६३' सम्झँदै ३१.३ ओभरका दुई इनिङ गरी ६३ ओभरको खेल खेलाइएको थियो कीर्तिपुर मैदानमा।

पछिल्ला केही वर्षयता चोटसँग संघर्ष गरिरहेका विनोद क्रिकेटबाट बिदा लिने योजनामा थिए। त्यसैले उनले नेपाल क्रिकेट संघ (क्यान) सँग सल्लाहमा त्यही खेललाई आफ्नो अन्तिम खेल बनाउने निर्णय लिएका थिए। क्यानले दुई टोलीमध्ये एउटाको नेतृत्व जिम्मेवारी विनोदलाई नै सुम्पियो।

कीर्तिपुर मैदान उनका लागि नौलो थिएन। राष्ट्रिय र अन्तर्राष्ट्रिय सयौं खेल उनले त्यही मैदानमा खेलेका थिए। राम्रो प्रदर्शन हुँदाको खुसीसँगै असफल हुँदाको पीडा त्यही मैदानमा प्रशंसकबीच साटेका थिए विनोदले। कप्तानका रुपमा पनि उनले धेरै खेलमा देश तथा आफ्नो क्षेत्र वीरगन्जलाई नेतृत्व दिइसकेका थिए। राम्रो गर्दा ताली र नराम्रो गर्दा गाली उनका लागि सामान्य प्रतिक्रिया बनिसकेको थियो।

सफलता–असफलता, ताली–गाली त 'पार्ट अफ गेम' न हुन्, उनको पूरा जीवन जो खेलमा समर्पित थियो। तर चैत २८ को दिन निकै फरक अनुभूत हुँदै थियो उनलाई। 'पार्ट अफ गेम' भन्दा विशेष। विनोद र आम नेपाली क्रिकेट समर्थकका लागि पनि। नेपाली क्रिकेटकै लागि। र सिंगो नेपाली खेलकुदका लागि पनि।

रातो टोलीको कप्तानी ह्युजको टोली अस्ट्रेलियाको न्यु साउथवेल्सका कप्तान रायन कार्टसले गरेका थिए। टसका लागि पिचमा पुग्दा विनोदको बेचैनी छताछुल्ल भयो। 'यो मेरो अन्तिम खेल हुन सक्छ। कीर्तिपुरसँगको यति लामो प्रेममा आज विछोड हुँदैछ। दर्शकका अघि क्रिकेटरका रुपमा म मैदान उत्रने यो अन्तिम अवसर हो,' अचानक मनमा आएका विचारले विनोदलाई सम्हालिन हम्मेहम्मे परिररहेको थियो।

धेरैबेर पिचतिर घोसेमुन्टो लगाएर टोलाइरहे उनी।

विनोदलाई बिदा गर्न उपस्थित दसौं हजार दर्शक यो अनौठो भंगिमा राम्ररी नियालिरहेका थिए। दुःख र निराशाको मात्र खबर सुन्नु/भोग्नुपर्ने नियति लिएका नेपालीलाई लगातार खुसी मात्र दिने क्रिकेट टोलीका नेता बिदा हुन लाग्दाको क्षण समर्थकका लागि पनि कम्ती भावुक थिएन।

आखिर खेलकुद भावनासँग जोडिएकै हुँदोरहेछ। त्यसैले होला, एउटा हत्केलामा अटाउने बल र सानो काठको मुंग्रोले पूरै देशलाई जोड्न सकेको! विभिन्न जात, भाषा, धर्म, क्षेत्र, पेसा, व्यवसाय, वाद र विचारमा विभाजित ३ करोडलाई जोड्ने माध्यम बनेको! विनोदसँगको विछोडमा दर्शक यस्तै अनुभव सँगाल्दै थिए।

देश द्वन्द्वको चपेटामा रहेर दिनहुँ हत्या, भिडन्तजस्ता त्रासदीपूर्ण घटनाले आक्रान्त भइरहँदा पनि विनोदले उमेर समूह वा राष्ट्रिय टोलीको खेलाडी र कप्तानका रुपमा नेपालीमाझ दुर्लभ खुसी सञ्चार गराए। उनी खेलाडीका रुपमा उत्कर्षमा रहँदा देश द्वन्द्वको चपेटामा थियो। जसले मदन र मुन्नीदेवीका छोरालाई नेपालको छोरा बनाएको थियो। त्यसैले पनि समर्थकको सम्बन्ध उनीसँग थप भावुक बनेको थियो। खेल हेर्न पुगेका दर्शकका अनुहार मलिन थिए। त्यो भावुकताको कारक ह्युजको विस्मयी सम्झना मात्र थिएन, नेपाली क्रिकेटका निर्विवाद हस्ती विनोदलाई त्यसपछि फेरि खेलाडीका रुपमा देख्न नपाइने सत्यले दर्शकलाई खिचिरहेको थियो।

इमानदार, मिहिनेती र प्रतिबद्ध व्यक्तिलाई भाग्यले सधैं साथ दिने रहेछ। विनोदलाई पनि त्यस्तै भयो। अन्तिम खेलमा पनि उनले टस जिते। आफू बलिङ अलराउन्डर भएकाले होला, फिल्डिङ रोजे। संयोग! रातो टोलीले पूरा ३१.३ ओभर खेल्दै १ सय ६३ रन बनायो।

तर भावुकताको बाँध त्यतिबेला टुट्यो जब विनोदले इनिङ ब्रेकका लागि मैदान छाड्ने क्रममा दर्शकलाई नमस्कार गर्दै बिदाइका लागि अनुमति मागे। मैदान फन्को मारिरहँदा उनका आँखाबाट निकैबेरदेखि ढिक्का भएर जमिरहेका आँसु बरर्रर झरे, आफ्ना प्रिय क्रिकेटर विछोडको पीडाले भक्कानिँदा उनको सम्मानमा उठेर ताली बजाइरहेका समर्थकले पनि मन थाम्न सकेनन्।

विनोदलाई बिदा गरेर मैदानबाट निस्कँदा हजारौंका रुमाल ओभानो रहेनन्। रंगशालामा आज बिल्कुल नयाँ दर्शक पनि थिए जो विनोदसँगै बिदाइको भक्कानो फुटाइरहेका थिए। पहिलोपटक छोराको खेल हेर्न उनका बुबा। श्रीमती करुणा, पाँचवर्षे छोरी बिदिसा र २० महिनाका छोरा सनी पनि उनको बिदाइमा हात हल्लाइरहेका थिए।

नेपालका लागि मैदान उत्रँदा सधैँ शतप्रतिशत मिहिनेत गर्ने विनोदका लागि अन्तिम खेल अझ महŒवपूर्ण थियो। उनको सम्मानमा आएका दसौं हजार दर्शकको भावनाका लागि पनि उनले राम्रो प्रदर्शन गर्नु थियो। झन्डै दुई वर्षपछि मैदान फर्किएका उनीबाट राम्रो प्रदर्शन सहज भने थिएन। भगवानमा विश्वास गर्ने विनोदले बलिङमा एक विकेट लिए भने ब्याटबाट पनि टिमलाई ४१ रनको महŒवपूर्ण योगदान दिए। उनलाई लाग्यो, 'भगवानले हेर्छन् भन्थे, हो रहेछ। भगवानले बिदाइमा राम्रो सिँढी बनाइदिए।'

आउट भएर पबेलियन फर्किने क्रममा पनि विनोदको बाटो सधैँझैँ सहज भएन। उनी खेलाडीका रुपमा अन्तिमपटक मैदानबाट बाहिरिँदै थिए। फेरि ब्याट बोकेर मैदान नफर्किने निर्णय जो गरिसकेका थिए।

कलैयाबाट आएर कीर्तिपुर क्रिकेटको पिच ढोगेर करिअर सुरु गरेको एउटा 'फुच्चे' लाई डेढ दशकभन्दा लामो समय साथ दिँदै एउटा परिपक्व क्रिकेटरका रुपमा हुर्काएको त्यही मैदानमा धेरैबेर घोप्टिए। बारम्बार मैदान ढोगिरहे। अनि फेरि मदन दासका छोरालाई देशको सपुतका रुपमा स्विकार्दै हरेक आरोह–अवरोहमा साथ दिने दर्शकलाई दसऔंला जोडेर नमन गरिरहे।

भावुक दर्शक फेरि झरीझैं भए। रंगशाला केही घन्टाअघिझैं फेरि भावुक बन्यो। दर्शकका आँखाबाट आँसु होइन, मायाको भेल बहन थाल्यो। सँगै रोयो, उनको परिवार पनि। झर्योभ सन्तुष्टिको आँसु। 'प्रेरणाका मुख्य स्रोत बुबालाई सन्तुष्टिको आँसु दिन सकेँ, मेरो जीवन सफल भयो,' विनोद कृतकृत्य देखिए। 'आमा पनि यहाँ हुनुभएको कति खुसी हुनुहुन्थ्यो!' कलैयामै रहेकी आमा मुन्नीदेवीलाई सम्भि्कए।

नेपाली क्रिकेटका पहिलो सुपरस्टार विनोदको करिअरमा कोही 'गडफादर' थिएनन्। यिनै दर्शक र केही खेलपत्रकारबाहेक। त्यसैले दर्शकबाट व्यक्त भावनाले विनोदको बिदाइ कठिन बनाउँदै थियो।

'यिनै दर्शकको मायाले मेरो क्रिकेट करिअर यति लामो समय टिक्यो। मलाई पूरा करिअरमा साथ दिने यिनै दर्शक हुन् जसको ताली र गालीले मलाई सधैँ ऊर्जा दियो,' विनोद दर्शकको मायाले भावक बने।

उनका बुबा कलैयामा एउटा सामान्य रेस्टुरेन्ट चलाउँछन्। 'समर्थकबाट पाएको यो मायाको ऋण म जीवनभर तिर्न सक्दिनँ,' धेरै–धेरै धन्यवाद भन्दै दर्शकलाई हात जोडिरहँदा विनोदलाई लागिरहेको थियो, 'मेरा गडफादरलाई जति नमस्कार गरे पनि कम हुन्छ।'

करिअर उत्कर्षमा रहँदा आज उनलाई बाल्यकालदेखिका स्मरण झल्झली ताजा भएर आइरहेका थिए। कीर्तिपुर मैदानमा दसौं हजार दर्शकले उठेर ताली बजाउँदै आफूलाई सम्मान गरेको क्षण पितालाई प्रत्यक्ष देखाउन पाउनु, पितालाई आफ्नो बाबु भएकोमा गौरवबोध गराउन पाउनु विनोदका लागि धेरै अर्थ राख्ने पक्ष थियो।

खेलपछिको प्रिजेन्टेसनमा सगरमाथा शिखरमा पुर्या उन ल्याइएको ह्युजको ब्याटसँगै उभिएका थिए विनोद। ह्युजको ब्याट देख्दा उनलाई आफू ८ वर्षको हुँदा पाएको पहिलो ब्याटको सम्झना आयो।

'माता–पिताले भारत बाबाधामको तीर्थयात्राबाट फर्किँदा २०४८ सालतिर प्लास्टिकको सानो ब्याट ल्याइदिनुभएको थियो। मेरो जीवनको पहिलो ब्याट त्यही थियो। दाइसँग त्यही ब्याटले खेल्थेँ।'

स्कुलमा सिनियर दाइहरु विशाल र गोपाल अग्रवालको ब्याट देखेर उनले क्रिकेटसँग पहिलो साक्षात्कार गरेका थिए। पहिलो गेम उनीहरुसँगै खेलेका थिए उनले।

'उहाँहरु ब्याट लिएरै स्कुल आउनुहुन्थ्यो, ब्रेकटाइममा खेल्न। एकदिन टिम नपुग्दा मलाई फिल्डिङका लागि बाउन्ड्री छेउमा उभ्याउनुभयो। सायद त्यही मेरो जीवनको पहिलो खेल थियो,' उनी त्यस क्षण कहिल्यै बिर्सन्नन्।

उनी त्यतिबेला जम्मा ६ वर्षको थिए। त्यस दिनदेखि त उनलाई क्रिकेटमा खुबै चाख लाग्न थाल्यो। स्कुलमा कक्षा नहुँदा वा हाफटाइममा उनी क्रिकेटमै रमाउन थाले। 'सुरुसुरुमा फिल्डिङका लागि बस्थेँ, बल समाउँथेँ, फाल्थेँ। ब्याटिङमा पालो आउँदा क्रिजमा उभिन्थेँ,' अहिले पनि ती दिन सम्झन्छन्, 'एकदुई बल पनि फेस गर्थेँ। स्कुलबाट फर्केपछि पनि टोलमा खेल्न जान्थेँ।'

त्यतिबेला कलैयामा क्रिकेटको माहोल नै बेग्लै थियो। कलैया क्रिकेट क्लबले बारा जिल्लाको क्रिकेटलाई चलायमान गराइरहेको थियो। हाइस्कुल (त्रिचन्द्र मावि) मैदान हरेक दिन सेता लुगा लगाएका मानिसले बल र ब्याटको भरमा कब्जा राख्थे। उनीहरुलाई हेर्नेको संख्या पनि ठूलै हुन्थ्यो। 'कलैयामा क्रिकेटको गज्जबको संस्कार थियो। त्यो संस्कारले मलाई पनि आकर्षित गर्योन। मलाई पनि आफ्नै ब्याट हुनुपर्छ भन्ने लाग्यो। त्यसपछि हरेक दिन घरमा बुबा–आमासँग मेरो एकसूत्रीय माग हुन्थ्यो, ब्याट किन्दिनुस्। हैरान भएर उहाँहरुले त्यो ब्याट ल्याइदिनुभएको थियो।'

कुनै बेला त्यो प्लास्टिकको सानो ब्याट उनका लागि अमूल्य थियो, आज फिलिप ह्युजको ब्याट उनका सामु थियो, वर्तमानलाई अविश्वास गर्दै विनोद अतीतमा हराइरहेका थिए।

प्रिजेन्टेसनको औपचारिकताले उनलाई बाल्यकालमा हराइरहन पनि दिँदैनथ्यो। त्यसमाथि मैदानको माहोल, शुभचिन्तक र सहयात्रीसँगका विगत सम्झेर टोलाइरहँदा विनोदलाई झकझक्याइरहन्थे। प्रिजेन्टेसनमा उनले त बोल्नु पनि थियो। के बोले, उनी आफैंलाई पत्तो भएन। बोल्नु के थियो र भावना पोखे। उनीसँग भएको एउटै शब्द 'धन्यवाद' धेरै पटक दोहोर्यारए, दर्शकका लागि, टिम सहयात्रीका लागि, परिवारका लागि, प्रशिक्षकका लागि, क्यानका लागि अनि मिडियाका लागि।

कीर्तिपुरमा दसौं हजार दर्शकसामु उनलाई आफ्ना बुबासँग घुम्न मन लागेको थियो। बिदाइको क्षण बुबालाई थप अनुभूत गराउने मन थियो। भन्न मन लागेको थियो, 'उहाँ नै हो मेरा बुबा जसको प्रेरणाले आज म तपार्इंहरुको प्रिय बनेको छु्।'

तर बुबा मदनले त्यो क्षण विनोदलाई 'फेस' गर्न सकेनन्। 'बुबा मसँग यहाँ भागे पनि सबथोक उहाँले देख्नुभएको छ। मेरा कारण सन्तुष्टिका आँसु बगाउनुभएको छ। घर गएर उहाँले पक्कै आमालाई यो सब बयान गर्नुहुनेछ। अहिले टेलिभिजनमा हेरेर आमा पनि पक्कै रोइरहनुभएको होला। बुबाले सुनाएपछि उहाँ फेरि रुनुहुनेछ र मलाई जन्म दिएकोमा गौरव गर्नुहुनेछ,' उनले मन बुझाए।

कलैया, भरतचोकबाट बरेवा जाने बाटोमा एउटा चलेको रेस्टुरेन्ट थियो, मदन होटल। खाना र खाजा बेच्ने रेस्टुरेन्टजस्तो। बुबाआमाले पढ्न पाएनन्। छोराछोरीलाई बेलैमा सिद्धिविनायक बोर्डिङ स्कुल भर्ना गरिदिए। पढाइमा कुनै कमी गरिएको थिएन। 'म नजानीकनै क्रिकेटको बाटो लिइसकेको थिएँ। स्कुलमा नियमित जाने र कक्षामा बस्नेबाहेक घरमा सकेसम्म छल्थेँ पढ्न,' विनोदले सुनाए। कक्षामा बसेकै भरले जहिल्यै राम्रै नम्बर ल्याउँथे उनी।

स्कुलमा खेल्दाखेल्दै क्रिकेटको लत बसिसकेको थियो। हामीले (दाइ, म र अशोक, गणेश, अरू केही साथी) मिलेर क्रिकेट खेल्नकै लागि भिनेक्स क्रिकेट क्लब बनायौं। साथीहरुले नै स्कुल जाँदा घरबाट दिएको पैसा जोगाएर किट्सहरु किन्यौं। हामी अब व्यक्तिगत रुपमा होइन, संगठित रुपमा क्रिकेट खेल्न थालिसकेका थियौं, भिनेक्स क्रिकेट क्लबमार्फत,' विनोद भन्छन्।

स्कुल र भिनेक्स क्लबबाटै क्रिकेट रहर पूरा गरिसकेका थिए उनले। अब टिभीमा पनि क्रिकेट हेर्न थाले। 'सन् १९९६ को विश्वकपको माहोल थियो। म कपिलदेवलाई फलो गर्थेँ। टिभीबाटै बल कसरी फाल्ने र ब्याट कसरी घुमाउनेजस्ता सिप सिकिरहेका थियौँ। त्यही बेला मैले क्रिकेटकै लागि स्कुल फेरेँ। हाइस्कुलसँगैको बालएकता स्कुल गएँ। क्रिकेट खेल्ने अमित सिंहजस्ता साथीहरु बालएकता गएकाले म पनि उतै लागेको थिएँ,' उनले सुनाए। त्यहीँ उनले सन्जम रेग्मीको साथ पाए। प्रधानाध्यापक भेनु आफैं क्रिकेटमा खुबै चाख राख्ने।

'हामीले आफ्नै क्लब पनि सुरु गरेका थियौं। एकदिन हाई स्कुलमै कलैयाको 'बी' टिमसँग हाम्रो म्याच थियो। राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवाल दाइको पनि दाइ निरञ्जन अग्रवालले त्यो खेल पूरै हेर्नुभएछ। मैले त्यो खेलमा ५ विकेट लिएँ, ५० रन पनि बनाएँ। त्यसपछि निरञ्जन दाइले मलाई कलैयामा आएर खेल्न प्रस्ताव गर्नुभयो। आफैँले पैसा खर्च गरेर खेल्नुभन्दा कलैयाबाट खेले सबै किट्स पनि पाइने र सिक्न पनि पाइने उहाँको सुझाव थियो। तर मलाई सुशील दाइसँग निकै डर लाग्ने। उहाँले गाली गर्नुहुन्छ, पिट्नु पनि हुन्छ भन्ने सुनेको थिएँ,' १२ वर्षे ठिटोमा करिअरले यसरी जम्प हान्दै थियो।

उनी डर हुँदाहुँदै पनि एकपटक हेरौं भनेर गए। सुरुमा त्यहाँ विनोदलाई पुरानो बल दिइयो। दुई/तीन दिन राम्रो फालेपछि मात्र नयाँ। 'कलैयामा दिनको तीन घन्टा नेट सेसन हुन्थ्यो। म सुरुदेखि अन्तिमसम्म बल आफैं फाल्थेँ। सिनियर दाईहरुलाई बलिङ गर्ने मौका मेरा लागि ठूलो थियो,' उनले सुनाए।

तीन/चार महिना कलैया क्रिकेट क्लबबाट खेलेपछि त्यतिबेलाको प्रतिष्ठित सत्यनारायण ट्रफ्री सुरु भयो। उत्साहित हुँदै ड्रेस लगाएर गएँ तर तिमीलाई रातो टोलीमा राखिएको छ, आज खेल छैन भनेपछि निराश भए। भाग्यबस, पहिलो खेलमै उनले सिनियर टिमबाट खेल्ने मौका पाए। 'पहिलो खेल काठमाडौंसँग थियो। प्रफुल्ल दाइ (प्रफुल्ल वैद्य) हरु खेल्नुभएको थियो। मैले तीन विकेट लिएँ, हामीले जित्यौं। अर्को म्याच पनि जित्यौं। सेमिफाइनलमा वीरगन्जसँग तीन विकेट लिएँ, तर हामी हार्यौंा,' उनी त्यतिबेला १३ वर्षका मात्र थिए। तर उनको प्रदर्शनले ठूलो तारिफ पायो।

त्यसयता उनले क्रिकेटमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। लगत्तै यु–१९ को छनोट प्रक्रिया सुरु भयो। जिल्ला स्तरको प्रतियोगितामा सबभन्दा बढी विकेट लिए विनोदले। रन पनि बनाए। क्षेत्रीय टिममा परे। 'राष्ट्रियमा पनि सर्वाधिक विकेट लिने खेलाडी भएँ। त्यसपछि यु–१९ राष्ट्रिय टिममा सजिलैसँग परेँ,' क्रिकेट जीवनका सफलताका सिँढीहरु उनी सम्भि्करहेका थिए, '१९९७ को त्यो टोलीमा पहिलो पटक नै मलाई उपकप्तानको जिम्मा दिइयो। नेपालले यु–१९ मा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको पनि त्यही पहिलो थियो। कप्तान युनिल श्रेष्ठ थियो।'

सन् १९९८ को एसिसी ट्रफीअघि नेपालगन्जमा राष्ट्रिय प्रतियोगिता भयो। उनको टिमले दुई खेल मात्र खेल्न पायो। त्यही बेला राष्ट्रिय टोलीको बन्दप्रशिक्षणमा बोलाइने आस गरेका उनी उमेर नपुगेकाले छानिएनन्। भर्खर १४ वर्षका थिए उनी। लगत्तै सन् १९९९ मा सिंगापुरमा यु–१९ एसिसी ट्रफी भयो। 'छनोट प्रक्रियामा मैले जिल्लादेखि नै खेलेँ। सबै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीका रुपमा फेरि छनोट भएँ। यसपालि टिममा मेरो बढुवा भयो, कप्तानका रुपमा जसले मेरो आत्मविश्वास बढायो,' विनोद त्यतिबेला कम्ती खुसी थिएनन्।

सिंगापुरमा पनि उनले सोचेभन्दा राम्रो प्रदर्शन गरे। 'सेमिफाइनलमा हामी हारको नजिक पुगिसकेका थियौं। अन्तिम विकेटमा जितलाई १२ रन आवश्यक थियो। क्रिजमा आमिरले अर्को इन्डबाट साथ दिइरहेको थियो। मैले आफैं १० रन हानेर टिमलाई जिताएँ। त्यसपछि यो स्तरमा खेल्न सक्छु भन्ने आत्मविश्वास जाग्यो,' विनोदले सुनाए।

सफलताका सिँढी चढिरहेका थिए उनी।

त्यही वर्ष श्रीलंकामा यु–१९ विश्वकप थियो। उनले दक्षिण अफ्रिकासँग ३ तथा इङ्ल्यान्डसँग २ सहित १० विकेट लिए। फर्केलगत्तै भैरहवामा राष्ट्रिय प्रतियोगिता भयो। उनले उत्कृष्ट बलरको पुरस्कार पाए। 'त्यसपछि राष्ट्रिय टिममा मेरो ढोका खुल्यो,' उनले सम्भि्कए, 'सन् २००० मा एसिसी ट्रफीका लागि युएई गएको टोलीमा म पनि थिएँ। राष्ट्रिय टोलीका लागि पहिलो खेल खेल्ने क्रममै मैले युएईसँग दुई विकेट लिएँ। हारिसकेको खेललाई प्रतिस्पर्धात्मक बनाउँदा मेरो प्रदर्शन महŒवपूर्ण थियो। मैले ९ ओभर बलिङ गर्दा ४० रन मात्र दिएको थिएँ। अर्को खेलमा जापानसँग जस्तो लाग्छ, मैले तीन विकेट लिएँ। राष्ट्रिय टिममा पर्नुको औचित्य साबित गर्न सकेँ।'

त्यसपछि नेपालमै एसिसी यु–१९ प्रतियोगिता हुँदै थियो। कप्तानी उनकै हातमा थियो। १९ वर्षमुनिको प्रतियोगितामा उनी अन्तिम वर्ष खेल्दै थिए। त्यो प्रतियोगितामा पनि मैले लाक्पा लामासँगै १० विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी बनेँ। नेपाललाई यु–१९ मा पहिलो उपाधि जितायौं। उपाधिसँगै हामी विश्वकपका लागि पनि छानियौं।' विश्वकप न्युजिल्यान्डमा थियो। न्युजिल्यान्ड गएपछि आफूले बल्ल राम्ररी क्रिकेट बुझेको उनी सुनाउँछन्। पहिलो खेलमै हामीले इङ्ल्यान्डलाई कडा टक्कर दियौं। त्यसपछि लगातार ६ खेल जित्यौं। रनरेटका कारण सुपर ८ मा पुग्न नसके पनि हामी प्लेटको फाइनल पुग्यौं। स्कटल्यान्ड, आयरल्यान्ड र नामिबियाजस्ता टोलीलाई लगातार हराएपछि सेमिफाइनलमा बंगलादेशमाथि पनि विजय हासिल गर्यौंय। फाइनलमा भने जिम्बाब्वेसँग पराजित भयौं,' उनले सम्भि्कए।

२००२ मा नेपालले एसिसी ट्रफी खेल्यो। त्यो प्रतियोगितामा विनोदकै प्रदर्शनले टिमको मुख्य खेलाडी बनायो उनलाई। राष्ट्रिय टिममा उनको ठाउँ ढलान भइसकेको थियो। लगत्तै इमर्जिङ नेसन्स कप भयो जसले उनलाई थप एक सिँढी उठायो। २००४ मा एसिसी ट्रफी खेले। २००५ मा त राष्ट्रिय टिमकै नेतृत्व गर्ने जिम्मेवारी पाए उनले। २००९ सम्म करिअरको उत्कर्षमा रहेका उनी सबै खेलमा नेपाली टिममा शीर्ष तीनभित्र रहे।

सफलताका सिँढी चढिरहेको रोमान्चकारी स्मरण भइरहेका बेला अचानक चोटको सम्झनाले विनोदलाई फेरि भावुक बनायो। तीनदिवसीय र एकदिवसीय नियमित खेलिरहेका थिए। नेपालमा भर्खरै ट्वान्टी–२० स्वरुप पनि स्थापित हुने क्रममा थियो। विनोद सबै स्वरुपमा व्यस्त थिए। तीनदिवसीयमा अर्को इन्डबाट तीव्र गतिका बलरले नियमित विकेट लिन सकिरहेका थिएनन्। त्यसैले उच्च फर्ममा रहेका विनोदले आफैंलाई बढी बोझ दिए। एउटा इन्डबाट लगातार बल फालिरहन्थे। 'मैले १२/१३ खेलमा ६४ विकेट लिँदा दोस्रो स्थानमा हुनेको २२/२४ विकेट मात्र छ। मैले आफूलाई धेरै बोझ दिनुमा अर्को इन्डबाट तीव्र गतिका बलरले विकेट लिन नसक्नु नै थियो। धेरै क्रिकेटले गर्दा मेरो शरीरलाई बढी मार परेको थियो। २००९ को चोट सामान्य थियो। मांसपेशी तन्किएको मात्र हो। लगत्तैको वर्ष म फेरी फर्ममा फर्किइसकेको थिएँ। तर फेरि ह्यामस्ट्रिङको चोट भएकाले नेपालमै भएको एसिसी ट्वान्टी–२० का सबै खेल खेल्न सकिनँ।

चोटले केही समय सताए पनि २०११ मा पुनः पुनरागमन भयो उनको। विश्व क्रिकेट लिग डिभिजन ५ र ४ का सबै खेल खेले उनले र जिताए पनि।

फर्ममा फर्किए पनि उनले ट्वान्टी–२० टिममा स्थान पाउन सकेनन्। २०१२ को युएई टुरको टोलीमा त्यहाँ पुग्नेबित्तिकै उनलाई घुँडाको चोटले फेरि सतायो। पहिलो दिनको अभ्यास सकिएपछि घुँडामा पीडा अनुभव भयो। भोलिपल्ट हिँड्नै सकेनन्। फर्किएपछि पनि सुधार भएन। श्रीमतीलाई समाएर हिँड्नुपर्ने अवस्था आयो। 'श्रीमतीकै स्कुटरमा बसेर अस्पताल जान्थेँ, त्यतिबेला कसैले वास्ता गरेनन्,' उनको मन कुँडियो, 'जीवनमा पहिलोपटक क्रिकेट खेलेकोमा पछुतो लागेको त्यही बेला हो।' एक्सरेको बिल क्रिकेट संघमा बुझउँदासमेत 'कसले भनेर गरिस्' भन्दै पदाधिकारीले घाउमा नुन छरिदिएको उनी कहिल्यै भुल्दैनन्।

उनले आफैं उपचार गराए। आफ्नै प्रयासमा तीन वर्षअघि फेरि पुनरागमन जनाएर विनोदले राष्ट्रिय प्रतियोगिता पनि खेले।

'अन्तिम खेलमा पानी पर्यो । चिप्लिएर लड्दा फेरि ह्यामस्ट्रिङको चोट लाग्यो,' उनमा फेरि पीडा बल्भि्कयो। १७ वर्ष नेपाली क्रिकेटको शीर्ष स्तरमा खेलिसकेका उनलाई राष्ट्रिय टोलीमा आउन सन् १९९७ मा झैं जिल्लादेखि नै सबै छनोट प्रतियोगिता खेल्न भनियो। यत्रो वर्षको मिहिनेत खेर गएझैं लाग्यो उनलाई। त्यही बेला उनले बिस्तारै खेलाडीका रुपमा बिदा लिनेबारे सोच्न थालेका थिए। घाइते भएर घरमा थन्किँदा कसैले वास्ता गरेनन्। त्यतिबेला भने उनलाई पढाइ छाडेकामा पछुतो भयो।

'सन् २००४ मै एसिसीको लेभल वान कोचिङ कोर्स गरिसकेको थिएँ। २०११ मा म र परेस लोहनीले लेभल २ गर्ने मौका पायौँ। मलेसियामा भएको लेभल २ मा १० देशका २२ जनामध्ये उत्कृष्ट भएँ। एलेन क्याम्पबेल र रस टर्नरजस्ता 'ट्युटर' ले मबाट प्रभावित भएर मलाई थप प्रोत्साहित गरे। उनीहरुले लेभल ३ मा पनि मौका दिए। त्यही वर्ष लेभल ३ मा पनि म उत्कृष्ट भएँ। अव प्रशिक्षणमा लाग्न सक्छु भन्ने लाग्यो,' उनको करिअरले फेरि टर्निङ प्वाइन्ट भेट्यो।

चोटले निराश बनाइरहँदा पनि उनलाई प्रशिक्षणका लागि सबैले बोलाउँथे। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पनि तीव्र बलिङमा सहयोग गर्न उनलाई बोलाउँथे।

२०१४ मा उनी सहायक प्रशिक्षक पनि बने। प्रशिक्षकलाई मेरो काम मन पर्यो्। तीव्र गतिका बलरको हाम्रो जोडीले नेपाललाई नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा खेल जिताउन थाल्यो। त्यसपछि खेलाडीभन्दा पनि मभित्रको प्रशिक्षकको पाटो अगाडि आयो। जसले गर्दा २०१४ को अन्त्यमा मैले खेल जीवनबाट बिदा लिने मन बनाएँ।

चोटले सताएका बेला संघर्षका कुरा मात्र सम्झनामा आउँथे जसले उनलाई बहुआयामिक व्यक्तित्व विकासमा सहयोग पुर्यासए।

काठमाडौं आउनेवित्तिकै ह्वाइट हाउसले छात्रवृत्तिमा पढाइरहेको थियो। तर कमाइ धेरै थिएन। जेभियर इन्टरनेसनल कलेजमा स्पोर्ट्स इन्चार्जको काम पाएको थिएँ। त्यसबीच पुलिसको जागिर उनलाई ठूलो सपोर्ट पिलर बन्यो। पुलिसले २००४ तिरै टिम बनाउने भनेर उनलाई भर्ना गरेको थियो। 'पुलिसको जागिरबाट ८/१० हजार नियमित आउँथ्यो। म हम्मेसी घरमा पैसा माग्दिनथेँ, तर आमाले चामल र दालमा लुकाएर पैसा पठाउनुहुन्थ्यो। तैपनि त्यो बेला कहिलेकाहीँ मलाई चरम आर्थिक संकट हुन्थ्यो। कतिपटक मलाई पैसा नभएर खाना पनि खाउँ्क कि नखाउँ्क हुन्थ्यो,' उनले सुनाए, 'तर कहिल्यै आफ्नो दुःख अरूलाई देखाइनँ।'

राम्रै पैसामा पार्टटाइम प्रशिक्षण गराउँथेँ। ह्वाइट हाउसमा पनि पढाईसँगै क्रिकेट प्रशिक्षकका रुपमा काम गरेँ। त्यो बेला संघले नियमित पारिश्रमिक दिँदैनथ्यो। तर जितेर आउँदा पुरस्कार पाइन्थ्यो। 'त्यस्तै पैसाबाट मैले संघर्षका बीच पनि १२ लाख रुपैयाँ जोगाउन भ्याएको थिएँ। बुवाले १५ लाख थपिदिनुभयो। बाँकी होमलोन गरेर ५ वर्षअघि कपनमा आफ्नै घर किनेको छु,' उनले भने, 'श्रीमतीले सधैँ आफ्नै घर किन्न कर गरिरहन्थिन्, सफल भएँ।'

विनोद झसंग भए, 'करुणा घरमा कुरिरहेकी होलिन्। बिरामी हुँदा कसैले वास्ता नगरेको देखेर उनी पनि खिन्न थिइन्। उनीसँगको नाता क्रिकेटले नै जुराए पनि क्रिकेटमा लागेर मैले समय बर्वाद गरेजस्तो उनलाई लाग्न थालेको थियो। अहिले के सोचिरहेकी होलिन्।' बिदाइमा बेलुकी टिम सहयात्रीसँग छुट्टै जमघट थियो। जमघट छोट्याएर उनी हान्निए, कपनतिर।

करुणाका आँखामा त अझै आँसु रहेछन्।

विनोदकी श्रीमती हुन पाएको गौरवमा झरिरहेको थियो त्यो आँसु। 'खासमा उनले म क्रिकेटमा लाग्नुको उत्तर पाएकी दिइन, दिउँसो कीर्तिपुरमा। भन्दै थिइन्, तिमीले क्रिकेटमा लागेर राम्रो गरेका रहेछौ। मलाई तिम्रो पत्नी भएकोमा गौरव छ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस