धर्मराजको धर्म
११ वैशाख २०७२
•
१९ मिनेट पाठ
धर्मराजको धर्म
झापा -आफ्ना लागि त जो पनि बाँच्छ, अरुका लागि बाँच्नु पो जीवन हो त! धर्मराज घिमिरेले बुझेको जीवनको सत्य यही हो र यही मात्रै हो। त्यसैले आफू घस्रेर हिँड्ने उनले आफूजस्तै शारिरीक अवस्थाका बालबालिकाका लागि आवासीय स्कुल बनाउने कामको अगुवाई गरेका छन्। अभिभावकको पनि हेरचाह पाउन नसकेर परित्यक्त दैनिकीमा रहेका धेरैलाई सहारा दिएका छन्।शौचालय जानसमेत कसैको सहारा नभई नहुने उनले यस्तै बाध्यताका दर्जनौं बालबालिकाका लागि सुरक्षित र भरपर्दो आश्रयस्थल बनाउन दिनरात खटेका छन् । र, तिनै बालबालिकाको भरणपोषण र शिक्षादिक्षाको खर्च जोहो गर्न उनले चारै दिशा चहारेका छन्।

यसरी दिनरात अपागंता भएका बालबालिकाको जीवन डोर्याउन लागिपरेका मेचीनगर–१२ का धर्मराजका दुवै खुट्टा चल्दैनन्। घुँडा मुनीको भागले कामै गर्दैन। घरभित्रै आवतजावत गर्न पनि चार पाउ टेकेर घसि्रनुपर्छ। तर, आफूभित्रको सेवाभावले उनलाई यति दर्बिलो पारेको छ कि, उनी जुनसुकै बेला तिनै बालबालिकाको काममा खटिरहेका हुन्छन्।

लगातार रुपमा अपांगता भएका बालबालिकाको हितमा खटिँदा उनले ती नानीहरुका लागि आफ्नो छाक काटेर सहयोग दिने दाताहरु फेला पारेका छन्। धर्मराजकै अगुवाई र सक्रियतामा झापाको इँटाभट्टामा रहेको समाजसेवा सुधार युवा संघले स्थापना गरेको आवासीय विद्यालयमा अहिले विभिन्न ठाउँका ४५ जना बालबालिका छन्, जसले त्यहाँ निशुल्क आश्रय त पाएका छन् नै, पढ्ने तथा औषधिउपचारको सुविधा पनि पाएका छन्। विद्यालयको साथमा फिजियोथेरापी केन्द्रका रुपमा पनि विकसित हुँदै गएको यो संस्थामा अपांगता भएका बालबालिका यतिबेला रमाइरहेका भेटिन्छन्।

यी बालबालिका रमाएर पाइरहेको खुशीका पछि धर्मराजको लगातारको प्रतिबद्धता आड बनेको छ। अरुका लागि, त्यो पनि शारिरीक रुपमा र बौद्धिक रुपमा अशक्त भएकाहरुका लागि केही न केही गरिछाड्ने हुटहुटी र अठोटले यो सम्भव भएको छ। यसैले गर्दा धर्मराजलाई कहिल्यै फुर्सदिलो भएर बस्न दिँदैन। चार चक्के स्कुटीमा कुदिरहन बाध्य पार्छ। 'हिँड्डुल गर्दा र यी सबै काम गर्दा अलि–अलि दुःख त पाइन्छ', ४७ वर्षीय उनले भने 'तर, जब यी नानीहरु रमाएको देखिन्छ, त्यसबेला सबैभन्दा ठूलो आनन्द मिल्छ। अनि लाग्छ, आफ्ना लागि त जो पनि बाँच्छ, अरुका लागि पनि बाँच्नु पो जीवन हो त!'

...............

२०५८ सालको अन्त्यतिर धर्मराज र उनका केही साथीहरु झापामा शारिरीक तथा बौद्धिक रुपले अपागंता भएका मान्छेको संख्या खोज्दै गाउँ–गाउँ पुगेका थिए। धेरैलाई भेट्ने, एउटा संस्थामा बस्ने र आफ्ना हकहितका लागि संगठित प्रयास थाल्ने, त्यो यात्राको मुख्य लक्ष्य थियो। त्यहीक्रममा उनको नेतृत्वको समूह दक्षिणी झापाको एउटा घरमा पुग्यो, जहाँ शारिरीक बौद्धिक दुवै रुपले अशक्त एक बच्चा थिए। ज्यादै कमजोर आर्थिक अवस्थाका बाबुआमाले छाक टार्नका लागि मजदुरी नगरी नहुने बाध्यता थियो।

उनीहरु त्यस घरमा बिदा मागेर हिँड्न लाग्दा ती बच्चाकी आमाले अवरुद्ध गलामा जे भनिन् त्यो उनीहरुको कल्पना बाहिरको विषय थियो।

'कि यसलाई कतै लगेर राख्ने व्यवस्था गरिदिन्ु कि तपाईहरु आएर यसलाई मारिदिनु। यसको विजोग हेर्न म अब सक्दिनँ।'

यति भनेर उनी डाँको छाडेर रुन थालिन्। दिनरात बनी गर्न हिँड्नुपर्ने, घरैमा नानी छाडेर जान पनि नसकिने। सँगै लिएर हिँड्न त झन् गाह्रो थियो। आफ्नो सन्तानको पीडा सहन गर्न नसकेर ती आमाले यति कठोर कुरा गरिन्।

यो सुनेर धर्मराजहरु स्तब्ध भए। ती बाबुआमालाई सम्झाईबुझाई गरेर उनीहरु फर्के। फर्केर आएपछि उनीहरुले योजना अलि पराकिलो पारे। एउटा यस्तो संस्था निर्माण गरौं, जहाँ यस्ता नानीहरुको रेखदेख र पालपोषण होस्। उनीहरुको शिक्षादिक्षाको अधिकार सुरक्षित गर्न पाइयोस्। योजना बनाउनु त्यति ठूलो कुरा थिएन, जति चुनौति यसलाई सम्पन्न गरेर देखाउनुमा थियो।

'त्यसपछि हामीले चारतिर यसको कुरा थाल्यौं, नेताहरुका दैलो चहार्यौं, सम्भावित सहयोगीहरु को–को हुनसक्छन् खोजी गर्यौं', केही वर्ष लगातार खटिएपछि अपांगता भएका बालबालिकाको लागि आवासीय विद्यालय बन्ने वातावरण बनेको सुनाउँदै उनले भने '२०६९ सालमा हामी विद्यालय स्थापना गर्न सफल भयौं।' अहिले १२ वर्ष मुनीका बालबालिकाहरु यो विद्यालयमा बस्छन्, जहाँ उनीहरु सांकेतिक भाषामा पढ्न पाउँछन्। फिजियोथेरापिष्टको निगरानीमा दिनहुँ थेरापी गर्छन्। यसले उनीहरुको अवस्था सुधार हुँदै गएको छ। 'हामीले स्कुलमा ल्याउँदा सुतेको सुत्यै गर्ने नानीहरु अहिले आफै बस्न सक्ने अवस्थामा पुगेका छन्' संस्थाका अध्यक्ष धर्मराज भन्छन् 'यसैगरी उनीहरुलाई पढ्ने लेख्ने बनाउन सकियो भने कम्तीमा उनीहरु आफ्नै खुट्टामा उभिन सक्ने थिए।'

...............

पाँच दाजुभाइ र दुई दिदीका कान्छा भाई धर्मराज जन्मिँदा शारिरीक रुपमा समस्या केही थिएन। जब उनी चार वर्षका भए, उनलाई दुई महिनासम्म लगातार उच्च ज्वरो आयो। खानलाउन सक्ने परिवारका कान्छा छोरा धर्मलाई त्यसबेला धामीझँक्रीकै भरमा छाडियो। दुई महिनापछि ज्वरो घट्दै गयो, खुट्टा सुक्दै गयो। ज्वरो पूरै घटिसक्दा दुवै खुट्टाको घुँडामुनीको भाग पनि चल्न बन्द भए। त्यसपछि भारतका विभिन्न अस्पतालमा उनलाई लगियो तर पार लागेन। चिकित्सकले पोलियोका कारण यस्तो भएको बताए। त्यसपछि उनले जिन्दगीभरीलाई खुट्टाको सहारा गुमाए।

आठ वर्षको उमेरमा स्कुल जान थालेका उनी सधैं उत्कृष्ट पाँचमा पर्थे। कक्षामा जान्ने भउका कारण धेरै साथीहरु उनको वरिप्िर झुम्मिन्थे। कहिले साथीहरुले नै बोकेर घर पुर्याइदिन्थे, कहिले अभिभावकले। स्कुल पढुञ्जेल उनलाई आफ्नो शारिरीक अपंागताको घाउले कहिल्यै दुखेन , दुखाएन। २०४४ सालमा उनले एसएलसीको पढाइ पूरा गरे।

त्यहीबेला गाउँकै एउटा संस्था शक्ति चेतना केन्द्रले एउटा कार्यक्रम गरेर धर्म र उनीजस्तै अवस्थाका धेरै जनालाई ट्राइसाइकल वितरण गर्यो। 'त्यो ट्राइसाइकल पाउँदा स्वर्गमा पुगेजस्तै अनुभव भएको थियो', उनले सम्झे 'चार पाउ टेकेर घस्रेर हिँडनुपर्ने मैले त्यसमा सजिलै आवतजावत गर्ने मोका पाएँ।' उनलाई त्यहीबेला लागेको थियो, म पनि पढेर यसरी अरुको जीवन सहज बनाउने केही न केही काम गरेर छाड्छ्ु।

यस्तै अठोट बोकेर कलेज पढ्न भद्रपुरको मेची क्याम्पस गए उनी । जब कलेज गए, त्यहाँ हुने विभिन्न कार्यक्रममा उनी सहभागी हुन सक्दैनथे। बाटोमा जाँदाजाँदै पिसाब लाग्थ्यो। त्यो सबैभन्दा ठूलो सकसको क्षण बन्थ्यो, अहिले पनि बन्छ। 'शारिरीक अवस्थाका कारण अरु साथीभाइ जस्तो गर्न नसक्दा कतिपटक हिनताले भित्रभित्रै गल्थेँ म', त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रका स्नात्तकोत्तर उनले भने 'तर, ठीक त्यही त्यहीबेला म पढाईमा अब्बल निस्केर आफूलाई दरो बनाउँछु भन्ने अठोट राख्थेँ।' त्यही अठोट र आत्मविश्वासले उनले पढाई पूरा गर्न सघायो। उनका अनुसार आत्मविश्वासपूर्वक अघि बढ्ने र आफ्नो काममा दत्तचित्त हुने हो भने समाजले कोहीप्रति खिसी गर्ने, कमजोर आँक्ने मौकै पाउँदैन। 'खै त मलाई कसैले केही गरेन', गौरवपूर्वक उनी सुनाउँछन् 'कमजोरी बेगरको मान्छे हुँदैन तर कमजोरीमा रोएर बस्ने कि बलियो हुने बाटो खोज्ने त्यो जिम्मा व्यक्तिको हो। मैले बलियो हुने बाटो रोजेँ। त्यो हतियार पढाई र पढार्इै मात्रै थियो।' 'मेरो शैक्षिक योग्यता र क्षमताका कारण कसैले पनि मलाई होच्याउन पाएन, हिम्मत पनि गरेनन्', फुर्सदमा घरैमा ट्युसन पढाउने काम गरेका उनले सुनाए 'पढाइ सकिएपछि अपागंहरुका लागि काम गर्न भनेर संस्था खोलियो। र, लगातार यसैमा लागियो।'

आफ्नो संस्थाको अगुवाईमा खोल्ने स्कुलका लागि उनले नेपाल सरकारका विभिन्न निकायलाई त्यसबेला गुहारे। तर, कसैले कानमा तातो लगाएन। उनले हिम्मत हारेनन्। उनी राजधानी गए र जापानी दुतावासलाई गुहारे। लिखित प्रस्ताव पेश गर्न सुझाव आयो। उनले त्यसै गरे।

२०६७ सालमा तत्कालीन राजदुतसहित जापानी दुतावासका उच्च अधिकारीहरु अर्कै कामको सिलिसिलामा झापा आएका थिए। धर्मले उनीहरुलाई अनुनय गरेर आफ्नो संस्था र त्यसले सञ्चालन गर्ने स्कुल देखाउन लगे। त्यसको परिणाम सुखद् निस्कियो। जापानी दुतावासले उनको संस्थालाई ६५ लाख रुपैयाँ सहयोग उपलब्ध गरायो। त्यही पैसाको आँटमा संस्थाले इँटाभट्टामा तीन तलाको २३ कोठे भवन बनायो। त्यसपछि सरकारी निकायलाई पनि सहयोग गर्न कर लाग्यो। सरकारले २० लाख रुपैयाँ बराबरको थेरापी गर्ने उपकरण उपलब्ध गराइदियो।

त्यसपछि एक जना फिजियोथेरापिष्ट, केही शिक्षकलाई आवासीय रुपमै राखेर केन्द्रमा पढाई तथा थेरापी शुरु भयो। शुरुमा आफ्ना ानीहरु पठाउन हच्केका अभिभावकले विस्तारै नानीहरु पठाउन थाले। यसरी अहिले यो संख्या ४५ पुगेको छ।

तर, यो केन्द्रमा आफै उपचार र रेखदेख गर्न सक्ने आर्थिक हैसियतकालाई अहिले लिने गरिएको छैन। 'सम्पत्ति भएकाहरुले जहाँ लगेर पनि उपचार गर्न र पढाउन सक्छन्', धर्मराज भन्छन् 'तर, आमबुबालाई बिहान बेलुका छाक टार्न पनि गाह्रो हुने घरमा यस्ता बच्चाहरुको सबैभन्दा ठूलो विजोग हुन्छ। हामीले अहिले निर्धन नागरिकका नानीहरु मात्रै राखेका छौं।' अबको केही वर्षभित्र विद्यालयका साथमा यो केन्द्रलाई फिजियो अस्पतालका रुपमा विकसित गर्ने योजनामा संस्था लागेको उनी सुनाउँछन्।

अपागंता भएका बालबालिकाको लागि जब स्कुल खुल्यो, धर्म र उनका साथीहरु फेरि गाउँ दौडाहामा निस्के त्यस्तै बालबालिका खोज्न। उत्तरी झापाको शनिश्चरेमा पुग्दा उनीहरुले एउटा अनौठो दृश्य देखे। जहाँ एक जना बालकलाई गाइगोठमा बाँधेर राखिएको थियो। उनलाई त्यसरी राख्नुको कारण जान्न खोज्दा अभिभावकले बच्चाको दिमागै नभएको र केही पनि नबुझ्ने भउका कारण यसरी राखिएको जवाफ दिए। बौद्धिक अपागंताका कारण बच्चाले यस्तो यातना भोग्नु परेको थियो।

उनीहरुको टोलीले ९ वर्षीय ती बालकको उद्धार गर्यो र स्कुलमा ल्यायो। 'शुरुमा ती बाबु पशुले जस्तै कराउँथे' वर्षदिन अघिको घटना सम्भि्कँदै धर्मले सुनाए 'अहिले आफै सफा सुग्घर भएर बस्न सक्ने भएका छन्। साथीभाईसँग रमाइलो गर्न सक्ने भएका छन्।'

उनको केन्द्रमा रहेका यी बालबालिकाका लागि राखिएका शिक्षक, थेरापिष्ट तथा अन्य केही केयर टेकरहरु छन्, जसलाई संस्थाले पारिश्रमिक उपलब्ध गराउनुपर्छ। यी सबै बालबालिकाको लत्ताकपडा, खानपान, शैक्षिक सामग्री, औषधिमूलो लगायतका लागि आर्थिक स्रोत जुटाउनपर्छ। अहिले धर्म र उनको टिमका लागि यही स्रोत जुटाउने चुनौति ठूलो छ। 'कहिले नगरपालिका कार्यालयमा धाउँछौं, कहिले जिल्ला विकास समितिमा', उनले संस्था सञ्चालनको स्रोतबारे भने 'अनि कहिले उद्योग वाणिज्य संघहरुमा त कहिले उद्यमी व्यवसायीकोमा। अहिलेसम्म जाँदा कतैबाट पनि खाली हात फर्कनु परेको छैन।' निकै वर्षदेखि लगातार यसै गरिरहेका धर्मंलाई अहिले लाग्छ, समाजमा मनकारी मान्छेको जमात ठ्रूलो छ, जसले आफूभन्दा कमजोरहरुलाई सहयोग गर्ने तत्परता सधैंँ देखाउँछ। 'तर, दाताहरुलाई आफूले गरेको सहयोग दुरुपयोग हुँदैन भन्ने ग्यारेन्टी चाहिन्छ', उनले भने 'त्यत्ति विश्वास भए सहयोगी हातहरु भेटिने रहेछ।'

नभेटु्न् पनि कसरी त! आफ्नो चार चक्के स्कुटीमा कुदेर दैनिक रुपमा खटिरहेका भेटिने धर्मको सबैथोक तिनै बालबालिका भएका छन्। कहिले तरकारी बजारमा उनीहरुकै लागि तरकारीको भारी स्कुटीमा लादिरहेको भेटिन्छन् त कहिले सरकारी कार्यालयहरुमा तिनै बालबालिकाको अधिकारका लागि झगडा गरिरहेको अवस्थामा। प्रचण्ड आउन् कि केपी ओली, सुशील कोइराला हुन् कि कमल थापा, सबैलाई स्कुलमा बोलाएर यी बालबालिकालाई वेवास्ता नगर्न उनी सम्झाइरहेका हुन्छन्। 'उहाँले जति गर्नुभएको छ त्यत्ति गर्न एउटा ठूलो जमातलाई पनि गाह्रै पर्छ', मेचीनगरका सामाजिक कार्यकर्ता इन्द्र बुढाथोकी भन्छन् 'उहाँहरुको अभियान स्तुत्य छ।'

...............

पारिवारिक जिम्मेवारीले बाँधिएका, विशेष शारिरीक अवस्था भएका धर्म सधैँ सक्रिय छन्। विशेष क्षमताका बालबालिकाको भविष्य उजिल्याउने प्रयासमा लागेका उनले भोग्ने दुः ख पाइलैपिच्छे फरक रुपमा देखापर्छन्। उनले हिम्मत हारेका छैनन्, हार्दैनन्। सधैँ खटिरहने, भिडिरहने र दौडिरहने जाँगर उनलाई आइरहेको छ।

यसको कारणबारे उनको एउटै भनाई छ– 'हेर्नुस्, आफ्ना लागि त जो पनि बाँच्छ। अरुका लागि पनि बाँच्नु पो जीवन हो त!
अर्को समाचार
कम्पको कम्पन
०९ पौष २०७३
•
९ मिनेट पाठ
कम्पको कम्पन
अरुणा उप्रेती

समीक्षा लेख्न पुस्तकप्रेमले मात्र पुग्दैन। म आफूलाई पुस्तकप्रेमी भन्न रूचाउँछु। आफूलार्ई मन परेको पुस्तक पढिसकेपछि अरुलाई पनि पढ्न दिन्छु। कतिपयलाई भने 'फलानाको किताब राम्रो लाग्यो, पढ्ने समय निकाल्नुस्' भन्छु। मैले मन पराएको किताब अरुले पनि मन पराउँछन् नै भन्ने चाहिँ पटक्कै होइन। शारदा शर्माको उपन्यास 'कम्प' पढेपछि मैले केही साथीलाई किताब पढ भनेर सिफारीश गरेकी छु। उनीहरूको विचार के छ? त्यो अझै सुनेको छैन। किताबको अन्तिम पृष्ठमा नायिका आफूमाथि धर्मराजले गरेको अन्यायप्रति शब्दमार्फत् विद्रोह गर्छिन्। पृथ्वीमा उनले गरेको कामहरूका लागि धर्मराजले वैतरणीमा डुबाउन आदेश पाएपछि उनी भन्छिन्– 'न लोक, न परलोक। संसार त अधर्मी थियो नै, धर्मराजको सभामा समेत धर्म मरेको निष्कर्ष लिएर म जाँदैछु।' चित्रांगदा अर्थात् नायिकाका यी शब्दले त्यस सभामा भूकम्प ल्याउँछ र धर्मराजले यमलोकको 'समस्त धर्म व्यवस्थाको पुनरवलोकन गरिनेछ' भनेर सकारात्मक भावमा उपन्यास समाप्त हुन्छ।

किताबको अन्तिम पृष्ठमा नायिका आफूमाथि धर्मराजले गरेको अन्यायप्रति शब्दमार्फत् विद्रोह गर्छिन्। संसार त अधर्मी थियो नै, धर्मराजको सभामा समेत धर्म मरेको निष्कर्ष लिएर म जाँदैछु।' चित्रांगदा अर्थात् नायिकाका यी शब्दले त्यस सभामा भूकम्प ल्याउँछ र धर्मराजले यमलोकको 'समस्त धर्म व्यवस्थाको पुनरवलोकन गरिनेछ' भनेर सकारात्मक भावमा उपन्यास समाप्त हुन्छ।

उपन्यासमा अहिलेको नेपालको जस्तै अव्यवस्था, घुसखोरी, देहव्यापार, गरिबी, मृतलोकमा पनि भएको चित्रण गरिएको छ। कतिपय ठाउँमा त नेपालका धार्मिक गुरुहरूको बदमासी, नेताहरूको लोभीपन, नागरिकता किनबेचका घटना धर्मलोकमा पनि रहेछन् भनेर कल्पनाको उडान भरेकी छन् लेखिकाले। यमलोक गएपछि फर्केर कोही पनि आएर त्यहाँ के छ भनेर लेखेको र बोलेको त छैन, शारदाले कल्पना गरेर लेखिएका कुरा पढ्दा वास्तवमा नै यमलोकमा यस्तै हुन्छ भने त मरेपछि किन मानिसको आत्माले मुक्ति पायो भन्छन् होला भन्ने विचार आउँछ नै।

उपन्यास सुरु हुन्छ– नेपालमा २०७२ बैशाख १२ गते र २९ गते गएको भूकम्प र मानवीय त्रासदीको अवस्थाबाट। नायिका चित्रांगदा भूकम्पमा परेर मरेपछि पनि आफ्नो छोरीको सम्झना गर्छिन्, तर मरेकी नायिकालाई यमलोकका कर्मचारीले 'ऊ अब छोरीसँग भेट्न नसक्ने' कुरा सुनाउँदा आहत हुन्छिन्। त्यही मृतलोकमा उनले आफ्नो जीवनका घटना र दुर्घटना सम्भि्कन्छिन्। उपन्यासमा यो बेलाको वर्णन राम्रोसँग हुन सकेको छ। कसरी दलित केटी ठूलो जातसँग विवाह गर्दा घरपरिवाले दुःख दिएको र घरै छोडेर अरुसँग गएर बस्नुपरेको कथासँगै एकजना धार्मिक गुरुको संसर्गमा आएपछि उनले केही शान्ति अनुभव गरेको सन्दर्भ छ। ती गुरुसँग शारीरिक सम्बन्ध भएपछि गुरुले त्यो सम्बन्धलाई नाम दिन नचाहेको घटना पनि छ। गुरुसँगको यही सम्बन्धलाई मृतलोकमा पनि 'पाप' मानिएको छ। गुरुलाई भ्रष्टको आरोप लगाइन्छ। यहाँ लेखिकाले कुनै पनि देशमा कसरी धार्मिक गुरुहरूले राजनीतिक नेता, व्यापारीलाई आफ्नो मुठ्ठीमा पारेका छन् भन्ने स्पष्ट पारेकी छन्। यो सन्दर्भले कहिलेकाहीँ पत्रपत्रिकाहरूमा आएका धार्मिक गुरुहरूको विभिन्न व्यभिचारपूर्ण क्रियाकलापको सम्झना गराउँछ। लेखिकाले सुरुमै लेखेकी छन्– किताबमा हामी बाँचेको समयखण्डमा अनेक कारणले चर्चामा रहेको प्रवृत्ति पनि भेटिएलान्। कतिपय यथार्थ पात्र पनि भेटिने छन्।! साँच्चै नै यो उपन्यास पढ्दा स्पष्टसँग देखिन्छ हाम्रो समाजका ती पात्रहरू को हुन् र घटना के हो भन्ने।

हाल नेपालको नागरिकताको समस्याजस्तै मृतलोकमा पनि त्यस्तै समस्या रहेछ। 'यमलोकको त्यस भागमा गन्धर्व देशसँग खुला सिमाना छ। गन्धर्व देशबाट आएर नागरिकता लिनेको संख्या धेरै बढेपछि सरकारले नागरिकताको नयाँ र कसिलो नीति बनाउन खोजेको थियो त्यसैलाई रोक्न गन्धर्व देश लागिपरेको छ। यमलोकमा केही अधिकारीलाई गर्धव देशका अधिकारीले खरिद नै गरेका छन्।' एक व्यक्तिले नायिकालाई मृतलोकमा सँगै हिँड्दा यो कुरा भन्छन्।

यमलोकमा पनि इन्टरनेट, फेसबुक, इमेल आदिको भरपूर प्रयोग भएको छ र कथा वस्तुसँग एकदम मिल्नेगरी त्यसलाई प्रस्तुत गरिएको छ। कल्पना र स्वैरकल्पनाको मिश्रणमा उभिएको कम्प पढ्दा सलल बग्दै मेरा आँखामा देशको गरिबी, चुलिँदो विसंगति, लाचारी ठोक्किन्छन्। हाम्रो समाज उपन्यासमा उतारेको देखेर लाग्यो– कसरी गरिबीका कारण नेपालमा पनि धर्म परिवर्तन भइरहेको छ!

मृतलोकमा पनि गरिब–अशिक्षित दलितलाई केही खि्रस्तानले ठगेर धर्म परिवर्तन गराएको र पछि ती गाउँले धर्म परिवर्तनबाट आजित भएको कुरा पनि देखााइएको छ। खि्रस्तानले भन्दा रहेछन्– 'तेरो धर्मले तँलाई के दिएको छ र?' गरिब जनताले विचार गर्दा रहेछन् येशुको कृपाले आमाको रोग निको होला, बाबुको रक्सीको लत छुट्ला भन्ने। तर, कुनै प्रगति हुँदैन। पैसा देखाएर गाउँका सोझा, गरिब तथा दुःखी केटीहरूलाई खि्रस्तानी बनाएको प्रमाण पेश गरे १० हजार मुद्रा आउने सन्दर्भ रोचक लाग्छ।

मरेपछि गरुड पुराण पढेर तर्साउने हाम्रो पृथ्वीको चलनले नायिकालाई यमलोकमा पनि बिथोल्छ। श्रीमान्सँग बस्न नसकेर घर छोडेर हिँडेकी नायिकालाई यमलोकमा भनिन्छ– श्रीमान् जस्तो भए पनि स्वास्नीले सहनैपर्छ। तर, त्यसको विरोध गर्छिन् नायिकाले। महŒवपूर्ण हिन्दू धर्मग्रन्थ गरुड पुराणका थुप्रै कुरा उपन्यासमा आधारका रूपमा लिइएका छन्। र, गरुड पुराण आजको सर्न्दभमा किन सान्दर्भिक छैन भन्ने कुरा बताउन खोजिएको छ। तर, गरुडसंहिताका यस्तो भनाइले महिलाहिंसा गरेको छ भनेर कुनै धर्म गुरुले मान्लान्? महिला हिंसाविरुद्ध उठ्ने आवाजमा कम्पले एउटा आवाज थप्न मद्दत पुर्‍याएको छ।

पुस्तक :  कम्प

विधा :  उपन्यास

लेखक :  शारदा शर्मा

प्रकाशक :  सांग्रिला बुक्स

मूल्यः रु.४४८
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस