आत्मविश्वासको उज्यालो
११ वैशाख २०७२
•
१६ मिनेट पाठ
आत्मविश्वासको उज्यालो
धुलोमाटोमा सँगै खेल्ने साथीहरू ५ वर्ष पुगेपछि स्कुल गए। उनी जान सकेनन्। साथीहरू ठमठम हिँडेर गाउँ चहार्थे। उनलाई भने पिँढीबाट आँगन टेक्नु र खुला आकाशमुनि पुग्नु नै जेलको बन्दी खुला संसार पुगेजस्तो थियो। दाँैतरीहरू ज्ञानको आँखा खोल्न स्कुल जान थाल्दा उनका आँखाले देख्नै छाडे। राति आँखा नदेख्ने समस्या बढ्दै जाँदा ठ्याम्मै नदेख्ने भए।त्यसैले स्कुल त परै, मेलापात–गोठालो गएर आमालाई सघाउनधरि सम्भव भएन।




लोग्नेसँग छुट्टिएर बसेकी आमाले छोराको उपचार गराउन नखोजेकी होइनन्। डाक्टरले भारत लैजान सुझाएका थिए तर त्यो उनको वशमा थिएन। आर्थिक अभावकै कारण छोराका आँखा देख्न सक्ने बन्न पाएनन्। कास्की, थुमाकोडाँडा—७ तारकाङकी राधिका सापकोटाले गाउँघरमा गर्न सक्नेजति धुपधुँवार सबै गरिन्। देउरालीमा पाती चढाएर मात्रै पुगेजस्तो लागेन, छोराको आँखैमा पनि घरगाउँको ओखतीमूलो चढाइन्। देवीदेउता सबै भाकिन्। तर, न देउताले सुने न ओखतीमूलोले काम गर्यो,। देख्दादेख्दै छोराका आँखाबाट उज्यालो लोपै भयो।

श्रीकान्त सापकोटा १३ वर्षका भइसकेका थिए। गाउँले कसैले सुनायो– आँखा नदेख्नेलाई पढ्न मिल्ने स्कुल पोखरामा छ। ठूलीआमा र मामाको सहायताले उनी पोखरा झरे। २०५२ सालमा पोखराको कुँडहर प्राविमा भर्ना भए। त्यहाँ दृष्टिविहीनलाई पढ्न–लेख्न सिकाइन्थ्यो। अरू विद्यार्थी र उनीहरूले पढ्ने विषय एउटै थियो तर अक्षर फरक थिए। ब्रेल भनिने त्यस्ता अक्षर छिचोल्न श्रीकान्तलाई १५ दिनभन्दा बेसी लागेन। हिसाबका जोडघटाउ, गुना र दुनासम्म घोके। अंग्रेजीका माने कण्ठस्थ पारे। '१८ महिनाजति त्यहाँ पढेपछि धेरैथोक सिकेँ,' अँध्यारो चौघेराबाट फराकिलो संसारतिर लम्कँदाको त्यो सम्झनाले श्रीकान्तको अनुहार उज्यालियो, 'अनि डाइरेक्ट अमरसिंह माविको कक्षा ६ भर्ना भएँ।'

...

बिहान क्याम्पस पढाउन जानु, दिउँसो स्कुल र फेरि साँझ क्याम्पस। व्यस्तताका यिनै भूमिकामा बाँडिएको हुन्छ, श्रीकान्तको दैनिकी अहिले। 'अँ यसो गरौं न, दिउँसो स्कुल छुट्टी भएपछि क्याम्पस जानुअघि भेटौं,' आफ्नो जिन्दगीको कथा सुनाउन उनले समय निकाले, 'कि पढाउन जानुपर्छ, खाली समयमा तयारी गर्नुपर्छ, फुर्सद कम व्यस्तता बढी छ अचेल।' श्रीकान्त बिहान पृथ्वीनारायण क्याम्पसमा शिक्षा संकायका स्नातक विद्यार्थीलाई पढाउँछन्। त्यसपछि दिउँसो संस्कृत माविका विद्यार्थीलाई अंग्रेजी र साँझ पृना क्याम्पसमै स्नातकोत्तरलाई शिक्षाको सिद्धान्त।

१३ वर्षमा बे्रललिपि सिकी १४ वर्षमा ६ कक्षा भर्ना भएका उनले यहाँसम्म आइपुग्दा दुःखका थुप्रै देउराली र भन्ज्याङ काटेका छन्। '६ कक्षा भर्ना हुन जाँदै पैसा भएन,' श्रीकान्तको जिन्दगीको ठूलो ठेस थियो त्यो। अमरसिंह स्कुलमा 'अन्धाशाखा' भन्ने थियो, त्यहाँ सघाइरहन्थे डच नागरिक ज्याकोभ। श्रीकान्तको बाटोका काँडा पन्छाउन पनि उनै आइपुगे। भर्ना हुन र पढ्न अनि होस्टल बस्न लाग्ने खर्च १७ हजार रुपैयाँ सबै तिरिदिए। श्रीकान्तले त्यसपछि पढाइमा पछाडि फर्केर हेरेका छैनन्। स्कुलमा अब्बल विद्यार्थी थिए। कक्षा ७ मा त स्कुलको अंग्रेजी माध्यमतिरकालाई पनि जितेर 'होलफस्ट' भए। एसएलसीमा देशभरका दृष्टिविहीनमध्ये सबैलाई उछिनेर १ नम्बर बने। सरकारी स्वामित्वको नेपाली माध्यमको विद्यालयमा पढेर ७३ प्रतिशत अंक ल्याए। त्यही सफलताले दिलायो 'राष्ट्रिय अपांग प्रतिभा पुरस्कार'। पृथ्वीनारायण क्याम्पसमा आइएड पढ्दा क्याम्पस टपे। लगातार पढ्दै गएर शिक्षाशास्त्रमा स्नातकोत्तर गरे। अहिले त्यही संकायको आंशिक शिक्षक (उपप्राध्यापक) छन्।

संस्कृत माविमा पढाउन थालेको त केही वर्षअघिदेखि नै हो। राहत कोटाको शिक्षक थिए उनी त्यहाँ। पोहोर वैशाखपछि भने माविमा स्थायी शिक्षक भए। शिक्षासेवा आयोगको परीक्षामा नाम निकालेपछि स्थायी भएका हुन्। आयोगमा आरक्षणको पनि ठाउँ थियो। श्रीकान्तलाई भने त्यसको जरुरत नै परेन। खुला प्रतिस्पर्धा गरे। कास्कीमा चाहिएको ५ कोटामा भिडेका ३ सय ६५ जनालाई पछाडि पारेर उत्कृष्ट ५ भित्रै पर्न सफल भए। पोहोरदेखि स्थायी शिक्षक बनेका उनले अर्काे शैक्षिक उपलब्धि पाइसके। पढाउँदा–पढाउँदै पनि पढ्ने समय निकालिरहेका उनले एलएलबी गरेका थिए। बार एसोसियसनबाट अधिवक्ताको लाइसेन्स पनि लिइसके। अब क्याम्पस, स्कुलमा पढाउनेबाहेक उनको अर्काे व्यस्तता वकालतीमा देखिनेछ। 'आफ्नै क्षेत्रका समस्या सुल्झाउने पैरवी गरुँला भन्ने हो,' उनले वकिल बन्न खोज्नुको कारण प्रस्ट्याए। एलएलबीमा क्याम्पसकै सर्वाेत्कृष्ट पनि बन्न भ्याए। आफूजस्तै अरू धेरैले अंग्रेजी विषय पढ्ने हिम्मत नगरेकोमा दुःख लाग्छ उनलाई। विश्वज्ञान लिन यो भाषा जाने सजिलो हुने कुराको उनी आफैं भुक्तभोगी हुन्। तर, आफैंले भने डिग्री अंग्रेजी विषयमा गर्न सकेनन्। किन त? 'एजुकेसनतिरको इङ्लिसमा हामीलाई धेरै गाह्रो हुँदै रै'छ,' उनले कारण सुनाए। ९ महिनासम्म त पढेका पनि हुन्। साँच्चै, आँखा नदेखी–नदेखी अंग्रेजी भाषाविज्ञानका अप्ठ्यारा गौंडा छिचोल्न मुस्किलै पर्योए। त्यसैले एमएडचाहिँ शैक्षिक योजना तथा व्यवस्थापन विषयमा गरे। अब भने मानविकीतिरबाट अंग्रेजी साहित्यमा डुबुल्की मार्ने धोको छ। दृष्टिक्षमता नभएकैले स्कुलमा पनि ऐच्छिक गणित लिन आँट गरेका थिएनन्। दोस्रोचोटि स्नातकोत्तर तहमा आएर उस्तै अप्ठ्यारो आइलाग्यो।

पढाइलेखाइअलावा अतिरिक्त र सामाजिक कर्ममा श्रीकान्तको रुचि छ। स्कुल पढ्दा नै अतिरिक्त क्रियाकलापमा भाग लिइरहन्थे। 'अमरसिंहमा ६ देखि १० कक्षा पढ्दासम्म अतिरिक्त क्रियाकलापबाट ३७ हजार रुपैयाँबराबर कमाइ भएको थियो,' उनी गर्व गर्छन्। २०५८ सालमा पोखरामा एफएम खुले। उनी हिमचुली एफएममा कार्यक्रम चलाउन गए। उनका अनुसार त्यति बेलासम्म कुनै पनि दृष्टिविहीनले रेडियोमा कार्यक्रम चलाएका थिएनन्। रेडियोले आर्थिक उपार्जन त गराउन सकेन, आत्मविश्वास भने बढाइदियो।

नेत्रहीन संघ कास्कीमा दुईपटक सचिव भएर उनले आफूजस्तैको हितमा कर्म गरे। त्यस्तो क्षेत्रमा लाग्दा सकेसम्म आफूजस्तै साथीभाइलाई कर्मको प्रेरणा दिन्छन्। 'कतिपयलाई आफू यस्तो छु भनेर काम नगरी खान मन लाग्छ,' उनी देखेको र भोगेको सत्य बोल्छन्, 'काम गर्न सकिन्छ भने किन दयाको पात्र बन्ने?' उनले रोजगारीका लागि नाम निकालिसके पनि अन्तर्वार्तामा प्रश्न तेर्सिन्थे– आँखाले नदेखी काम गर्न सक्नुहुन्छ त? उनीहरूको आशय खासमा कामै गर्ने हो कि जागिर मात्रै खाने हो भन्ने थियो, श्रीकान्त राम्ररी बु‰थे। तर, जहाँजहाँ कर्म गर्दै छन् त्यहाँ सन्तुष्टिको सुवास फैलाइसकेका छन्। नदेख्ने भएको हुँदा सरले बोर्डमा लेखाउँदैन भन्ने गुनासो पनि सुन्छन् उनी। तर, पावरप्वाइन्ट प्रोजेक्टर हुने भए कम्प्युटरमार्फत लेखेर नोट दिन सक्छु भन्ने आत्मविश्वास छ। नहोस् पनि किन? उनी कम्प्युटरमा खरर्रै हात चलाउँछन्। 'नेपाली टाइप पनि गर्छु,' उनले कुराकानीकै क्रममा कम्प्युटर चलाएर देखाए।

कम्प्युटरमा लेखिएका अक्षर उच्चारण हुने सफ्टवेयरकै कारण उनलाई सजिलो भएको छ। ल्यापटप काखमा राखेर इमेल चेक मात्रै होइन, गुगल सर्च पनि गर्छन्। बिहानबेलुका समय निस्किए फेसबुकमा झुन्डिन्छन्। मौका परे मोबाइलमै फेसबुक चलाउँछन्। फेसबुकमा अरू स्टाटस पनि त्यही सफ्टवेयरले पढिदिन्छ। पत्रपत्रिका अचेल अनलाइनमा उपलब्ध हुन्छन्, ती पनि मोबाइल वा ल्यापटपबाट मजाले पढ्न मिल्छ। मोबाइलमा कल गर्नेको नम्बर चिन्न वा कसैलाई आफूले कल गर्नुपरे नम्बर खोज्ने चिन्ता पनि हुँदैन। अंग्रेजी किताब त अनलाइनमा पनि प्रशस्त हुन्छन् र तिनका अक्षर उच्चारण गरिदिने सफ्टवेयर पनि हुन्छ। नेपालीमा भने समस्या छ। कार्यालयतिर हाजिर गर्न पनि ई–हाजिरी भए आफैंले सक्छन्, नभए अरूकै भर पर्नुपर्छ। किताबहरू अरूको सहायताले सुनेकै आधारमा कण्ठस्थ पार्छन्। अनि ब्रेललिपिमा नोट तयार गरेर क्याम्पस छिर्छन्। शिक्षासेवा आयोग पनि अरूकै सहायतामा पढेर पास गरे। लेख्न सघाउने पनि अरू थिए। 'देख्नेहरूको सरसहयोग नभएको भए जिन्दगी कहाँ यति सजिलो हुन्थ्यो र?,' उनी दृष्टियुक्तहरूप्रति अनुगृहीत पनि छन्, 'सबैले बिचरा भनेर ओठे सहानुभूति देखाउँदैनन्, साँच्चै साथ दिनेहरू पनि छन् र त जिन्दगी जिन्दगी भएको छ।'

कास्कीको भलामकी शोभा पौडेल पनि कुँडहर प्राविमा ब्रेललिपि सिक्न आएकी थिइन्। उनीहरूको त्यहीँ चिनाजानी भयो। पछिसम्म पनि सँगै पढे। अहिले उनीहरू जीवनसाथी हुन्। श्रीकान्त ठ्याम्मै नदेख्ने भए पनि शोभा कताकति देख्छिन्। तर, अक्षर ठम्याउन कठिनै छ। ब्रेललिपिकै भर पर्नुपर्छ। उनी पनि राष्ट्रिय उच्चमाविमा शिक्षिका छिन्। प्राविमा पढाउँछिन्। जेठा छोरा उत्सव ११ वर्षे पुगे, कान्छो अभिनवचाहिँ ६ महिनाका मात्रै भए। ठूलो छोराको पढाइ राम्रो छ। दुवै छोरा आँखा देख्छन्। श्रीकान्त आफूले नदेखे पनि आफ्ना आँखाका 'दुई नानी' देखेर अगाडि बढेको सुख बेहोर्न चाहन्छन्।

...

कुनै जमाना थियो, श्रीकान्तकी आमाले उनलाई कक्षा ६ मा भर्ना गराउने पैसा जुटाउन सकेकी थिइनन्। आँखा नदेख्ने छोराले कसरी गरिखाला? उनको पिरलो थियो। कामना गर्थिन्– मागेर खानु नपरोस्! आज तिनै आमाको आडभरोसा बनेका छन् श्रीकान्त।

बच्चामा कठै, बिचरा भन्नेहरू थिए। कताकता समाजमा मात्रै होइन, घरमै पनि बोझ भएँ कि भन्ने ठान्न कर लाग्थ्यो। अहिले आफू सक्ने हुँदा पनि कठै भन्नेहरू ठोकिन आइरहन्छन्। तर, उनलाई थाहा भएको उहिल्यै हो, 'मुखले कठै भन्नेहरू पछाडि कुरा काट्छन्। परेका बेला कुनै सहयोग गर्दैनन्।' उनलाई अर्काे कुरा पनि थाहा छ, 'आफू सक्षम भए कसैले हेप्दैन र चेप्दैन पनि।' दृष्टिविहीन हुनु जिन्दगीको कति ठूलो अपूर्णता हो भनेर कसैले सोधे श्रीकान्तका हकमा चाहिँ भनिदिए हुन्छ– खास केही पनि होइन। किनकि केही न केहीको अभाव त हरेक मान्छेमा हुन्छ नै। पूर्ण त संसारमै केही छैन। श्रीकान्त ज्ञान बाँडेर जीविकोपार्जन गर्छन्। आखिर आँखाले नदेखेर के भो र? बाँकी सबथोक छ उनमा। चुनौती झेल्ने साहस छ। मेहनत गर्ने आदत छ। र, सबैभन्दा धेरै आत्मविश्वास छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस