काठमाडौं-सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले तीन वर्षअघि ल्याएको निर्देशिका संशोधन गर्दै सार्वजनिक निकायमा स्वदेशी वस्तु खरिद अनिवार्य गर्ने भएको छ।
सरकारले २०६९ मा १० प्रतिशतसम्म महँगो भए पनि सार्वजनिक निकायले स्वदेशी उद्योगका उत्पादन प्रयोग गर्नुपर्ने व्यवस्था गरेको थियो। बाध्यात्मक नहुँदा उक्त व्यवस्था प्रभावकारी नभएको निष्कर्ष निकाल्दै उद्योग मन्त्रालयले अनिवार्य प्रयोगको प्रावधान राखेर निर्देशिका संशोधन गरेको छ। मन्त्रालयले संशोधित निर्देशिका मन्त्रिपरिषदमा पेस गरिसकेको सहसचिव यामकुमारी खतिवडाले जानकारी दिइन्। संशोधित निर्देशिकाअनुसार महँगो परे पनि स्वदेशी वस्तु उपयोग गर्नुपर्ने छ। निर्देशिका मन्त्रिपरिषदबाट पारित भएपछि सार्वजनिक निकायले अनिवार्य रुपमा स्वदेशी वस्तु उपयोग गर्नुपर्ने खतिवडाले बताइन्।
‘स्वदेशी उद्योगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न नयाँ निर्देशिका ल्याउन लागिएको हो,' खतिवडाले भनिन्, ‘यसले स्वदेशी वस्तुको उपयोगलाई प्रोत्साहन गर्नेछ।'
२०६९ सालको निर्देशिका संशोधन गर्दै नयाँ तयार गरिएको खतिवडाले बताइन्। उनका अनुसार सरकारी निकायले विदेशीको तुलनामा स्वदेशी वस्तु १० प्रतिशतसम्म महँगो परे पनि किन्नुपर्ने छ।
पुरानो निर्देशिकामा बढीमा १० प्रतिशतसम्म महँगो सामान मात्र किन्न सकिने प्रावधान थियो। ‘सार्वजनिक निकायले विनियोजित बजेटको अधीनमा रही आफूले उपयोग गर्ने वस्तुको कम्तीमा ५० प्रतिशत स्वदेशी उपयोग गर्नुपर्ने' प्रावधान हटाएर ‘अनिवार्य प्रयोग गर्नुपर्ने' प्रावधान राखिएको छ। सोको अनुगमन केन्द्रीयस्तरमा आ–आफ्ना निकाय र विभाग वा कार्यालयको हकमा सम्बन्धित मन्त्रालयले गर्नुपर्नेछ। सार्वजनिक संस्थान र निकायको हकमा कार्यालय प्रमुखले र जिल्लास्तरमा जिल्ला प्रशासन कार्यलयले अनुगमन गरी अभिलेख राख्नुपर्ने प्रावधान नयाँ निर्देशिकामा छ।
पहिलाको निर्देशिकामा रहेको गुणस्तर चिह्न प्राप्त वस्तु उपयोग गर्नुपर्ने मापदण्ड व्यवहारिक नभएकाले संशोधन गरिएको खतिवडाले बताइन्। ‘सानातिना घरेलु उद्योगका उत्पादनले गुणस्तर चिह्न नपाएको हुन सक्छ,' खतिवडाले भनिन्, ‘ती वस्तु पनि स्वदेशी भएकाले उपयोग गर्न सकिन्छ।'
बोलपत्रद्वारा किन्दा कम्तीमा तीन प्रतिस्पर्धी सहभागी हुनुपर्ने व्यवस्था संशोधन गर्दै तीन प्रतिस्पर्धी उपलब्ध हुन नसके एक तह माथिल्लो निकायको अनुमतिमा कम प्रतिस्पर्धी भए पनि स्वदेशी वस्तु किन्न सकिने प्रावधान राखिएको छ।
नयाँ निर्देशिकामा सार्वजनिक निकायले स्वदेशी वस्तु किन्दा उपसमितिले निर्धारण गरेबमोजिमको गुणस्तरीय मात्र किन्नुपर्ने उल्लेख छ। पुरानो निर्देशिकामा कर्मचारी पोसाकमा स्वदेशी सामग्रीको प्रयोग गर्नुपर्ने व्यवस्था रहेकोमा अहिले सार्वजनिक निकायमा कार्यरत कर्मचारीले उपलब्ध भएसम्म स्वदेशी वस्तुबाट निर्मित पोसाक प्रयोग गर्नुपर्ने व्यवस्था राखिएको छ।
आधाभन्दा बढी स्वदेशी वस्तु प्रयोग गर्ने सार्वजनिक निकायलाई अवस्था हेरी अर्थ मन्त्रालयले पुँजीगत बजेटमा १० प्रतिशतसम्म थप उपलब्ध गराउन सक्ने प्रावधान भने हटाइएको छ।
सार्वजनिक निकायले उपयोग गर्ने स्वदेशी वस्तु खरिद वा उपयोग गर्दा निर्देशिकाबमोजिम गरे–नगरेको पक्का गर्न स्थानीयस्तरमा कार्यक्षेत्रभित्रका सार्वजनिक निकायको परिभाषाभित्र परेका जुनसुकै निकायका उपसमितिले, केन्द्रमा सम्बन्धित मन्त्रालय र अन्य सार्वजनिक संस्था वा निकायमा माथिल्लो निकायबाट नियमित अनुगमन गरी प्रतिवेदन समितिको सचिवालयमा पठाउनुपर्ने व्यवस्था थपिएको छ। पहिलाको निर्देशिकामा प्रमुख जिल्ला अधिकारी र केन्द्रस्तरमा सम्बन्धित मन्त्रालयलाई अनुगमनको जिम्मेवारी थियो।
पहिलाको निर्देशिकाले सार्वजनिक निकायले प्रयोग गर्नुपर्ने वस्तु एक दर्जनमात्र उल्लेख गरेको थियो। यसलाई बढाएर नयाँ निर्देशिकाले ७ भागमा वर्गीकरण गरी उल्लेख गरेको सहसचिव खतिवडाले बताइन्।
मन्त्रिपरिषदमा पेस भएको निर्देशिका अनुसार स्टेसनरी, कार्यालय सामान तथा सुरक्षण मुद्रण बाहेकका छपाइसम्बन्धी काममा नेपाली हातेकागज र कागजबाट निर्मित सामग्री, ब्राउन पेपर, पेन्सिल, डटपेन, नेपाली खाम, नोटबुक डायरी, चक बोर्ड मार्कर, फाइल लगायत सामग्री प्रयोग गर्नु पर्नेछ।
सार्वजनिक निकायमा प्रयोग हुने पोसाक, कोसेली र उपहारका सामान पनि स्वदेशी उत्पादन हुनुपर्नेछ। फर्निचर, फिर्निसिङ तथा साजसज्जाका सामग्री, मेसिनरी औजार तथा बिजुलीका उपकरण पनि स्वदेशी नै प्रयोग गर्नुपर्ने निर्देशिकामा प्रावधान छ।
निर्माण सामग्री, कृषि तथा पशुजन्य उत्पादन र सबै प्रकारका खाद्य वस्तु, प्राकृतिक जडीबुटीजन्य वस्तु, आयुर्वेदिकलगायत सबै प्रकारका औषधी, नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समय समयमा तोकेका अन्य मालसामान स्वदेशी नै प्रयोग गर्नुपर्ने छ।
निर्देशिकाले स्वदेशी वस्तुको खरिद प्रक्रियालाई निर्देशिकामा भएका प्रावधानबाहेक सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावलीका अधीनमा रहेर किन्नुपर्ने व्यवस्था गरेको छ।
सार्वजनिक निकायलाई स्वदेशी वस्तु उपलब्ध गराउन चाहने र त्यस्ता वस्तुको उत्पादकले सम्बन्धित निकायसमक्ष उत्पादनको प्रमाणपत्र, उत्पादनको गुणस्तर र मापदण्डसहितको विवरण राखी आफ्नो नाम सूचीकृत गराउनु पर्नेछ।
स्वदेशी वस्तु उत्पादकले आफ्नो उत्पादनको मूल्य तोक्नुपर्नेछ। तोकिएको मूल्यलाई प्रतिस्पर्धी वस्तुको मूल्य, बजार अवस्था, वस्तुको गुणस्तर र उत्पादन प्रणाली समेतलार्ई आधार मानी उपसमितिले निरीक्षण तथा अनुगमन गरी थपघटसमेत गर्न सक्ने व्यवस्था निर्देशिकामा छ।