सोसल मिडिया: सामाजिक कि असामाजिक
०४ वैशाख २०७२
•
२१ मिनेट पाठ
सोसल मिडिया: सामाजिक कि असामाजिक
करिब एक वर्षअघि युट्युबमा अपलोड गरिएको एउटा भिडियो इन्टरनेट दुनियाँमा भाइरल बन्यो। फिल्म निर्माता ग्यारी टर्कले ‘लुक अप' नाममा अपलोड गरेको उक्त भिडियोले सामाजिक सञ्जालले मान्छेलाई कति ‘असामाजिक' बनाएको छ भनेर देखाएको थियो। युट्युबमा अहिलेसम्म करिब पाँच करोडपटक हेरिएको यो भिडियोमा उनले ‘मेरो फेसबुकमा चार सय २२ जना साथीहरू छन्, तर म एक्लो महसुस गर्छु' भनेर सुरुवात गरेका छन्।टर्ककै शब्दमा हामीले भन्ने गरेको ‘सोसल मिडिया' अर्थात् सामाजिक सञ्जाल/सञ्चारको अर्थ हामीले कम्प्युटर वा स्मार्ट डिभाइस खोल्छौं र मानिस भित्र आउन सक्ने घरको ढोका बन्द गर्छौं। यसले हामीलाई असामाजिक बनाइरहेको छ। के साँच्चै सामाजिक सञ्जालले हामीलाई ‘एन्टिसोसल' बनाइरहेको छ त?
संसारभर नै यो बहस जल्दोबल्दो छ। अनलाइन बहस गर्ने वेबसाइट डिबेट डट ओआरजीमा यसै विषयको बहसमा सहभागी ७८ प्रतिशतले सामाजिक सञ्जालले असामाजिक बनाउन सक्ने कुरा स्विकारेका छन् भने बाँकी २२ प्रतिशतले यस्तो नहुने बताएका छन्।

तीमध्ये केही तर्क यस्ता छन् :


‘हो, सोसल मिडियाले असामाजिक बनाउन सक्छ'

shutterstock 148727138
– कुनै वास्तविक मानव–अन्तरक्रियाविना बालबालिकाले व्यक्तिगत रूपमा कसरी कुराकानी गर्ने भन्ने थाहा पाउँदैनन्। बालबालिकालाई केही भन्नका लागि सोसल मिडिया चाहिन सक्छ तर धेरैलाई यो चाहिँदैन। यो अत्यधिक भएको छ, किनभने केही बालबालिकाले आफ्नो बालापनदेखि नै जीवनको ७५ प्रतिशत समय आफ्नो आँखा स्त्रि्कनमै हेरेर बिताउनेछन्। बालबालिकाहरू आफ्ना साथीसँग रमाइलो गर्नका लागि भेट्छन् र सँगै फोनमा खेल्न थाल्छन् वा फोटो खिचेर इन्स्टाग्राममा राख्न थाल्छन्। यो दुःखलाग्दो कुरा हो। यदि हाम्रोमा कुनै प्राविधिक समस्या आयो भने, बच्चाहरू कसरी अरूसँग कुराकानी गर्ने भन्ने कुरा पनि थाहा पाउँदैनन्।
– सोसल मिडियामा ‘सामाजिक' तत्व कहाँ छ? मानिसहरू एक्लिएका छन्। उनीहरूले पहिले यस्तो एक्लो महसुस कहिले गरेका थिएनन्। अल्जाइमरजस्ता रोगहरू विशेष गरी मानिसको सम्पर्कबाट टाढा भएका कारण लाग्छन्। हामीले समाजका कलिला र वृद्ध मानिसहरूलाई बेवास्ता गरेर ‘अन्तरक्रियात्मक गतिविधि'मा लागेका छौं। रेस्टुरेन्ट, विद्यालयको मैदान, प्रतीक्षालय, बस बिसौनी, जहाँ भए पनि मानिसहरू फोनमै केन्द्रित भइरहेका हुन्छन् र कुराकानी गर्छन्।
– सामाजिक अन्तरक्रियाका लागि सोसल मिडियामा धेरै भर पर्ने मानिसले बिस्तारै ‘फेस टु फेस' अन्तरक्रियाको सिप गुमाउँदै जाने जोखिम रहन्छ। यदि कलिलो उमेरको मानिस हो भने, विकास प्रक्रिया नै खुम्चिन सक्छ। त्यसैले, यदि तपाईंले उही घरमा बस्ने कसैसँग सोसल मिडियामा अन्तरक्रिया गर्न थाल्नुभएको छ भने त्यो व्यक्तिसँग प्रत्यक्ष कुराकानी गर्दा समस्या हुन थाल्छ। सोसल मिडियाका सजिलो, अनुकूल, पहुँचजस्ता विशेषता डरलाग्दा पक्षहरू पनि हुन्।
– मानिसहरू विभिन्न बहानामा विद्युतीय सामान र सोसल मिडिया साइटमा भर पर्न थालेका छन्, जसले उनीहरूलाई असामाजिक बनाइरहेको छ। अहिलेका बालबालिका सेलफोन र सोसल मिडियासँग हुर्किरहेका छन्। इन्टरनेसनल सेन्टर फर मिडिया एन्ड दि पब्लिक एजेन्डाले गरेको एक अध्ययनले २४ घन्टाको अवधिसम्म विद्युतीय साधनहरूको प्रयोग गर्ने विद्यार्थीले एकदमै एक्लो महसुस गरेको र कसरी समय बिताउने भन्ने उसलाई थाहा नपाएको पत्ता लगायो। प्रविधिले हामीलाई व्यक्तिगत सम्बन्धको अभाव महसुस गराउँछ। अहिले बालबालिकाहरू विद्युतीय सामानमा ज्यादा र मानव अन्तरक्रियामा कम निर्भर हुन थालेका छन्।  उनीहरूको इन्स्टाग्राम अकाउन्टमा सयौं फलोअर हुन सक्छन् तर आफूसँग मिल्ने निकटको साथी कोही नभएको महसुस गर्छन्। अर्को पक्ष भनेको प्रविधिले उनीहरूको आत्मविश्वासलाई घटाउन सक्छ। प्रविधि र सामाजिक सञ्जालबाट हुने अन्तरव्यक्ति सञ्चारमा धेरै तर्क, विचार र अनावश्यक कुरा हुन्छन्, किनभने त्यो प्रत्यक्ष सञ्चार हुँदैन। धेरै मानिस इन्टरनेट र उनीहरूको स्मार्टफोनबाट दिइने सूचनामा निर्भर हुन्छन्।

यी तर्कका अलावा बहसका केही सहभागीले आफ्नो अनुभवसमेत लेखेका छन्। आफ्नो बाल्यकाल र सामाजिक सञ्जालको प्रयोगलाई काराओकेले यसरी जोडेको छन्, ‘जब म पाँच वर्षको थिएँ, अहिलेभन्दा धेरै सामाजिक थिएँ। म बाहिर जान्थेँ, पार्कमा नचिनेका मानिससँग खेल्थेँ र सजिलै साथी बनाउँथे। त्यसपछि, म अर्को स्कूलमा पढ्न थालेँ। म अलिकति संकोच महसुस गथर्ें तर पनि सामाजिक नै थिएँ। पछिल्ला केही वर्ष मैले ल्यापटप प्रयोग गर्न थालेसँगै बाहिरी संसारबाट टाढा हुन थालँे। मलाई अहिले कसरी सही कुराकानी सुरु गर्ने भन्ने थाहा छैन। मेरा साथीहरू अहिले पनि छन् तर उनीहरूसँग सामाजिक सञ्जालमा मात्र जोडिन सक्छु। म उनीहरूसँग कुराकानी गर्छु तर सामान्यमात्र। पहिलेजस्तो रोचक र रसिलो छैन।'
त्यस्तै, टेनलन नामका २५ वर्षीय युवकले पनि सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाएको तर्क गर्दै आफ्नो अनुभव साटेका छन्। ‘स्मार्टफोन र यस्तै साधनहरूले मानिसलाई असामाजिक बनाएको छ। जब मानिस फोनको प्रयोग गर्छन्, वरपर के भइरहेको छ भन्ने थाहा पाउँदैनन्। केही समयअघिसम्म म पनि यस्तै थिएँ। धेरै समय मेरा आँखाहरू स्मार्टफोनको स्त्रि्कनमा हुन्थे। म नचिनेका मान्छेसँग च्याट गरेर बस्थेँ। मसँगै बसिरहेका परिवारका सदस्य र साथीहरूसँग केही नबोली स्मार्टफोनमै व्यस्त हुन्थेँ। मेरो परिवारका सदस्य र साथीहरूको प्रतिक्रियापछि मात्र आफ्नो व्यवहारको पुनरावलोकन गर्न थालेँ। त्यसपछि मैले कहिले नभेटेका मान्छेसँग कुरा गर्नुभन्दा मलाई साँच्चै माया गर्ने मेरो परिवार र साथीहरूसँग कुरा गर्न थालेँ,' टेनलनको अनुभव छ।

‘होइन, सोसल मिडियाले असामाजिक बनाउन सक्दैन'

maxresdefault
– फेसबुक वा अन्य सामाजिक सञ्जालमा मानिसहरूसँग च्याट गर्नाले एक प्रकारको ‘बोल्डनेस' दिन्छ जुन निकै महत्वपूर्ण हुन्छ। बोल्न हिचकिचाउने धेरै मानिस सामाजिक पुतलीहरू भएको मैले महसुस गरेको छु। सामाजिक सञ्जालले तपाईंको साथीहरूसँग कुराकानी गर्ने, अनलाइनमा स्टाटस वा तस्बिर पोस्ट गर्नेमात्र होइन, लाखौं मानिसलाई विभिन्न प्रकारले सहयोग पनि गरिरहेका छ। यदि तपाईंलाई कुनै समस्या पर्योट र सहयोग चाहियो भने सामाजिक सञ्जालमा गएर पोस्ट गर्नुहोस्— केही न केही उपाय पक्कै निस्किन्छ।
– सोसल मिडियाले मानिसलाई सधैं असामाजिक बनाउँदैन। यसले साथी बनाउन सहयोग गर्छ। उदाहरणका लागि, यदि कुनै व्यक्ति आफ्नो निजी जीवनमा लजालु वा अन्तर्मुखी छ भने पनि इन्टरनेट दुनियाँमा खुल्न सक्छ। यसले साथी बनाउन सक्छ। बिस्तारै उनीहरू नजिकिएर वास्तविक दुनियाँमै साथी बन्न सक्छन्। मेरो विचारमा, सोसल मिडियाले किशोरावस्थामा भएकाहरूलाई आत्मविश्वास बढाउन र नयाँ मानिस भेट्न सहयोग गर्छ।
– यदि कुनै मानिस असामाजिक छ भने त्यो उसको आफ्नै छनोट हो। तर सामाजिक सञ्जालले मानिसलाई केही बनाउँदैन। असामाजिक वा सामाजिक भन्ने कुरा उनीहरूको बहानामात्र हो। सोसल मिडिया एउटा हथौडा हो। यसले तपाईंको बसोबासका लागि बलियो भवन बनाउन पनि सक्छ, अथवा तपाईंले त्यसको प्रयोग गरेर कसैलाई मार्न पनि सक्नुुहुन्छ। सोसल मिडियाको प्रयोगले मानिसले धेरै कुरा गर्न सक्छ। यसलाई दोष दिनु भनेको कुनै व्यक्तिले कसैलाई बन्दुकले मार्योय भने हत्यारा होइन, बन्दुक जेल जानुपर्छ भनेर तर्क गरेजस्तै हो।
...

नेपाली प्रयोगकर्ताका तर्क


‘असामाजिक कम, सामाजिक ज्यादा'
काठमाडौंको धापासी बस्ने निराजन सिंखडा फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता सोसल मिडियामा दैनिक करिब तीन घन्टा रहन्छन्। ‘प्रत्यक्ष रूपमा आफ्नो मनको भावना व्यक्त गर्न नसक्ने अन्तर्मुखी व्यक्तिहरूले पनि सामाजिक सञ्जालमार्फत विचार व्यक्त गरिरहेका हुन्छन्,' सोसल मिडियाले मानिसलाई अझ सामाजिक बनाउने उनको तर्क छ। सामाजिक सञ्जालमा लेखेर व्यक्त गर्न सक्ने विचार आफूले बोलेर व्यक्त गर्न नसक्ने बताउँछन्, उनी। सोसल मिडियाले  साथीहरूको दायरा फराकिलो बनाएकोमा उनी खुसी पनि छन्। ‘फरक–फरक क्षेत्रका मन मिल्ने साथीहरू बनाएको छु, जुन व्यक्तिगत जीवनमा सायदै सम्भव छ,' उनी भन्छन्। सामाजिक सञ्जालबाट हुने थुप्रै सामाजिक कार्यमा पनि सहभागी हुँदै आएका उनी कुनै समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न छोडेर फोटो खिचेर पोस्ट गर्न हतारिने प्रवृत्तिसँग भने सहमत छैनन्। ‘नक्कली एकाउन्ट बनाएर जथाभावी लेख्ने र अरूलाई दुःख दिने दुरुपयोगकर्ता पनि धेरै छन्,' उनको बुझाइ छ।
निराजनले सोसल मिडियालाई सामाजिक भनेर तर्क गरे पनि सातदोबाटो बस्ने नीति शर्माको धारणा भिन्न छ। सोसल मिडिया नशाजस्तै बन्दै गएकाले यसले मानिसलाई एक्लो बनाउँदै गइरहेको उनको अनुभव छ। ‘सामाजिक तत्वलाई  गोजीमा सीमित बनाइरहेको छ,' सोसल मिडियाले मानिसलाई असामाजिक बनाउँदै लगेको तर्क गर्दै उनी भन्छिन्, ‘लाइक, कमेन्ट, रिट्वीट र फेबरेटले मान्छेको दिमाग भरिएको छ।'
अहिलेको पुस्ताको ध्यान सेल्फी, विफी खिचेर पोस्ट गर्ने अनि लाइक र कमेन्ट कुर्नुमै सीमित रहेको उनी तर्क गर्छिन्। अचेल मानिसहरूको बिहानी पोस्ट वा ट्वीटबाटै सुरु हुने र रात त्यसबाटै अन्त हुने बताउँछिन्, उनी। ‘उठेँ, चिया पिउँदै छु, अफिस जाँदै, यो खाएँ, त्यसो गरे, थकाइ लाग्यो, आदि इत्यादि,' उनी प्रश्न गर्छिन्, ‘कसलाई मतलब छ, तपाईंले दिनभर के गर्नुभयो?'
बाहिरको रमाइलो संसारबाट सोसल मिडियाले विच्छेद गराउँदै गएको उनको दाबी छ। नीतिका अनुसार त हाम्रो खुसी अब एउटा स्माइलीमा मात्रै सीमित भएको छ। ‘हामी आफ्नो परिवार वा साथीहरूसँग कम, सोसल मिडियामा ज्यादा रमाउने भइसकेका छौं,' उनको चिन्ता छ, ‘हामी वास्तवमै खुसी हुन छोडिसक्यौं।'
ट्वीटरमा आफ्ना धेरैजसो विचार राख्ने सञ्जीव पोखरेलको भनाइमा सोसल मिडियाले मानिसलाई सामाजिक/असामाजिक दुवै बनाउँदैन। प्रयोगकर्ताले विचार राख्नका लागि यसको प्रयोग गर्ने हो भने कुनै पनि विचार सामाजिक वा असामाजिक नहुने बताउँछन्, उनी । ‘सोसल मिडियाको काम मानिसलाई समुदाय वा समाजप्रति जिम्मेवार बनाउने होइन,' पोखरेल थप्छन्, ‘यसले समान भूगोल, संस्कृति वा आस्था नभएका मानिसलाई जोड्ने गरेको छ।
विश्व वन्यजन्तु कोषमा कार्यरत ऋचा भट्टराई बिदाको दिन छ घन्टासम्म  सामाजिक सञ्जालमा बिताउँछिन्। अन्य दिन पनि दुई घन्टा यसमै बित्छ। मानिसहरूसँग सम्पर्कमा रहन, सञ्चार गर्न र संसारमा भएका नयाँ कुराबारे जानकारी लिन सोसल मिडिया सहयोगी हुने उनको अनुभव छ। यो द्रुत र प्रभावकारी भए पनि फाइदाभन्दा हानि धेरै भएको उनी बताउँछिन्। ‘म पहिले घन्टौंसम्म पढेर वा लेखेर बिताउँथेँ, अहिले समय हुनासाथ अरूका बारे थाहा पाउन फोनमै व्यस्त रहन्छु,' कहिलेकाहीँ घन्टौंसम्म अरूको प्रोफाइल हेरेर बिताउने गरेको उनको अनुभव छ। साथीहरूसँग भेट हुँदा पनि कुराकानीभन्दा बढी फोनमै व्यस्त हुने गरेकाले अब इन्टरनेटमा कम समय दिने सोच बनाएकी छिन्, उनले। ‘प्रत्यक्ष गफगाफ हुनुपर्ने ठाउँ पनि इन्टरनेटको सुविधाले खोसिसक्यो। यो राम्रो होइन,' उनले सुनाइन्।
काठमाडौं, नयाँ बानेश्वर बस्ने दीपक बन्जाडेको अनुभवमा वास्तविक जीवनमा खुल्न नसक्नेहरूका लागि सोसल मिडिया वरदानजत्तिकै हो। ‘यदि यस्तो सञ्जाल हुँदैनथ्यो भने अन्तर्खुमी व्यक्तिहरूको अव्यक्त भावना उनीहरूमै सीमित हुन्थ्यो,' सोसल मिडियाको पक्षमा उनको भनाइ छ, ‘आफ्नो प्रतिभा, क्षमता र ज्ञान देखाउन पनि यो निकै उपयोगी माध्यम हो।'
दैनिक दुई घन्टाभन्दा लामो समय सोसल मिडियामा बिताउने दीपक आफन्तहरूभन्दा ‘भर्चुअल' संसारका मानिसहरू महत्वपूर्ण हुँदै गएकोमा भने चिन्ता गर्छन्। ‘घरपरिवारका सदस्यहरू एक–अर्कासँग नजिक देखिए पनि उनीहरूको अन्तरक्रियात्मक सम्बन्ध कम हुँदै गएको छ,' उनी थप्छन्, ‘भर्चुअल मानिस र वास्तविक मानिसबीच प्रतिस्पर्धा भइरहेको देखिन्छ।' लाइक्स, कमेन्ट, रिट्वीट र फेबरेट संख्याले मान्छेको खुसी गणना हुन थालेकोमा उदेक लागेको छ उनलाई।
सोसल मिडिया प्रयोगको फाइदा र बेफाइदा दुवै भएको नेपाली प्रयोगकर्ताहरू स्विकार्छन्। प्रयोगको दर र तरिकाले आफूमा फरक प्रभाव पार्ने उनीहरूको अनुभव छ।
काठमाडौं बनस्थली बस्ने १९ वर्षीया समीक्षा पन्थ सामाजिक सञ्जालमा दैनिक दुई घन्टा बिताउँछिन्। मानिसहरू वास्तविक जीवनमा कुराकानी गर्न छोडेर च्याटमा व्यस्त हुने गरेको देख्दा उनी दिक्क मान्छिन्। स्कुलमा पढ्ने साना बालबालिकाले साथीहरूसँग कुरा गर्नु वा खेल्नुको साटो कम्प्युटर वा अनलाइनमा व्यस्त भइरहेको देखेकी छिन्, उनले। ‘सोसल मिडियाले हामीलाई असामाजिक बनाउँदै छ,' यसको नकारात्मक प्रभावबारे उनी भन्छिन्, ‘विभिन्न भाइरल सामग्रीहरूले त हाम्रो दिमाग नै खलबल्याइदिन्छ।'
सामाजिक सञ्जालले नामजस्तै मानिसलाई सामाजिक बनाउने प्रयास गरिरहेको छ त?
‘फेसबुकले टाढा रहेका साथी र परिवारसँग सम्पर्कमा रहन सहयोग गरेको छ,' समीक्षा थप्छिन्, ‘तर यसले हामीलाई भर्चुअल संसारमा मात्रै सामाजिक बनाउने प्रयास गरिरहेको छ।'
प्रविधिको विकाससँगै भइरहेको नयाँनयाँ प्रयोगले सोसल मिडियाप्रति युवा पुस्ताको रुचि बढेको छ। यसको सकारात्मक/नकारात्मक दुवै पक्ष रहेको अधिकांश प्रयोगकर्ता स्विकार्छन्। तर, यसलाई सामाजिक बनाउने कि असामाजिक? हरेक प्रयोगकर्ताको सोचमा भर पर्छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस