काठमाडौं-सरकारले ६ वर्षअघि चुनढुंगामा आधारित सिमेन्ट उद्योगका लागि खानीसम्म पहुँच सडक र विद्युत प्रसारण लाइन बनाइदिने घोषणा गर्योध। त्यसका लागि बजेटको व्यवस्था पनि भयो। तर अझसम्म एउटै पूर्वाधार तयार नभएको उद्योग मन्त्रालयले जनाएको छ।पूर्वाधार निर्माणमा अपेक्षित प्रगति हुन नसकेपछि मन्त्रालयले नयाँ मापदण्ड बनाउन लागेको छ। यस वर्ष बजेट नपुगेर सडक निर्माण रोकिएको उसको भनाइ छ। सिमेन्ट उद्योगका लागि सडक र विद्युत प्रसारण लाइनको काम मन्त्रालयको पहिलो प्राथमिकतामा परेको काम हो।
सरकारले आर्थिक वर्ष २०६५/०६६ मा चुनढुंगामा आधारित सिमेन्ट उद्योगका लागि पहुँच सडक र विद्युत प्रसारण लाइन बनाइदिन थालेको थियो। १२ उद्योगको पहुँच सडक र १४ उद्योगको प्रसारण लाइनको काम जारी छ।
पूर्वाधार निर्माणलाई व्यवस्थित गर्न नयाँ मापदण्ड बनाउन लागिएको उद्योगमन्त्री महेश बस्नेतले बताए। ‘आउँदो आर्थिक वर्षमा मापदण्ड बनाउने योजना छ,' मन्त्री बस्नेेतले भने, ‘पूर्वाधार निर्माण र उद्योग सञ्चालनलाई यसले व्यवस्थित गर्ने छ।' व्यवसायीसँग छलफल गरेर मापदण्ड बनाइने उनले जानकारी दिए।
सरकारले हरेक वर्ष यी पूर्वाधार निर्माण गर्न बजेट छुट्ट्याउँदै आएको छ। तर केका आधारमा उद्योग चयन गर्ने?, मापदण्ड छैन। खानी निरीक्षण गरेर पूर्वाधार निर्माणको निर्णय गर्ने चलन छ। पूर्वाधार कति सकिँदा उद्योगीले कति काम गर्ने?, कहिलेसम्म पूर्वाधार पूरा गर्ने?, कस्तो उद्योगलाई दिने?, खानीको स्तर कति उद्योगलाई दिने? भनेर मापदण्ड नबनाउँदा व्यवस्थित हुन नसकेको हो।
मन्त्रालयका अनुसार उद्यमी स्वयंले पहुँच मार्ग निर्माण गर्न चाहे मापदण्डका आधारमा अनुदान दिने व्यवस्था मिलाइने छ। सरकारले नै बनाउने हो भने उद्योगीले पनि सँगसँगै उद्योग स्थापनाको काम गर्नुपर्ने छ।
कतिपय ठाउँमा पूर्वाधार निर्माण भए पनि उद्योग स्थापनाको लागि व्यवसायीले काम नगरेको मन्त्रालयले जनाएको छ। पूर्वाधार निर्माण हँुदै गर्दा उद्योगीले पनि त्यसै अनुरुपमा काम गर्नुपर्ने गरी मापदण्ड बनाउन लागिएको हो।
मन्त्रालयको पहिलो प्राथमिकताको कार्यक्रम भनिए पनि चालु आर्थिक वर्षमा बजेट नपुगेर सडक निर्माणको काम पूर्ण रुपले चलेको छैन। यो वर्ष पहुँच सडक निर्माणको लागि ३० करोड २५ लाख रुपैयाँ र विद्युत प्रसारण लाइन बनाउन ५५ करोड ८० लाख रुपैयाँ बजेट थियो।
यस वर्ष पहुँच सडक बनाउन १३ करोड ३९ लाख रुपैयाँ नपुगेको मन्त्रालयले जनाएको छ। गत वर्षकै भुक्तानी बाँकी भएकाले यस वर्षको बजेटले नधानेको उसको तर्क छ। गत वर्ष सडक निर्माणको काम भएको तर समयमा भुक्तानी नहुँदा बजेट नै फ्रिज भएको मन्त्रालय स्रोतले बतायो। यस वर्ष पहुँच सडकको लागि विनियोजित बजेट पोहोरकै कामको लागि भुक्तानी दिइएको थियो।
अर्थ मन्त्रालयले वैशाख लागेपछि कुनै पनि मन्त्रालयलाई रकम निकासा नगर्ने भनेपछि उद्योगलाई बजेट जुटाउन मुस्किल परेको छ। बजेट नपुगेपछि मन्त्रालयले आर्थिक वर्ष सकिन लाग्दा अन्य मन्त्रालयमा खर्च नभएको बजेटका लागि पत्राचार गरेको छ।
मन्त्रालयले बजेट नपुगेर अन्य कामसमेत प्रभावित भएको जनाएको छ। औद्योगिक करिडोरका समस्या अध्ययन गर्न बनेको समितिले काम थाल्न नसकेको मन्त्रालयका अधिकारी बताउँछन्।
मन्त्रालयको दोस्रो चौमासिक तथ्यांकअनुसार अहिलेसम्म कुनै पनि उद्योगमा पूर्वाधार निर्माण पूरा भएको छैन। अहिले सरकारले निगाले, शुभश्री अग्नि, कसमस, दाङ, सोनापुर, घोराही, युनाइटेड, भारदेउ, बुटबल, सर्वोत्तम र पाल्पा सिमेन्ट उद्योगको लागि पहुँच सडक निर्माण गरिरहेको छ। यी उद्योगको खानीसम्मको पहुँच सडक निर्माणमा ६२ देखि ९० प्रतिशतसम्म काम सकिएको मन्त्रालयले जनाएको छ।
कतिपय ठाउँमा स्थानीयले अवरोध गर्दा काम ढिला भएको मन्त्रालयले जनाएको छ। कतिपयमा टेन्डर समेत आह्वान हुन सकेको छैन। यी सबै समस्यालाई आधार बनाएर मापदण्ड बनाइनेछ।
मन्त्रालयलेे सिमेन्ट उद्योगमा गरिरहेको पूर्वाधारको काम पछि अन्य उद्योगमा पनि गर्ने जनाएको छ। जडीबुटी प्रशोधन व्यवसाय प्रवर्द्धन गर्न आगामी वर्ष अछाम, बैतडी, मुगु, बाजुरा र बझाङ जिल्लामा पहुँच मार्गसहित जडीबुटी केन्द्र स्थापना गरी स्थानीय समुदायको सहभागितामा सञ्चालन गर्ने मन्त्रालयको योजना छ।