वैदेशिक रोजगारको लागत सीमा खारेज हुने
२६ चैत्र २०७१
•
१० मिनेट पाठ
वैदेशिक रोजगारको लागत सीमा खारेज हुने
काठमाडौं-नेपाली कामदार विदेश पठाउँदा म्यानपावर कम्पनीले असुल्न पाउने रकमको सीमा खारेज हुने भएको छ। आफ्नो देशमा पसिना बगाउन जाने कामदारको टिकट, भिसा जस्ता खर्च उतैबाट बेहोर्दा पनि यहाँका कम्पनीले रकम असुलेको विषयमा रोजगारदाता मुलुकका उच्च अधिकारीले चासो व्यक्त गरेपछि सरकारले यो कदम चाल्न लागेको हो।एक दर्जन मुलुकमा कामदार पठाउँदा म्यानपावर कम्पनीले असुल्न पाउने भनी सरकारले नै तोकेको लागतको अधिकतम सीमा हटाउन खोजेको हो। विगतमा वैदेशिक रोजगारीमा जाने कामदारसँग म्यानपावर कम्पनीले अत्यधिक पैसा लिएको गुनासो बढेपछि सरकारले लागत सीमा तोकेको थियो। रोजगारदाताले भिसा र टिकट निःशुल्क पठाए पनि म्यानपावर कम्पनी र एजेन्टले कामदारसँग अनधिकृत रुपमा रकम उठाउन नछोडेकाले सिलिङ नै हटाउन लागेको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ बताउँछन्।
रोजगारदाताले नेपाली लैजाँदा कमिसन र प्रक्रिया खर्च दिने गरे पनि म्यानपावर कम्पनी र एजेन्टले कामदारसँगबाट पैसा उठाइरहेका छन्। श्रम तथा रोजगार मन्त्रालयले अधिकतम लागत सीमा हटाउने र निःशुल्क भिसा र टिकटमा पैसा लिने म्यानपावर कम्पनीको लाइसेन्स नै खारेज गर्ने प्रावधान ल्याउन लागेको राज्यमन्त्री टेकबहादुर गुरुङले बताए।
रोजगारदाता मुलुकले कामदार निःशुल्क लिन्छौं भनिरहेको र धेरै मुलुकले सबै खर्च बेहोरिरहेको बेला सरकारले नै पैसा तोक्नु जायज नहुने गुरुङ बताउँछन्। ‘रोजगारदाता मुलुकका अधिकारीहरु कामदारसँग पैसा उठाएको सुनेपछि अचम्भित भए। त्यसमाथि म्यानपावर एजेन्टले तोकेभन्दा निक्कै धेरै लिएर ठगिरहेका छन्। त्यसैले सरकारले सिलिङ हटाएर प्रभावकारी अनुगमन गर्न खोजेको हो,' उनले भने।
म्यानपावर कम्पनीले माग ल्याउन उताका एजेन्सीलाई कमिसन दिने गरेकाले कामदारसँग बढी पैसा असुलेको रोजगार व्यवसायी पृष्ठभूमिका राज्यमन्त्री गुरुङको भनाइ छ। मन्त्रालयले यसका लागि छुट्टै कानुन बनाउने तयारी थालेको पनि उनको भनाइ छ।
मन्त्री गुरुङका अनुसार अहिले एउटा कामदार मलेसिया पठाउँदा उतैबाट ३ हजार रिंगेट कमिसन आउँछ। मलेसिया पठाउँदा ८० हजार रुपैयाँसम्म लिन पाउने गरी सरकारले सीमा तोके पनि म्यानपावर कम्पनीले डेढ लाखसम्म असुल्छन्। खाडी मुलुक र मलेसियाको अधिकतम लागत सीमा तत्काल खारेज गरेर अन्य मुलुकतर्फ प्रभावकारी अनुगमन गर्ने गुरुङले दाबी गरे।
हालै नेपाल भ्रमण गरेका मुख्य गन्तव्य मलेसिया, दोस्रो गन्तव्य कतार र खाडीकै अर्कौ रोजगारदाता मुलुक बहराइनका उच्च अधिकारीले कामदारसँग पैसा उठाएको विषयमा आपत्ति जनाएका थिए। त्यसपछि मात्रै सरकारले सक्रिय भएको हो।
गत भदौमा मलेसियाका मानव संशाधन मन्त्री डाटुक रिचर्ड रियट जायम नेपाल आएका थिए। अघिल्लो साता बहराइनका श्रम बजार नियमन निगमका प्रमुख असमान अब्दुलाह अल अवासी र कतारका श्रम तथा सामाजिक मामिला मन्त्री अब्दुलाह बिन सालेह अल खुलाइफी नेपाल आएका थिए। बहराइनका अल अवासी र कतारका खुलाइफीले आफ्नो मुलुकले निःशुल्क कामदार लिने गरे पनि यहाँका एजेन्सीले पैसा उठाएको विषयमा गम्भीर चासो व्यक्त गरेका थिए।
जुन देशमा धेरै नेपाली गएका छन् त्यहीँका अधिकारीले पैसा उठाएकोमा आपत्ति जनाएपछि सरकारमाथि केही न केही गर्नुपर्ने दबाब परेको हो। ‘केही महिनापछि जापान र साउदी अरबका मन्त्री पनि आउँदै छन्। उनीहरुको गुनासो पनि उही हुन्छ,'राज्य मन्त्री गुरुङले भने, ‘त्यसैले यसमा सरकारले कडाइ गर्नुपर्छ भनेर प्रक्रिया अघि बढाएको हो। यो निर्णयले व्यवसायीलाई पनि फाइदा हुन्छ।'
व्यवसायीले २० हजार रुपैयाँ कमिसन कामदारसँग पैसा नउठाए पनि पाउने राज्यमन्त्री गुरुङले बताए। त्यो कमिसनमा चित्त बुझाए व्यवसाय मर्यादित हुने र फाइदा पनि हुने उनले बताए। लागत सीमा हटाउने विषयमा व्यवसायीसँगै अन्तिम सल्लाह लिने उनको भनाइ छ।
वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङ भने सरकारले अपरिपक्व निर्णय लिन लागेको तर्क गर्छन्। उनको भनाइमा वैदेशिक रोजगार सेवा शुल्कका हिसाबले चार प्रकारको छ। कुनै कम्पनीले निःशुल्क टिकट र सेवा शुल्क पनि दिन्छन्, कुनैले टिकट दिने तर सेवा शुल्क नदिने हुन्छ। कुनैले टिकट र सेवा शुल्क दुवै दिँदैनन् । ‘कुनै कुनैमा उल्टै उताको कम्पनीलाई कमिसन दिनुपर्ने हुन्छ। त्यसैले यो बुझेर निर्णय गर्नुपर्छ,' उनले भने। तर कतारका मन्त्रीले आफ्नो मुलुकमा काम गर्न आउने विदेशी कामदारसँग एक पैसा पनि उठाउन नपाइने बताउँदै यहाँका म्यानपावरले पैसा उठाइरहेको प्रति सार्वजनिक रुपमै आश्चर्य व्यक्त गरेका थिए।
बहराइनका उच्च अधिकारीले पनि विदेशी कामदार लिने रोजगारदाताले सम्पूर्ण खर्च बेहोरिरहेको बताएका थिए। उनले त नेपाली म्यानपावर एजेन्सीले यहाँ सरकारी प्रक्रिया गर्दा लाग्ने खर्च पनि उतैबाट बेहोर्ने बताएका छन्।
तामाङको भनाइमा प्रत्यक्ष कम्पनीबाट कम्पनीमा निःशुल्क भयो भने नेपालबाट पनि निःशुल्क पठाउन सकिन्छ। ‘टिकट र सेवाशुल्क नदिने गरी माग आयो भने के गर्ने?' उनले भने। कतिपय घटनामा व्यवसायी दोषी रहेको र कतिपयमा सरकारकै कारण समस्या भएको उनको भनाइ छ।
धेरैलाई वैदेशिक रोजगार व्यवसायको लाइसेन्स बाँड्दा अस्वस्थ प्रतिस्पर्धा बढेको उनी तर्क गर्छन्। अहिले ७ सय ५० म्यानपावरले लाइसेन्स पाएका छन्। यसलेे नेपालबाटै कमिसन दिने प्रवृत्ति जन्माएको र कामदारलाई भार परेको उनले बताए। ‘हाम्रो प्राथमिकता निःशुल्कमा हुनुपर्‍यो। सरकारले उताको सरकारसँग समन्वय गरेर निःशुल्क पठाउने वातावरण बनाए राम्रो हुन्छ,' उनले भने।
श्रमविज्ञ गणेश गुरुङका अनुसार सरकारले तोकेको सीमा अधिकतम लागतको हो। व्यवसायीले त्योभन्दा पनि बढी लिँदा समस्या आएको उनी बताउँछन् । ‘अनुगमन छैन। कारबाही पनि छैन। अनि जसले जे गरे पनि हुन्छ। म्यानपावर एजेन्सीले पनि आफूखुसी गरिरहेका छन्,' विज्ञ गुरुङले भने।
अन्तर्राष्ट्रिय श्रम संगठनको मान्यता पनि निःशुल्क नै हो भन्छन्, उनी। तर सरकारले नै लागत तोकिदिएपछि लिन पाइन्छ भन्ने मानसिकता विकास भएकोले यो हटाएकै राम्रो हुने उनको भनाइ छ। ‘खासमा उतैको रोजगारदाताले सबै खर्च बेहोर्नु पर्छ, कामदारसँग उठाउनु जायज होइन,' विज्ञ गुरुङले भने।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस