डा. केसीको स्वास्थ्य 'जोखिमपूर्ण'
१५ चैत्र २०७१
•
१० मिनेट पाठ
डा. केसीको स्वास्थ्य 'जोखिमपूर्ण'
काठमाडौं- स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा देखिएका विकृतिविरुद्ध दसबुँदे मागसहित आठ दिनदेखि आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य 'जोखिमपूर्ण' अवस्थामा पुगेको छ।उपचारमा संलग्न चिकित्सकहरूका अनुसार मस्तिष्कमा ग्लुकोजको कमीले बेलाबेला डा. केसीको चेतना हराउन थालेको छ। उनी बोल्दा छिट्टै थाक्ने गरेका छन् भने छातीको दुखाइ र मांसपेसी बाँउडिने क्रम बढेको छ। बाहिरबाट देखिने यस्ता लक्षणबाहेक आइतबारको स्वास्थ्य रिपोर्टअनुसार आन्तरिक रूपमा पनि उनी गल्दै गएको डा. दिव्यासिंह शाहले जानकारी दिइन्।




'भित्रभित्रै उहाँको स्वास्थ्य धेरै खस्किसकेको छ,' डा. शाहले आइतबार नागरिकसँग भनिन्, 'उहाँको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा छ। जुनसुकै बेला जे पनि हुनसक्छ।'

डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थाका कारण जुनसुकै बेला आइसियु सार्नुपर्ने स्थिति रहेको उनले बताइन्। यसका लागि आइसियुमा एउटा शऒ्ढया तयारी अवस्थामा राखिएको छ। अघिल्लो अनशन क्रममा पनि आइसियु लैजानुपर्ने अवस्था आएको थियो। तर, डा. केसीले आफू होसमा छउन्जेल आइसियु सर्न मानेनन्। 'जोखिम बढ्दै गएकाले यसपालि मनाउने कोसिस गर्नुपर्छ,' अर्का एक चिकित्सकले भने, 'तर, होस छउन्जेल मनाउन गाह्रो छ।'

अनशन क्रममा आठ दिनदेखि पानीसमेत नपिएका डा. केसीको जीवनरक्षाका लागि चिकित्सकहरूले 'नर्मल सलाइन' दिइरहेका छन्। यसबाहेक अतिरिक्त औषधि र ग्लुकोज लिन उनले अस्वीकार गरेका छन्। नसाबाट सलाइन दिँदादिँदा रक्तनली सुन्निएको छ। यस्तो अवस्थामा शरीरभरि संक्रमण फैलिएर 'सेप्सिस' हुनसक्छ। पटक–पटकको अनशन र उमेरका कारण पनि यसपालि उनको स्वास्थ्य छिट्टै खस्केको चिकित्सकहरूले बताएका छन्।

खानाले मुटु र श्वासप्रश्वासका लागि चाहिने ऊर्जा ग्लुकोज उत्पादन गर्छ। शरीरका तन्तुले त्यही ऊर्जाबाट मस्तिष्कलगायत अन्य अंगमा अक्सिजन पुर्यानउँछ। 'मस्तिष्कमा सुगर र अक्सिनज पुगेन भने तन्तुहरू ड्यामेज हुन थाल्छन्,' डा.शाहले भनिन्, 'केसीले लामो समयदेखि खाना नखाएको र शरीरमा संचित पोषक तत्व सकिएकाले उहाँको स्वास्थ्य गम्भीर छ। खान छाडेपछि शरीरले ग्लाइकोजिनका रूपमा संचित पोषक तत्व सोस्न थाल्छ, त्यतिबेला पिसाबमा किटोनको मात्रा बढी देखिन्छ।'

अनशनको दोस्रो दिनबाटै डा. केसीको पिसाबमा किटोनको मात्रा बढेको थियो। 'एक–दुई दिन नखाँदासम्म संचित पोषक तत्वले काम गर्छ,' उनले भनिन्, 'त्यसपछि शरीरमा रहेको फ्याट र विस्तारै मांसपेसीबाट लिन थाल्छ।' आठ दिन लगातार पानीसमेत नपिई बस्दा शरीरले ऊर्जाका निम्ति सबै वैकल्पिक बाटो प्रयोग गर्न थालेको उनले बताइन्।

उनका अनुसार यो अवस्थामा मिर्गौला, मस्तिष्क र लिभरमा असर पर्छ। हृदयाघातको जोखिम पनि हुन्छ। 'अहिले मस्तिष्कमा अक्सिजनको मात्रा कम भएर उहाँको चेतना हराउने क्रम सुरु भएको हो,' उनले भनिन्, 'यस्तो बेला मान्छेलाई आफू कहाँ छु भन्ने नै होस हुँदैन।'

शरीरले अन्य तरिकाबाट ऊर्जा लिँदा अम्लियपना अधिक भए रक्तचाप कम भएर मान्छे 'कोल्याप्स' हुनसक्ने डाक्टरहरू बताउँछन्। 'आइतबारकै रिपोर्टले अम्लियपना बढेको देखाइसकेको छ,' डा. शाहले भनिन्।

यतिमात्र होइन, शरीरलाई चलायमान राख्न भिटामिन, मिनरल्स, क्याल्सियम, म्याग्नेसियम र सोडियम चाहिन्छ। यसबाट शरीरका तन्तुहरूको काम सुचारु हुन्छ। यो कम हुँदै गए मुटुको धड्कनमा असर पर्छ। डा. केसीमा अहिले यो असर पनि देखिन थालिसकेको छ। उनको मुटुको चाल कहिले बढ्ने र कहिले घट्ने गरेको छ। यो दुवै अवस्था राम्रो होइन।

अर्को वार्ता 'बटमलाइन' पूरा भएपछि
आठ दिनदेखि आमरण अनशनमा बसेका डा. केसीले सरकारले आफ्नो बटमलाइन पूरा गरेपछि मात्र वार्तामा बस्ने बताएका छन्। 'त्रिवि पदाधिकारीको बर्खास्तगी र सम्बन्धन खोल्ने सरकारी निर्णय बदर मेरा बटमलाइन हुन्,' उनले आइतबार नागरिकसँग भने, 'त्यो पूरा नगरी वार्ता हुँदैन।'

मन्त्रिपरिषदले शुक्रबार शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा गठन गरेको समितिसँग डा. केसी वार्ता गर्न तयार नभएपछि समितिका दुई सदस्य स्वास्थ्यमन्त्री खगराज अधिकारी र मुख्यसचिव लीलामिण पौडेलसँग आइतबार बिहान छलफल भएको थियो। पहिलो चरणमा सरकारी टोलीलाई डा. केसीका माग बुझाउने काम भएको स्रोत बताउँछ।

आन्दोलन चर्काउने
डा.केसीको समर्थनमा शुक्रबारबाट ओपिडी छाडेका शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकले आइतबार चिकित्सक संघको घोषित कार्यक्रमअनुसार अस्पतालको प्रांगणमै कालोपट्टी बाँधेर ओपिडी सेवा सञ्चालन गर्ने निर्णय गरेका छन्।

चिकित्सक संघले सोमबारदेखि बाहिर ओपिडी चलाउने घोषित कार्यक्रम यथावत राख्दै चैत १७ गते मंगलबारदेखि देशभर रिले अनशन गर्ने निर्णय गरेको छ। संघले यस्तो परिपत्र सबै शाखालाई गरिसकेको छ। संघले आइतबार विभिन्न स्वास्थ्यकर्मी, नर्सिङ युनियनसँग छलफल गरेको थियो।

यसैगरी सरकारी चिकित्सक संघ (गोदान) ले समेत विज्ञाप्ति जारी गरी १८ गतेसम्म बहिरंग सेवा अवरुद्ध हुनसक्ने जनाउँदै यसले आकस्मिक कक्षमा हुनसक्ने बिरामी संख्या वृद्धिलाई व्यवस्थापन गर्ने तयारी गर्न आह्वान गरेको छ। संघले सघन उपचार तथा प्रसूतीलगायत सेवा नियमित हुने व्यवस्था गर्न समेत अनुरोध गरेको विज्ञप्तिमा छ।

'आइओएम जाऊँ' अभियान
डा. केसीका मागमा समर्थन जनाउन सोमबार आइओएममा ऐक्यबद्धता सभा गरिने भएको छ। बिहान १० बजे अस्पताल प्रांगणमा यस्तो सभा गर्न लागिएको र त्यसमा ऐक्यबद्धताका लागि सर्वसाधारणलाई आह्वान गरिएको कार्यदलका सदस्य डा. रामचन्द्र सापकोटाले बताए।

डा.केसीको अनशनप्रति ऐक्यबद्धता जनाउन राजनीतिक दलका नेता एवं सर्वसाधारण शिक्षण अस्पताल पुग्ने क्रम जारी छ। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, कांग्रेसका लक्ष्मण घिमिरे, सद्भावना पार्टीका नेता सरिता गिरी, गायकहरू रामेश, रायनलगायत अनशनस्थल पुगेका थिए।

मन्त्रिपरिषदका पूर्व अध्यक्ष रेग्मीले केसीका माग पूरा गर्न सरकार प्रमुखका नाताले प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्ने बताए। 'सरकारले नीतिगत निर्णय लिएर त्यसका लागि कानुनी अड्चन भए हटाउनुपर्छ,' रेग्मीले भने, 'राज्यका निकायले इमानदार भएर त्यसलाई कार्यान्वयन गर्नुपर्छ।'
अर्को समाचार
डा.केसीको स्वास्थ्य जोखिमपूर्ण
२९ असार २०७३
•
२ मिनेट पाठ
डा.केसीको स्वास्थ्य जोखिमपूर्ण
अनसनरत डा.गोविन्द केसी। तस्विरः केशव थोकर
काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगको टोलीले चार दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य जोखिमपूर्ण बन्दै गएको भन्दै चासो देखाउन ध्यानाकर्षण गराएको छ। आयोग अधिकृत दीपेन्द्र सिंहको नेतृत्वको टोलीले केसीको स्वास्थ्यमा अस्पताल प्रशासनले चासो नदिँदा उनको अवस्था गम्भीर हुँदै गएको औंल्याएको हो।




बिहीबार बिहान ८ बजे केसी अनसनरत त्रिवि शिक्षण अस्पताल पुगेर आयोग टोलीले डा.केसीको अवस्थाबारे जानकारी लिएको थियो। केसीको शरीरमा अक्सिजनको मात्रा घटेको छ भने मुटुको धड्कन दर वृद्धि हुन थालेको छ। अक्सिजनको मात्रा ९०, मुटुको धड्कन वृद्धि भएर १०० सम्म पुग्ने गरेको छ।

सामान्य मान्छेमा अक्सिजनको मात्रा प्रतिमिनेट १०० हुनुपर्छ भने मुटुको धड्कन ७२ हुनुपर्छ। धड्कन बढ्नु र अक्सिजन घट्नुले जोखिमको संकेत हो। डा.केसीले आफ्नो मृत्यु होस् भने जसरी राज्य लागेको भन्दै कुनै पनि हालतमा अनसन नरोक्ने बताए।

'अस्पतालका आफ्ना साथीहरुलाई डर देखाएकै कारण उपचार प्रबन्ध नगरेको हुन सक्छ', केसीले नागरिकन्युजसँग भने। चिकित्सा विद्यार्थीहरुले यो अवस्थामा तत्काल अक्सिजन दिइराख्नुपर्ने भए पनि अस्पताल प्रशासनले सहयोग नगरेको बताएका छन्।

बुधबार नै रेजिडेन्ट्स चिकित्सकहरुले उपचारको प्रबन्ध गर्न अस्पताल प्रशासनलाई लिखित ध्यानाकर्षण गराएका थिए। डा.केसीका लागि अस्पतालले कुनै टोली प्रबन्ध गरेको छैन।

विद्यार्थीले पढाइ छोडे

अस्पताल प्रशासनले डा.केसीको स्वास्थ्यमा ध्यान नदिएको भन्दै विद्यार्थीहरुले आजैदेखि पठनपाठनमा सरिक नहुने निर्णय गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस