पोखरा-हाइड्रोपावरलगायत पूर्वाधार क्षेत्रलाई लक्ष्य गरी पोखराका व्यवसायीले अक्सिजन ग्यास उद्योग खोलेका छन्। पोखरा औद्योगिक क्षेत्रमा स्थापित कालीगण्डकी अक्सिजन ग्यास उद्योगले शुक्रबारदेखि औपचारिक उत्पादन थालेको छ। स्थानीय १२ जना व्यवसायीको ६ करोड रुपैयाँ लगानीमा ग्यास उद्योग सुरु भएको हो। प्राणीले सास फेर्दा लिने अक्सिजन ग्यास स्वास्थ्यभन्दा पनि पूर्वाधारका क्षेत्रमा बढी प्रयोग हुन थालेको छ।
हाइड्रोपावर लगायत पूर्वाधार क्षेत्र विकास हुँदै जाँदा यो ग्यासको माग हुने आशामा उद्योग सुरु गरेको कालीगण्डकी अक्सिजन ग्यास उद्योगका निर्देशक माधव बस्ताकोटीले बताए। ‘धातु काट्न र वेल्डिङ गर्न अक्सिन ग्यास नभई हुँदैन,' उनले भने, ‘पूर्वाधार क्षेत्रको विकास हुँदै जाला र ग्यास चालिएला भनेर उद्योग स्थापना गरेका हौं।' ५ सय सिलिन्डर ग्यास दिनहुँ उत्पादन गर्न सक्ने क्षमताको उद्योगले अहिले भने सय सिलिन्डर उत्पादन गरिरहेको जानकारी उनले दिए। साना र ठूला गरी दुईथरी क्षमताका सिलिन्डर उद्योगसँग छन्। छिट्टै २ हजार सिलिन्डर थप्ने उसको योजना पनि छ।
अक्सिजन उत्पादन गर्ने कालीगण्डकी पोखराको दोस्रो उद्योग हो। पोखरा अक्सिजन ग्यास उद्योगले यसअघिदेखि नै उत्पादन गरिरहेको छ। जलविद्युत आयोजना (हाइड्रो पावर प्रोजेक्ट) लगायत विभिन्न पूर्वाधार उद्योगहरुमा धातुको अत्यधिक प्रयोग हुन्छ। उद्योगले उत्पादन गर्ने अक्सिजनमध्ये २० स्वास्थ्य र ८० प्रतिशत औद्योगिक क्षेत्रमा खपत हुने विश्वास उद्योगीहरुले गरेका छन्।
पूर्वाधार उद्योगमा धातु काट्न र वेल्डिङ गर्न चाहिने ग्यास आपूर्ति गर्न कालीगण्डकीको मूल उद्देश्य भए पनि उद्योगले नाइट्रोजन र झोल नाइट्रोजन समेत उत्पादन गर्नेछ। ‘नाइट्रोजन खाद्यपदार्थ लामो समय जोगाउन प्रयोग हुन्छ,' बस्ताकोटीले भने, ‘झोल नाइट्रोजनचाहिँ पशुको कृत्रिम प्रजनन्को लागि चाहिन्छ।' यो उद्योगले गण्डकी र धौलागिरीलाई आफ्नो लक्ष्य क्षेत्र बनाएको छ। ५ ठाउँमा उद्योगले आधिकारिक बिक्रेता बनाइसकेको छ। गण्डकी धौलागिरी क्षेत्रमा दैनिक २ हजार लिटर अक्सिजन ग्यास खपत हुँदै आइरहेको उद्योगीहरु बताउँछन्।
कालीगण्डकी अक्सिजन उद्योगले ३ महिनाअघिदेखि परीक्षण उत्पादन थालेको थियो। उद्योगमा १४ जना कर्मचारी तथा मजदुर छन्। औद्योगिक क्षेत्रभित्रको २ रोपनी जग्गा ४० वर्षलाई उद्योगले भाडामा लिएको छ।
अक्सिजन उत्पादन भने पनि वायुमण्डलमा भएको प्राणवायुलाई संकलन गरी प्रशोधनसहित सिलिन्डरमा राख्ने प्रक्रिया यो उद्योगले गर्ने हो। वायुमण्डलबाट संकलन गरेको अक्सिजन (प्राणवायु) लाई ‘माइनस’ १ सय ९७ डिग्री सेल्सियससम्म चिस्याएर झोलमा रुपान्तरण गरी प्रशोधनसहित सिलिन्डरमा भर्ने प्रक्रिया यो उद्योगले गर्छ। उक्त प्रक्रिया पूरा गर्ने मेसिन उद्योगले भारतको केभिके कम्पनीबाट किनेको हो। सिलिन्डरहरु भने चीनबाट आयात गरेको छ। ऊसँग चीनबाट ल्याएका ३ हजार सिलिन्डर छन्। सिलिन्डरका लागि मात्रै उद्योगले ३ करोड रुपैयाँ खर्चेको छ।