‘ली क्वानले टिम बनाए, टिमले सिंगापुर'
१० चैत्र २०७१
•
१३ मिनेट पाठ
‘ली क्वानले टिम बनाए, टिमले सिंगापुर'
पोखरा-उनी हरेक दिन मध्याह्न १२ बजे अफिस आइपुग्थे। बिहानी सेवाका कर्मचारीले गरेका काममा नजर डुलाउँथे। आफूले सही गर्नुपर्ने भए गरिदिन्थे। चित्त नबुझे नयाँ तरिका सुझाउँथे।
कहिलेकाहीँ भने अफिस आइपुगेपछि वरिपरि नजर डुलाउनासाथ फर्किहाल्थे। लगत्तै गोर्खालीहरू ड्युटीमा खटिन्थे। दिउँसो उसैगरी आउँथे  र बिहानझैं सबै काम नियाल्थे।
उनी अर्थात् सिंगापुरका तत्कालीन प्रधानमन्त्री ली क्वान यू जसको ९१ वर्षको उमेरमा सोमबार बिहान निधन भयो।‘गोर्खाली देखेपछि ढुक्क हुनुहुन्थ्यो,' सिंगापुरे पुलिसबाट अवकाशप्राप्त किशोरकुमार गुरुङले मंगलबार नागरिकसँग ली क्वानलाई सम्भि्कए, ‘गोर्खाली नहुँदा केही गाँजेमाजे भयो कि भन्ने ठान्नुहुँदो हो!'
प्रहरी सहायक उपरीक्षक (एएसपी) बाट रिटायर्ड गुरुङ ली क्वानको घर र अफिसमा लामो समय ड्युटी गरेका थिए। त्यही क्रममा त्यहाँका सर्वाेच्च नेतालाई नजिकबाट नियाल्न पाए उनले। मलेसियालीहरू माछा मार्न जाने सानो टापुलाई विश्वकै समृद्ध राष्ट्र सिंगापुर बनाउँदै ली क्वान अघि बढिरहँदाका साक्षी थिए गुरुङ।
ली क्वान समृद्ध सिंगापुरका पूर्वाधार ठड्याउन व्यस्त भइरहँदा किशोर भने सन् १९७६ मा सिंगापुरे पुलिसमा भर्ती भई करिअर अघि बढाउँदै थिए। बाबु लोकबहादुर गुरुङ सिंगापुरे पुलिसमै रहेकाले किशोर उतै जन्मे सन् १९५८ मा। बालापन सिंगापुरे माटो खेलेरै बित्यो। ४ कक्षासम्म त्यहीँ पढे। खेल्ने र पढ्ने साथीभाइ नेपाली र सिंगापुरे दुवै थिए।
‘गुच्चा खेल्थ्यौं,' उनी एल्बमका फोटा पल्टाएझैं बाल्यकालतिर फर्कन्छन्, ‘पिँपीँ...बाजा बजाउँथ्यौं, बेलुन फुकेर उडाउँथ्यौं।' सिंगापुरे साथीभाइका परिवार झुप्राझुप्रीमै बस्थे त्यतिबेला जो अचेल महलमा बस्छन्। अहिले व्यापार व्यवसायमा जमेर ठाँटको जीवन बिताइरहेका तिनै साथीभाइ र समवयीका अभिभावक कुखुरा, हाँस पालेर, खेतीकिसानी गरेर जीवन गुजारिरहेको किशोरलाई हिजैजस्तो लाग्छ।
खासमा सिंगापुर भन्ने देश नै किशोरभन्दा कान्छो छ। उनी जन्मेको ७ वर्षपछि अर्थात् सन् १९६५ मा मात्रै सिंगापुर देशका रूपमा उदायो, मलेसियाबाट छुट्टिएर। १९५९ सम्म सिंगापुर–मलेसिया बेलायतको मुट्ठीमा थियो।
किशोरभन्दा एक वर्ष कान्छो मलेसिया १९५९ मा बेलायती उपनिवेशी पन्जाबाट फुत्कनुभन्दा दशकअघि नै नेपाल जहानियाँ राणाशासनबाट स्वतन्त्र भएको हो। तानाशाही ढोका फोरेर नेपाल प्रजातन्त्रको आँगनमा ओर्लिएको धेरैपछि मात्रै सिंगापुर मलेसियाबाट छुट्टिएर सार्वभौम राष्ट्र बन्यो। नेपाल प्रजातन्त्रको आँगनमा राजनीतिक रत्यौलीमा अलमलिरहँदा सिंगापुर भने स्वतन्त्र भईकन विकासको आकाशमा उडान भर्न पखेंटा फट्कार्न थालिहाल्यो।
यता राजनीतिक दल र राजदरबारबीच द्वन्द्व थियो, सिंगापुरमा भने मलेसियाली र चिनियाँ मूलका जनताबीच नै जातीय मुठभेड। नेपालमा प्रजातन्त्रको घाँटी निमोठेर तत्कालीन राजा महेन्द्रले सत्ता लिए, उता सिंगापुरमा ली क्वान उदाए। समानता यी नेताहरूबीच पनि थियो– दुवै तानाशाह। महेन्द्रले विपक्षी ठानेका बिपी कोइरालालाई जेल कोचेर सत्ताको घोडसवार गरे। ली क्वानले भने विपक्षीहरूलाई तह लगाएनन् मात्र, विकासको घोडा पनि कुदाए।
‘कच्ची बाटो, खाल्डाखुल्डीमा पानी जमेर हिलो हुन्थ्यो। बिजोगै थियो नि सिंगापुर पनि,' किशोरकुमार भन्छन्, ‘बिजुलीका पोल बाहिरबाहिर हुन्थे, तार लत्रेका र गज्याङगुजुङ मात्रै।'
उनलाई सानैमा पनि बाबुआमाले काखमा राखेर नेपाल ल्याएका थिए रे जसको कुनै सम्झना छैन। बुबा रिटायर्ड भएर यतै बसाइँ आएपछि किशोरको ११ वर्षे बालमस्तिष्कले सिंगापुर र नेपाललाई राम्ररी दाँज्ने मौका पायो।
‘म काठमाडौं हुँदै जहाजमै पोखरा झरेको थिएँ,' उनले फेरि स्मृतिको कन्तुरबाट एउटा सम्झना खुसुक्क झिके, ‘तर सन् १९७० तिरै सिंगापुर र पोखराको एयरपोर्टकै तुलना गर्न नसकिने अवस्था थियो।' सिंगापुरमा अत्याधुनिक एयरपोर्ट बनिसकेको थियो, पोखरा एयरपोर्ट गौचरन। पुर्ख्याैली गाउँ पञ्चमूल जाँदा त झन् सिद्धार्थ राजमार्गमा मोटर देखेर पनि मान्छे हेरेको हेर्यै् गर्थे।
विकासका सबै सूचकांकमा अब्बल छ यो भूमि। सार्वजनिक यातायात व्यवस्थित छ। ‘म अहिले पनि बेलाबखत सिंगापुर जानेआउने गर्छु,' किशोर भन्छन्, ‘ट्याक्सी वा निजी कार चढ्नै पर्दैन। रेलसेवा धेरै राम्रो छ।'
सरकारी कार्यालयहरूमा नेपालमा हत्तेहैरानी भोग्छन् उनी। ‘सिंगापुरमा भने काम लिएर गएपछि कर्मचारीले यी–यी कागजात ल्याउनुस्, तपाईंको यो काम यति घन्टा वा यति दिनमा सकिन्छ भनेर ठ्याक्कै भनिदिन्छन्,' किशोर सुनाउँछन्, ‘कागजात पुर्यातएपछि कर्मचारीले नै सबै काम गरेर ल्याइदिन्छन्।'
सिंगापुरे समृद्धिको रहस्य त्यहाँ विकसित ‘सिस्टम' लाई मान्छन् उनी। ‘स्वास्थ्य, शिक्षा, यातायात जुनसुकै क्षेत्रमा सिस्टमले काम गर्छ,' उनले देखेको सत्य, ‘भनसुन चल्दैन, भ्रष्टाचारमुक्त।'
ली क्वानसँग सिधै बातचित गर्ने मौका किशोरकुमारले पाएनन्। गोर्खालीलाई त्यस्तो अवसर मिलेको उनलाई थाहा छैन। प्रधानमन्त्री लीका अंगरक्षक सिंगापुरे नागरिक नै हुन्थे। प्रधानमन्त्रीको निवास, कार्यालय, सीमा सुरक्षा र ढुकुटी रक्षाजस्ता जिम्मेवारी भने गोर्खालीको काँधमा हुन्छ।
‘अफिस र घरमा ड्युटी बस्दा हामीलाई हेरेर हात हल्लाउनुहुन्थ्यो,' किशोरले सुनाए। एकपटक ड्युटीमा रहेका गोर्खाली पानीमा रुझेको देखेर लीकी पत्नीले ओत लाग्न भनेको तर गोर्खालीले ड्युटी नछाडेको किस्सा आफ्ना गुरुहरूबाट किशोरले सुनेका रहेछन्। गोर्खालीसँग सिधा बातचित र अरू व्यवहार गरेको भने थाहा छैन। आमनेसामने हुने गरी एक–दुई मिटर नजिकबाटै आउजाउ भइरहने हुँदा किशोरले ली क्वानको अनुहारको आभा भने राम्रैसँग अनुभूत गरेका छन्।
‘दिनदिनै व्यायाम गर्ने बानी थियो उहाँको। सधैं हृष्टपुष्ट र निरोगी,' किशोर भन्छन्, ‘देशलाई पनि आफूजस्तै बनाउनुभयो निरोगी। नेता आफैं रोगी भइदिए देश कसरी सन्चो हुन्थ्यो होला र!'
किशोरका अनुसार ली क्वान दिउँसोको खाना खाँदा एक न एक जना मन्त्रीको साथमा हुन्थे। मन्त्रीहरूसँग दिनदिनै भेटेर छलफल गर्ने हुनाले नै देश उँभो लगाउन सजिलो भएको ठान्छन् उनी। ‘चुइगम त खान नपाइने देशमा घुस खाने कुरै थिएन,' ली क्वान माहात्म्य सुनाउँदै मुस्कुराउँछन् उनी।
किशोरका बाबुको पालामा सिंगापुरे पुलिसको सञ्चयकोषधरि हुँदैनथ्यो। उनका पालामा भने स्वास्थ्यदेखि शिक्षासम्ममा सुविधा आइसकेका थिए। सरकारी मात्रै होइन, निजी कम्पनीमा काम गर्नेहरूको पनि स्वास्थ्योपचार व्यवस्था मिलाउनुपर्ने नीति सरकारले बनाइदिएको छ। एउटै अस्पतालमा उही उपचार गर्दा पनि धनीले धेरै र गरिबले थोरै पैसा तिरे पुग्ने प्रगतिशील प्रणाली छ।
सिपाहीबाट एएसपीका रूपमा २७ वर्ष सेवा गर्दा किशोर ८ चोटि मात्रै नेपाल आउजाउ गरे। हरेक ३/४ वर्षमा आउँदाजाँदा आफ्नो देश जहाँको तहीँ र कर्मभूमि भने फड्को मारेको मार्यैट देख्थे उनी। सन् २००३ मा अवकाश पाए पनि किशोरको सिंगापुर–नाता पातलिएको छैन। कहिले उनी उता जान्छन्, कहिले उताका साथी यता आउँछन्। केही वर्षयता आएर भने नेपालले पनि गति लिन्छ कि भन्ने भान उनलाई पर्न थालेको रहेछ। फराकिला सडक निर्माण हुनु, नयाँनयाँ प्रविधि भित्रन थाल्नु उनलाई आशावादी बनाउने केही पक्ष हुन्।
सिमलचौर, पोखराको निजी निवासमा उनी अवकाशप्राप्त जीवनलाई अझै पनि बेफुर्सदिलो पार्न तल्लीन छन्। बिहान व्यायामका लागि ब्याडमिन्टन खेल्नु र दिउँसो धनुषकाँड खेलका सामग्री बनाउनेदेखि नयाँ पुस्तालाई तालिम दिनु उनको दिनचर्या हो। हात खाली नराख्ने र आफूलाई व्यस्त बनाइराख्ने बानी उनलाई तिनै ली क्वानको देश सिंगापुरले लगाइदिएको जो छ।
ली क्वान एक्लैले गर्दा सिंगापुर बनेको लाग्दैन उनलाई। नेतृत्व उनले लिए र टिम बनाएर काम गरे। किशोरका नजरमा नेपालमै पनि ली क्वानले जस्तो देश बनाउँछु भन्ने इच्छाशक्ति भएका नेता छन् तर उनीहरूले राम्रो टिम पाएका छैनन्।
‘एक जनाले बन्दैन देश, टिम बनाएर अघि बढ्नुपर्छ,' ली क्वानको जीवनी ‘दी हार्ड ट्र्युथ' अध्ययन गरेका किशोरले सिंगापुरसँग जोडिएका आफ्ना भोगाइबाट निकालेको निचोड यही हो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस