इलाम-बस दुर्घटनामा छोराको ज्यान गयो, श्रीमती अंगभंग भइन्। रुखबाट लडेर आफ्नो पनि एउटा हात भाँच्चियो। स्टिल राखिएको छ, झुन्ड्याएर हिँड्नुपर्छ। गत कात्तिक १५ गते दसाले घेरिएका इलाम, बरबोटे धारापानीका खेमराज आचार्य अझै मुक्त छैनन्। मनमा शोक, शिरमा आर्थिक बोझ बोकेर भौंतारिनुपरेको छ।राजधानीको एम्बिसन कलेजबाट १२ कक्षा उत्तीर्ण छोरो प्रवीण त्यस दिन दसैं–तिहार मनाएर काठमाडौं फर्कंदै थिए। मकवानपुर बसामाडीमा उनी चढेको बस दुर्घटनामा पर्योज। उनको त्यहीँ निधन भयो, परिवारको एक्लो छोरो पुर्या्उन एउटै सिटमा रहेकी आमा पवित्रादेवीको घाँटीमाथिको भाग क्षतविक्षत थियो।
खेमराज श्रीमतीको उपचारमा अस्पताल धाइरहेका छन्। दुर्घटनाका दोषी सम्पर्कमा नआउँदा आर्थिक भार थेगिनसक्नु छ।
‘चितवन मेडिकल कलेजमा धेरै दिन राखेर बचाइयो तर उपचारपछि पनि खुसी हुने अवस्था छैन,' खेमराज भन्छन्, ‘ठोस कुरा खुवाउनै हुँदैन, झोलका भरमा बचाइएको छ।'
टाउको, अनुहार, आँखा, दाँत सबैतिर चोटग्रस्त पवित्राको उपचारमा १ लाख ८ हजार रुपैयाँ खर्च भइसकेको छ तर बिरामीलाई उठबस गराउन र औषधि खुवाउन अझै अरुकै भर चाहिन्छ।
दुर्घटनाका दोषी सम्पर्कमा नआउँदा राहत, क्षतिपूर्ति र किरिया खर्च केही पाएका छैनन् आचार्यले। मेडिकल कलेजले दुई/दुई महिनामा बिरामी पत्नीलाई एम्बुलेन्समा राखेर ‘फलोअप' मा ल्याउन भनेको छ। एकपल्ट ओहोरदोहोर गर्दा ५० हजार रुपैयाँ लाग्छ। भाडा, खाना र औषधिशुल्क जुटाउन आचार्यले जग्गा नै बेच्नुपर्यो।
‘पढेर सुखले पाल्ला भनेको छोरो गइगयो, श्रीमतीको त्यस्तो अवस्था छ, आफू रुखबाट लडेर घाइते छु,' तीन छोरीका अभिभावक खेमराजले सुनाए, ‘कतैबाट पार नलागेपछि जग्गा बेचेर श्रीमतीको उपचार गर्दैछु।'
तरकारी खेती राम्रो हुने धारापानीस्थित घरछेउको ४ रोपनी जग्गा बेचेर खर्च जुटाइरहेको उनले जानकारी दिए।
सदरमुकामस्थित भानुरत्न टोलका निर्माण व्यवसायी सुरेश काफ्ले ‘कामविहीन' भएको चार महिना बित्यो। ‘हुनेखाने परिवार' मा दरिने उनले पनि झापामा रहेको लोभलाग्दो जग्गा सस्तोमा बेच्न बाध्य हुनुपरेको छ। मकवानपुर बस दुर्घटनामा छोरी सुजातालाई गुमाएका र छोरा सुजनलाई अर्धचेत भेटेका सुरेश आफैं रनभुल्ल छन्। उनी हमेसा तनाबमा देखिन्छन्।
सुजाता गृहजिल्लामै एसएलसी सकेर उच्चशिक्षानिम्ति राजधानीमा थिइन्। क्याटफोर्ड इन्जिनियरिङ कलेजमा बिएससी पाँचौं सेमेस्टर अध्ययनरत उनको अकाल ज्यान जाँदा बुबा सुरेश र आमा धनमायाका आँखा ओभाएका छैनन्। त्यसमाथि घाइते सुजनको अवस्था यतिका दिन उपचार गर्दासमेत सुध्रेको छैन। छोराको थप उपचारलाई उनले ५४ लाखमा जग्गा बेचेका हुन्।
‘साढे सात लाख खर्च भइसक्यो, दोषीबाट दुई लाख रुपैयाँ मात्रै पाएको छु,' दोहोरो पीडाले सुस्ताएका सुरेश भन्छन्, ‘बैंग्लोरमा उपचार गर्दा लाखौं रुपैयाँ खर्च हुनेछ, त्यसैका लागि हतारिएर सस्तोमा जग्गा बेचेको हुँ।' टाउको फुटेर क्षतविक्षत भएका सुजनलाई दुर्घटनालगत्तै ४८ टाँका लगाइएको थियो। निधार, आँखा, घुच्चुक र टाउको क्षतविक्षत भएका उनी अझै अर्धचेत छन्।
दुर्घटनाको पाँच दिनपछि राजधानी लगिएका उनको बाँसबारीस्थित न्युरो र तीलगंगास्थित आँखा अस्पतालमा उपचार हुँदैछ। एउटा आँखाको ज्योति गुमाएका सुजनको स्याहारमा आमा व्यस्त छिन्। दिनमा आठपल्ट लगाउनुपर्ने औषधिमै झन्डै ३ हजार रुपैयाँ खर्च हुन्छ। औषधि लगाउन २० मिनेट लाग्छ। बिरामी छाडेर अभिभावक बाहिर निस्कन पाउँदैनन्, खर्च जुटाइदिने अरू कोही छैन।
‘सन्तान गुमाउनुको पीडा छँदैछ, दोषीले राहत, क्षतिपूर्ति र किरिया खर्च नदिँदा झन् तनाब छ,' उनी बिलौना गर्छन्, ‘पहिले भरे र भोलि भन्दाभन्दै दुई महिना झुलाए, अहिले सम्पर्कमै नआउन खोज्छन्।'
इलामबाट गुडेको ना५ख ४८४१ नम्बरको मेट्रो डिलक्सलाई ना४ख ५४४८ नम्बरको शुभश्री डिलक्सले ठक्कर दिएको थियो। शुभश्रीका सञ्चालक नवीन रेग्मी र मेट्रोका हेमन्त गिरीले मृतक तथा घाइतेका परिवारलाई आवश्यक खर्च दिन बेवास्ता गरेको पीडितको गुनासो छ। फेरेर कुरा गर्ने, आश्वासन मात्र दिने र चाहेको बेला नभेट्ने भएकाले पीडित उनीहरूप्रति रुष्ट छन्।
चालकको लापरबाहीले निम्तिएको उक्त दुर्घटनामा गम्भीर घाइते इलामकै जितपुरका समीर कट्टेल र र तिल्केनीकी सुषमा दाहाल भरतपुर मेडिकल कलेजबाट डिस्चार्ज भइसके पनि पूरै ठिक छैनन्। कम्मरमुनिको भाग दुख्ने समस्याले समीरलाई हिँड्न समस्या छ। उनी कच्ची सडकमा यात्रा गर्न नसक्ने भएकैले महभिरस्थित मामाघरमा बस्दैछन्। सुषमाचाहिँ सहयोगीका साथ घरमै छिन्।
‘दुर्घटनामा भतिजो गुमाउनुपर्योभ, भतिजीको अवस्था पनि दयनीयै छ,' दुर्घटनामा ज्यान गुमाएका तिल्केनीका प्रिजज दाहालका काका प्रवीण भन्छन्, ‘हामीले पनि केही पाएका छैनौं।' प्रिजजको शव ल्याउन र किरिया गर्न लागेको खर्चसमेत दोषीबाट नपाएको र सुष्माको उपचारमा पनि सहयोग नपाएको उनले गुनासो गरे।
चालकलाई चित्तबुँदो सजाय नसुनाइएको, बस सञ्चालकमाथि कारबाही नभएको, घाइतेको उपचारमा बेवास्ता गरिएको र मृतकका परिवारलाई वास्ता नगरिएको गुनासो गर्दै मृतक तथा घाइतेका अभिभावक शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए। उनीहरूले स्थानीय प्रशासनमार्फत राखेका माग पूरा नभएको औंल्याउँदै ‘राज्य जवाफदेही नहुँदा मर्माहत भएको' गुनासो दोहोर्याकए।
मकवानपुरमै मुद्दा चलिरहेकाले राहत र क्षतिपूर्तिमा ढिलाइ भएको उल्लेख गर्दै इलामका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले दोषीलाई उम्कन नदिने आश्वासन दिए। ‘ढिलो हुन सक्छ तर न्याय पाइन्छ,' प्रजिअ दाहालले भने, ‘सवारी दुर्घटनाको मुद्दा यस्तै हुन्छ।' पीडितले भने मकवानपुरका प्रजिअले फोन नउठाएको र आफ्ना मागबारे पहिल्यैदेखि बेवास्ता गरेको गुनासो गरिरहेका छन्।