वाणिज्य नीति २०६५ संशोधन
१२ फागुन २०७१
•
८ मिनेट पाठ
वाणिज्य नीति २०६५ संशोधन
काठमाडौं-उत्पादन र निर्यात एकसाथ बढाउने उद्देश्य राखेर वाणिज्य नीति २०६५ संशोधन गरिएको छ। यसअघिको नीतिले व्यापार घाटा कम गर्न नसकेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले संशोधन गरेको हो।नेपालमा उत्पादन सम्भावना भएकै वस्तु आयात गर्नुपर्ने बिडम्बनापूर्ण स्थिति हटाउन औद्योगिक र कृषिजन्य वस्तुको उत्पादकत्व बढाउने गरी नीति संशोधन गरिएको मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले बताए। संशोधित नीतिमा योजना अवधिको अन्तिम वर्षमा कुल गार्हस्थ उत्पादनसँग वस्तु निकासीको अनुपात ६ प्रतिशत, वस्तु तथा सेवा निकासीको अनुपात १२ प्रतिशत र व्यापार घाटा २० प्रतिशतमा झार्ने उल्लेख छ।
उत्पादित वस्तु र सेवालाई सजिलै बजार पुर्या्उन यातायात रं पूर्वाधार विकासमा जोड दिइने छ। प्रशोधन नगरी बिदेसिइरहेका प्राथमिक वस्तु मूल्य अभिवृद्धि गरी निकासी गर्न प्रोत्साहित गर्ने र त्यसैका आधारमा सुविधा दिने नीति छ। निर्यातमा सेवा शुल्कबाहेक भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धिकर नलगाइने संशोधित नीतिमा उल्लेख छ। निर्यातजन्य वस्तुको उत्पादन क्षमता र गुणस्तर बढाउन आवश्यक सीप, पुँजी र प्रविधिमा सरकारले सहयोग गर्ने छ।
‘काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सलाई व्यवस्थित र अन्य मुलुकका कार्गो विमानको उडान बढाउन पहल गरिनेछ,' संशोधित नीतिमा भनिएको छ, ‘आवश्यकता र सम्भावनाका आधारमा विभिन्न स्थानमा सुक्खा बन्दरगाह निर्माण गर्ने व्यवस्था मिलाइने छ।' सुक्खा बन्दरगाह, शीत भण्डार, कन्टेनर फ्रेट स्टेसन, सडक लगायत भौतिक पूर्वाधार निर्माणलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाइने पनि नीतिमा उल्लेख छ।
बढी मात्रामा कच्चा पदार्थ आयात, प्राथमिक र अर्धप्रशोधित वस्तुको निर्यातमा कमजोर मूल्यवृद्धि, समग्र उत्पादन तथा उत्पादकत्वमा गिरावट र औद्योगिक क्षेत्रको उत्पादन घट्दा निर्यात निराशाजनक भएको निष्कर्ष निकाल्दै निजी क्षेत्रलाई सहभागी गराउन अनुकूल वातावरण बन्ने गरी नीति बनाइएको सुवेदीले जानकारी दिए।
नेपाल व्यापार एकीकृत रणनीति (एनटिआइएस) २०१० ले पहिचान गरेका वस्तु र सेवाको कमजोर निकासी, कमजोर गुणस्तर परीक्षण, प्रमाणीकरण, लेबलिङ र प्याकेजिङ, व्यापारजन्य भौतिक पूर्वाधारको नाजुक अवस्था, विशेष आर्थिक क्षेत्र कार्यान्वयनमा ढिलाइ, ऊर्जा संकट, असहज श्रम सम्बन्ध, कमजोर संस्थागत समन्वय लगायत कारणले निकासी व्यापार अपेक्षित नभएपछि नीति संशोधन गरिएको मन्त्रालयले बताएको छ।
अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी व्यापार व्यवसाय प्रवर्द्धन गर्न अनुकूल वातावरण निर्माण, आपूर्ति क्षमताको सुदृढीकरण र विश्व बजारमा मूल्य अभिवृद्धियुक्त वस्तु तथा सेवाको निकासी बढाई व्यापार घाटा न्यूनीकरण, वस्तु र सेवा व्यापारलाई प्रतिस्पर्धी एवं सुदृढ बनाई आय र रोजगारीका अवसर बढाउने तथा गरिबी घटाउन सहयोग पुर्यावउने गरी नीति बनाइएको मन्त्रालयको दाबी छ।
आधुनिक भन्सार मूल्यांकन प्रणाली अवलम्बन र भन्सारलाई यथार्थपरक बनाउन आवश्यक समन्वय, मुख्य भन्सार नाकामा क्वारेन्टाइन सम्बन्धी सेवा एकीकृत रुपमा प्रदान, कारोबार लागत घटाउन निकासीजन्य उत्पादनमा उपयोग हुने आयातित कच्चा पदार्थमा लाग्ने कर तथा महसुललाई सरल, शीघ्र तथा सहज ढगंबाट फिर्ता हुने व्यवस्था मिलाइने संशोधित नीतिमा उल्लेख छ।
भन्सार छुटाउने प्रक्रियालाई सरल र चुस्त बनाउन छिमेकी राष्ट्रका भन्सारसँग समेत समन्वय गरी एकीकृत जाँच चौकी निर्माण र विस्तार गर्ने नीतिमा उल्लेख छ। निर्यातकर्ता फर्मको नवीकरण, निर्यातजन्य उद्योगले पैठारी गर्ने कच्चा पदार्थको भन्सार महसुलसम्बन्धी प्रक्रिया, निकासी भएका वस्तुको भन्सार महसुल फिर्ता, मूल्य अभिवृद्धिकर सम्बन्धी व्यवस्था, निर्यात अर्डरको लागि नमूना लिने–दिने व्यवस्थालाई सरल, निर्यातमैत्री, छिटोछरितो र लागतप्रभावी हुने किसिमको बनाइने छ।
गुणस्तर प्रमाणीकरण, निरीक्षण र अनुगमनका लागि आवश्यक कानुनी, प्राविधिक तथा अन्य आवश्यक आधारशिलाको स्थापना, सूचना प्रवाह र दक्ष जनशक्तिको विकासमा जोड दिने नीति छ। वस्तुको गुणस्तर कायम गर्न प्रचलित आन्तरिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तर निर्धारण गर्ने कार्य थप प्रभावकारी बनाइने छ।
व्यापार सम्बद्ध वौद्धिक सम्पत्ति अधिकारको संरक्षण र विस्तारका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरिनेछ। कृषिजन्य उत्पादनमा विविधताको अवसरलाई उपयोग गरी त्यस्ता वस्तुको उत्पादन एवं प्रशोधन अन्तर्राष्ट्रिय मागबमोजिमको बनाउन प्याकेजिङ, स्टोरिङ र प्रमाणीकरणमा सहयोग गर्ने सरकारी योजना छ।
सुवेदीका अनुसार यसअघि बनेको नीतिका केही प्रावधान अहिले मेल नखाने भएकाले संशोधन गरिएको हो। यसका लागि दुई समिति गठन गरिएको थियो। निजी क्षेत्रको सहभागितामा वाणिज्य तथा आपूर्ति सचिवको संयोजकत्वमा एक समिति र मन्त्रालयका योजना तथा अन्तर्राष्ट्रिय व्यापार सहयोग महाशाखा प्रमुखको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको थियो। यसैले दिएको सुझावको आधारमा नीति संशोधन गरिएको उनको भनाइ छ।


अर्को समाचार
नयाँ वाणिज्य नीति स्वीकृत
०१ भदौ २०७२
•
७ मिनेट पाठ
नयाँ वाणिज्य नीति स्वीकृत
काठमाडौं-वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको वाणिज्य नीति २०७१ मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। मन्त्रालयले पेस गरेको मस्यौदा केही बुँदा संशोधन गरेर गत साता बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो।




साबिकको वाणिज्य नीति २०६५ ले व्यापार घाटा कम गर्न नसकेपछि सरकारले नयाँ नीति ल्याएको मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले बताए। नयाँ नीतिले व्यापार घाटा कम गर्न, उत्पादन र निर्यात बढाउन मद्दत पुग्ने उनको दाबी छ। 'संशोधित नीतिको मुख्य उद्देश्य निर्यात बढाउने र उत्पादन वृद्धि गर्नेमा केन्द्रित छ,' उनले भने।

उपाध्यायका अनुसार नयाँ वाणिज्य नीति उत्पादन र निर्यात एकसाथ बढाउनेमा केन्द्रित छ। स्वदेशमा उत्पादन सम्भावना भएकै वस्तु आयात गर्नुपर्ने बिडम्बनापूर्ण स्थिति हटाउन औद्योगिक र कृषिजन्य वस्तुको उत्पादकत्व बढाउने गरी नीति संशोधन गरिएको उपाध्यायले बताए। संशोधित नीतिमा योजना अवधिको अन्तिम वर्ष कुल गार्हस्थ उत्पादनसँग वस्तु निकासीको अनुपात ६ प्रतिशत, वस्तु तथा सेवा निकासीको अनुपात १२ प्रतिशत र व्यापार घाटा २० प्रतिशतमा झार्ने उल्लेख छ।

उत्पादित वस्तु र सेवालाई सजिलै बजार पुर्यातउन यातायात र पूर्वाधार विकासमा जोड दिइने छ। प्रशोधन नगरी निकासी भइरहेका प्राथमिक वस्तु प्रशोधन गरी थप मूल्यमा निर्यात गर्न प्रोत्साहित गर्ने र त्यसैका आधारमा सुविधा दिने नीति छ। निर्यातमा सेवा शुल्कबाहेक भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धिकर लाग्ने छैन। निर्यातजन्य वस्तुको उत्पादन क्षमता र गुणस्तर बढाउन आवश्यक सीप, पुँजी र प्रविधिमा सरकारले सहयोग गर्नेछ।

सचिव उपाध्याय निकासी बठाउन काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सलाई व्यवस्थित गरिने बताउँछन्। अन्य मुलुकका कार्गो विमानको उडान बढाउन पहल गर्ने पनि उनले जानकारी दिए। 'आवश्यकता र सम्भावनाका आधारमा विभिन्न स्थानमा सुक्खा बन्दरगाह निर्माण गर्ने व्यवस्था मिलाइने छ,' उनले भने। सुक्खा बन्दरगाह, शीत भण्डार, कन्टेनर फ्रेट स्टेसन, सडक लगायत भौतिक पूर्वाधारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाइने पनि नीतिमा उल्लेख छ।

बढी मात्रामा कच्चा पदार्थ आयात, प्राथमिक र अर्धप्रशोधित वस्तुको निर्यातमा कमजोर मूल्यवृद्धि, समग्र उत्पादन तथा उत्पादकत्वमा गिरावट र औद्योगिक क्षेत्रको उत्पादन घट्दा निर्यात निराशाजनक भएको निष्कर्ष निकाल्दै निजी क्षेत्रलाई सहभागी गराउन अनुकूल वातावरण बन्ने गरी नीति बनाइएको उपाध्यायले जानकारी दिए।

नेपाल व्यापार एकीकृत रणनीति (एनटिआइएस) २०१० ले पहिचान गरेका वस्तु र सेवाको कमजोर निकासी, कमजोर गुणस्तर परीक्षण, प्रमाणीकरण, लेबलिङ र प्याकेजिङ, व्यापारजन्य भौतिक पूर्वाधारको नाजुक अवस्था, विशेष आर्थिक क्षेत्र कार्यान्वयनमा ढिलाइ, ऊर्जा संकट, असहज श्रम सम्बन्ध, कमजोर संस्थागत समन्वय लगायत कारणले निकासी व्यापार अपेक्षाकृत नभएपछि नीति संशोधन गरिएको मन्त्रालयले बताएको छ।

अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी व्यापार व्यवसाय प्रवर्द्धन गर्न अनुकूल वातावरण निर्माण, आपूर्ति क्षमताको सुदृढीकरण र विश्व बजारमा बढी मूल्यका वस्तु तथा सेवाको निकासी बढाई व्यापार घाटा न्यूनीकरण, वस्तु र सेवा व्यापारलाई प्रतिस्पर्धी एवं सुदृढ बनाई आय र रोजगारीका अवसर बढाउने तथा गरिबी घटाउन सहयोग पुर्या उने गरी नीति बनाइएको मन्त्रालयको दाबी छ।

आधुनिक भन्सार मूल्यांकन प्रणाली अवलम्बन र भन्सारलाई यथार्थपरक बनाउन आवश्यक समन्वय, मुख्य भन्सार नाकामा क्वारेन्टाइन सम्बन्धी सेवा एकीकृत रुपमा प्रदान, कारोबार लागत घटाउन निकासीजन्य उत्पादनमा उपयोग हुने आयातित कच्चा पदार्थमा लाग्ने कर तथा महसुल सरल, शीघ्र तथा सहज ढगंबाट फिर्ता हुने व्यवस्था मिलाइने संशोधित नीतिमा उल्लेख छ।

भन्सार छुटाउने प्रक्रियालाई सरल र चुस्त बनाउन छिमेकी राष्ट्रका भन्सारसँग समेत समन्वय गरी एकीकृत जाँच चौकी निर्माण र विस्तार गर्ने नीतिमा उल्लेख छ। निर्यातकर्ता फर्मको नवीकरण, निर्यातजन्य उद्योगले पैठारी गर्ने कच्चा पदार्थको भन्सार महसुलसम्बन्धी प्रक्रिया, निकासी भएका वस्तुको भन्सार महसुल फिर्ता, मूल्य अभिवृद्धिकर सम्बन्धी व्यवस्था, निर्यात अर्डरको लागि नमूना लिने–दिने व्यवस्थालाई सरल, निर्यातमैत्री, छिटोछरितो र लागतप्रभावी हुने किसिमको बनाइने छ। संसोधित वाणिज्य नीतिले व्यापार घाटा कम गर्न ठूलो सहयोग गर्ने मन्त्रालयको भनाइ छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस