काठमाडौं-सरकारले कुनै मापदण्ड नै तयार नगरी सुरक्षाको दृष्टिकोणले अत्यन्तै जोखिमपूर्ण मानिने एलपी ग्यास उद्योग सञ्चालन गर्न दिएको खुलासा भएको छ। मासिक २९ हजार मेटि्रक टन ग्यास ल्याएर बिक्री गर्ने उद्योगले के–कस्ता सर्त पूरा गर्नुपर्छ, त्यसको निर्क्यौल गर्ने मापदण्ड न नेपाल आयल निगमले बनाउन सकेको छ न वाणिज्य तथा आपूर्ति मन्त्रालयले नै।‘सुरक्षाको दृष्टिले अत्यन्तै जोखिमपूर्ण उद्योगको रुपमा ग्यासलाई लिइन्छ,' संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिअन्तर्गत उपसमितिका सभापति सुभासचन्द्र ठाकुरीले नागरिकसँग भने, ‘ती उद्योग सञ्चालन गर्ने मापदण्ड कसैसँग पनि छैन।'
‘मन्त्रालय र निगमले चाहे एकै दिन तीनवटासम्म ऐन, कानुन बनाएर सम्बन्धित निकायमा पठाउन सक्छन्,' उनले भने, ‘तर जुन आवश्यक हुन्छ, त्यस्ता काममा निगमको कहिल्यै ध्यान जाँदैन।'
‘निगमका कर्मचारी तथा कार्यालय प्रमुख, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च पदस्थ कर्मचारी कुन ठाँउबाट खान सकिन्छ भनेर बस्ने र पैसा आउने ठाउँमा मात्रै नीति नियम बनाउने गर्छन्,' सभापति ठकुरीले भने, ‘एउटा ग्यास उद्योग खोल्दा के कस्ता मापदण्ड अपनाउनु पर्छ। त्यसबारे केही पनि कानुन बनेको हुँदैन।'
निगमका अधिकारी भने यहाँ मापदण्ड नभए पनि भारतले बनाएको मापदण्ड अनुसरण गरेको तर्क गर्छन्। भारतीय तेल उद्योग सुरक्षा निर्देशनालयले बनाएको ‘ओआइएसडी १६९' मापदण्डलाई आधार बनाएर नेपालमा ग्यास उद्योग सञ्चालन गरिँदै आएको छ।
करिब १० अर्ब रुपैयाँ लगानी भएको क्षेत्र, कुल जनसंख्याको १९ प्रतिशतलाई इन्धन दिँदै आएको उद्योग सञ्चालनसम्बन्धी मापदण्ड नबन्नु दुखद भएको समितिका सभापति भिष्मराज आङदेम्बेले बताए।
नेपालमा साना–ठूला गरी ५५ ग्यास उद्योग छन्। तर ती उद्योग कसरी सञ्चालन गर्नुपर्छ, सुरक्षा सम्बन्धी मापदण्ड के हो सरकारसँग केही पनि नभएको निगम स्रोतले बतायो।
‘नेपालमा ग्यास उद्योग सञ्चालन भएको ४२ वर्ष पुगिसक्यो। तर आजसम्म यसको सुरक्षाका लागि कस्तो मापदण्ड आवश्यक हुन्छ पहिचान गर्न सकिएको छैन,' निगम स्रोतले नागरिकसँग भन्यो, ‘आवश्यक मापदण्ड नहुँदा उद्योगीले मनपरी उद्योग सञ्चालन गरेका छन्।'
निगमले भारतको मापदण्डलाई राम्रोसँग अध्ययन गरेर भए पनि नेपालमा यससम्बन्धी मापदण्ड बनाउन सक्ने वाणिज्य मन्त्रायल स्रोत बताउँछ। ‘घूसखोरी, भ्रष्टाचार, कमिसनका कारण मापदण्ड बन्न नसकेको हो,' ठकुरीले भने, ‘स्वच्छ रुपमा काम गर्न निगम नै चाहँदैन।'
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सेनाले सरकार र नेपाल आयल निगमले ग्यास उद्योग हुन के कस्ता ऐन कानुन आवश्यक हुन्छ त्यसको पहिचान गर्नु नसक्नु दुखद भएको बताउँछन्। ‘उद्योग क्षेत्रका मानिस जोखिममा हुँदासम्म राज्य मुकदर्शक बनेर बसेको छ,' उनले भने।
‘नेपालमा मासिक २९ हजार मेटि्रक टन ग्यास आयात हुन्छ। ५५ वटा कम्पनी छन्। ती उद्योग सुरक्षाको दृष्टिले कस्ता छन् त्यसको अध्ययनसमेत भएको छैन,' उनले नागरिकसँग भने, ‘ऐन, कानुन नहुँदा उद्योगले जसरी काम गरे पनि हुन्छ।'
एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले पनि निगमले उद्योगको सुरक्षा सम्बन्धी मापदण्ड बनाउन नसकेको आरोप लगाए। अहिले पनि भारतीय मापदण्डअनुरुप उद्योग सञ्चालन हुँदै आएका छन्। उद्योगी आफैंले पनि भारतीय मापदण्ड पनि अनुसरण गर्न नसकेको स्वीकार गरे। ‘धेरै उद्योगले यो नियम पछ्याएका छैनन्,' उनले नागरिकसँग भने, ‘यो नेपालको समस्या हो।'
उनका अनुसार नेपालमा ग्यास प्लान्ट खोल्न कुनै ऐन, कानुन छैन। भारतमा भएको कानुनलाई नै अनुसरण गरेर नेपालमा ग्यास प्लान्ट खोल्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। ‘ओआइएसडी १६९ अनुसार उद्योग सञ्चालन गर्नुपर्ने हुन्छ,' उनले भने।
उद्योगीले नयाँ ग्यास प्लान्ट खोल्दा भारतमै नक्सा पारित गराउनुपर्छ। त्यहीअनुरुप आयल निगमले अनुगमन गर्ने नियम छ। तर उद्योगको क्षमता कति छ भन्नेबारे निगम आफैंसँग जानकारी छैन।