बुलेट खाली नहुँदा ग्यास अभावै
०९ फागुन २०७१
•
६ मिनेट पाठ
बुलेट खाली नहुँदा ग्यास अभावै
काठमाडौं-नेपाल आयल निगमले माग धान्ने गरी कोटा दिए पनि उद्योगीले पर्याप्त आयात गर्न नसक्दा बजारमा खाना पकाउने एलपी ग्यासको अभाव अझै घट्न सकेको छैन। उद्योगीका अनुसार भारतबाट नेपालमा आयात हुने ग्यास ढुवानी गर्न पुग्ने बुलेट उनीहरुसँग छैन। भण्डारण क्षमता कम भएका उद्योगले खन्याउने ठाउँ अभावमा बोकेर आएका बुलेट नै होल्ड गरिराख्ने परिपाटीले आयात प्रभावित भई अभाव जस्ताको त्यस्तै रहेको हो।‘उद्योगीले आफ्नो क्षमताभन्दा चार गुणा बढी कोटा मागे तर ल्याउन सकेनन्,' निगमस्रोतले भन्यो, ‘यसले गर्दा पर्याप्त कोटा थप्दा पनि ग्यास आएन।' 
आफूलाई ‘ठूला' भन्ने कोसी, बाबा, भानु, एभरेस्ट, गौरीशंकर, गृहलक्ष्मी, हिमालय पेट्रो केमिकल, जानकी, कोसी, लुम्बिनी, मनकामना, मारुती, एनएल, नारायणी, ओम, प्रिमा, सगरमाथा, साइबाबा, शक्ति, श्रीकृष्ण, श्रीराम, सिद्धार्थ र सूर्य उद्योगले तोकिएको कोटा उठाउन सकेका छैनन्।
‘यी कम्पनीको क्षमता थोरै छ,' निगम स्रोतले भन्यो, ‘फेरि यिनैलाई धेरै कोटा चाहिन्छ।' उद्योगको भण्डारण क्षमता नबढाउनु, आएको ग्यास तत्काल अनलोड नगरिदिनु, रिफिलिङ क्षमता थोरै हुनुलगायत कारण आपूर्ति सहज हुन नसकेको निगम प्रवक्ता मुकुन्द घिमिरेले बताए।
क्षमतै नभएका उद्योगलाई बढी कोटा दिँदा तिनले भारतबाट ग्यास बोकेर आएका बुलेट बेलैमा खाली गर्न सक्दैनन् र बुलेट नै ‘होल्ड' गर्छन्। ‘ओआइएसडी १६९' मापदण्डअनुसार एउटा उद्योगले एक दिन (आठ घन्टा) मा दुइटा बुलेट खाली गर्नुपर्छ। त्यसो गर्दा मासिक ६० वटामात्र बुलेट झार्न सकिन्छ। तर एक सय २० वटासम्म बुलेट एउटै उद्योगका काममा ‘बिजी' हुन्छन्। ढुवानी गर्ने बुलेट रोकिँदा थप ग्यास आयात हुन पाउँदैन। 
कोटा बढाउनभन्दा पनि मापदण्डअनुसार क्षमता विस्तार गर्नतर्फ उद्योगहरु लागे अभाव नहुने घिमिरेको भनाइ छ। ‘उपभोक्तालाई दिन नसक्ने, कोटा मात्रै ओगटेर राख्ने?,' उनले सोधे। भारतबाट ग्यास आयात गरी सिलिन्डरमा भरेर बेच्ने सबै उद्योग महिनाको ५ सय टन कारोबार गर्ने गरी खुलेका हुन्। यिनीहरु ओआइएसडी १६९ मापदण्डलाई आधार मानेरै खुलेका हुन्। उक्त मापदण्डलाई आधार मान्दा मासिक ५ सय टनभन्दा बढी ग्यास फिलिङ गर्न पाइँदैन।
तर स्वदेशी उद्योगले मासिक २१ सय ५४ टनसम्मको कोटा पाएका छन्। ५ सय टनभन्दा बढी कोटा प्रयोग गरे ठूला उद्योगका लागि बनाइएको ‘ओआइएसडी १४४' मापदण्ड लागू गर्नुपर्ने नियम छ। यो भारतीय तेल उद्योग सुरक्षा निर्देशनालयले बनाएको सुरक्षा मापदण्ड हो। 
नेपाल आयल निगमले नेपालमा नयाँ ग्यास प्लान्ट खोल्न चाहनेलाई पनि सोही मापदण्ड अनुशरण गराउँछ। तर, ठूला उद्योगका लागि बनेको मापदण्ड अहिलेसम्म कार्यान्वयन भएको छैन। यसले गर्दा पनि ग्यास अभाव हट्न नसकेको निगमको भनाइ छ। 
‘उनीहरूले (उद्योगी) आफ्नो प्राविधिक क्षमता र अन्य मापदण्ड त्यसअनुरुप वृद्धि गरेका छैनन्,' निगम अधिकारी भन्छन्, ‘यसले सुरक्षा जोखिम र बुलेट होल्डिङ बढाए पनि कारबाही हुन नसकेको हो।' 
५ सय टनभन्दा बढी रिफिलिङ गर्न सुरक्षा तथा गुणस्तरसम्बन्धी छुट्टै नियम पालना गर्नुपर्छ। जसलाई ओआइएसडी १४४ भनिन्छ। नेपालमा झन्डै आधा उद्योगले महिनाको ५ सय टनभन्दा बढी ग्यास बेच्न थालिसके पनि ओआइएसडी १४४ मापदण्ड अनुशरण नगरेको निगम प्रवक्ता घिमिरेले बताए। 
‘ओआइएसडी १६९ ले सानो क्षमताका आधारमा पूर्वाधार मापदण्ड तोकेको हुन्छ। बढी कारोबार गर्दा पूर्वाधार त्यहीअनुरुप बढाउँदै लैजानुपर्छ,' उनले शनिबार नागरिकसँग भने, ‘नेपालमा धेरै उद्योगले कारोबार मात्र बढाएका छन्, पूर्वाधार बढाएका छैनन्।' यसरी कारोबार परिमाणअनुसार पूर्वाधार नबढाउनु गैरकानुनी र जोखिमपूर्ण हुने उनले बताए।
अधिकांश ग्यास उद्योगले आफ्नो स्टोरेज ट्यांकबाट ३० मिटरसम्म मात्र खाली जग्गा छाडेका छन्। जबकि, मासिक ५ सय टनभन्दा बढी ग्यास भर्नेले ६० मिटरसम्म खाली जग्गा छोड्नुपर्छ। ‘क्षेत्रफल विस्तार नगरी उद्योगको क्षमतामात्र बढाउँदा ग्यास विस्फोट भएको अवस्थामा ठूलै जोखिम हुन सक्छ,' प्रवक्ता घिमिरेले भने।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस