थिम्पु (भुटान)-चार दशकअघि औपचारिक रूपमा २० जना पर्यटक भित्र््याएर विश्व पर्यटन बजारमा आफ्नो उपस्थिति देखाएको भुटान अझै पनि संख्या बढाउने हतारमा छैन। बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटकमात्र ल्याउने तर, त्यसमा पनि संख्या सीमा तोक्ने भुटानको ‘नीति' अहिले पनि उस्तै छ।‘हामी संख्यामा होइन गुणस्तरमा बढी विश्वास गर्छौं, यो हाम्रो नीति हो,' भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले राजधानी थिम्पुमा नेपाली सञ्चारकर्मीसँग भने, ‘पर्यटनमा हामीसँग ठूलो सम्भावना र अवसर छ तै पनि हामी एकैचोटि अगाडि बढ्दैनौं, विस्तारै बढ्छौं।'
धेरै संख्यामा पर्यटक ल्याएर उनीहरूलाई गुणस्तरीय सेवा दिन सकेन भने त्यसबाट नकारात्मक सन्देश जाने उनले बताए। आफ्ना सारा काम छाडेर भुटान घुम्न आएका संसारभरका पर्यटकलाई गुणस्तरीय सेवा दिनु भुटानको दायित्व भएको उनले बताए।
‘धेरै पर्यटक होइन, बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटकमात्र ल्याउँछौं,' उनले भने, ‘हामीले भावी पुस्ताका लागि पनि हेर्नुपर्छ। गुणस्तरीय पर्यटक ल्याउँदा पनि अहिले प्रत्येक पाँच भुटानीमा एकजना विदेशी पर्यटक हुने गर्छन्। पयर्टन क्षेत्रमा हामी के गरिरहेका छौं भन्ने विश्वलाई देखाउन चाहन्छौं।'
उनका अनुसार पर्यटनबाट प्राप्त आम्दानीलाई मुलुकको आर्थिक विकास, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा खर्च गर्ने गरिएको छ। थिम्पुमा १० करोड अमेरिकी डलर लगानीमा निर्माणाधीन सम्भवतः संसारकै सबैभन्दा अग्लो (करिब ५३ मिटर) बुद्धको मूर्तिलाई भुटानको ब्रान्ड बनाइने छ। यसको निर्माण एक वर्षभित्र सकिने छ।
प्रधानमन्त्री तोब्गेले सन् २०१३ मा भुटानमा १ लाख १६ हजार पर्यटक आएको जानकारी दिए। २०१४ मा १ लाख ३० हजार आएको र २०१५ मा १ लाख ५० हजार ल्याउने र विस्तारै २ लाख पुर्याकउने लक्ष्य रहेको उनको भनाइ छ।
‘पर्यटक आकर्षित गर्न भुटान भ्रमण वर्ष २०१५ अभियान सुरु गरिएको छ,' उनले भने, ‘तर, पर्यटक संख्या बढाउन मात्र यसो गरिएको होइन, यो त खुसियाली बाँड्ने अभियान हो। गुणस्तरीय पर्यटक त छँदैछ। यहाँ आएका पर्यटकले सकेसम्म धेरै मनोरञ्जन गरुन्, धेरै स्थान घुमुन्, कला, संस्कृति, परम्परा थाहा पाउन् भन्ने हाम्रो चाहना हो।'
भुटान पर्यटन परिषदका अनुसार भुटान भ्रमण गर्ने प्रत्येक विदेशी पर्यटकले ‘पिक सिजन' मा प्रतिदिन २ सय ५० र ‘अफ सिजन' मा २ सय अमेरिकी डलर खर्च गर्नैपर्छ। यो खर्चमा प्रत्येक दिन तीनतारे होटलमा खाना, कोठा, यातायात, गाइडलगायत उपलब्ध हुन्छ। साढे २ सय डलरको ३५ प्रतिशत सरकारको ढुकुटीमा जम्मा हुने गर्छ। भुटान आउने पर्यटक नेपाल, भारत र थाइल्यान्ड हुँदै आउने गरेका छन्। कुल पर्यटक आगमनको ४० प्रतिशत नेपाल हुँदै आउने गरेका छन्। मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बर महिना पिक सिजन हुन्।
‘दिगो र वातावरणमैत्री पर्यटनप्रति हामी प्रतिबद्ध छौं,' परिषदकी निर्देशक छिमी पेमले भनिन्, ‘सरकारले पनि जलविद्युतसँगै पर्यटनलाई पनि उच्च प्राथमिकता दिएको छ। जलविद्युतसँग प्रतिस्पर्धा गर्ने भनेको पर्यटन उद्योग नै हो।'
परिषदका अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटनको योगदान २०१७ मा १० प्रतिशत, २००८ मा १२, २००९ मा ९.९, २०१० मा ९.२, २०११ मा १०.९, २०१२ मा १५.३ र २०१३ मा १७ प्रतिशत पुगेको थियो। पर्यटकका लागि हाल यहाँ साना र एकदेखि चारतारे स्तरबाहेक आठवटा पाँचतारे होटल सञ्चालनमा छन्।
त्यसैगरी २०१३ मा भुटानले पर्यटक आगमन आम्दानीबाट ६ करोड ३४ लाख ९० हजार डलर आम्दानी गरेको थियो। त्यसमध्ये १ करोड ६६ लाख २० हजार डलर सरकारले प्राप्त गरेको थियो। भुटान आउने पर्यटकमध्ये अमेरिका, जापान, जर्मनी, बेलायत, चीन, फ्रान्स, अस्ट्रेलिया, थाइल्यान्ड, इटाली, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, क्यानडा, सिंगापुरलगायत देशका बढी छन्। ‘बढीभन्दा बढी पर्यटक भुटान ल्याउने उद्देश्य त छँदैछ तै पनि हामी बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटकमा बढी विश्वास गर्छौं,' प्रधानमन्त्री तोब्गेले भने।