पोखरा-पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि थप अधिग्रहण गर्न लागिएको जग्गाका धनीले मुआब्जा लिन सुरु गरेका छन्। उचित मूल्य नपाएको भन्दै असन्तुष्टि पोखिबसेकाहरुले यो साता रकम रकम बुझ्न थालेका हुन्।सरकारले थप अधिग्रहणका लागि ५ सय ८० रोपनी जग्गा रोक्का गरेको थियो। त्यसमध्ये ८० रोपनीका धनीहरुलाई मुआब्जा बुझ्न आउन मंसिर १५ मा आह्वान गरिएको थियो। तीन महिनासम्म पनि मुआब्जा नबुझे सरकारले त्यसबापतको रकम सञ्चित कोशमा जम्मा गरिदिएर जग्गा लिन सक्थ्यो। तर सरकारले त्यस्तो प्रक्रिया थाल्नुअघि नै मुआब्जा ग्रहण सुरु भएको हो।
मुआब्जा वृद्धि हुन्ने भन्ने प्रलोभनमा नियोजित रुपमा उचालिएका जग्गाधनीहरुलाई सरकारीले अधिकारीले वृद्धि नहुने भन्दै सम्झाएका थिए। बार्गेनिङ गरेदेखि सरकारले दिने पैसा बढाउन सकिन्न भन्ने हल्ला चलाएका केही व्यक्तिको पछाडि लागेका जग्गाधनीहरु मुआब्जा लिन ढिला गर्दा नोक्सानी हुने देखेर स्वीकार्न राजी भएका हुन्।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत संयोजकत्वको टिमले बाटो नभएको र नगरपालिकाको मापदण्डअनुसार भौतिक संरचना निर्माण गर्न नमिल्ने जग्गाको २० र सडक भएकाको ४२ लाख रुपैयाँ रोपनी दरको मुआब्जा निर्धारण गरेको थियो। गायत्रीदेवी सञ्चितीले लगभग ५ आना जग्गाको १२ लाख रुपैयाँ बुझेर मुआब्जा लिन सुरु गरेकी थिइन्। त्यसपछि मुआब्जा पाउँ्क भनी धमाधम निवेदन आएको र उनीहरुका नाममा खाता खोलेर पैसा जम्मा गरिदिने प्रक्रिया अघि बढेको जानकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रदीप अधिकारीले दिए। केहीको उक्साहटमा लागेर जग्गाधनीले मुआब्जा लिन आनाकानी गर्दा ४० वर्षअघि सुरु भएको पोखरा अन्तर्राष्ट्रिय विमास्थल निर्माण प्रक्रियामा ढिलाइ हुने शंका पैदा भएका थिए।
पैसा लिन नचाहेर जग्गाको सट्टा जग्गै खोज्नेलाई पनि त्यस्तो व्यवस्था गर्न सकिने विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक तथा सभासद रवीन्द्र अधिकारीले बताए। उनको समितिले त्यस्तो व्यवस्था मिलाउने निर्णय यसअघि नै गरेको थियो। ‘कोही जग्गै लिन इच्छु भए दिन सक्ने गरी प्रक्रिया मिलाइएको छ,' उनले शनिबार समितिको बैठकपछि भने, ‘मुआब्जाबापत पैसा वा जग्गा दिन सकिने कानुनी व्यवस्था पनि छ।'
समितिको शनिबारको बैठकमा आएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्र लाल सुमनले फागुनको अन्तिम सातातिर विमास्थलको शिलन्यास गर्न सकिने जानकारी दिए। ‘ऋणबारे छलफल गर्न चिनिया“ टोली आउ“दैछ,' उनले भने, ‘वार्ता भएर ब्याजदर लगायत विषय टुंग्याएपछि शिलन्यास गर्न सकिन्छ।' २० अर्ब हाराहारीका खर्च लाग्ने भनिएको विमास्थलका लागि ऋण दिने सम्झौता चीनले गरिसकेको छ। तर अब ब्याजदरमा कुरा मिलाएर ऋण लिने प्रक्रियामात्रै बा“की हो। ब्याजमा कुरा मिलेपछि ऋण सम्झौता हुनेछ।
विमानस्थलको मुख्य भागका लागि भन्दा पनि बत्तीहरु राख्ने खम्बा गाड्न सरकारले थप जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको थियो। अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले २०३१ सालमा पोखरा–१४, १५ र १८ को ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो।
पोखरामा विमानस्थल बनाउन नागरिक उड्डयन प्राधिकरण र चीनको सिएएमसी इन्जिनियरिङ बीच सन् २०१४ मे २२ मा व्यावसायिक सम्झौता भएको हो। त्यसपछि आवश्यक रकम व्यवस्थाका लागि अर्थ मन्त्रालयबाट चिनियाँ सरकारलाई ऋणको निवेदन गइसकेको छ।
विमानस्थलको धावनमार्ग लगायत संरचना बन्ने ठाउँको माटो परीक्षण चिनियाँ पक्षले गरिसकेको छ। वातावरणीय प्रभाव मूल्यांकन –इआइए) को अन्तिम चरणको प्रस्तुति पेस भइसकेको जानकारी पनि सभासद अधिकारीले दिए। फागुनको तेस्रो साताबाट सुरु गर्ने गरी विमानस्थलको पानी निकास गर्ने नाला निर्माण गर्न टेन्डर आह्वान भइसकेको पनि अधिकारीले बताए।