काठमाडौं-राजनीतिक दलका नेताहरुबाट फेरि सरकारी ढुकुटीको पैसा दुरुपयोग गर्ने प्रयास भएको छ। एमाओवादी नेता बाबुराम भट्टराईले ल्याएको युवा स्वरोजगार कार्यक्रमको पैसा पार्टी कार्यकर्तालाई बाँडेको चर्चा सेलाइनसक्दै राज्यकोष दुरुपयोगको नयाँ सिलसिला सुरु भएको हो।युवालक्षित कार्यक्रमको पैसा आफ्ना कार्यकर्तालाई दिन दलका नेताहरुले दबाब बढाएका हुन्। राजनीतिक हस्तक्षेपकै कारण मंसिरमै कार्यान्वयन भइसक्नु पर्ने महत्वाकांक्षी योजना अनिर्णयको बन्दी बनेको छ। कृषि विकास मन्त्रालयले स्वदेशमै युवालाई रोजगारीको अवसर सिर्जना गर्ने र कृषि क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले ल्याएको कार्यक्रमलाई नेताले कार्यकर्ता पाल्ने विकल्पको रुपमा उपयोग गर्न खोजेका हुन्।
सरकारले यस वर्ष ७५ वटै जिल्लामा विस्तार गरेको ‘युवालक्षित तरकारी उत्पादन कार्यक्रम' मंसिर पहिलो साताबाट स्थानीयस्तरमा लागू गर्ने तयारी थियो। सोहीअनुसार कृषि मन्त्रालयले सूचना निकालेर आवेदन माग गर्योत।
व्यावसायिक तरकारी उत्पादन कार्यक्रमअन्तर्गत प्रत्येक जिल्लाबाट युवा कृषक छानेर उनीहरुलाई दुई लटमा तालिम दिने र पुस पहिलो हप्तादेखि अनुदान दिने योजना थियो। राजनीतिक दलका नेताबाट दबाब आएपछि जिल्ला कृषि विकास कार्यायलले कृषक छान्नै नसकेको मन्त्रालयको भनाइ छ।
सुरुमा मंसिरअघि नै सूचना निकालेर कृषक छनोटलगायत काम गर्ने भनिए पनि प्राविधिक कारणले मंसिरमै सूचना निकालिएको थियो। सोही महिनाबाट उत्पादनशील क्षेत्रमा लगानी सुरु गर्ने योजना रहेको मन्त्रालयको भनाइ छ।
‘आफ्ना कार्यकर्तालाई पैसा दिन दिनहुँजसो नेता र सभासदको फोन आउँछ। यसले आवेदक छनोट गर्न जिल्ला कृषि विकास कार्यालयलाई निकै अप्ठेरो परेको छ,' मन्त्रालय स्रोतले नागरिकसँग भन्यो, ‘पार्टी नेताका फोनकै कारण कसलाई अनुदान दिने भन्नेमा अहिलेसम्म निर्णय हुन नसकेको हो।' नेताले सिफारिस गरेका व्यक्तिलाई दिँदा कार्यक्रम प्रभावकारी नहुने मन्त्रालयका अधिकारी बताउँछन्।
युवालक्षित कार्यक्रममा तोकिएभन्दा पाँच गुणा आवेदन परेको छ। सबैले रकम नपाउने अवस्था आएपछि आफ्ना कार्यकर्तालाई योजना पारिदिन नेताको दबाब बढेको हो। यो वर्ष ८ हजार १ सय ५८ युवालाई कार्यक्रममा समावेश गराउने योजना रहेकोमा पाँच गुणा आवेदन परेको मन्त्रालयले बताएको छ।
‘हामीले ८ हजार १ सय ५८ लाई अनुदान दिने गरी सूचना निकालेका थियौं,' स्रोतले नागरिकसँग भन्यो, ‘त्यसको पाँच गुणा (४० हजार) आवेदन परेपछि नेताको हस्तक्षेप बढेको हो।' सोचेभन्दा बढी आवेदन परेपछि छनोट गर्न अप्ठेरो परेको मन्त्रालयले बताएको छ।
मन्त्रालयका अनुसार मौरीमा एक हजार, च्याउमा २ हजार, तरकारीमा ४ हजार १ सय ८०, पशुपक्षीमा ५०, डेरीमा ४ सय ७२, बाख्रामा एक सय ६०, माछामा २ सय, बंगुरपालनमा ९२ आवेदन माग गरेकोमा ४० हजारले दिएका छन्। सरकारले बजेटमार्फत ल्याएको युवालक्षित कार्यक्रमका लागि ७१ करोड रुपैयाँ निकासा गरेको छ। कतिपय ठाउँमा परेका निवेदनमा छलफल गरिरहँदा नेताको फोन आइहाल्ने मन्त्रालयको भनाइ छ।
कार्यक्रम उद्देश्यअनुसार अघि नबढेको र राजनीतिक दलले विनियोजित रकम भागबण्डा गर्न खोजेको मन्त्रालयको भनाइ छ। जिल्ला कृषि विकास कार्यालयमा पार्टी कार्यकर्ताको लर्को नै लाग्ने गरेको मन्त्रालयको भनाइ छ। ‘मन्त्रालयले एउटा मापदण्ड बनाएर पठाएको छ,' स्रोतले भन्यो, ‘राजनीतिक दलको अनावश्यक दबाबका कारण कार्यालयहरुले मापदण्डसमेत अध्ययन गर्न सकेका छैनन्।'
नेताले आफ्ना कार्यकर्तालाई परियोजना पार्न अनेक किसिमले दबाब दिएको मन्त्रालयका एक अधिकारीले बताए। सरकारले ७५ वटै जिल्लामा पशुपालन र कृषि विधामा कार्यक्रम लागू गर्ने निर्णय गरेको थियो। पशुपालनअन्तर्गत दूध तथा दुग्धजन्य पदार्थ उत्पादन, बाख्रापालन र बंगुरपालनमा अनुदान दिने सरकारी नीति छ। कृषिअन्तर्गत तरकारी, माछा, च्याउ, मह रहेको मन्त्रालयले जनाएको छ।
पशुपालनअन्तर्गत पनि धमाधम काम भइरहेको मन्त्रालयले बताएको छ। वैदेशिक रोजगारीबाट फर्केका र जान चाहने युवालाई स्वदेशमै व्यावसायिक क्षेत्रमा आवद्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम गत वर्ष प्रभावकारी भएपछि यो वर्षदेखि ७५ वटै जिल्लामा लगिएको हो।
६ वर्षअघि एमाओवादी नेता बाबुराम भट्टराई अर्थमन्त्री हुँदा बेरोजगारलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषको पैसा सहकारीमार्फत बिनाधितो ऋण दिने कार्यक्रम ल्याइएको थियो। त्यो ऋण पार्टीनिकट सहकारीलाई बाँडेर दुरुपयेाग गरेको भन्दै एमाओवादीको चर्को आलोचना भएको थियो। त्यसबेला एमाओवादीले आफ्ना दलका कार्यकर्तालाई सहकारी खोल्न लगाएर पैसा बाँडेको आरोप लागेको थियो।
कोषको रकम एमाओवादी कार्यकर्ताले खोलेको सहकारीलाई बिनाआधार दिएको भन्दै एमालेनिकट युवा संघ सडकमा समेत उत्रेको थियो।