काठमाडौं-बंगलादेशले आफ्ना वस्तुलाई मागेको शून्य भन्सार सुविधा नेपालले नदिने भएको छ। अरु देशले पनि यस्तै सुविधा माग्ने तर्कका आधारमा बंगलादेशको प्रस्तावमा असहमित जनाउने आन्तरिक तयारी वाणिज्य तथा आपूर्ति मन्त्रालयले थालेको छ।आगामी फागुन ११ र १२ वा १८–१९ मा नेपालमै प्राविधिक समितिको बैठक राख्ने र शून्य भन्सार सुविधा नदिने गरी द्विपक्षीय सहमति गर्ने तयारी मन्त्रालयले थालेको हो।
मन्त्रालयका सहसचिव जीवराज कोइरालाले एउटा देशलाई शून्य भन्सार सुविधा दिएपछि अरुले पनि माग्ने भएकाले कसैलाई नदिने बताए। ‘द्विपक्षीय सहमतिमा नयाँ सम्झौता गर्छौं,' उनले नागरिकसँग भने, ‘तर शून्य भन्सारमा सरकार तयार छैन।'
बंगलादेशले त्यहाँबाट नेपाल निर्यात हुने एक सय ५३ वस्तुमा शून्य भन्सार सुविधा दिन लिखित प्रस्ताव राखेको थियो। बंगलादेश जुट, माछा, हातेकागज, प्रशोधित पानी, जुस मिक्स्चर, औषधी जस्ता वस्तुमा बढी केन्द्रित छ। बंगलादेश र नेपालले पेस गरेका एजेन्डालाई द्विपक्षीय वार्ताबाट अन्तिम रूप दिने तयारी छ।
सचिवस्तरीय बैठकको तयारीस्वरुप हुने सहसचिवस्तरीय बैठकलाई प्राविधिक समिति भनिन्छ। यही समितिले गरेको निर्णय सचिवस्तरीय बैठकले अनुमोदन गर्ने हो। हरेक ६ महिनामा बस्नुपर्ने सहसचिवस्तरीय बैठक र वर्ष दिनमा आलोपालो गरी हुनुपर्ने सचिवस्तरीय बैठक २ वर्षदेखि बस्न सकेको छैन।
तत्कालीन वाणिज्य सचिव लालमणि जोशी र उनका बंगलादेशी समकक्षी मोहम्मद गुलाम हुसेनबीच २०६९ साउनमा वार्ता भएको थियो। त्यसयता बंगलादेशसँग द्विपक्षीय वाणिज्य वार्ता भएको छैन। बंगलादेशसँग नाफामा रहेको व्यापार निरन्तर घट्दै गएको छ। त्यसबेला झन्डै वार्षिक ३ अर्बले बचतमा रहेको बंगलादेशसँगको व्यापार अहिले बराबरीको अवस्थामा छ।
लामो समयसम्म वार्ता नहुँदा १ सय ८ नेपाली वस्तु त्यहाँ शून्य भन्सार सुविधाबाट बञ्चित छन्। २०६९ साउनमा काठमाडौंमा भएको सचिवस्तरीय बैठकमा बंगलादेश नेपालका अधिकांश कृषि सहित १ सय ८ वस्तुमा शून्य भन्सारको सुविधा उपलब्ध गराउन सहमत भएको थियो। दुई देशबीचको वाणिज्य वार्ता ढिलै भए पनि हुने देखिएकाले द्विपक्षीय व्यापारका सबैजसो समस्याको गाँठो फुकाउने गरी छलफल हुने कोइरालाले बताए।
उनका अनुसार बंगलादेशले पनि नेपाललाई शून्य भन्सार सुविधा दिएपछि अन्य देशलाई उपलब्ध गराउनु पर्ने बाध्यता हुन्छ। दुवै देशको हितमा हुने भएकाले शून्य भन्सार सुविधा हटाउन लागिएको हो। ‘अहिले शून्य भन्सारबारे दुवै पक्षबाट केही निर्णय हुँदैन,' सहसचिव कोइरालाले भने, ‘त्यसको विकल्पमा अर्को कुनै निर्णय हुन्छ। तर के निर्णय हुन्छ अहिले नै भन्न सकिन्न।'
२०६९ साउनमा काठमाडौंमा सम्पन्न दुई देशका वाणिज्य सचिवको बैठकले पानीट्यांकी–काँकडभिट्टा तथा फूलबारी–बंगलाबन्द मार्ग प्रयोगमा रहेका कठिनाइको समेत समाधान खोजिने निर्णय गरेको थियो। तर अहिलेसम्म त्यस विषयमा कुनै प्रगति भएको छैन।
अबको वाणिज्य वार्तामा पुराना एजेन्डा नै उठाइने छ। वार्तामा नेपाली वस्तुलाई भन्सार छुट र व्यापार विस्तारमा देखिएका कठिनाइबारे छलफल हुनेछ।
नेपालले कृषि वस्तुअन्तर्गत मुसुरोको दाल र गोलभेंडा निकासी बढाउने विषयमा समेत छलफल गर्नेछ। यी वस्तु शून्य भन्सार दरमा प्रवेश दिन नेपालले प्रस्ताव गरेको थियो। नेपालले कृषि वस्तुलाई विशेष सुविधा दिन बंगलादेशलाई आग्रह गरेको एक दशक भइसकेको छ। तर बंगलादेशले पनि यस्तै सुविधा मागेपछि यो मुद्दा थाँती छ।
भारतसँग गरेको वाणिज्य सन्धिका कारण नेपालले बंगलादेशलाई भारतलाई दिएको सुविधा दिन सक्दैन। स्रोतका अनुसार त्यही अप्ठेरो बुझेर बंगलादेश एकतर्फी रुपमा भए पनि नेपाली वस्तुलाई भन्साररहित सुविधा दिन सकारात्मक भएको हो।