बटुवालाई जेब्राक्रसमै जोखिम
२६ माघ २०७१
•
८ मिनेट पाठ
बटुवालाई जेब्राक्रसमै जोखिम
काठमाडौं-बानेश्वरकी रमिला महर्जन मीनभवन। प्रयागमार्गबाट आलोकनगरतर्फ जाँदा जेब्राक्रसबाट बाटो काट्दिनन्। उनलाई थाहा छ, जथाभाबी बाटो काट्दा दुर्घटनाको जोखिम हुन्छ। तर त्यहाँ रहेको जेब्राक्रस काटेर पारि पुग्दा फेरि अर्को अवरोध तेर्सिन्छ। यो झन्झटले उनीजस्ता धेरै बटुवा जेब्राक्रस छाडेर अलि वरपरबाट पारि पुग्छन्। ‘जेब्राक्रसबाट काट्यो, पारि निस्कने मुखैमा तीन फिटको ढिस्को छ,' उनले भनिन्, ‘ढिस्को उक्लन नसकेर फेरि सडकमै हिँड्नुपर्ने भएकाले मन नलागी–नलागी नियम मिच्नुपर्छ।'उपत्यकाको सबैभन्दा चौडा तीनकुने–माइतीघर सडकअन्तर्गत मीनभवन प्रयागमार्गबाट आलोकनगर जाने पैदल यात्रुको सजिलो होइन, सकस बनेको छ जेब्राक्रसिङ चिह्न। सडक विभागले पैदलयात्रुको सुरक्षित यात्राका लागि जेब्राक्रस बनाए पनि आलोकनगर खण्डमा ३ फुट अग्लो फुटपाथ बनाएर आफैं अवरोध पुर्यापइरहेको छ। त्यही अवरोधले प्राय बटुवा जेब्राक्रसको सुरक्षित मार्गको साटो असुरक्षित रुपमै बाटो काटिरहेका भेटिन्छन्।
‘जेब्राक्रस देखेर खुरुखुरु आयो, यता यत्ति अग्लो बार पो भेटिन्छ,' आलोकनगरतिर गइरहेकी सीता रिमालले सोमबार नागरिकसँग भनिन्, ‘सारी लगाएका बेला त उक्लिनै सकिन्न, जोखिम भए पनि अलि परैबाट बाटो काट्छु।'
उपत्यकाको सडक फराकिलो बनाउने अभियानसँगै पैदलयात्रुको सुरक्षाका लागि सडक चिह्न (मार्किङ) गर्ने कामले गति लिए पनि त्यसमा गम्भीर त्रुटि गरिँदा पैदल यात्रुमा सास्ती छ। 
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले करिब ५० करोड रुपैयाँ खर्चेर स्तरोन्नति गरेको सडकको अवस्था अन्यत्र पनि प्रयासमार्ग–आलोकनगरकै भन्दा भिन्न छैन।
१८ औं सार्क शिखर सम्मेलनका लागि सुन्दर बनाइएका सडकमा हतारमा मार्किङ गरियो। तर, भएका गल्ती सुधार्न कसैको चासो रहेन। संवाददाताले उपत्यकाका विभिन्न स्थानका सडक मार्किङ अवलोकन गर्दा दर्जनौं स्थानमा गम्भीर त्रुटि भेटिए। कतै जेब्राक्रसको रङ उडेर देख्दै नदेखिने भइसकेका छन्, कतै बार लगाएर पैदल यात्रुलाई अवरोध पुर्या इएको छ। 
यस्तै अवस्था छ, ललितपुरस्थित ज्वागल सडकको पनि। कुपन्डोल मुख्य सडकबाट ज्वागल छिर्ने शाखा सडकनजिक सवारीसाधन मोडिने मुखैमा रहेको जेब्राक्रसबाट पैदल यात्रु बाटो काट्नै सक्दैनन्। ‘अन्यत्रबाट काट्दा बरु सुरक्षित भइएला, जेब्राक्रसबाट जाँदा भन्न सकिन्न,' जेब्राक्रस छलेर नियमविपरीत बाटो काटिरहेकी पाटन, मंगलबजारकी ज्ञानु ढुंगानाले गुनासो गरिन्।
त्रिपुरेश्वर चोकबाट कलंकी छिर्ने मोडमा पनि झन्डा राख्ने पोलले जेब्राक्रस छेक्छ। त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर चोकमा जेब्राक्रसको आधा भाग झन्डा राख्ने पोलले ओगटेको छ। भद्रकालीअगाडि पनि टर्निङमै जेब्राक्रस हुँदा चालकलाई पैदल यात्रु जोगाउँदै हम्मे पर्छ। 
ट्राफिक इन्जिनियर आशिष गजुरेल सडक मार्कमा गरिएको लापरबाहीले पैदलयात्रुलाई सास्ती भइरहेको र उनीहरुले बाध्य भएर नियम मिचिरहेको बताउँछन्। सडक मार्क वैज्ञानिक पद्धतिको सट्टा हचुवा भरमा गर्ने प्रवृत्तिले सरकारी रकमसमेत खेर गइरहेको उनी बताउँछन्। 
‘सडक पार गर्न जेब्राक्रस बनाएर मात्रै हुन्न, त्यसको प्रयोग सहज भए मात्र प्रभावकारी हुन्छ,' उनले भने, ‘जसले सडक मार्क गरेको हो, उसको नियत नै प्रयोग नगरोस् भन्ने खालको देखिन्छ।'
आफूले गाडी चलाइरहेको सडकको क्षेत्र पहिल्याउन चालकको सहजताका लागि सडकका दुवैतर्फ पहेंलो रंगको मार्क लगाउने अन्तर्राष्ट्रिय नियम छ। यस्तो मार्कले त्यो बाहिर पानी बग्ने नाली वा भल छिर्ने प्वाल छ भन्ने जानकारी दिन्छ र दुर्घटना हुनबाट जोगाउँछ। तर, काठमाडौंका अधिकांश सडकमा यस्तो चिह्न भेटिँदैन।
सडक मार्किङमा गम्भीर त्रुटि र लापरबाही देखिए पनि जिम्मेवार निकायका अधिकारी यो गल्ती स्विकार्दैनन्, बरु उल्टै सडकलाई दोष दिएर पन्छन्छन्। सडक विभागका सडक तथा ट्राफिक शाखा प्रमुख विनोदकुमार मौवारले सडकको चौडाइ कम हुँदा यस्तो समस्या देखिएको दाबी गरे। विभागले सडककोे केन्द्रीय र बाटोका छेउछेउ मार्किङ गर्ने गरेको र यस्तो मार्किङ गर्दा सडक सुरक्षा गाइडलाइनलाई आधार मानेको उनको दाबी छ। 
संवाददाताले उपत्यकाका विभिन्न क्षेत्र अवलोकन गर्दा संकलन गरेको जेब्राक्रस र सडक मार्कको तस्बिर देखाउँदा उनले भने, ‘केही गल्ती भयो होला, बिस्तारै सुधार गर्छौं।' सडकमा देव्रे नघुम्नुस्, रोक्नुस्, नो यु टर्नलगायत संाकेतिक चिह्न राख्न र मार्किङका लागि केवल १० प्रतिशत रकम छुट्ट्याइने गरिएकाले समस्या देखिएको उनको तर्क छ। 
महानगरीय ट्राफिक महाशाखाका पूर्वप्रमुख केशव अधिकारीले काठमाडौं उपत्यकाका सडकका ५० प्रतिशत जेब्राक्रस मेटिइसकेको बताए। जेब्राक्रस हुनैपर्ने २५ प्रतिशत सडकमा हुँदै नभएको र भएकामा पनि २५ प्रतिशत मात्रै प्रयोग गर्न सकिने गरी बनाइएको उनले बताए।
‘दैनिक सवारी व्यवस्थापनमा सडकमा हुने ट्राफिकलाई कहाँ भिड हुन्छ, र कहाँ कुन मार्क आवश्यकता छ भन्ने जानकारी हुन्छ, तर मार्क गर्दा ट्राफिकलाई वास्तै गरिन्न,' अधिकारीले अनुभव सुनाए, ‘महाशाखासँग समन्वय गरेर मार्क गर्ने हो भने धेरै समस्या समाधान हुन्छन्।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस