थिम्पु (भुटान)-प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन भुटानको राजधानी थिम्पुमा सुरु भएको छ। ‘एक्सप्लोर बियोन्ड टुरिज्म–सेलेब्रेट ह्याप्पिनेस' नारासाथ यहाँको संसदको तल्लो सदन हलमा सुरु सम्मेलनमा नेपालसहित १४ देशका करिब २ सय प्रतिनिधि सहभागी छन्।नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पाटा–नेपाल च्याप्टर एवं ट्राभल तथा होटल गरी १४ कम्पनी ‘पाटा एड्भेन्चर ट्राभल एन्ड रेस्पोन्सिबल टुरिज्म कन्फरेन्स एन्ड मार्ट २०१५' मा सहभागी छन्। शुक्रबारसम्म सञ्चालन हुने सम्मेलन नेपाली ट्राभल कम्पनीका लागि साहसिक पर्यटनतर्फ उत्कृष्ट मञ्च साबित हुने च्याप्टरले जनाएको छ।
सम्मेलन उद्घाटन क्रममा पाटाका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले पछिल्ला केही वर्षदेखि संसारभर जिम्मेवार पर्यटन र यसको प्रवर्द्धनका लागि लगानी तथा चेतना अभियान चलिरहेको बताए। सन् २०१४ मा एक देशबाट अर्को देश भ्रमणमा गएका पर्यटक संख्या १ अर्ब १० करोड नाघेको उनले जानकारी दिए। २०१५ मा अन्तर्राष्ट्रिय पर्यटकको वार्षिक वृद्धि दर ४.७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको उनले बताए।
‘यस्तो सम्मेलन अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य प्रवर्द्धन, विकास र विस्तार गर्न तथा पर्यटकीय गतिविधि एवं सरकार र व्यवसायीबीच पुलको काम गर्न महत्वपूर्ण हुन्छ,' हार्डीले भने, ‘त्यसैगरी दिगो तथा जिम्मेवार पर्यटनले संस्कृति, इतिहास, सम्पदा, वातावरणदेखि जैविक विविधता जोगाउनेदेखि स्थानीय स्तरको आयआर्जन वृद्धिसम्म उल्लेख्य भूमिका पनि खेल्छ। यसमा पाटाले दसकौंदेखि काम गर्दै आएको छ।'
नेपाली टोलीको नेतृत्व गर्दै यहाँ आएका पाटा–नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले क्रेता तथा बिक्रेताबीच ‘बिजनेस टु बिजनेस' का माध्यमबाट नेपाली व्यवसायीका लागि साहसिक पर्यटनमा यस्तो सम्मेलन महत्वपूर्ण अवसर हुने बताए। ‘यो सम्मेलन साहसिक पर्यटनलाई कहाँ र कसरी बजारीकरण गर्ने भन्नेमा केन्द्रित छ, जसले नेपाली कम्पनीलाई ठूलो अनुभव दिलाउने छ,' उनले भने, ‘साहसिक पर्यटनमा नेपाल विश्वभरका पर्यटकका लागि उपयुक्त गन्तव्य हो। हामीले यसबाट वृहत फाइदा लिनसक्छौं।'
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनु भनेको सम्वन्धित देशले पर्यटकीय प्याकेज बिक्री गर्ने उत्कष्ट अवसर भएको उनको भनाइ छ। नेपालले पाटाको सदस्यता कायम राखिरहन वार्षिक २५ हजार अमेरिकी डलर तिर्दै आएको पनि उनले बताए। ‘यस्तो सम्मेलनमा सहभागी हुनु भनेको लाखौंबराबरको विज्ञापन निःशुल्क गरेसरह हो,' उनले भने।
सम्मेलनमा नेपालबाट एपिक राइड्स, एक्सप्लोर हिमालय, हिमालयन होलिडेज, आइसफल एड्भेन्चर, केजिएच ग्रुप अफ होटल्स, सांग्रिला होटल, टाइगर माउन्टेन नेपाल, एसिया एड्भेन्चर एक्सकर्सन, ब्रिक्स क्याफे, होटल पिस प्लाजा, माउन्ट कैलास रिसोर्ट, नेप्लिज एन्काउन्टर्स, प्याराडाइज क्याफे र रोयल माउन्टेन ट्राभल सहभागी छन्।
सम्मेलनमा भुटान पर्यटन परिषदकी निर्देशक छिमी पेमले संसारभर उच्च गतिमा बढिरहेको पर्यटन विकास तथा प्रवर्द्धनमा आफ्नो देश पनि सहभागी हुँदै आएको बताइन्। ‘यस क्षेत्रको पर्यटन विकासमा पाटा सम्मेलनले महत्वपूर्ण योगदान पुर्याभउँदै आएको छ, त्यही भएर हामीले दोस्रो पटक भुटानमै सम्मलेन आयोजना गरेका हौं,' उनले भनिन्, ‘त्यसमाथि यो वर्ष यहाँ दुई महत्वपूर्ण गतिविधि पनि भइरहेका छन्। पहिलो, हाम्रा चौथो राजा जिग्मेसिंगे वाङचुकको ६० औं जन्मदिन र दोस्रो भुटान भ्रमण वर्ष २०१५ हुन्।'
भुटानले पर्यटन उद्योगलाई पहिलो प्राथमिकतामा राखेर विकास र प्रवर्द्धनका गतिविधि अगाडि बढाइरहेको पेमले जानकारी दिइन्। पर्यटन उत्पादन विविधिकरणको काम भइरहेको भन्दै उनले गुणस्तरीय पर्यटकीय सेवा प्रदान गर्न भुटान अग्रस्थानमा रहेको दाबी गरिन्। विश्व पर्यटनको ‘ट्रेन्ड' पछ्याउन पनि आफ्नो देश पछाडि नपर्ने उनको भनाइ थियो।
‘हाम्रो पर्यटन अनुभव र पर्यटन उत्पादन तथा गन्तव्य संसारभरका पर्यटकलाई देखाउन पाउँदा खुसी छौं,' उनले भनिन्, ‘त्यसमाथि दिगो पर्यटन र वातावरणमैत्री पर्यटनप्रति हामी सदैव प्रतिबद्ध पनि छौं। बढीभन्दा बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक ल्याउने हाम्रो लक्ष्य भने सँगसँगै लान्छौं।'
त्यसैगरी सेन्टर फर भुटान स्टडिजका अध्यक्ष दासो कर्मा उराले ऊर्जा क्षेत्रमा शक्तिशाली भए पनि भुटानको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको योगदान १७ प्रतिशत पुगेेको जानकारी दिए। सन् १९७४ मा २० विदेशी पर्यटक स्थलमार्गबाट भुटान छिरेपछि मुलुकले नीति बनाएरै पर्यटन उद्योगलाई पहिलो प्राथमिकता दिँदै आएको बताए। ‘हामीले पर्यटन नीतिमा संस्कृतिसँगको संयोजन, सांस्कृतिक अन्तरक्रिया र भौतिक गतिविधि समावेश गरेका छौं,' उनले भने।
अमेरिकाको एड्भेन्चर ट्राभल ट्रेड एसोसिएसनले हालै गरेको साहसिक पर्यटन बजार अध्ययनअनुसार २००९ देखि साहसिक पर्यटन बजारको विस्तार वार्षिक ६५ प्रतिशतका दरले बढ्दै आएको छ। २०१२ मा विश्वभरका साहसिक पर्यटकले ३ खर्ब ४५ अर्ब डलर खर्च गरेका थिए।
भुटान पर्यटन परिषदका अनुसार २०१४ मा १ लाख १६ हजार २ सय ९ पर्यटकले भुटान भ्रमण गरेका थिए। तीमध्ये ५२ हजार ७ सय डलर खर्च गर्ने थिए। २०१३ मा भुटानले अन्तर्राष्ट्रिय पर्यटकबाट ६ करोड ३४ लाख डलर आम्दानी गरेको थियो।