काठमाडौं-ताहाचलकी रामकला तिवारी मंगलबार बिहानै खाली सिलिन्डर बोकेर दौडिइन्। ग्यासको हाहाकार मत्थर गर्न टोलटोलमा ग्यास बाँड्ने सूचना पाएर समयमै बालाजु डिपो पुगे पनि उनलाई सरकारले ग्यास उपलब्ध गराउन सकेन।कारण– रामकलासँग जुन कम्पनीको सिलिन्डर थियो, त्यही कम्पनीको सिलिन्डर बोकेर त्यहाँ पुग्नेको लाम डिपोले बाँड्ने संख्याभन्दा निकै बढी थियो।
‘निश्चित कम्पनीको सीमित संख्यामा मात्रै बाँड्दोरहेछ,' उनले नागरिकसँग भनिन्, ‘तीनतिर भौंतारिँदा पनि ग्यास पाइनँ, दौडँदा–दौडँदा हैरान भइयो।'कालाव्यापारीले लुकाएको ग्यास अनुगमन र दोषीलाई कारबाही छाडेर सरकारले यसअघि नेसनल टे्रडिङमार्फत ग्यास बाँड्ने योजना अघि सारेको थियो। नेसनल टे्रडिङको जग्गा हुँदै बाग्मती किनार यति लामो लाम लाग्यो कि सरकारले सबैलाई त क दस प्रतिशतलाई पनि ग्यास पुर्याकउन सकेन। त्यसमा विफल भएपछि गत शनिबारदेखि नयाँ योजना ल्याएको थियो– टोलटोलमा अग्रिम सूचना जारी गरेर उपभोक्तालाई ग्यास बाँड्ने।
‘भएजति कम्पनीका ग्यास ल्याएर बाँड्ने भनिए पनि चारैतिरबाट ओइरिने उपभोक्ताको तुलनामा ग्यास अत्यन्तै कम उपलब्ध हुँदा सहज हुन सकेन,' डिपोका एक अधिकारी भन्छन्, ‘कतिपयले राहत महसुस गरे पनि धेरैजसो रित्तै फर्कन्छन्।'
सरकारले उत्पादन क्षमता न्यून रहेका साना उद्योगलाई मात्र कोटा बढाउँदा महिना दिनदेखि बजारमा उत्पन्न कृत्रिम अभाव अझै हट्न सकेको छैन। उत्पादन क्षमता भएका ठूला उद्योगले थप कोटा नपाउँदा माघ पहिलो साताभन्दा केही कम भए पनि बजारमा अझै ग्यास अभाव हट्न सकेको छैन।
‘ग्यास बाँड्दैछ भन्ने थाहा पाएर बाबा कम्पनीको सिलिन्डर बोकेर गौशाला डिपो पुगँे,' एक उपभोक्ताले नागरिकसँग तीन दिनअघिको दुःख बिसाए, ‘एउटा कम्पनीको जम्मा ७० वटा बाँड्ने डिपोमा ५ सय सिलिन्डरको नाम पहिल्यै लेखाइएको रहेछ, मैले कसरी पाउनू?' कालोपुलका उनी ग्यास पाइने आसमा नेसनल टे्रडिङमा ६ घन्टा लाम लागेर फर्किएका व्यक्ति हुन्।
साना उद्योगलाई क्षमताभन्दा बढी ग्यासको कोटा बाँड्दा बजारमा अभाव चर्किएको पुष्टि हुँदा पनि आयल निगम भने कोटा वितरण सुधार्न आनाकानी गरिरहेको छ।
हरेक अंग्रेजी महिनाको पहिलो दिनभित्रै त्यस महिनाका लागि ग्यास उद्योगले आयात गर्न पाउने परिमाण तोक्ने नियम भए पनि अहिलेसम्म पुरानै कोटा चलिरहेको छ। वैज्ञानिक कोटा वितरणमा नियमको आनाकानीले ग्यास अभाव ज्यँुका त्युँ रहेको ठूला उद्योगी बताउँछन्।
क्षमतै नभएका उद्योगलाई शतप्रतिशत कोटा बढाउँदा निगम नै विवादमा तानिएको छ। जनवरीका लागि निगमले २२ हजार ३ सय ७७ टनबाट २९ हजार टन आयात कोटा पुर्यारउँदा पनि पर्याप्त सिलिन्डर नै नभएकाले मात्र थप कोटा पाउँदा अभाव चर्केको थियो। सिलिन्डर नै नभएपछि कोटा पाए पनि त्यसअनुसार आयात गर्न सकेनन्। हुनेले पुग्ने गरी ल्याउन पाएनन्। यसले माग र आपूर्तिबीचको सन्तुलन बिगार्दा बजारमा अभावको अवस्था आयो।
यो अभाव हटाउन सकेसम्म छिटो कोटा वितरण सुधारेर ठूला उद्योगलाई बढाउनुपर्नेमा निगमले अनावश्यक ढिलाइ गरिरहेको उद्योगी नै बताउँछन्। फेब्रुअरीमा पनि २९ हजार टन नै आयात कोटा निश्चित भए पनि कसले कति आयात गर्न पाउने, तोक्न ढिलाइ भइरहेको छ।
थपिएको ७ हजार टनको कोटा वैज्ञानिक ढंगले वितरण नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको ठूला उद्योगीको भनाइ छ। ‘अभावको बेला साना उद्योगलाई मात्रै कोटा बढाउनु हुँदैन,' नेपाल ग्यास उद्योगका कार्यकारी निर्देशक गोकुल भण्डारीले नागरिकसँग भने, ‘कोटा वितरण परिमार्जन भएन भने अभाव अझै हट्दैन।'
निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले सिलिन्डरलाई नै आधार मानेर कोटा वितरण गरिने बताए। ‘सिलिन्डरलाई आधार मान्दा ग्यास धेरै आउँछ र अभाव हट्छ,' उनले नागरिकसँग भने, ‘सिलिन्डरमा आधारित वितरण नै वैज्ञानिक हुन्छ।'
कोटा परिमार्जन गर्न किन आनाकानी त भन्ने प्रश्नमा उनले भने, ‘नयाँ आएको हुनाले बुझ्दैछ, केही दिनमै सिलिन्डरकै आधारमा कोटा वितरण हुन्छ।' अहिले गृहकार्य भइरहेको र केही दिनमै बैठक राखेर नयाँ ढंगले कोटा वितरण गर्ने उनले बताए।
अघिल्लो महिनाका लागि तोकिएको कोटा परिमार्जन नगर्दा अभाव कायमै रहेको ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए। सिलिन्डरका आधारमा कोटा तोक्नासाथ आपूर्ति सहज हुने उनको भनाइ छ।
क्षमताअनुसार कोटा दिँदा कालोबजारी पनि हुन नपाउने उद्योगीको बुझाइ छ। ‘यसअघि पनि निगमले बजार हिस्सा तथा सिलिन्डरलाई आधार मानेर कोटा वृद्धि गर्नुपर्थ्यो,' एक उद्योगीले भने, ‘तर त्यस्तो गरिएन, सिलिन्डरका आधारमा कोटा नदिएसम्म अभाव रहन्छ।' निगमले साना उद्योगलाई नयाँ सिलिन्डर बेच्ने मौका दिन क्षमताभन्दा बढी कोटा बाँडेको थियो। यसो गर्दा पुराना सिलिन्डर हुनेले भर्न नपाउने र नयाँ भने जति पनि किन्न पाइने अवस्था आएको थियो।
कम क्षमताका उद्योगलाई बढी कोटा दिँदा अर्काको सिलिन्डरमा फुटरिङ परिवर्तन गरेर आफ्नो बनाउनेजस्ता विकृति समेत बढ्छ। निगमले एक प्रतिशत बजार हिस्सा भएका उद्योगलाई १ सय ८ टनसम्म कोटा बढाइदिएको थियो। ९ प्रतिशत बजार हिस्सा भएका ठूला उद्योगको कोटा ३६ टनमात्र बढाइएको छ। ‘क्षमता भएका उद्योगले ग्यास नै ल्याउन पाएनन्,' एक उद्योगीले भने, ‘सानाले क्षमता नभएर तोकिए जति ल्याउन सकेनन्।'