काठमाडौं-सरकारले काठमाडौंको चोभारमा कन्टेनर फ्रेट स्टेसन (सिएफएस) र अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माण प्रक्रिया थालेको छ। विश्व बैंकले सिएफएस निर्माण गर्न दिएको ऋण र अनुदान फिर्ता लैजाने अवस्था आएपछि सरकार तातेको हो।चोभारस्थित हिमाल सिमेन्टको जग्गामा सिएफएस र प्रदर्शनीस्थल बन्ने छ। एनआइडिसी डेभलपमेन्ट बैंकको ऋण दायित्व नेपाल सरकारले भरण गर्ने मन्त्रिपरिषदको निर्णयसँगै सिएफएस र प्रदर्शनीस्थल निर्माण कार्य अघि बढेको हो। हिमाल सिमेन्टको स्वामित्वमा रहेको उक्त जग्गा धितो राखेर एनआइडिसी बैंकले कर्जा लगानी गरेको थियो। आफ्नै स्वामित्वकै संस्थान हिमाल सिमेन्टको ऋण तिरिदिएर जग्गा सरकारले लिन लागेको हो।
सरकारले काठमाडौंमा सिएफएस निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन नसकेपछि ऋण र अनुदान बापतको एक करोड ५५ लाख डलर (१ अर्ब ४७ करोड रुपैया“) फिर्ता जान लागेको थियो। त्यही डरले काम सुरु गर्न लागिएको हो। सिएफएस निर्माणका लागि सरकारले विश्व बैंकलाई २०७२ असार २७ भित्र जग्गा उपलब्ध गराउने गरी सहमति गरे पनि अहिलेसम्म जग्गाको टुंगो लागेको थिएन।
मन्त्रिपरिषदको गत मंसिर पहिलो साता सम्पन्न बैठकले एनआइडिसीको करीब २५ करोड रुपैयाँ ऋण दायित्व सरकारले बेहोर्ने निर्णय गरेपछि निर्माण कार्य अघि बढाइएको र अब विस्तृत सर्भे तथा डिजाइन सुरु गरिने नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले बताए।
‘हामीलाई निर्माण कार्य अघि बढाउन अर्थ मन्त्रालयबाट पत्र प्राप्त भइसकेको छ,' उनले भने, ‘अब केही साताभित्रै प्रक्रिया अघि बढ्छ।' यसअघि विश्व बैंकको एक अध्ययन समूहले चक्रपथको ३ किलोमिटर वरपर सिएफएस निर्माण गर्न आवश्यक जग्गा उपलब्ध गराइदिन आग्रह गरेको थियो।
नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) को प्रारम्भिक अध्ययनअनुसार सिएफएसका लागि कम्तीमा ५० देखि ६० रोपनी जग्गा आवश्यक पर्नेछ। निर्माण हुने सिएफएसभित्र कम्तीमा ५० ट्रक तथा क्रेन, आधुनिक वेयरहाउस जस्ता सुविधा उपलब्ध हुनेछन्। मन्त्रिपरिषदको निर्णयअनुसार सिएफएस र प्रदर्शनीस्थलका लागि झन्डै ७ सय रोपनी जग्गा उपलब्ध हुनेछ। आर्थिक वर्ष २०७०/०७१ को बजेटमा सरकारले चोभारमा सिएफएस निर्माण गर्ने उल्लेख गरेको थियो।
काठमाडौंको घनाबस्तीमा आपूर्ति व्यवस्था सहज बनाउने उद्देश्यले सामान भण्डारण, राजस्व, बैंकिङ, इन्स्योरेन्स सेवा एकीकृत रुपमा दिने गरी सिएफएस निर्माण अघि बढाइएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव महेश तिमिल्सिनाले बताए। ‘चोभारस्थित हिमाल सिमेन्टको नाममा रहेको जग्गा सरकारले किन्ने र त्यसमा सिएफएस निर्माण गर्ने पक्का भएको छ,' उपसचिव तिमिल्सिनाले भने।
चार वर्षअघि तत्कालीन अर्थसचिव रामेश्वर खनालको पालामा हिमाल सिमेन्टको नाममा रहेको ८ सय १६ रोपनी जग्गाको मूल्य झन्डै ३ अर्ब रुपैयाँ मूल्यांकन भएको थियो।
काठमाडौंमा सिएफएस नहुँदा कन्टेनरबाट ल्याइएका सामान ट्रकबाटै श्रमिकले ‘लोड अनलोड' गर्नुपर्ने बाध्यता छ। सिएफएस भए सामान लोड अनलोड मेसिनबाटै हुन्छ। त्यसो गर्दा श्रमिकको समस्या हट्ने र सामान पनि सुरक्षित हुने व्यवसायी बताउँछन्। हेटौंडा–काठमाडौं सुरुङमार्ग तथा काठमाडौं–निजगढ द्रुतमार्गका कारण पनि काठमाडौं विभिन्न वस्तुको वितरण केन्द्रमा विकसित हुने भएकाले सिएफएस निर्माणमा सरकार केन्द्रित भएको वाणिज्यका तिमिल्सिनाले बताए।
‘आगामी एक वर्षभित्र जग्गा उपलब्ध गराउन नसके विश्व बैंकको सबै रकम फिर्ता जान्छ,' तिमिल्सिनाले सोमबार नागरिकस“ग भने, ‘सिएफएस निर्माणका लागि काठमाडौं वरपर उपयुक्त जग्गा नपाएर समस्या आएको थियो।'
चोभारमा सिएफएस बने आपूर्ति व्यवस्था सहज हुने र मूल्य नियन्त्रणमा समेत सहयोग पुग्ने मन्त्रालयको भनाइ छ। वाणिज्य मन्त्रालयको एक टोलीले केही वर्षअघि भारत, नयाँ दिल्लीको सिएफएस अध्ययन गरेको थियो। त्यसपछि सिएफएस निर्माणमा मन्त्रालय सकारात्मक भए पनि एउटै कामका लागि १० वटा मन्त्रालयसँग समन्वय गर्नुपर्दा ढिलासुस्ती भइरहेको थियो।