काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो सांग्रिला सञ्चालन गर्न यसका लगानीकर्तालाई अन्तिम स्वीकृति दिएको छ।मन्त्रालयअन्तर्गतको पर्यटन विभागले उक्त क्यासिनो निरीक्षण गरी सबै पूर्वाधार पूरा भएको निष्कर्षपछि सोमबार सांग्रिला क्यासिनोको लगानीकर्ता हङकङस्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपअन्तर्गतको नेपालस्थित सहायक कम्पनी ह्याप्पी वर्ल्डलाई सञ्चालनको अन्तिम स्वीकृति दिएको हो। विभागले गत पुस २८ मा यसलाई पूर्वस्वीकृति दिएको थियो।
सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेको करिब पाँच महिनापछि सांग्रिलाले अनुमति पाएको हो। ‘पर्यटन मन्त्रालयले क्यासिनो सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको छ,' ग्रुपको नेपाली सहायक कम्पनी ह्याप्पी वर्ल्डका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईंले सोमबार नाागरिकसँग भने, ‘मंगलबारबाट क्यासिनो चौबीसै घन्टा सञ्चालनमा आउँछ।'
लामो समयदेखि बन्द रहेका १० मध्ये क्यासिनो सांग्रिला पुनः सञ्चालन गर्न सिल्भर हेरिटेज ग्रुपले ठूलो परिमाणको लगानी गरेको छ। ग्रुपले करिब पाँच महिनाअघि सञ्चालन अनुमति मागे पनि मन्त्रालयले ढिलाइ गर्दै आएको थियो। विदेशी लगानी भएका कारण क्यासिनो सांग्रिलाले उद्योग मन्त्रालयदेखि नेपाल राष्ट्र बैंक लगायत सम्बद्ध सबै निकायबाट स्वीकृति पाइसकेको थियो।
क्यासिनो सांग्रिलाले लामो समय बित्दा पनि अन्तिम स्वीकृति नपाएपछि यसबारे थप बुझ्न ग्रुपका उच्च अधिकारीको टोली गत पुस अन्तिम साता काठमाडौं आएर प्रधानमन्त्री सुशील कोइरालालाई समेत भेटेको थियो।
यहाँ आएको टोलीमा सिल्भर हेरिटेज ग्रुपका अन्तर्राष्ट्रिय प्रमुख कार्यकारी अधिकृत माइक बल्सोभर, प्रमुख वित्त अधिकृत मार्टिन राइट, अन्तर्राष्ट्रिय सहायक अध्यक्ष डेभिड ग्रिन र एसिया हेर्ने उपाध्यक्ष एन्डी डेन्निल सहभागी थिए।
सिल्भर हेरिटेज ग्रुपले राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा रहेको क्यासिनो सांग्रिला फेरि सुरु गर्न होटलसँग यसअघि नै भाडा सम्झौता गरिसकेको थियो। ग्रुपले क्यासिनो नियमावली २०७० अनुसार आवश्यक २५ करोड बैंक ग्यारेन्टीदेखि सम्पूर्ण कागजात पर्यटन विभागमा बुझाएको थियो।
बजगाईंका अनुसार क्यासिनो सांग्रिलामा लगानी गरेको ग्रुपको सञ्चालक समितिले नेपालमा पहिलो चरणमा १० अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ। यसमा क्यासिनो सांग्रिला, विभिन्न ठाउँमा पाँचतारे होटलदेखि जलविद्युत आयोजनासम्म छन्। लगानी वृद्धि गर्दै ३० अर्बसम्म पुर्यााउने ग्रुपको लक्ष्य छ।