कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) ले सूचना प्रविधि क्षेत्रका विविध आयामलाई समेटेर समय समयमा क्यान इन्फोटेकको नाममा मेला गर्दै आएको छ। क्यानले २ दशकअघि सुरु गरेको इन्फोटेकको २१औं संस्करण आज सुरु हुँदैछ। सुबिसु क्यान इन्फोटेकको सन्दर्भ पारेर नागरिकले महासंघका पदाधिकारी र आइटी क्षेत्रका व्यवसायीसँग राउन्डटेबल छलफल गरेको थियो। राउन्डटेबलमा महासंघ अध्यक्ष विनोद ढकाल, उपाध्यक्ष हेमन्त चौरसिया, द्वितीय उपाध्यक्ष नारायण न्यौपाने, तृतीय उपाध्यक्ष विश्वराम बलामी, महासचिव अमृतकुमार पन्त, सचिव सुनैना पाण्डे, सुबिसुका अध्यक्ष सुधीर पराजुली, वेबसर्फरका प्रमुख कार्यकारी अधिकृत सुमनलाल प्रधान, जेनेरेसन नेक्स्टकी निकिता भिमसरिया सहभागी थिए। सूचना प्रविधि क्षेत्रलाई माथि उकास्न निजी क्षेत्र तल्लीन सरकारी नीति यसमा सहयोगी नभएको छलफलको निष्कर्ष छ।विनोद ढकाल
अध्यक्ष, कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ
महासंघ भएपछि पहिलोपटक इभेन्ट हुन लागेको हो। क्यान महासंघ भएसँगै यसमा आमूल परिवर्तन हुन्छ भन्ने होइन। यो हाम्रो ‘इभेन्ट'को निरन्तरता हो। क्यान स्थापनायता के कस्ता आरोह अवरोह पार गर्यौंह त्यसबारे आम जनतालाई जानकारी दिनुपर्छ। हाम्रा गतिविधिलाई कसरी आम जनातासामु पुर्याउने भन्नेमा महासंघले सोचिरहेको छ।
देशको गार्हस्थ उत्पादनमा सूचना र सञ्चार प्रविधि (आइसिटी) को योगदानको कुरा उठाउने बेला भइसक्यो। तर कुरा घुमाईफिराई सरकारमै ठोकिन्छ। जबसम्म यो सरकारले आइसिटी क्षेत्रलाई प्राथमिकतामा राख्दैन तबसम्म यसले जिडिपीमा यस्तो योगदान गरेको छ है भन्ने अनुभव गराउँदैन। यसलाई सरकारले कहिले पनि प्राथमिकतामा राखेन। तर सबैभन्दा प्राथमिकतामा राख्नुपर्ने विषय नै सूचना प्रविधि हो।
छिमेकी दुई राष्ट्रले यस क्षेत्रमा कति ठूलो प्रगति गरिसके। यो हाम्रो लागि ठूलो मार्केट पनि हो। यसलाई प्रयोग गर्न सके पनि त नेपालको बजार कति ठूलो छ भन्न सकिन्छ। तर यो सोच कहिल्यै आउँदै आउँदैन। बंगलादेश गएको बेला देखेको– त्यहाँ संसारका ठुल्ठूला कम्पनीले अफिस राखेका छन्। सिस्को, माइक्रोसफ्ट छन्। त्यहाँ आए भने हाम्रोमा किन आएनन् त?
मल्टिनेसनल कम्पनीसँगै ठूलो रोजगारीको अवसर आउँछ। हाम्रोमा पोलिसी बनाउने मान्छेको त्यो सोच नै छैन, क्षमता नै छैन। हामीले भनेको सुनिदिए पनि हुने नि।
सरकारले गरेन भनेर हामी पनि चुप लागेर बस्ने कुरा भएन। यस क्षेत्रको बेसलाइन सर्भे हुनुपर्छ भन्ने सोचमा छ क्यान। सूचना तथा सञ्चार प्रविधि भनेको के हो? अहिलेको अवस्था कस्तो छ? हार्डवेयर, सफ्टवेयरको अवस्था के छ? कति बिक्री हुन्छ? कति आयात हुन्छ? को अध्ययन गर्नुपर्छ भनेर हामीले सुरु गर्दैछौं। आइसेट नेपाल र जाइकासँग सहयोग मागेर सर्भेको काम सकिसकेका छौं। यो आगामी सफ्टटेकमा सार्वजनिक गर्नेछौं। यसपछि नेपालको केही तस्बिर आउला कि भन्ने लागेको छ। त्यसपछि मान्छेले आइसिटीको अवस्था थाहा पाउलान्। यो क्षेत्रमा यस्तो गर्न सकिएला भन्ने सोच बनाउलान कि।
कम्प्युटर हार्डवेयरमा शून्य प्रतिशत कर छ। तर सफ्टवेयरमा पाँच प्रतिशत लगाइएको छ। हार्डवेयरमा शून्य प्रतिशत कर लाग्छ भने सफ्टवेयरमा पनि त्यत्ति नै लगाउनु पर्छ। सफ्टवेयरबिना हार्डवेयर चल्दैन। त्यसलाई चाहिँ किन शून्य प्रतिशतमा नझार्ने? १३ प्रतिशत भ्याट पनि लाग्छ। अन्य मुलुकमा त्यस्तो हुँदैन। यसले पनि हामीलाई अप्ठेरो छ। यसमा सरकारले सोच्नुपर्ने हो तर अहिलेसम्म केही पहल भएको छैन।
क्यानलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन जरुरी छ। सरकार सूचना प्रविधि कसले हेर्ने भन्नेमा स्पष्ट छैन। सूचना मन्त्रालयले हेर्ने कि? विज्ञान मन्त्रालयले हेर्ने कि? विभागले हेर्ने कि भन्ने स्पष्ट छैन्। आइटी हेर्न छुट्टै मन्त्रालयल बनाउनुपर्छ भन्ने हाम्रो माग हो।
हेमन्त चौरसिया
द्वितीय उपाध्यक्ष, क्यान महासंघ
२१औं क्यान इन्फोटेकमा सबै कम्पनीले आफूसँग भएका वस्तुको प्रदर्शन गर्ने हो। यसले उपभोक्तालाई चाहेअनुसारको वस्तु खरिद गर्न थप सहयोग गर्छ। यो सूचना प्रविधिको थलो हो। यसले टिनएजर्सलाई बढी केन्द्रित गरेर कार्यक्रम ल्याएको छ। सूचना प्रविधिको प्रयोग गर्ने युवापुस्ता नै हो जस्तो लाग्छ मलाई। त्यसैले पनि हरेक कम्पनीले उनीहरुलाई केन्द्रमा राखेर प्रविधि प्रदर्शन गर्ने गर्छन्। जहिले जहिले क्यान इन्फोटेक हुन्छ, त्यसबेला युवा पुस्ताले नयाँनयाँ कुरा खोज्छ। कम्पनीले सोही अनुसार प्रडक्ट राख्ने गरेका छन्। नयाँ जेनेरेसनको कुरा हेर्न र लैजान पाइन्छ।
क्यानको युजर ग्रुपलाई हामी सूचना प्रविधिबारे ज्ञान दिन सफल भयौं। क्यानले सूचना प्रविधि के हो त्यसबारे युवापुस्तालाई राम्रैसँग जानकारी दिएको छ। अहिलेको परिप्रेक्षमा जति पनि नयाँ प्रयोगकर्ता छन्, तिनलाई भरपुर सुविधा दिन्छौं।
आइसिटी पार्क सञ्चालन गर्ने कुरा अहिले अर्थ मन्त्रालयमा अड्किएको छ। हामीले विभिन्न क्षेत्रसँग कुरा गरेर आफ्नो प्रपोजल तयार गरेका छौं। त्यो मन्त्रालयमार्फत सरकारसम्म पुगिसकेको छ।
सुनैना घिमिरे (पाण्डे)
सचिव, क्यान महासंघ
उपत्यकामा मेला गर्दा धेरैको सहभागिता हुन्छ। मोफसलमा हुँदैन। मोफसलको जनसंख्या थोरै हुने भएकोले पनि यस्तो भएको हो।
सूचना प्रविधिमा १० प्रतिशत मानिस आवद्ध होलान। बाँकी ९० प्रतिशतलाई कसरी यसमा जोडन सकिन्छ भन्ने सोचेर मेला आयोजना गर्छौं। केन्द्रको मेलाले सबैलाई कसरी जोडेर लैजाने भन्नेमा पनि सकारात्मक सन्देश दिएको छ।
बाहिर मेला गर्नु र काठमाडौंमा गर्नुमा तात्विक फरक छ। काठमाडौंमा हुने मेलामा आउने अवलोकनकर्ता धेरै हुन्छन्। नयाँनयाँ प्रविधि काठमाडौंमा प्रदर्शन गर्न सक्छौं। त्यतिकै मात्रामा बाहिर जिल्लामा प्रविधि लैजान सकिँदैन। बाहिरको मेलाले स्थानीयलाई मात्र सहयोग पुर्याजउँछ। तर केन्द्र हुने मेलाले विदेशीलाई आकर्षित गर्न समेत सहयोग गर्छ।
हामीलाई हेर्ने दृष्टिकोणमा राज्यले केही परिवर्तन गर्नु आवश्यक छ। पहिलो कुरा त राज्यले हामीलाई राम्रो भूमिकामा राख्नु पर्यो। आइसिटी उद्योगले सरकारी नीतिकै कारण प्रगति गर्न नसकेको हो। दुई छिमेकी मुलुकमा त्यत्रो विकास हुँदा हामीकहाँ नहुनु दुखद हो। आइसिटी क्षेत्रको विकासका लागि वैदेशिक लगानी आवश्यक छ। यसका लागि नीति नियममा सरलीकरण आवश्यक छ।
हामीसँग जनशक्ति छ। बाहिर गएका पनि आउन सक्छन्। भारतमा पनि एकपटक दक्ष म्यानपावर बाहिर जाने समस्या थियो। जब ठूला कम्पनी आए अनि बाहिर गएका पनि फर्के। नेपालमा पनि त्यस्तै हुन सक्छ।
विश्वराम बलामी
तृतीय उपाध्यक्ष, क्यान महासंघ
इन्फोटेकमा दर्शकको धेरै राम्रो सहभागिता हुन्छ। अन्यको तुलनामा क्यानको मेलामा धेरै सहभागिता हुन्छ। भिजिटर त क्यानमा जस्तो अन्य मेलामा हुँदैन होला। सहभागिताको हकमा दुइटा कुरा हुन्छ। एक, विदेशी कम्पनी पनि आएका छन्। आउँदै आएका छैनन् भन्ने होइन। तर विदेशी कम्पनी अप्रत्यक्ष रुपमा सहभागी हुन्छन्। उनीहरू प्रतिनिधि भएर आउँछन्। जस्तो डेल। यो प्रतिनिधि भएर आएको छ। त्यस्ता कम्पनी धेरै छन्। धेरैजसो ब्रान्डेड सामन हेर्नुस् सबै विदेशी कम्पनी कै हुन। सबै विदेशी कम्पनीको प्रडक्ट आएको छ। हाम्रो परम्परा नै हो– लोकलले सेवा दिने। अहिले भएको पनि त्यही हो। सिधै विदेशी कम्पनीले सहभागिता जनाउँदैनन्।
बिपिओ, एलपिओ जे सुकै भए पनि त्यसमा हामीले एक्सप्लोर गर्नुपर्ने ठाउँ त धेरै छ। इन्फोटेकले स्थापनादेखि हालसम्म आइपुग्दा धेरै कुरा सिकाएको छ। हामी साहस गरेर अघि बढेका छौं। सूचना प्रविधि उद्योेगलाई अगाडि बढाएका छौं। हरेक क्षेत्रमा हाम्रो पहँुच पुगेको छ। शतप्रतिशत पूर्ण त हुँदैन र भएको पनि छैन।
सूचना प्रविधि क्षेत्रमा हामी १५६ नम्बरमा रहनु नराम्रो होइन। किनभने यहाँ यति धेरै समस्या छन्। लोडसेडिङ उस्तै छ। यति हुँदाहँुदै पनि हामीले केही गरेको अवस्था छ। नीति कार्यान्वयनको कुरा मुख्य हो।
नेपालमा अन्य क्षेत्रमा जस्तो लगानी सूचना प्रविधिमा छैन। ठूला उद्योगीले सूचना प्रविधिमा लगानी नै गरेका छैनन्। सरकारले बनाएको पोलिसी लागू गर्ने हो भने रोजगारी आफैं सिर्जना हुन्छ। काम गर्ने वातावरण सरकारले बनाइदिनु पर्योू। अन्यमा भन्दा राम्रो सम्भावना यसैमा छ।
अमृतकुमार पन्त
महासचिव, क्यान महासंघ
सूचना प्रविधिको विकासमा सरकारले के गर्योु भन्ने कुरा महŒवपूर्ण हुन्छ। सरकारले जति सहज रुपमा काम गर्न दिन्छ, त्यति नै यसको विकास हुन्छ। सूचना प्रविधिको विकासमा सरकारले खासै चासो दिएको छैन। जति भएको छ, त्यो व्यापारी, व्यवसायीको पहलले हो।
यस क्षेत्रको विकासका लागि नीति निर्माण गर्नु जरुरी छ। क्यान थिएन र क्यान इन्फोटेक हुँदैन्थ्यो भने सूचना प्रविधिको यस्तो विकास सम्भव थिएन। अहिले जति इन्टरनेट प्रयोगकर्ता छन् त्यो क्यान इन्फोटेकले गर्दा नै हो। इन्टरनेट सेवा प्रदायक कम्पनीको विकास हुनुमा पनि क्यानको ठूलो हात छ।
सरकारको तर्फबाट लगानीकर्ताको लगानी सुरक्षित गर्ने तरिकाले आजसम्म केही हुन सकेको छैन। व्यवसायीले जोखिम मोलेरै भए पनि लगानी गरेका छन्। म्यानपावरको हिसाबले हामी राम्रो पोजिसनमा छौं। हाम्रो जनशक्तिमा विदेश गएर पनि काम गर्न सक्ने क्षमता छ। विदेशमा गएर काम गर्ने तिनै नेपालीलाई रोक्ने हो भनेमात्र पनि हामीलाई पर्याप्त हुने अवस्था छ। विश्वमा सस्तोमा काम गर्ने मेन पावर हामी नै हौं।
सूचना प्रविधिमा नीतिगत विषय भने कमजोरी छ। यसले लगानीको वातावरणलाई अनुकूल बनाउन सकेको छैन। लगानीबाट प्रतिफल आउने हो कि होइन भन्ने चिन्ता छ। चन्दा आतंक त्यस्तै छ। अहिलेको आइटी सेक्टरका अग्रणी लगानीकर्तालाई सोध्ने हो भने उहाँहरूले निर्धक्क लगानी गरेको अवस्था छैन।
यो अवस्था पार लाउनु पर्ने आवश्यकता छ। यसो भयो भने मात्र स्वदेशी, विदेशी लगानी आउन सक्छ।
रोमकान्त पाण्डे
कार्यसमिति सदस्य, क्यान महासंघ
हामीले गरेको कामले कति सेवा पुगेको छ, त्यसबारे अध्ययन गर्न ढिला भइसकेको छ। कुनै पनि क्षेत्रले कसरी, कति सेवा पुर्यानएको छ त्यसबारे अध्ययन नगर्दासम्म यसले सार्थकता पाउँदैन। तर हामीले अहिलेसम्म अध्ययन गरेकै छैन। सरकारी निकायले यस वर्ष यस क्षेत्रको योगदानबारे अध्ययन गर्ने बताएको छ।
छिमेकी देशहरुले अध्ययन गर्छन्। जसका कारणले पनि नयाँ योजना बनाएर अघि बढन सहयोग मिलेको छ। हाम्रो अवस्था कस्तो छ भनेर हेर्नका लागि पनि अध्ययन आवश्यक छ।
इगभर्रमेन्ट लागू गर्ने हो भने पनि अध्ययन आवश्यक छ। हाम्रो अवस्था कस्तो छ, हामीसँग के कमजोरी छ, आगामी दिनमा हामीले कसरी काम गर्नुपर्छ भन्नेबारे थाहा पाउन पनि अध्ययन जरुरी छ। यो निजी क्षेत्रले भन्दा राज्य आफैंले गर्न आवश्यक छ।
हामीले देशको गार्हस्थ उत्पादनमा यस क्षेत्रकेा योगदान कति छ भनेर हिसाब गर्ने बेला आएको छ। हाम्रो योगदान हेर्न छिमेकमा के भइरहेको छ भन्ने पनि हेर्नु पर्छ।
कुनै बेला सूचना प्रविधिमा हामी बंगलादेशभन्दा माथि थियौं। अहिले तल छौं। ग्लोबल स्टाटस हेर्ने हो भने यो वर्ष हामी १५६ स्थानमा छौं। यसले के गर्छ भने हामीले हेर्दा विकास भएको देखिन्छ तर अरु देशको तुलनामा धेरै पछि छौं।
यो भन्दैमा हाम्रो योगदान छैन भन्न खोजेको होइन। अहिले हरेक क्षेत्रमा कुनै न कुनै किसिमले सूचना प्रविधि प्रवेश भएको छ। अहिले पनि अप्रत्यक्ष रुपमा ५ सय कम्पनीले काम गरिहेको देखिन्छ। यी कम्पनीले ५–६ जना राखे पनि हरेक वर्ष ५–७ हजारले रोजगारी पाउने देखिन्छ। विदेशमा गएर राम्रो गर्नेमा नेपाली विद्यार्थी नै छन्।
शिक्षाको क्षेत्रमा पनि डाक्टर र इन्जिनियरपछि सबैभन्दा चाप भएको क्षेत्र आइटी हो। आइटी पढेपछि बेराजगार भइँदैन भनेर मात्र विद्यार्थीले यो विषय पढिरहेका छन्। उनीहरू भोलि रोजगारी उत्पादन गर्ने क्षेत्रमा पुग्छन्। अरु क्षेत्र छोडेर पनि युवाहरू यो क्षेत्रमा स–सानो लगानी गर्न आउनु भएको छ। जसरी भए पनि आइसिटी क्षेत्रले राष्ट्रको अर्थतन्त्रमा सहयोग गरिरहेको छ।
सरसर्ति हेर्दा सबैभन्दा धेरै सूचना प्रविधिसम्बन्धी कलेज खुलेको अवस्था छ। अहिलेको अवस्थामा ८ वटा विश्वविद्यालयले आइटीका विभिन्न कोर्स डिजाइन गरेका छन्। त्यतिले पुगेन भनेर अर्को ८ वटा विदेशी विश्वविद्यालय आइटी विभिन्न कोर्स लिएर आएका छन्। हरेक वर्ष पाँचदेखि ६ हजारको बीचमा आइटी ग्राजुयट विद्यार्थी निस्किरहेका छन्।
ती ग्राजुयटलाई कम्पनीले सिधै लिइहाल्ने अवस्था छैन। एकेडेमिक कोर्सले हाम्रो कम्पनीको आवश्यकता पूरा गर्न सक्दैन भन्ने तर्क सुनिन्छ। अनि ती पास आउट विदेश जान्छन्। यस्तो किन भयो? जबकि नेपालमै पाँच सय हाराहारी कम्पनीलाई मान्छे चाहिएको छ।
गत महिनामात्र एक अध्ययन गरेका थियौं। त्यसअनुसार, चारवटा कम्पनी १० वर्षमा चार हजार म्यानपावर प्रयोग गर्छौ भनेर दर्ता भएको रहेछ। अरु १० कम्पनी पाइपलाइनमा छन्। प्रत्येक वर्ष ४ हजार मान्छे खपत गर्ने भन्ने ठूलो कुरा हो। यस्तो अवस्था अहिले नेपालमा प्रत्येक वर्ष सिर्जना भइरहेको छ। मान्छेहरू तयार भइरहेका छन् तर ती उद्योगलाई फिट हुनेखालका देखिएनन्। कतै न कतै ग्याप छ। एकेडेमिक हामीले एकेडेमिसियन उत्पादन गरेका हौं भन्छन्। उद्योग भन्छन्– हामीले ट्रेनिङ दिने होइन, रेडिमेड मेनपावर चाहिएको हो।
मलेसियामा विद्यार्थीले ३ वर्षसम्म इन्टर्न नगरी कुनै पनि कम्पनीमा काम गर्न पाइँदैन। यस्तै केही विशेष व्यवस्था मिलाउनु पर्ने छ। इर्न्टन हुन नसकेको हो कि? करिकुलममा केही कमी छ कि? केही न केही कमजोरी छ। त्यो खोज्नुपर्छ।
हामी अहिले जनशक्ति, बजारको कुरा गरिहेका छौं। त्यसमा देश कत्रो छ, हाम्रो जनसंख्या कत्रो छ भन्नेमा मात्र भर पर्नुपर्ने रहेनछ। इस्टोनिया सानो देश हो। स्काइप उनीहरुले नै बनाए। यो विश्व बजारको लागि हो। त्यस्तै हामीले पनि हाम्रो क्षमता प्रयोग गरेर गुणस्तरीय सामान उत्पादन गर्ने हो भने विश्वबजारमा जान सक्छ। भारत, चीनसँग प्रतिस्पर्धा गर्न सक्छौं। देशको क्षेत्रफल कति छ, बजार कति सानो छ भन्नेसँग आइटी मतलब राख्दैन। नेपालमा बसेर विश्व बजार कब्जा गर्न सक्छौं। आज जुन बिपिओमा काम गरिहेका छौं त्यो भनेको युरोप अमेरिकाको काम हो। बजार जहाँ पनि हुँदो रहेछ। भारतको बैंग्लोरमा नेपालीले टप गरेका छन्। विश्व बजारमा हाम्रो विश्व विश्वास बढ्दै छं।
सुधीर पराजुली
अध्यक्ष, सुबिसु केबलनेट
क्यानसँग हामी दोस्रो वर्ष सहकार्य गर्दैछौं। गत वर्ष क्यानका साथीले एउटा प्रस्ताव लिएर आउनुभयो। त्यसमा हामीले सहयोग गरेका हौं। क्यान सफ्टेक, इन्फोटेक लगायत इभेन्टमा हाम्रो सहभागिता हुन्छ। हामीले यस्ता इभेन्टमा सहयोग गर्दा हाम्रो ब्र्रान्डिङ हुन्छ, इभेन्टलाई सहयोग हुन्छ।
क्यान भनेको २०औं वर्षदेखि ब्रान्डिङ भएको संस्था हो। योसँग सहकार्य गर्दा हामीप्रतिको विश्वास ग्राहकले धेरै गर्छन्। अरु कुनै एक्स्पो होला जसमा ५ लाख ६ लाख मानिस अवलोकन गर्न गएको? त्यसैले यसले सुबिसुलाई माथि लैजान सक्छ।
क्यान इन्फोटेकमा नयाँ नयाँ अफर आउँछ भनेर ग्राहकले धेरै महिनादेखि कुरेर बसेका हुन्छन्। त्यसैगरी कम्पनीले पनि मेलालाई केन्द्रित गरेर केही न केही अफर ल्याएकै हुन्छन्। कम्पनीले आफ्नो प्रडक्ट बिक्री गर्न भनौं वा ग्राहकलाई आकर्षित गर्न अफर ल्याउने गर्छन्।
क्यान इन्फोटेकको अवसर पारेर हरेक कम्पनीले जेजस्तो सामग्री छ। त्यसैअनुरुप अफर ल्याउने गरेका छन्। अहिले पनि ग्राहकले ‘मेरो मोबाइल किन्नु थियो, क्यान इन्फोटेकमा किन्छु, मेरो कम्प्युटर किन्नु थियो क्यान इन्फोटेकमा किन्छु' भनेर बसेको पाइन्छ। त्यो किन भयो त? कारण– केही न केही अफर आउँछ भनेर हो।
सरकारलाई नै थाहा छैन सूचना तथा सञ्चार प्रविधि भनेको के हो। कम्प्युटर बनाउनेलाई सूचना प्रविधि भन्ने कि, बेच्नेलाई भन्ने कि?, सफ्टवेयर बनाउनेलाई भन्ने कि? बेच्नेलाई भन्ने, आइएसपीलाई भन्ने कि? परिभाषा नै प्रस्ट छैन। सरकारले भाषण मात्र गर्छ, स्पष्ट पार्दैन।
सुबिसुमा अहिले ७ सय कर्मचारी छन्। हामी माग्न जाँदा तपाईं आइसिटीमा पर्नु हुन्न भन्छन्। त्यसो भए को पर्छ त सूचना प्रविधिमा?
अर्को कुरा हाम्रो व्यवसायको डाटा नै गलत तकिारबाट लिने गरिएको छ। व्यावसायको प्रगति नाप्ने तरिका ठिक भएन। इन्टरनेट प्रयोगकर्ता यति प्रतिशत वृद्धि भयो भन्छौं, यो सरासर गलत हो। जिपिआरएस प्रयोग गर्नु इन्टरनेट प्रयोगकर्ताको वृद्धि होइन्। जिपिआरएसबाट ठुल्ठूला काम गर्न सकिँदैन। इ–गर्भनेन्सका कुरा गर्न सकिँदैन।
इन्टरनेटको प्रयोगकर्ता हेर्दा सरकारले ब्रोडब्यान्डबाट हेर्नुपर्थ्यो। तर अहिले जिपिआरएसमा जोडेर हेरियो। यसरी हेर्दामात्र ४२ प्रतिशत देखिएकोको हो तर ब्रोडब्यान्डबाट हेर्ने हो भने ३ देखि ४ प्रतिशतमात्र प्रयोगकर्ता हुनसक्छन्।
ब्रोडब्यान्डको सम्भावना अथाह छ। तर यसको प्रयोग उचित तरिकाबाट हुन सकेको छैन। हामीले अहिले निजी क्षेत्रले मात्र धेरै प्रयोग गर्छ भन्छौं। निजी क्षेत्रले आफ्नो मनोरन्जन र आफ्नो कामको लागि मात्र हो। तर इ–गभर्नेन्स, इ–एजुकेसन, इ–हेल्थ आदिमा इन्टरनेट प्रयोग भएन। यसमा सरकारले नै लागेर प्रयोग गर्नुपर्ने हो।
जबसम्म सरकारले इ–गभर्नेन्सको लागि बजेट छुट्ट्याउँदैन, तबसम्म सम्भावना छ भनेर मात्र हँुदैन। सरकारले कस्तो नीति लिन्छ, त्यसैमा हामी जस्ता कम्पनीको व्यवसाय भर पर्छ।
नेपालमा सबैभन्दा पहिला इन्टरनेट ल्याउने नै निजी आइएसपी हुन्। यो मेलामा पनि तीन–चार ओटा आइएसपी छन्। त्यसपछि मात्र टेलिकम कम्पनी आएका हुन्।
केही जिल्लामा काम गरिरहेका कम्पनीलाई ठूलो मात्रामा फ्रिक्वेन्सी छ। यिनीहरू त भ्वाइसमा मात्र केन्द्रित छन्। २००५ देखि काम गरिरहेका हामीलाई पनि फिक्वेन्सी देऊ, हामी दुर्गम क्षेत्रमा जान्छौं भनेका छौं। हामीलाई सहरमुखी भए भन्छन्। गाउँ जानलाई प्रविधिले दिँदैन्।
सुमनलाल प्रधान
प्रमुख कार्यकारी अधिकृत, वेबसर्फर
ग्राहकलक्षित कम्पनीले उनीहरुको मागलाई बुझेर अफर ल्याउने गर्नुपर्छ। यसले ग्राहकलाई मात्रै फाइदा गर्दैन कम्पनीले पनि राम्रै कमाउन सक्छन्। कमाउनेका लागि यो मौका हो। ग्राहकका लागि यो सुनौलो अवसर नै भइहाल्यो। कम्पनीले मेला तथा महोत्सवका बेला स्किम र अफर ल्याउनु भनेको ग्राहकलाई आफ्नो समानतर्फ आकर्षित गर्नु हो।
कम्पनीले क्यान इन्फेटेकको बेला नयाँ प्रडक्ट ल्याउँछ। व्यापार गर्ने बेलामा हामीले सस्तोमा सामान दिन सधैं तयार हुन्छौं। क्यान इन्फोटेकमा हामीले केही सस्तोमा सामान दिने योजना बनाएका छौं। क्यान इन्फोटेकले व्यापारी तथा ग्राहकबीच आत्मियता बढाउने गर्छ। नयाँनयाँ ग्राहकसँग व्यापारीको प्रत्यक्ष कुराकानी गर्नसमेत मेला उपयोगी हुन्छ। हामीले डाटा, भ्वाइस दुवै दिन्छौं। फ्रिक्वेन्सी दिनुस भनेका छैनौं। हामीले त डाटा राम्रोसँग पुर्याीउन सहयोग गर्नुस मात्र भनेका छौं। यसमा सरकार यसमा गम्भीर भएकै छैन। यसमा ठूलो कुरा केही गर्नु पर्दैन। सामान्य अधिकार दिएमात्र पुग्छ। बाँकी काम हामी गर्छौं।
हामीले जसरी इन्टरनेट सेवा दिइरहेका छौं, त्यो लाज लाग्छ। एक घरमा प्रयोग हुने इन्टरनेट हामीले सहरभरि बाड्छौं। बन्दै गरेको ब्रोडब्यान्ड नीति पनि आएको छैन। त्यो आएपछि केही होला कि? नीति त विदेशी लगानीकर्तालाई देखाउन पनि चाहिन्छ।
निकिता भिमसरिया
जेनेरेसन नेक्स्ट
मेरो विचारमा मेलाले ग्राहक तथा उपभोक्तालाई धेरै सहयोग गरेको हुन्छ। मेलामा सहभागी हुँदा हाम्रो सामग्रीको थप ब्रान्डिङ गर्नसमेत मद्दत पुग्छ। फेरि हामीसँग धेरै प्रकारका प्रडक्ट छन्। त्यसमा उपभोक्ता तथा ग्राहकले इच्छाअनुसार सामग्री किन्न पाउँछन्। हामीसँग ल्यापटप, सिसी क्यामेरालगायत धेरै प्रडक्ट मेलामा प्रदर्शन गर्छौं। त्यसैगरी राउटर, आइफोन लगायत सामग्रीको मानिसको धेरै रुची हुन्छ। त्यसैले यस्ता सामग्री पनि प्रदर्शनीमा राख्छौ।
अन्य मेलामा एउटा वस्तुबारे मात्रै जानकारी गराइन्छ। तर क्यान इन्फोटेकमा धेरै प्रडक्टबारे एकै ठाउँमा जानकारी गराउने थलो हो। मेलामा हामी ग्राहक तथा भिजिटरलाई विभिन्न आइटीसम्बन्धी जानकारी गराउँछौ। जस्तै, दुई मेगा पिक्सेल भनेको के हो? सिसिटिभी कसरी जडान गर्नेलगायतका विषयमा समेत जानकारी गराउँछौं। उपभोक्तालाई यसबारेमा धेरै जानकारी हुँदैन। हाम्रो स्टलमा ५० भन्दा बढी क्यामेरा प्रदर्शनीमा राख्छौं उपभोक्तालाई यसको बारेमा जानकारी गराउँछौं। क्यान इन्फोटेक हरेक कुराले राम्रो छ। किनभने धेरै प्रविधिबारे जान्न सकिन्छ। यो मेलामा हामी सिसिटिभी क्यामेराबारे अनुभव पनि साट्न पाइन्छ।
नारायण न्यौपाने
द्वितीय उपाध्यक्ष, क्यान महासंघ
नेपालमा हुने सबै मेलाले उपभोक्ता, व्यापारी तथा उद्योगीको बीचमा सुमधुर सम्बन्ध कायम गर्छ। यसले बिक्रेताले आफ्नो सामानबारे जानकारी गराउन पाउँछ भने उपभोक्ताले समाग्रीबारे जानकारी लिन पाउँछ।
क्यान इन्फोटेक मेलामा त व्यापारीले पनि तीन महिना अघिदेखिनै ‘स्टक क्लियरेन्स' गर्ने र उपभोक्ताले पनि सस्तोमा सामान किन्ने अवसर हो। त्यसैगरी व्यापारीले पनि धेरैभन्दा धेरै सामान बिक्री गर्छौं, अफर दिन्छौ भनेर बसेका हुन्छन्। यी विभिन्न कुराले गर्दा मेला उपयोगी मानिएको हो। मेलाले उपभोक्तालाई समेत राहत प्रदान गरेको हुन्छ। फेरि यस्ता मेलाले हामी जस्ता उद्योगीलाई पनि फाइदा हुन्छ।