पोखरामा अर्को औद्योगिक क्षेत्रको खोजी
१२ माघ २०७१
•
६ मिनेट पाठ
पोखरामा अर्को औद्योगिक क्षेत्रको खोजी
पोखरा-पोखरा उपत्यकाभित्र पर्ने लेखनाथ नगरपालिकामा औद्योगिक क्षेत्र बनाउन स्थानीय उद्यमीले पहल थालेका छन्। पोखरा औद्योगिक क्षेत्र साँघुरो भएपछि विकल्प खोज्न सुरु गरिएको हो। लेखनाथमा पर्ती जग्गासमेत भएकाले सम्भावना बलियो रहेको स्थानीय व्यवसायी बताउँछन्।

‘हाम्रा प्राविधिकहरुले प्रारम्भिक अध्ययन गरिसके र त्यसको विवरण मन्त्रालय पठाएका छौं,' औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालयका निर्देशक राजकुमार मण्डलले नागरिकसँग भने, ‘अब मन्त्रालयले निर्णय गरेर बजेट दिनासाथ सम्भाव्यता अध्ययन थालिन्छ।' लेखनाथ नगरपालिका घोषणा भएपछि उसले वडा १ पट्नेरीमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना बनाएको थियो। सोही ठाउँको प्रारम्भिक अध्ययन गरिएको हो। त्यहाँको ४६६ र १००५ कित्ता नम्बरको जग्गा पर्ती भेटिएको छ। 
औद्योगिक क्षेत्र निर्माणका लागि लेखनाथ उद्योग वाणिज्य संघले पहलकदमी लिइरहेको छ। उसकै अभियानका क्रममा हालैको सर्वपक्षीय बैठकले पनि पट्नेरीलाई औद्योगिक क्षेत्रका लागि उपयुक्त ठहर्याकएको थियो। ‘पट्नेरीमा ७ सय १५ रोपनी पर्ती जग्गा छ,' लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मी त्रिपाठीले नागरिकसँग भने, ‘मानवीय बस्तीबाट पनि टाढा तर राजमार्ग लगायत भौतिक पूर्वाधारबाट नजिक भएकाले पट्नेरी उपयुक्त देखिएको हो।' 
पहिल्यै धेरै सार्वजनिक जमिन रहेकाले पनि उक्त ठाउँमा औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले जग्गामा ठूलो लगानी गर्नुनपर्ने त्रिपाठी बताउँछन्। ‘७ सय १५ रोपनीले नपुगे थप अधिग्रहण पनि गर्न सकिन्छ,' उनले भने, ‘सेती नदीपारि पनि पुग्ने हो भने त झन् थप जग्गा पनि उपलब्ध हुनसक्छ।' उद्योग मन्त्रालयले मुलुकमा विभिन्न ठाउ“ थप औद्योगिक क्षेत्र निर्माणमा चासो देखाएका बेला लेखनाथमा जग्गासमेत सजिलै उपलब्ध हुने देखिएकाले यहा“को प्रक्रिया छिटो अघि बढ्ने विश्वास स्थानीय उद्यमीले गरेका छन्। 
अहिलेको पोखरा औद्योगिक क्षेत्र ५ सय रोपनीमा फैलिएको छ। यसमा ६४ उद्योग रहेको जानकारी व्यवस्थापन कार्यालयका प्रबन्धक नेपालभूषण वैद्यले दिए। लेखनाथमा नयाँ औद्योगिक क्षेत्र बने पोखराका ठूला उद्योगलाई त्यता सार्न सकिने उनले बताए। ‘सेती नदीको किनारमा भएकाले लेखनाथमा फोहोर व्यवस्थापन, पानी र पूर्वाधारका लागि सजिलो हुने देखिन्छ,' उनले भने, ‘नयाँ ठाउँमा नयाँ तरिकाले पूर्वाधार तयार गर्न सक्यौं भने नयाँखाले उद्योग आउन पनि सजिलो हुन्छ।' 
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निर्देशक मण्डलका अनुसार लेखनाथमा कुन मोडलमा औद्योगिक क्षेत्र खोल्ने भन्ने निर्णयचाहिँ उद्योग मन्त्रालयले गर्नेछ। सार्वजनिक निजी साझेदारी वा सरकार आफैंले निर्माण गर्ने भन्ने दुईथरी मोडलमध्ये एक चयन हुने उनले बताए। उद्योग मन्त्रालयले अहिले चितवनको शक्तिखोर लगायत ठाउँमा पनि औद्योगिक क्षेत्र निर्माणका लागि चासो राखेको छ। 
पोखरामा २०३०मा खुलेको औद्योगिक क्षेत्र मानवीय बस्ती विस्तारसँगै सहरको बीच भागमा परिसकेको छ। त्यहाँको प्रदूषणले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकाले पनि ठूला उद्योगका लागि लेखनाथको विकल्प उपयुक्त देखिएको हो। अहिले पोखरा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहनेहरुले ठाउँ पाएका छैनन्। बत्ती, पानी र सडक सुविधा हुने अनि सस्तो भाडाको जग्गा पाइने हुँदा उद्यमीहरु औद्योगिक क्षेत्रभित्र उद्योग राख्न चाहन्छन्। पोखरा औद्योगिक क्षेत्रमा ५ उद्योग थपिने क्रममा रहेको जानकारी पनि प्रबन्धक वैद्यले दिए। 
‘केही उद्योग निर्माणाधीन छन्,' वैद्यले भने, ‘बन्द भएका ठाउँमा पनि फेरि खोल्ने प्रक्रिया सुरु भएको छ।' यसअघि लामो समयदेखि बन्द सिंह खनिज र भगवती बिस्कुट उद्योगले कारखाना फेर खोल्ने तयार गरेको जानकारी उनले दिए। केहीअघि मात्रै कालीगण्डकी अक्सिजन ग्यास र न्युलिंक कपी उद्योगले उत्पादन थालेका थिए। पोहोरमात्रै पहिलोपटक पोखरा औद्योगिक क्षेत्रमा विदेशी लगानी उद्योग हिमालयन प्लास्टिक भित्रिएको थियो। २०६९/७० को समयमा विदेशी लगानीको उक्त उद्योगसहित ५ उद्योग थपिएका थिए। पोखरा औद्योगिक क्षेत्रभित्रका सबै उद्योगमा गरी १ हजार ६ सय जनाले रोजगारी पाएका छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस