क्याटरिङ अभियन्ता
२८ पौष २०७१
•
८ मिनेट पाठ
क्याटरिङ अभियन्ता
काठमाडौं- नेपालमा क्याटरिङ व्यवसाय सुरुवात गर्ने श्रेय पाएका व्यवसायी बिएल शर्माको आइतबार निधन भएको छ। उनले मुलुकमै पहिलो पटक इन्द्रचोकमा मिठाइ व्यवसाय सुरु गरेका थिए। राणाकालदेखि निरन्तर यही पेसामा रहेका उनी ९० वर्षका थिए। उनले लगातार ३० वर्षसम्म संसदमा क्यान्टिन सञ्चालन समेत गरेका थिए। उनलाई नजिकबाट चिन्नेका अनुसार पैसामात्र कमाउने हिसाबमा उनले कहिल्यै पनि व्यवसाय गरेनन्।'उहाँले विशुद्ध व्यापारीभन्दा धेरै माथि उठेर नेपालको क्याटरिङ व्यवसायलाई यहाँसम्म ल्याउनुभएको थियो,' लाजिम्पाटस्थित पाँचतारे होटलका सञ्चालक तथा धेरै लामो समयदेखि शर्मासँग परिचित व्यवसायी श्यामबहादुर पाण्डेले आइतबार नागरिकसँग भने, 'उहाँले राणादेखि राजा हुँदै पञ्चायतकाल, बहुदलदेखि गणतन्त्रसम्म सर्वसाधारणदेखि नेता, प्रधानमन्त्री सबैलाई शुद्ध, सफा र गुणस्तरीय खाना खुवाउनुभयो।'




शर्माले सञ्चालन गरेको अनमोल क्याटरिङ यो उद्योगमा 'ब्रान्ड नेम' भएको थियो। यसैलाई पछ्याउँदै एकताका धेरै ठाउँमा क्याटरिङ कम्पनी खोल्ने 'लहर' चलेको थियो। 'अनमोल क्याटरिङकै नाम राखेर पनि धेरै ठाउँमा क्याटरिङ सञ्चालन भए,' पाण्डेले भने, 'यसले पनि उहाँको ब्रान्ड कति थियो भन्ने पुष्टि गर्छ।'

अनमोल क्याटरिङ भनेपछि शुद्ध, सफा र गुणस्तरीय खाना भन्ने ब्रान्ड नै बनेको पाण्डेले बताए। 'कसैलाई विवाह, ब्रतबन्ध वा अन्य कुनै भोज गर्नुपरे अनमोल क्याटरिङ बुक गरेपछि ढुक्क भए हुन्थ्यो,' उनले भने, 'कस्तो खाना हो, मिठो, सफा, राम्रो हुन्छ कि हुँदैन, केही चिन्ता गर्नुपर्थेन किनभने शर्मा आफैं अगाडि बसेर सबै रेखदेख गर्नुहुन्थ्यो।'

शर्माले राजनीतिकदेखि सामाजिकसम्म सबै क्षेत्रमा राम्रो पकड बनाएका थिए। उनले इन्द्रचोकको चोखाँछे गल्लीबाट मिठाइ पसल सुरु गर्दै व्यवसाय अगाडि बढाएका थिए। उनका निकटवर्तीहरूका अनुसार तत्कालीन राजा त्रिभुवनदेखि राणा परिवारले उनको पसलमा बनेको मिठाइ खान्थे। २००७ सालको राजनीतिक परिवर्तनमा शर्माले उल्लेख्य योगदान पुर्या एका थिए। राजा त्रिभुवनसँग नजिक रहेर उनले २००७ सालको क्रान्तिमा सम्पर्क माध्यम बनेर काम गरेका थिए। प्रजातन्त्रवादीहरूसँग त्यो बेलादेखिको उनको सम्बन्ध वर्षौं कायम थियो।

विभिन्न राजनीतिक दलका चियापान वा भोजदेखि संसदमा समेत उनकै क्याटरिङले सेवा पुर्यााउँथ्यो। 'उहाँ क्याटरिङ व्यवसायका पायोनियर हुनुहुन्थ्यो,' विभिन्न तारे होटल सञ्चालन गरिरहेको एस होटल्स एन्ड रिसार्ट्स प्रालिका कार्यकारी अध्यक्ष योगेन्द्र शाक्यले भने, 'उहाँले सरकारका ठूला भोज, चियापान लगायतमा धेरै लामो समय अब्बल भएर काम गर्नुभयो। गुणस्तरीय भएकै कारण वर्षौं उहाँको क्याटरिङको स्वाद छोड्न सकेका थिएनन्।'

होटल एसोसिएसन नेपाल (हान) पूर्वअध्यक्ष तथा नाङ्लो तथा बेकरी ब्रान्डका रेस्टुरेन्ट सञ्चालक समूह नाङ्लो ग्रुपका अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिको भनाइमा शर्मा नेपालमा क्याटरिङ व्यवसायको अवधारणा ल्याउने पहिलो व्यक्ति थिए।

'क्याटरिङ भन्नेबारे सम्भवतः कसैलाई पनि थाहा नभएका बेला उहाँले यो व्यवसाय सुरु गर्नुभएको थियो,' कक्षपतिले भने, '६० वर्षभन्दा बढी अवधिदेखि उहाँले क्याटरिङ व्यवसाय गर्नुभयो। सरकारी क्याटरिङमा उहाँ सधैं अगाडि हुनुहुथ्यो।' शर्माले इन्द्रचोकमा सञ्चालन गरेको 'अमृत भण्डार' नामको मिठाइ पसल कक्षपतिले झन्डै ५५ वर्षअगाडि नै देखेको बताए।

'त्यसबेला सर्वसाधारणले भोजभतेरका लागि क्याटरिङ कम्पनीलाई दिने भन्ने नै थिएन, त्यही भएर उहाँको दक्खल सरकारी क्याटरिङमा बढी थियो,' कक्षपतिले भने, 'त्यसबेला नेवार समुदायका भोजभतेरको व्यवस्था सबै उनीहरूकै गुठीबाट हुने गर्थ्यो। पछिल्लो पटक भने उहाँको अनमोल क्याटरिङमा मध्यमवर्गले पनि भोज गर्ने गरेका थिए।'

शर्मालाई नेपालमा हवाई सेवा सुरु गराउने पहिलो व्यक्तिसमेत भनिन्छ। उनले भारतीय वायुसेवा कम्पनी एयर इन्डियाले नेपालमा उडान गर्नुअघि नै २८ सिट क्षमतायुक्त डकोटा (डिसी–३) जहाजबाट कोलकाता र पटनाबाट काठमाडौं उडान गराएका थिए।

त्यसैगरी उनले काठमाडौं, सिमरा, भैरहवा, पोखरा, नेपालगन्ज र दाङ विमानस्थल निर्माणमा पनि योगदान पुर्या एका थिए। उनी चितवन भरतपुरस्थित त्रिवेणी सिमेन्ट प्रालिका पहिलो पब्लिक संस्थापक थिए। तत्कालीन राजा महेन्द्रका पालमा भारतको चर्चित बिरला ग्रुपलाई नेपाल ल्याउने पनि उनै थिए। पछिल्लो पटक उनले आम्रपाली ब्यांक्वेट सञ्चालन गरेका थिए।

२०११ सालमा मुलुकको प्रथम संसदीय अभ्यासमा सल्लाहकार सभामा मनोनित भएका शर्मा रेडक्रस, क्षयरोग निवारण संघ, परिवार नियोजन संघ, रोटरी क्लब, मारवाडी सेवा समिति, नेपाल–भारत सम्पर्क मञ्च (संस्थापक), मारवाडी व्राह्मण समाज (संस्थापक अध्यक्ष) लगायतमा सामाजिक संघसंस्थामा लामो अवधि संलग्न थिए। विभिन्न सम्मान, पुरस्कार, मानपदवीबाट सम्मानित शर्माले रुसबाहेक युरोपका सबै देश तथा अमेरिका तीन पटक भ्रमण गरेका थिए। उनले 'राष्ट्रपिटा र म' भन्ने पुस्तक पनि लेखेका थिए।

विसं १९८१ सालमा इन्द्रचोकको चोखाछेँ गल्लीमा जन्मिएका शर्माका श्रीमती र तीन छोरी छन्। उद्योगपति विनोद चौधरी शर्माका ज्वाइँ हुन्। मधुमेह र मुटु रोगबाट पीडित शर्माको नर्भिक अस्पतालमा आइतबार बिहान निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनको मंगलबार अन्त्येष्टि गरिने छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस