काठमाडौं-तेलचोरी'मा संग्लन व्यापारीलाई छुटाएर विवादमा परेका नेपाल आयल निमग सञ्चालक समितिका सबैलाई अख्तियारले बोलाएर सोधपुछ गर्ने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबारै बोलाएर आवश्यक सोधपुछ गर्ने तयारी गरे पनि वाणिज्य तथा आपूर्ति सचिव तथा समिति अध्यक्ष नारायणगोपाल मलेगो उपत्यकाबाहिर भएकाले बिहीबार (आज) सोधपुछ गर्ने भएको छ।‘तेल चोरेको प्रमाणित हुँदा पनि व्यापारीलाई किन छाड्यौ भनेर सोधपुछ गर्छौं,' अख्तियार स्रोतले नागरिकसँग भन्यो, ‘चित्तबुझ्दो जवाफ नआए तेलचोर छुटाउन संग्लन सबैलाई कारबाही हुन्छ।'
पुस १४ गते तेलचोर छुटाउने निर्णयमा संग्लन भएका सबैजनालाई अख्तियारले उपस्थित हुन निर्देशन दिएको हो। ‘माइन्युट (निर्णय पुस्तिका) हामीले लिएका छौं, त्यसमा ज–जस्को हस्ताक्षर छ, ती सबैलाई उपस्थित हुन निर्देशन दिएका छौं,' अख्तियार स्रोतले भन्यो, ‘आउन आनाकानी गरे आवश्यक कारबाही अगाडि बढाइन्छ।'
यत्रो ठूलो परिमाणमा तेलचोरी गर्ने ट्यांकर तथा पम्पलाई बिनाकारबाही छोड्न नमिल्ने आयोगको भनाइ छ। ‘दोषी पुष्टि भएका चोरले कि तेल चोरेका होइनन् भन्नु पर्यो,' स्रोतले भन्यो, ‘चोरी पुष्टि भइसकेपछि बिनाकारबाही छोड्न मिल्छ?'
पुस १४ गते वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीको दबाबमा तेल चोरीमा संलग्न ८८ वटा ट्यांकरलाई गरिएको कारबाही फुकुवा गरिएको थियो। राज्यमन्त्री केसीले सञ्चालक समितिलाई हतियार बनाएर दोषीलाई सफाइ दिएका थिए। आयोगले तेल चोरीमा संलग्न व्यक्ति र भेटिएका ट्यांकरलाई कारबाही गर्न दिएको निर्देशन लत्याउँदै सञ्चालक समितिले ‘चोर' छुटाउने पक्षमा निर्णय गरेको थियो।
चोर व्यवसायी र ट्यांकरलाई कारबाही नगरी छाड्न नमिल्ने अडान राखेको निगमलाई सञ्चालक समितिले दबाब दिएको थियो। त्यसै विषयमा बुझ्न आयोगले बिहीबार सोधपुछका लागि बोलाएको हो। ‘चोरी गरेको प्रमाणित हुँदा पनि कारबाही नगर्ने हो भने त निर्देशन दिनुको कुनै अर्थै भएन नि,' स्रोतले भन्यो, ‘दोषीलाई कारबाही गर्न पो हामीले निर्देशन दिएका हौं।'
अख्तियारले प्रचलित कानुनअनुसार कारबाही गर्न यसअघिनै निर्देशन दिएको थियो। तर कारबाही रोक्न सञ्चालक समिति जोडतोडले लागेको वाणिज्य तथा आपूर्ति मन्त्रायलय स्रोतले बतायो। व्यवसायीले सञ्चालक समितिलाई आर्थिक प्रलोभनमा पारेका कारण छाड्न बाध्य भएको स्रोतको दाबी छ।
व्यापारीले तेल चोरीमा संलग्न ८८ वटा ट्यांकर र चारवटा पेट्रोल पम्पको कारबाही फुकुवा गर्न चारैतिरबाट दबाब दिइरहेका थिए। निगमका कार्यकारी निर्देशकसहित केही उच्च अधिकारी १४ गतेको बैठकमा चोर छुटाउने थाहा पाएपछि असहमति जनाउँदै अनुपस्थित रहेको स्रोत बताउँछ। सञ्चालक समिति उक्त बैठक वाणिज्य मन्त्रालयमा बसेको थियो। वाणिज्य सचिव मलेगोको अध्यक्षतामा बसेको बैठकले आयोगको निर्देशन लत्याएर कारबाही फुकुवा गरेको हो।
अख्तियारले दोषीलाई छिटोभन्दा छिटो कारबाही गर्न निर्देशन दिएको थियो। निर्देशनपछि निगमले चोरीमा संलग्न ट्यांकरलाई झन्डै तीन महिनाका लागि निलम्बन गरेको थियो। सञ्चालक समितिले उक्त कारबाही एक महिना १० दिनमै उल्टायो।
चोरहरु तीनमहिने निलम्बनमा परेपछि नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले फिर्ता गर्न निगमलाई दबाब दिँदै तेल ढुवानी रोकेको निगम स्रोत बताउँछ।