काठमाडौं-दुई वर्षअघि जापान सरकारबाट प्राप्त ‘ड्यामेज्ड' चामलको बिमा रकम लिन नेपाल खाद्य संस्थानले पुनः पत्राचार गरेको छ। उक्त चामलको बिमा रकम दुई वर्षसम्म नपाएको संस्थानले पाउनुपर्ने दाबी गर्दै जापानी बिमा कम्पनीलाई पत्राचार गरेको हो।२०१२ डिसेम्बरमा जापान सरकारले दिएको एक लाख ९० हजार क्विन्टलमध्ये ६ हजार दुई सय क्विन्टल चामल पानीले भिजेको, पोखिएको, घटेको र ड्यामेेज भएको भन्दै सञ्चालक समितिले गाड्ने निर्णय गरेको थियो। निर्णयसँगै चामलको क्षतिपूर्तिस्वरुप साढे तीन करोड रुपैयाँ बिमा दाबी गर्ने निर्णयसहित बिमा कम्पनीलाई पत्राचार गरिएको थियो।
त्यो बेला बिमा कम्पनीले दाबी गरिएको पूरै रकम दिन अस्वीकार गरेको थियो। सबै रकम दिनुपर्ने भए ड्यामेज्ड चामल फिर्ता दिनुपर्ने उसको सर्त थियो। कम्पनीले २ करोड ३० लाख रुपैयाँ दिन सकिने र सबै रकम लिने हो भने चामल फिर्ता पाउनुपर्ने सर्त राखेको थियो।
बिमा कम्पनीको सर्त संस्थानले अस्वीकार गरिरहेको छ। कम्पनीलाई चामल फिर्ता नदिने र उसले दिन राजी भएको रकम ल्याउने निर्णय भएको संस्थानले जनाएको छ। एक साताअघिको निर्णयअनुसार बिमा कम्पनीले दिन्छु भनेको रकम ल्याइहाल्ने र बाँकी रकमबारे पछि प्रक्रिया अघि बढाउने निर्णय गर्दै पुनः पत्राचार गरिएको संस्थानका नायब महाप्रबन्धक नवराज उपाध्यायले बताए।
‘हामीले पुनः पत्राचार गरेका छौं,' उपाध्यायले भने, ‘दिन्छु भनेको रकम ल्याइहाल्ने र अरुको प्रक्रिया फेरि अघि बढाउने निर्णय भएको छ।' कम्पनीले दुई सातामा रकम पठाउने जानकारी गराएको उपाध्यायले बताए।
बिमा कम्पनीले चामल फिर्ता मागे पनि नियमअनुसार दिन नमिल्ने संस्थानले जनाएको छ। सञ्चालक समितिको निर्णय भइसकेको र सहयोगको चामल फिर्ता गर्न नेपालको कानुनले नमिल्ने उपाध्यायले बताए।
बिमा कम्पनीले सम्पूर्ण रकम लिन चामल फिर्ता चाहिने भनेपछि गाड्ने प्रक्रिया रोकिएको थियो। सञ्चालक समितिको निर्णय ‘त्रुटिपूर्ण' भएको भन्दै संस्थानका कर्मचारीले विरोध र बिमा कम्पनीले सबै रकम दिन अस्वीकार गरेपछि चामलको विषयमा अहिलेसम्म केही निर्णय भएको छैन।
उक्त चामल संस्थानको गोदाममा सुरक्षित राखिए पनि क्रमशः बिगिँरदै गएको छ। चामल काठमाडौं, नेपालगन्ज, सुर्खेत र वीरगन्जमा राखिएको छ। आइसकेको चामल गोदाममा राखिए पनि संस्थानले जिम्मा लिएको भने छैन। उतिबेला उक्त चामलको बजारमा मूल्य ५० रुपैयाँ प्रतिकेजी थियो।
सरकारले जापान सरकारसँग फेरि चामल ल्याउने प्रक्रिया अघि बढाएको छ। सरकारले ३८ हजार मेटि्रक टन चामल अनुदान दिन प्रस्ताव गरेको तथा परराष्ट्र र अर्थ मन्त्रालयबाट स्वीकृत भएर फाइल जापानी दूतावास पुगेको संस्थानले जनाएको छ। जापान सरकारले २००६ देखि चामल अनुदान दिँदै आएको छ।