काठमाडौं-संसदीय समितिले यो वर्ष पुँजीगत खर्च बढ्न नसक्नुका कारण पेस गर्न सरकारलाई निर्देशन दिएको छ। व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले सोमबार विकास निर्माणसँग सम्बन्धित मन्त्री बोलाएर १५ दिनभित्रै विकास बजेट खर्च गर्न नसक्नुका कारण पेस गर्न निर्देशन दिएको हो।चालु आर्थिक वर्षको बजेट समयमै आए पनि पुँजीगत खर्च बढ्न सकेको छैन। मंसिर २८ सम्म पुँजीगत बजेट नौ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ। यो वर्षका लागि एक खर्ब १६ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको छ। मंसिर २८ सम्म भएको खर्च विनियोजित बजेटको ८.१७ प्रतिशत हो।
‘समयमै बजेट आए पनि विकास खर्च समयमा नसक्ने र आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने परिपाटी रोक्न हामीले अहिलेदेखिनै पहल थालेका हौं,' समिति सभापति रवीन्द्र अधिकारीले नागरिकसँग भने, ‘खर्च हुन नसक्नुको प्रर्याप्त आधार पेस गर्न भनेका छौं।' उनले सार्वजनिक खरिद ऐनमा समस्या अन्त्यका लागि यसअघिनै सुझाव दिएर पठाइसकिएको जानकारी दिए।
‘सार्वजनिक खरिद ऐनमा समस्या रहेको आवाज आएपछि संशोधनसहितको सुझाव दिएर पठाइसकेका छौं,' उनले भने, ‘तर संशोधनसहित ऐन परिमार्जनको लागि भने पहल भएको छैन। अहिले पनि प्रधानमन्त्री कार्यालयमा अडकिएर बसेको छ।' संसदको अर्थसमितिले दिएको सुझाव समेटेर सार्वजनिक खरिद ऐन कार्यालयले प्रधानमन्त्री कार्यालय पठाइसकेको छ। प्रधानन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीका अनुसार संशोधनसहितको ऐनको मस्यौदा आइसकेको जानकारी दिँदै विज्ञहरुको छलफलपछि अन्तिम रुप दिएर मन्त्रिपरिषद पठाइने बताए।
‘सार्वजनिक खरिद ऐनको कार्यालयले पठाएको संशोधनसहितको ऐनबारे विज्ञहरुसँग छलफल भइरहेको छ। यसलाई हामी जतिसक्दो चाँडो टुंग्याएर मन्त्रपरिषद पठाउनेछौं,' उनले भने। सार्वजनिक खरिद ऐनका कारण पुँजीगत खर्च न्यून भएपछि अर्थमन्त्री रामशरण महतले अध्यादेशमार्फत ऐन संशोधनको लागि पहल थालेका थिए। गत मंसिर १४ गते अर्थमन्त्री महतले पुँजीगत खर्च बढाउन खरिद ऐनलाई अध्यादेशमार्फत ल्याउन खोजेको जानकारी दिएका थिए। सभापति अधिकारीले भने तोकिएको समयमा ठेक्का नगरी अन्तिम समयमा आएर बजेट खर्च गर्ने प्रवृत्ति रहेको बताए।
‘तोकिएको समयमा विकास खर्च नगर्न ठेक्का प्रक्रिया नगर्ने र अन्तिम समयमा आएर बजेट सक्ने परिपाटीले समस्या आएको छ,' उनले भने, ‘अहिलेसम्म उपभोक्ता समितिमार्फत हुने बाटो निर्माणको समेत ठेक्का हुन सकेको छैन। उनले विकास खर्च बढाउन यसअघिनै अख्तियारी लगायतको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताउँदै अन्तरसरकारी समन्वयको अभावले विकास खर्च हुन नसकेको जानकारी दिए।
‘विकाससँग सम्बन्धित मन्त्रालयले समयमा अख्तियारी नदिएकोले समेत समस्या देखिएको छ। विकास खर्च गर्ने मन्त्रालयहरुबीच समेत समन्वयको अभाव देखिएको छ। मन्त्रालयबीचको समन्वय प्रभावकारी बनाउन भनेका छौं,' अधिकारीले भने, ‘मन्त्रालयले विकास खर्च गर्न नसकेको कारण पनि बुझाउन भनेका छौं।' चालु आर्थिक वर्षको मंसिर २८ गतेसम्म एक खर्ब तीन अर्ब ६३ करोड रुपैयाँ बराबरको चालु खर्च भएको छ। चालु आर्थिक वर्षमा तीन खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ चालु खर्चका लागि विनियोजन गरिएको छ। सोमबार भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधि, सचिव तुलसीप्रसाद सिटौला, राष्ट्रिय योजना आयोगका सदस्य, र अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा सहभागी थिए।