काठमाडौं-सरकारले सार्वजनिक यातायात क्षेत्रका विकृति, सिन्डिकेट र मनोमानी रोक्न पुराना ऐन–नियम संशोधन तयारी गरे पनि यातायात व्यवसायीको दबाबकै कारण अघि बढ्न सकेको छैन।
व्यवसायीले सिन्डिकेटको बलमा यातायात क्षेत्रमा भित्र्याएको विकृतिले नै दुर्घटना बढेको निष्कर्ष निकाल्दै सार्वजनिक यातायातमा सरकारी उपस्थितिको विकल्प खुला राख्न ऐन र नियमावली संशोधन गर्न खोजिएको छ। व्यवसायी भने यसबाट आफ्नो बजार गुम्ला भन्ने डरले भरसक संशोधन हुनै नदिने जोडबलमा छन्।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन भन्दै ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०५४' र ‘सवारी तथा यातायात नियमावली, २०५४' संशोधनको मस्यौदा तयार पारिसकेको छ। ‘सार्वजनिक सवारीचालक नियमावली, २०७१' को मस्यौदा पनि मन्त्रिपरिषद पठाइसकेको छ।
बढ्दो दुर्घटना न्यूनीकरण र यातायात क्षेत्रमा लामो समयदेखि जरा गाडेको सिन्डिकेटलाई पूर्ण रूपमा अन्त्य गर्ने गरी ल्याउन खोजिएका यी संशोधित ऐन–नियम व्यवसायीको दबाबकै कारण मन्त्रिपरिषद, कानुन मन्त्रालय र यातायात मन्त्रालयमा घुमिरहेका छन्।
पछिल्लो समय बढ्दो दुर्घटनाका कारण प्रधानमन्त्री, मुख्यसचिव लगायत सबैतिरबाट दबाब आएपछि यातायात मन्त्रालयले ‘सार्वजनिक सवारी चालक नियमावली, ०७१' बल्लतल्ल मन्त्रिपरिषद पुर्यााएको थियो। मन्त्रिपरिषदमा छलफल गरेर कार्यान्वयननिम्ति अगाडि बढाउनुपर्ने उक्त मस्यौदा व्यवसायीको चलखेलका कारण त्यहीँ अड्किरहेको मन्त्रालयका कर्मचारी बताउँछन्।
मन्त्रालयस्रोतका अनुसार नयाँ ऐन तथा नियमावलीले यातायात क्षेत्रमा अपनाइएको उदारीकरणका नाममा निजी क्षेत्रको मनोमानी अन्त्य गर्न खोजेको छ। यसका लागि सरकारले पनि सार्वजनिक सवारी चलाउने र सवारी रुट पर्मिट कडाइसाथ लागू गर्ने व्यवस्था प्रस्तावित सवारी नियमावली संशोधन मस्यौदामा छ।
सिन्डिकेट प्रोत्साहन गर्नेलाई कैदसजायदेखि ठूलो मात्रामा जरिवाना गर्ने, गल्ती गर्ने चालकदेखि व्यवसायीलाई कडा कारबाही गर्ने, हाल ऐनमा भएको सजाय तथा जरिवानाको हद भारी मात्रामा बढाउने प्रावधानसमेत संशोधन मस्यौदामा राखिएका छन्। प्रस्तावित मस्यौदामा दोषी चालक तथा व्यवसायीलाई दुर्घटनास्थलमै कारबाही गर्ने, दुर्घटनाको प्रकृति हेरेर घटनास्थलमै चालकको लाइसेन्स र रुट पर्मिट खारेजसम्म गर्नसक्ने व्यवस्था गर्न खोजिएको छ। दुर्घटनामा चालकको गम्भीर दोष देखिए उसको लाइसेन्स र गाडीको रुट पर्मिट सधैंका लागि खारेज गर्ने व्यवस्था राख्नेबारे पनि छलफल भइरहेको मन्त्रालय स्रोत बताउँछ।
‘यो संशोधन जस्ताको त्यस्तै पारित हुने हो भने यातायात व्यवसायी र चालकको अहिलेको लापरबाही र मनपरी धेरै हदसम्म रोकिनेछ, उनीहरू अहिले एकदमै छाडा भएका छन्, त्यसमा कानुनी अंकुश लाग्नेछ,' मन्त्रालयका एक उच्च अधिकारीले नागरिकसँग भने, ‘उनीहरू कुनै पनि हालतमा यसलाई कार्यान्वयनमा आउन नदिने चलखेलमा लागेको यही कारणले हो।'
भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसी सिटौला मन्त्रिपरिषदमा विचाराधीन सार्वजनिक सवारी चालक नियमावली तत्काल पास भएर आउने हो भने ५० प्रतिशतभन्दा बढी दुर्घटना कम हुने बताउँछन्।
‘दुर्घटना न्यूनीकरण र सार्वजनिक यातायातको मनपरी रोक्न यो नियमावली धेरै उपयोगी हुनेछ,' उनले भने, ‘मन्त्रिपरिषदबाट पास भएर आउनेबित्तिकै हामी कार्यान्वयनमा जानेछौं।' उनका अनुसार प्रस्तावित नियमावलीमा सार्वजनिक सवारीचालकका लागि छुट्टै लाइसेन्स, कक्षा १० सम्मको अनिवार्य शैक्षिक योग्यता हुनुपर्ने, २४ वर्ष उमेर नाघेको हुनुपर्नेलगायत व्यवस्था गरिएको छ। चालकलाई तालिम तथा प्रशिक्षणको समेत व्यवस्था गरिएको उनले बताए।
सार्वजनिक सवारीचालकको शैक्षिक योग्यतातर्फ मन्त्रालयले व्यवसायीकै आग्रहमा एसएलसीबाट घटाएर १० कक्षासम्म राख्न लागेको हो। यसले निजी र सार्वजनिक सवारीचालकको छुट्टाछुट्टै लाइसेन्स हुने र लाइसेन्स परीक्षा पनि फरक–फरक हुने व्यवस्था गरेको छ।
नयाँ ऐन तथा नियमावली ल्याउने विषयमा सबै सरोकारवालाको सुझाव सुन्नुपर्ने आवश्यकताले पनि केही ढिलाइ भइरहेको सिटौला बताउँछन्। ‘दबाब नै आएको त छैन, तर अहिलेको समय तथा परिस्थितिअनुसार सबैका सुझाव सुन्ने काम भइरहेको छ,' उनले मंगलबार नागरिकसँग भने, ‘व्यवसायीहरूले हामीले ल्याउन लागेको कडा व्यवस्थामा केही लचकता अपनाउन आग्रह गरिरहेका छन्।'
मन्त्रालय स्रोत भने व्यवसायीहरूले केही उच्च तहका कर्मचारीदेखि राजनीतिक दलका नेतासमेतलाई आफ्नो पक्षमा पार्न खोजिरहेको बताउँछ। यातायात व्यवसायमा केही नेता तथा सभासदकै लगानी रहेकाले कानुन ल्याउन थप समस्या परिरहेको स्रोतको भनाइ छ।
‘सबैभन्दा ठूलो कुरा व्यवसायीहरूमा सरकारले पनि सार्वजनिक सवारी चलाउँछ कि भन्ने डरले सताएको छ,' स्रोतले भन्यो, ‘सरकारले आफैं सार्वजनिक सवारी चलाउन सुरु गर्दा निजी क्षेत्रको मनमानी तोडिन्छ भनेर पनि व्यवसायीले ऐन तथा नियमावली ल्याउन नदिन चलखेल गरेका हुन्।'
प्रस्तावित नियमावलीले पुराना ऐनमा भएका प्रावधानलाई कडाइसाथ कार्यान्वयनमा ल्याउन भौतिक तथा जनशक्ति पूर्वाधारको समेत किटान गरेको छ। यसमा यातायात निरीक्षकको नियुक्ति प्रमुख छ। प्रचलित सवारी ऐनको धारा १५७ ले यातायात निरीक्षक नियुक्तिको व्यवस्था गरेको छ। यातायात व्यवसायी तथा चालकले कानुनमा रहेर सवारी चलाएको वा नचलाएको तथा ऐनबमोजिम पालना गर्नुपर्ने सर्त पूरा गरे/नगरेको निरीक्षण गर्ने जिम्मा ऐनले यातायात निरीक्षकलाई तोकेको छ। हालसम्म यस्ता निरीक्षक नियुक्त गरिएको छैन। अबदेखि निरीक्षक नियुक्त गरेर सार्वजनिक यातायातमा भइरहेको मनपरी निरीक्षण गर्ने व्यवस्था ल्याउन लागिएको छ। नियमावली संशोधनमार्फत ल्याउन लागिएको उक्त व्यवस्थामा समेत व्यवसायीले आपत्ति जनाइरहेको स्रोत बताउँछ।
यातायात निरीक्षकको नियुक्तिलगत्तै दुर्घटनास्थलको स्थलगत निरीक्षण, सिन्डिकेट गर्नेलाई कारबाही, चालकको लापरबाही, सवारी जाँच भए/नभएको, रुट पर्मिटको पालना, क्षमताभन्दा बढी यात्रु राख्ने, यातायात समितिको मनपरी, बस व्यवसायीको लापरबाही लगायत सबैलाई कारबाही गर्न सकिन्छ। ‘निरीक्षकलाई घटनाको प्रकृति हेरेर घटनास्थलमै कारबाही गर्न सक्ने अधिकार हुने भएकाले विरोध भएको हो,' स्रोतले भन्यो।
यातायात क्षेत्रमा निजी व्यवसायीको मनपरी रोक्न र सिन्डिकेट अन्त्य गर्न चर्को आवाज उठाएको भन्दै गत महिना यातायात व्यवस्था विभागका महानिर्देशक काशिराज दाहालको सरुवा गरिएको थियो। दाहालले विभागको नेतृत्व सम्हालेलगत्तै यातायात क्षेत्रमा निजी क्षेत्रकै एकाधिकारका कारण मनपरी बढेको भन्दै एकाधिकार अन्त्यका लागि आवश्यक पहल गरेका थिए।
दाहालले सार्वजनिक यातायात सेवा सुधारका लागि राज्यको हस्तक्षेपकारी भूमिका चाहिनेमा जोड दिँदै आएका थिए। व्यवसायीकै दबाबमा उनलाई कृषि मन्त्रालय सरुवा गरिएको छ। उनले यातायात क्षेत्रको बेथिति रोक्न जुन क्षेत्रमा रहे पनि आवाज उठाउने बताएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने कानुन निर्माण क्रममा व्यवसायीले कसैलाई दबाब नदिएको दाबी गर्छन्। सरकारले ल्याउन लागेको कानुनबारे पर्याप्त छलफल नभएको भन्दै उनले सबै सरोकारवालासँग छलफल गराउन मात्र व्यवसायीले आवाज उठाइरहेको बताए।
‘समयानुकूल कानुन ल्याउनुपर्छ। यो विषयमा हामी पनि सरकारलाई सहयोग गर्न तयार छौं,' उनले नागरिकसँग भने, ‘तर सरोकारवालासँग छलफलै नगरी एकलौटी ढंगले कोठामा बसेर कानुन ल्याउन खोजे व्यवसायीहरूले विरोध गर्नेछन्।'