काठमाडौं– विरगंजकी तारादेवी बस्नेत विगत दश वर्षदेखि राजधानीको पुरानो बर्सपार्कमा फलफुल व्यापार गर्दै आएकी थिइन् । उनका श्रीमान पनि बसपार्कभित्रको छाप्रोमा कपडा पसल गर्थे। दुई जनाको कमाईले आफ्ना दुई छोराछोरीलाई कलेज पढाएर घरखर्च चलाउनलाई समस्या थिएन् । 'हाम्रो चार जनाको परिवार राम्रैसँग चलेको थियो,'तारादेवीले भनन्,'अब सबै चौपट हुने भयो।'दोलखाबाट दश वर्ष पहिला मिङमा शेर्पा राजधानी छिरेका थिए । गाउँबाट सपनाको सहर राजधानी छिर्दा उनलाई कम्ति रमाइलो लागेको थिएन । हुन त उनको सपनाको सहर काठमाडौं त्यति दयालु थिएन । राजधानी आएको भोलीपल्टदेखि पापी पेटले शेर्पालाई दुःख दिन थाल्यो । केही समय साथीहरुसँग राजधानीको वातावरण बुझेपछि उनले केही नगरी हुन्न भन्ने सोच बनाए । उनले निष्कर्ष निकाले, जुत्ता पसल गर्ने । करिब दश वर्षदेखि शेर्पाले पुरानो बसपार्कभित्रको छाप्रोमा जुत्ता पसल गरेर आफ्नो परिवारको लालनपालन गर्दै आएका थिए । 'दुई जना छोरा छोरीको फि (शुल्क) कोठा भाडासहित तिरेर पनि राम्रैसँग खान लगाउन पुगेको थियो, उनले भने,' अब के गर्ने सोच्नै सकेको छैन ।'
यी त केही उदाहरणपात्र मात्र हुन् । विगत करिब २० वर्षदेखि राजधानीको पुरानो बसपार्कभित्रको छाप्रोमा कपडा तथा फलफुल व्यापार गर्दै आएका व्यापारीका ३५ वटा स्टल महानगरपालिकाले हटाउन निर्देशन दिएपछि उनीहरुको अहिले बिल्लिबाठ भएको छ । महानगरपालिकाले अठारौं सार्क शिखर सम्मेलनमा राजधानीको सौन्र्दय बढाउने भन्दै राजधानीका सडकपेटी तथा पुरानो बसपार्कभित्र रहेका छाप्रो हटाएपछि छाप्रोमा व्यापार व्यासाय गर्ने व्यावसायीको बिचल्ली भएको हो । उनीहरुले सरकारले आफूहरुलाई कुनै विकल्प नदिएर हठात् हटाएको भन्दै आक्रोश पोखेका छन्।
राजधानी काठमाडौं यतिबेला सार्कमय बनेको छ । बाहिरबाट हेर्दा यो दुलही झैँ सिंगारिएको छ । तर देखिएजस्तो छैन राजधानी सहर । सार्कले राजधानी श्रृंगारिए पनि यही सार्कले धेरैको बिचल्ली भएको छ ।
सार्क सम्मेलनस्थल नजिकै रहेको पुरानो बसपार्कमा वर्षौंदेखि व्यापार व्यवसाय गरेका बसेकालाई सार्कले उठिबास लगाइदिएको छ । उनीहरुले कहिलै उक्सिन नसक्ने गरी तल भासिएको अनुभव गरेका छन् । आफूहरुले महानगरपालिकालाई कर तिरेर वैधानिक तरिकाले व्यापार व्यावसाय गरेको भएपनि सरकारले भने अन्याय गरेको उनीहरुले गुनासो गरे । 'सार्क सम्मेलन नेपालले गर्न पाउनु हाम्रो पनि गौरवको विषय हो,' विगत ६ वर्षदेखि छाप्रोभित्र फेन्सी पसल गरेकी काभ्रेकी चन्द्रा गिरीले भनिन्, 'सकारले कुनै विकल्प नदिएरै हामीलाई हटाउने कामले हामीमाथि अन्याय भएको छ ।' छाप्रोबाट विस्थापित भएकाहरुलाई अहिले पनि सार्क सम्मेलनपछि सो ठाउँमा व्यापार गर्न पाउने आशा रहेको बताउँछन । 'सार्कको लागि भनेर छाप्रो हटाएका होलान,' १५ वर्षदेखि फलफुल व्यवसाय गरेका रामेछापका चन्द्रबहादुर खड्काले भने,' सार्क सम्मेलन सकिएपछि महानगरपालिकाले छाप्रो राख्न दिन्छ भन्ने आशमा छौैं ।'
महानगरपालिकाले कात्तिक २४ गतेभित्र बसपार्कभित्रका छाप्रो हटाउन निर्देशन दिए पनि उनीहरुले कात्तिक २० गते नै छाप्रो हटाएका थिए । व्यापार व्यहासाय गरेरै घर परिवार चलाउनुपर्ने भएकाले आफूहरुलाई समस्या भएको उनीहरुले गुनासो गरे । अहिले पनि उनीहरुले विहान बेलुका महानगरपालिकाको आँखा छलेर बोरामा सामान बेच्ने गर्छन् । नगरपालिकाका सुरक्षाकर्मी आए समान जफत हुन्छन् । छाप्रो हटाएपछि सटरको छेउमा कपडा पसल राखेका कतिपयको त महानगरपालिकाले कपडाको पोके नै लगेको छ । नाम उल्लेख नगर्ने शर्तमा एक व्यापारीले भने,'महानगरपालिकाले मेरो ५० हजार बराबरको कपडा लगेको छ । त्यो फिर्ता गर्न दुई महिना पर्खनुपर्छ ।' उनले पुन ऋण गरेर सडक पेटीमा कपडा पसल सुरु गरेकी छन् । 'यहाँ पनि कुनै भर छैन । कतिबेला महानगरपालिकाले उठाउने हो,' उनले भनिन ।
सरकारको निर्देशन मान्न आफूहरुलाई कुनै आपत्ति नभएपनि वैकल्पिक व्यवस्था गर्नुपर्नेमा उनीहरुको माग गरेका छन् ।
विरगंजकी तारादेवी बस्नेतले त भारतको उदाहरण दिँदै भनिन, 'भारतमा मोदी सरकार आएपछि गरिब जनताले राहत पाएको सुनेका थियौं । नेपालको सरकारले त हामी गरिवलाई दुःख मात्र दियो ।' तर, उनीहरु सबैको एउटै आशा भनेको सार्क सम्मेलनको समापन पछि महानगरपालिकाले पुनः छाप्रो राख्न दिन्छ र पहिलाकै झैं गरी व्यापार गर्नु पाउँछौ भन्ने हो ।
महानगरपालिकाले भने अब कुनै पनि बहानामा बसपार्क भित्र सहरको सौन्र्दय विगार्ने गरी छाप्रो बनाउन नदिने बताएको छ । 'महानगरपालिकाले पहिला पनि अस्थायी रुपमा केही वर्षको लागि भनेर छाप्रो हालेको थियो,' महानगरपालिकाका प्रशासन तथा संगठन विकास विभाग प्रमुख शान्ताराम पोखरेलले नागरिकन्युजसँग भने,'दुई वर्षका लागि भनेर दिएको छाप्रोमा दशौं वर्ष बस्न दिएको छ । अब सार्कपछि पनि छाप्रो हाल्ने काम हुँदैन ।'
महानगरपालिकाले यसअघि पनि छाप्रो हटाउने विषयमा छलफल गरेको थियो । तर हठात विना कुनै कारण छाप्रो हटाउँदा विरोध हुन सक्ने भन्दै हटाउन नसकेको थिएन । 'अहिले महानगरपालिकालाई साह्रै राम्रो अवसर आएको छ । महानगरले त्यही अवसरको सदुपयोग गरेको हो,' पोखरेलले भने । बसवार्कभित्रको छाप्रोले सहरी सौन्र्दयलाई कुरुप बनाएको, बसपार्क क्षेत्रभित्र फोहोर बनाएकाले पुन छाप्रो बनाउन कुरा असंभव रहेको पोखरेललेको भनाइ छ । छाप्रोका विकल्प दिन महानगरपालिकाले आवश्यक नठानेको समेत बताए ।