काठमाडौं-नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) मा समावेश वस्तुको प्रवर्द्धन गर्न पाँचै विकास क्षेत्रमा व्यापार मेला आयोजना गरिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा क्षेत्रीय मेला आयोजना गर्न लागिएको हो।यसअघि वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासंघको सहकार्यमा हुँदै आएको कार्यक्रम यसपालिदेखि केन्द्र र महासंघ मिलेर गर्न लागेका हुन्।
केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले कैलाली, भैरहवा र काठमाडौंमा मेला हुने निश्चित भएको बताए । बाँकी दुईको ठाउँ तय हुन बाँकी रहेको उनको भनाइ छ। ‘महासंघले बर्दिया र विराटनगरमा मेला गरांै भनेर प्रस्ताव ल्याएको छ,' उनले भने, ‘तर हामीले एउटा प्युठान र अर्को धनकुटामा गर्दा राम्रो हुने प्रस्ताव राखेका छौं।' यस विषयमा सहमति हुन बाँकी छ। केन्द्रको प्रस्तावमा महासंघले कुनै पनि जवाफ नपठाएको घिमिरेले जानकारी दिए।
‘काठमाडौं, कैलाली र भैरहवामा मेला आयोजना गर्न महासंघ र केन्द्रबीच सम्झौता भइसकेको छ,' घिमिरेले भने, ‘बाँकी दुई जिल्ला छनोट नभइसकेकाले महासंघ र हामीबीच सम्झौता हुन नसकेको हो।' सरकारले एनटिआइएस कार्यक्रममा राखेका वस्तुको उत्साहजनक निर्यात नभएपछि प्रवर्द्धन गरेर उत्पादन तथा निर्यात बढाउन यस्तो गर्न लागिएको घिमिरेले जानकारी दिए।
कार्यकारी निर्देशक घिमिरेले एउटा मेला आयोजना गर्न केन्द्रले २० लाख रुपैयाँ उपलब्ध गराएको बताए। उनका अनुसार मेला आयोजनाका लागि केन्द्रले एक करोड रुपैयाँ छुट्याएको छ। अहिलेसम्म तीन ठाउँमा मेला आयोजनाका लागि रकम उपलब्ध गराइएको छ। बाँकी दुईवटा मेला कुन ठाउँमा गर्ने भन्ने टुंगो नलागेकोले रकम उपलब्ध गराउन नसकिएको हो।
एनटिआइएसमा समावेश १९ मा सबैभन्दा बढी कृषि वस्तु छन्। तिनको प्रवर्द्धनका लागि मेला गर्न लागिएको महासंघले जनाएको छ। सरकारको महत्वाकांक्षी रणनीतिमा समेटिएका वस्तुमा सोचेजति प्रगति गर्न नसकेको वाणिज्य मन्त्रालयका उच्च अधिकारीको भनाइ छ।
एनटिआइएसमा समेटिएका वस्तुको उत्पादन र निर्यात बढाउन भन्दै विभिन्न दाताले ठूलो रकम उपलब्ध गराएका छन्। नेपालले निर्यातयोग्य वस्तुमा सूचीकरण गरेको च्यांग्रा पस्मिनाको गुणस्तर वृद्धि र बजार विस्तारका लागि विश्व व्यापार संगठन (डब्लुटिओ) ले अहिलेसम्म ३१ लाख रुपैया“ सहयोग गरेको छ।
मन्त्रालयका अनुसार अदुवाका लागि ११ लाख र च्यांग्रा पस्मिनाका लागि २० लाख रुपैयाँ विश्व व्यापार संगठनको इन्हान्स इन्ट्रिग्रेटेड फ्रेमवर्कमार्फत आएको हो। सरकारले निर्यात वृद्धिका लागि १९ वस्तु छनोट गरी प्रवर्द्धन गर्ने कार्यक्रम चार वर्Èअघि सुरु गरेको हो। नेपाल सरकारको प्रयत्नलाई सार्थकता दिन डब्लुटिओले आर्थिक सहयोग गरेको हो। चार वर्Èमा रणनीति तयार गरी वस्तु छनोट गरिए पनि निर्यात भने सन्तोÈजनक छैन।
१९ वस्तुको निर्यात प्रवर्र्द्धन गर्ने भनिए पनि कति समयमा कुन वस्तु कति परिमाणमा निर्यात गर्ने भन्ने प्रस्ट छैन। निर्यात गर्ने वस्तुको परिमाण तोक्न सके लक्ष्य प्राप्तितर्फ धेरै काम गर्न सकिने मन्त्रालयको बुझाइ छ।
व्यापार रणनीतिको मध्यावधि समीक्षाले निर्यातयोग्य वस्तु छनोट मापदण्ड परिमार्जन गर्ने बताएको छ। मापदण्ड परिमार्जन भए हाल सूचीकृत निर्यातयोग्य वस्तुमा थपघट हुने छ।