काठमाडौं- पाइपलाइन निर्माणको प्राविधिक तथा आर्थिक पक्ष र सञ्चालन विधिसहितको विस्तृत कार्ययोजना प्रस्तुत गर्न नेपाल आयल निगम र भारतीय आयल निगम (आइओसी) का अधिकारी रहने गरी संयुक्त कार्यदल गठन गरिएको छ।पहिलोपटक नेपाल र भारत सरकारबीच शनिबार सम्पन्न पाइपलाइन निर्माणसम्बन्धी बैठकले निगमका ३ र आइओसीका २ जना अधिकारी रहने कार्यदल गठन गरेको हो। विदेश मन्त्रालयको असहमतिबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साउनमा नेपाल भ्रमणका बेला रक्सौल–अमलेखगन्ज पाइपलाइन निर्माण गरिदिने घोषणा गरेका थिए।
शानिबार राजधानीमा सम्पन्न द्विपक्षीय बैठकमा नेपालको तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला र भारतको तर्फबाट त्यहाँको पेट्रोलियम तथा ग्यास मन्त्रालयका अतिरिक्त सचिव राजीव कुमारले बैठकको नेतृत्व गरेका थिए।
संयुक्त कार्यदलले आइतबारदेखि काम सुरु गर्ने र निर्धारित समयसम्म आइओसीका प्रतिनिधिसमेत काठमाडौंमै रहने वाणिज्यका सहसचिव दीपक सुवेदीले बताए। 'बैठकमा भारतीय पक्षले प्रारम्भिक प्रतिवेदन तयार भइसकेकोले थोरै समय लिएर पाइपलाइन निर्माणको प्रक्रिया टुंग्याउन चाहेको बताएका छन्,' उनले भने, 'नेपाली पक्षबाट पनि जतिसक्दो चाँडो काम टुंग्याउने प्रतिबद्धता व्यक्त भएको छ।' बैठकमा यसअघि निगम र आइओसीबीच भएका द्विपक्षीय गतिविधि र लिखित प्रतिबद्धताको विषयले समेत प्रवेश पाएको उनको भनाइ छ।
सरकारले यसअघि २०६९ मा पाइपलाइन निर्माणको जिम्मा आइओसीलाई दिने निर्णयसमेत गरेको थियो। निर्णय भएर पनि पाइपलाइन निर्माणको काम अघि बढ्न सकेको थिएन। त्यसबेला आइओसीले पाइपलाइन निर्माण गर्न एक अर्ब ६ करोड भारतीय रुपैयाँको अनुमानित लागतसमेत प्रस्तुत गरेको थियो।
नेपालको अमलेखगन्जदेखि भारतको रक्सौलसम्म ४२ किलोमिटर लामो पाइपलाइन बन्ने छ। नेपालमा ७० प्रतिशत पेट्रोलियम रक्सौल नाकाबाट आउँछ। पाइपलाइन निर्माणले पेट्रोलियम ढुवानी सस्तो पर्नेछ। पाइपबाट ल्याउँदा बन्द, हडताल, चुहावट र मिसावट समस्या हुँदैन। पाइपबाट एकपटकमा तीन हजार किलोलिटर तेल नेपाल आउँछ। दैनिक दुईपटक पाइपबाट तेल ल्याउन सकिने अध्ययनले देखाएको छ।