काठमाडौं- डोटीको छतिवनमा गत असोज २० गते ३० जनाको ज्यान जाने गरी दुर्घटनाग्रस्त बसका चालक वीरेन्द्र साहुमाथि सरकारले 'लापरबाहीपूर्वक सवारी चलाएको' ठहर्या उँदै कर्तव्यज्यान मुद्दा चलाउने भएको छ।दुर्घटनापछि छानबिन गर्न गठित समितिले चालकको गम्भीर लापरबाही देखिएको प्रतिवेदन बुझाएपछि चालकलाई ज्यान मुद्दा चलाउन लागिएको हो। चालकले रुट पर्मिट नै नभएको स्थानमा सवारी चलाएको, बसभन्दा साँघुरो सडकमा क्षमताभन्दा तेब्बर यात्रु राखेको, तीव्र रफ्तारमा गाडी हुइँक्याएको अनुगमन प्रतिवेदनको निचोड छ।
डोटी दुर्घटनामा सरकारले चालक मात्र होइन, उक्त बस आबद्ध 'सुदूरपश्चिम यातायात व्यवसायी समिति' र रुट नै नभएको कच्ची बाटोमा यात्रुबाहक बस गुडाउँदा पनि बेवास्ता गर्ने प्रहरी, जिल्ला यातायात कार्यालयका कर्मचारीलाई समेत हदैसम्म कारबाही गर्ने तयारी गरेको छ। चालक आफैं बसधनी भएकाले उनीमाथि थप कारबाहीसमेत गर्न अनुगमन समितिले सिफारिस गरेको छ।
तीन साताअघि राजधानीको बबरमहलमा लापरबाहीपूर्वक बस चलाउने चालक चन्द्रबहादुर तामाङविरुद्ध पनि सरकारले कर्तव्यज्यान मुद्दा नै चलाउने भएको छ। प्रहरीले बुधबार कर्तव्यज्यान मुद्दाको विवरण बनाई रायका लागि सरकारी वकिलकहाँ पठाइसकेको छ।
त्यस्तै, मकवानपुरमा मंगलबार बिहान लापरबाहीपूर्वक ट्रक चलाउने सहचालक, चालक र ट्रकधनीलाई समेत सरकारले अधिकतम कारबाही गर्ने भएको छ। ७ जनाको ज्यान जाने गरी ट्रक चलाउने सहचालक, आफू सुतेर उनको हातमा स्टेयरिङ थमाउने चालक र ट्रकधनीलाई अधिकतम कारबाही गर्न यातायात व्यवस्था विभागले नै निर्देशन दिइसकेको छ। सहचालक अझै फरार छन्।
मुख्यसचिव लीलामणि पौडेलले सवारी दुर्घटना बढ्नुमा चालक, व्यवसायी र अनुगमनकर्ता सरकारी कर्मचारी नै दोषी देखिएको भन्दै 'चालक, सवारीधनीदेखि सुरक्षा निकाय र सरकारी कर्मचारीलाई समेत कारबाही गर्न' पत्राचार गरेपछि दुर्घटनाका दोषीलाई कानुनबमोजिम अधिकतम कारबाही गर्न 'आक्रामक' रणनीति अपनाइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भइसकेका सवारी दुर्घटनाका दोषीलाई अधिकतम कारबाही र आगामी दिनमा पनि दुर्घटना न्यूनीकरणका लागि कानुनबमोजिम हदैसम्म कारबाही गरी 'आक्रामक' ढंगमा अघि बढ्न सम्बिन्धत निकायलाई करिब एक साताअघि निर्देशन दिएको थियो।
मुख्यसचिव पौडेलले नै हस्ताक्षर गरी पठाएको पत्रमा 'अबउप्रान्त दुर्घटनामा लापरबाहीपूर्वक सवारी चलाउने चालक र सवारीधनीदेखि यातायात समिति, उक्त क्षेत्रको सडकमा पर्ने सुरक्षा निकाय र जिम्मेवार सरकारी पदाधिकारीलाई समेत कारबाही गर्न' भनिएको छ।
यसैअनुरुप पछिल्ला दुर्घटनामा संलग्न सवारीचालकले लाइसेन्स लिएको एक वर्ष नपुगेको भए खारेज गर्ने र लाइसेन्स दिने जिम्मेवार निकायका पदाधिकारीलाई समेत कारबाही गर्ने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसी सिटौलाले जानकारी दिए।
'दुर्घटना रोक्न नियम–कानुनमा भएका सबै प्रावधान कडाइसाथ लागू गर्न देशभर पत्राचार भइसकेको छ, अब हामी आक्रामक रूपले अघि बढ्ने छौं,' उनले बुधबार नागरिकसँग भने, 'यसका लागि कडा कारबाहीदेखि सवारी नियमसम्बन्धी जनचेतना बढाउने र सर्वसाधारणलाई चालकको लापरबाहीविरुद्ध उजुरी गर्ने संस्कार बसाल्न प्रेरित गर्नेछौं।'
सवारी अनुगमन र दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालको संयोजकत्वमा समिति गठन भइसकेको छ। समितिले दुर्घटनाको सूक्ष्म छानबिन गर्नुका साथै दुर्घटना न्युनीकरणका उपाय, सुरक्षा निकायलाई दिनुपर्ने अधिकार प्रत्यायोजनको काम गर्नेछ। समितिले पछिल्ला समय देखिएका सबै दुर्घटना लापरबाहीकै उपज भएकाले अधिकतम कारबाही गर्नेबारे प्रारम्भिक छलफल गरिसकेको छ।
समितिका संयोजक तथा यातायात व्यवस्था विभागका महानिर्देशक दाहालका अनुसार सवारी दुर्घटनामा अधिकतम कारबाही गर्न र आगामी दिनमा दुर्घटना न्युनीकरण गर्न आक्रामक कार्यक्रम अघि बढाइएको बताए।
यसैअनुरुप मकवानपुरको बसामाडीमा गत शनिबार बिहान मदिराको नसामा अर्को बसमा लगेर बस जुधाउने चालकलाई ज्यान मुद्दा चलाइएको छ भने दुर्घटनाग्रस्त दुवै बस सञ्चालक कम्पनीका अन्य गाडीमा १५ दिन रोक लगाइएको थियो। यातायात व्यवस्था विभागले काठमाडौंबाट विराटनगर चल्ने शुभश्री यातायात र काठमाडौंदेखि इलाम चल्ने मेट्रो डिलक्स यातायात सञ्चालनमा १५ दिन रोक लगाएको हो।
'अब दुर्घटनाका दोषी कोही पनि उम्कन पाउने छैनन्,' उनले बुधबार नागरिकसँग भने, 'घटनामा दोषी देखिएका चालक, व्यवसायीदेखि समिति र सरकारी कर्मचारीसम्म सबैलाई कडा कारबाही गरिनेछ।' उनका अनुसार दुर्घटनामा बसचालक तथा मालिकको कमजोरी भेटिए जरिवाना, रुट पर्मिट खारेजीसहित अधिकतम कैदसजाय पनि गरिनेछ।
नियमअनुसार सवारी दुर्घटनामा ज्यान गुमाउनेको परिवारले तेस्रो पक्ष बिमामार्फत ५ लाख रुपैयाँ र घाइते परिवारले क्षतिका आधारमा क्षतिपूर्ति पाउँछन्। सामान्य दुर्घटनामा सवारी ऐनअनुसार केही दिन थुना बस्नुपर्छ र तोकिएको जरिवाना तिनुपर्छ। लापरबाहीपूर्वक सवारी चलाउनेलाई भने २ देखि १० वर्षसम्म जेल सजाय र अन्य जरिवाना तथा क्षतिपूर्तिको सजाय हुन्छ। सवारी ऐनले जानी–जानी वा मनासयपूर्वक दुर्घटना गराउने चालकलाई सर्वस्वसहित जन्मकैदको व्यवस्था पनि गरेको छ।
'ऐनले दिएको यही अधिकार प्रयोग गरेर हामी हदैसम्म कारबाही गर्नेछौं,' दाहालले भने, 'दिनका दिन दसौं जनाको ज्यान जाने गरी दुर्घटना भइरहेको घटनाले हामी चिन्तित छौं, यसलाई रोक्न कुनै पनि किसिमको लचकता अपनाइने छैन।' अहिलेको कानुनमा कमी–कमजोरी भए यसलाई संशोधन गरी सुरक्षा निकायलाई थप अधिकार प्रत्यायोजन गर्नेतर्फ पनि गृहकार्य भइरहेको उनले बताए।
अस्थायी रुट पर्मिटका कारण दुर्घटना भएको पाइए स्वीकृति दिने अधिकारीलाई जिम्मेवारीबाट हटाई कारबाही गर्ने, यातायात व्यवसायी समितिले संस्थागत रूपमा सञ्चालन गरेका सवारीसाधन दुर्घटना भए त्यस्ता व्यवसायीस“ग आबद्ध सवारीसाधन सञ्चालन गर्न तत्काल रोक लगाउने, सडकका कारण भएको छ भने तत्काल सडक बनाउन लगाउने, बनाउनपर्ने समयमा नबनाएको पाइए नबनाउने अधिकारीलाई कारबाही गरिने, क्षमताभन्दा बढी सवारी चलाएको देख्दादेख्दै कारबाही नगर्ने सरक्षा निकाय र ट्राफिकलाई समेत कारबाही गरिने लगायत कार्यक्रम रहेको दाहालले जनाए।
उनका अनुसार लामो दुरीका बसमा दुई जना चालक अनिवार्य राख्नुपर्ने प्रावधान पनि कडाइसाथ लागू गरिनेछ। राजमार्गलगायत क्षेत्रमा सवारी जाँच बढाउने, सवारीको क्षमता, भार, गतिको अनुगमन बढाउने, राजमार्गमा सवारी अनुगमन टोली खटाउने, ट्राफिकले सवारीको रुट पर्मिट अनुसन्धान गर्ने, चालकहरूमा चेतनामूलक कार्यक्रम चलाउने, यातायात व्यवसायीसँग दुर्घटना न्यूनीकरणका विषयमा छलफल बढाउने, ट्राफिकलाई हालको ऐनअनुसार भएका अधिकार प्रत्यायोजन गर्ने लगायत कार्यक्रम पनि अघि बढाइनेछ।