सबै मिलेर उम्काउँछन् दोषी चालक
१७ कार्तिक २०७१
•
१३ मिनेट पाठ
सबै मिलेर उम्काउँछन् दोषी चालक
काठमाडौं- दुई दिनअघि मकवानपुरको बसामाडी–बस्तीपुरमा १० जनाको ज्यान जाने गरी दुर्घटना गराउने बसचालक राकेशसिंह तामाङविरुद्ध प्रहरीले ज्यान मुद्दा दर्ता गरेको छ। प्रहरीले चालक पक्राउ गरेको भोलिपल्टै सोमबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।तर, २२ दिनअघि राजधानीको बबरमहलमा चार जनाको ज्यान जाने गरी दुर्घटना गराएका चालक चन्द्रबहादुर तामाङविरुद्ध अझै मुद्दा दर्ता गरिएको छैन। उनी महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा छन्। 
तीन साता बित्दा पनि बबरमहल दुर्घटनाका चालकविरुद्ध मुद्दा दर्ता नगरिनुको एउटै कारण हो, व्यवसायीले प्रहरीसँगको मिलेमतोमा घटनाको यथार्थ तोडमरोड गर्न खोज्नु।
यातायात व्यवसायीहरू चालकलाई कमभन्दा कम सजाय दिलाउने र लापरबाहीपूर्वक भएको घटना तोडमरोड गरेर 'सामान्य दुर्घटना' बनाउने कसरतमा लागेको प्रहरी स्रोत बताउँछ।
चालकको लापरबाहीकै पक्षपोषणमा नुवाकोटका बस व्यवसायी त सफल भइसकेका छन्। कात्तिक ७ गते नुवाकोटको बेलकोटमा बस खस्दा १४ जनाको ज्यान गएको थियो। उक्त दुर्घटनामा चालकको 'गम्भीर लापरबाही' रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो। चालकले बसको पत्ता अड्याउने ह्यांगर भाँचिएको जान्दाजान्दै जबर्जस्ती चलाउँदा दुर्घटना भएको हो। यसमा यातायात व्यवसायीहरू प्रहरीसँगको मिलेमतोमा चालकलाई सामान्य क्षतिपूर्ति र केही समयको जेल सजायमै छुटाउन मिल्ने गरी मुद्दा दर्ता गराउन सफल भएका छन्।
प्रहरी र व्यवसायीको मिलेमतोमा चालकको गम्भीर लापरबाही ढाकछोप गरेर सामान्य सवारी दुर्घटनाको मुद्दा बनाउने क्रम लामो समयदेखि चल्दै आएको छ। अधिकांश सवारी दुर्घटनामा चालकको जतिसुकै लापरबाही भए पनि सामान्य दुर्घटना सरह मुद्दा तयार पारिन्छ। यही आधारमा चालकले अदालतबाट सजिलै उन्मुक्ति पाउँदै आएका छन्।
बबरमहल दुर्घटनाका चालक चन्द्रबहादुरले त हिरासतमै सञ्चारमाध्यमसँग भनेका थिए, 'व्यवसायी र समितिले गम्भीर दुर्घटनाका चालक जोगाउने गरेका छन्।' उनको यो भनाइले व्यवसायी–प्रहरी साँठगाँठ प्रस्टसँग उजागर गर्छ।
अदालतमा परेका सवारी दुर्घटना मुद्दा र त्यसको फैसलाबाट पनि यो साँठगाँठ पुष्टि हुन्छ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार देशभर हरेक वर्ष १० हजार हाराहारी सवारी दुर्घटना हुने गर्छन्। तीमध्ये आधा दुर्घटना काठमाडौं उपत्यकामै हुन्छन्। प्रहरीले देशभर हुने दुर्घटनामा ८० प्रतिशत चालककै लापरबाही देखाएको छ। यस आधारमा झन्डै ८ हजार दुर्घटनामा चालक नै दोषी देखिन्छन्। तर, त्रुटि देखिएका दुर्घटनामा सबै मुद्दा अदालतसम्म पुग्दै पुग्दैन। वर्षभरिमा अदालत पुगेका सवारी दुर्घटनाका मुद्दा २ सयभन्दा कम छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी केशव अधिकारीका अनुसार गत वर्ष उपत्यकामा ४ हजार ६ सय ७२ दुर्घटना भएका थिए। तीमध्ये ८६ प्रतिशत चालककै त्रुटिले भएको उनले बताए। उनको यो तथ्यांकविपरीत गत वर्ष काठमाडौं जिल्ला अदालतमा जम्मा ६९ वटा सवारी दुर्घटनाका मुद्दा परेका थिए।
त्योभन्दा अघिल्लो वर्ष पनि ५ हजार दुर्घटना भएकामा १ सय ३० वटा मात्र मुद्दा दर्ता भए। अधिकांशमा चालकको लापरबाहीभन्दा पीडितलाई सामान्य क्षतिपूर्ति दिलाउने ध्येयले मुद्दा बनाएर ल्याइएको अदालतले जनाएको छ।
चालकको लापरबाहीका कारण भएका सवारी दुर्घटना मुद्दा अदालतमा पहिल्यैदेखि फाट्टफुट्ट मात्र पर्ने गरेको तथ्यांकले देखाउँछ। पछिल्ला चार वर्षमा उपत्यकामा १७ हजार ८ सय ३७ सवारी दुर्घटना भए, जसमा ५ सय ५३ जनाले ज्यान गुमाए र १ हजार ३ सय ५० जना गम्भीर घाइते भए। तर, यसै अवधिमा ४ सय ५१ वटा मुद्दा मात्र अदालत पुगेका छन्। तीमध्ये धेरैमा चालकलाई सवारी ज्यानअन्तर्गतको सजाय नगरी केही महिना जेल सजाय र केही रकम जरिवाना तिराएर छाडिएको थियो। 
यी तथ्यांकबाट प्रस्ट छ, सवारी दुर्घटनालगत्तै सर्वसाधारणको आक्रोश साम्य पार्न ट्राफिक प्रहरीले जतिसुकै नियम–कानुनको कुरा उठाए पनि पीडितहरू प्रायः न्याय पाउनबाट वञ्चित रहँदै आएका छन्। पछिल्लो समय तेस्रो पक्ष बिमा र अरू केही रकम खर्च गरेको भरमा गम्भीर लापरबाहीका घटनाबाट चालकले उन्मुक्ति पाउने क्रम बढ्दै गएको छ। कानुनी दण्डहीनताको यो स्थितिले पनि चालकहरू लापरबाहीपूर्वक गाडी हुइँक्याउन र नियमकानुनको धज्जी उडाउन उद्यत देखिन्छन्।
अधिकांश सवारी दुर्घटनाका मुद्दालाई प्रहरी र व्यवसायीले आपसी मिलोमतोमै राफसाफ पार्दै आएका गुनासा प्रहरी प्रधान कार्यालयसम्म पनि पुगेका छन्। चालकको चरम लापरबाही ढाकछोप गरेर 'सामान्य दुर्घटना' बनाइदिने प्रवृत्ति बढ्दै गएको गुनासो आएपछि प्रहरी प्रधान कार्यालयले गत वर्ष देशभरका प्रहरी कार्यालयमा 'घटना नबंग्याई पीडितलाई कानुनअनुसार न्याय दिलाउन' पत्राचार नै गरेको थियो। 
सवारी दुर्घटना अनुसन्धान गर्ने तौरतरिका र ऐननियम हुँदाहुँदै प्रहरीले इमानदारीपूर्वक अनुसन्धान नै नगर्ने, दुर्घटनाको मुचुल्का बनाउँदादेखि नियतवश अनुसन्धान प्रक्रिया फितलो बनाउने, व्यवसायीसँग केही रकम कमिसन लिएर गम्भीर गल्तीलाई सामान्य दुर्घटना बनाउने र पीडित पक्षलाई पाँच/सात लाख रुपैयाँ क्षतिपूर्ति दिलाएर टुंग्याउने क्रम बढ्दै गएकोजस्ता गुनासा प्रधान कार्यालयसम्म पुगेका थिए। प्रहरीले यस विषयमा छानबिन गरिरहेको जनाएको छ।
प्रहरी प्रवक्ता माधव जोशीले भने विगतमा यस्ता गल्ती भए पनि पछिल्ला दिनमा नभएको दाबी गरे।
सबै सवारी दुर्घटना अदालत नआए पनि गम्भीर लापरबाहीका घटना आउनैपर्ने अदालतका कर्मचारी बताउँछन्। प्रहरीले यातायात व्यवसायीसँगको मिलोमतोमा गम्भीर दुर्घटनालाई समेत सामान्य बनाएर प्रहरी कार्यालयमै पीडित पक्षसँग मिलाउने गरेको उनको भनाइ छ। मिलेमतोको सुरुआत ट्राफिक प्रहरीबाटै हुन्छ। उनीहरूले दुर्घटनाको 'स्केच' तयार पार्दा नै सकभर चालकको गल्ती कम देखाएका हुन्छन्।
'दुवै पक्षमा मिलापत्र हुनु राम्रो हो,' उनले नागरिकसँग भने, 'तर, प्रहरीले व्यवसायीसँग मिलेर पीडितलाई कानुनी प्रक्रियामा जाँदा लामो समय लाग्ने र बिमाको पैसा पनि नआउने भन्दै तर्साएर गम्भीर लापरबाहीका घटनालाई सामान्य बनाउँदै पठाउने गरेको पाइन्छ। यो भनेको कानुनअनुसार दोषी ठहरिने व्यक्तिलाई पनि उन्मुक्ति दिने प्रपञ्च हो।'
यस्तो अस्वाभाविक र अनुचित मिलापत्रले नै चालकहरूमा गाडी चलाउँदा संयमित र अनुशासित नहुने तथा स्टेयरिङ समातेपछि जे गरे पनि हुन्छ भन्ने सोचलाई बढावा दिएको उनले बताए। 
चालकले लापरबाही गरी फुटपाथ र खाली चउरमा गाडी ठोकेर मान्छे मार्दा पनि मिलापत्र गराउने गलत प्रवृत्ति विकास भएको छ। यतिमात्र होइन, रुट परमिट नै नभएका सडकमा जथाभाबी यात्रु ओसार्ने, मादक पदार्थ सेवन गरेर दुर्घटना गराई ज्यान लिने र पछाडि वा अगाडिबाट सोझै लगेर ठोकेकाजस्ता गम्भीर लापरबाहीका घटनालाई पनि व्यापारीसँग केही रकम लिएर मिलापत्र गराउने चलन छ। यसले अदालतसम्म पुग्ने मुद्दाको संख्या कम हुन्छ।
नियमअनुसार सवारी दुर्घटनामा ज्यान गुमाउनेको परिवारले तेस्रो पक्ष बिमामार्फत ५ लाख रुपैयाँ र घाइते परिवारले क्षतिका आधारमा क्षतिपूर्ति पाउँछन्। सामान्य दुर्घटनामा सवारी ऐनअनुसार केही दिन थुना बस्नुपर्छ र तोकिएको जरिवाना तिर्नुपर्छ। लापरबाहीपूर्वक सवारी चलाउनेलाई भने २ देखि १० वर्षसम्म जेल सजाय र अन्य जरिवाना तथा क्षतिपूर्तिको सजाय हुन्छ।
त्यस्तै, सवारी ऐनले जानीजानी वा मनसायपूर्वक दुर्घटना गराउने चालकलाई सर्वस्वसहित जन्मकैदको व्यवस्था गरेको छ। तर, छानबिन गर्ने प्रहरी नै पीडितलाई कानुनअनुसार न्याय दिलाउनभन्दा दुर्घटनाबाट आफैं आर्थिक लाभ लिन उद्यत हुनुले ऐनको प्रावधान कार्यान्वयन हुन सकेको छैन।
नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारी प्रणालीले राम्रोसँग काम नगर्दा विभिन्न बहानामा नियम मिच्ने काम भइरहेको बताउँछन्।
'व्यवसायीदेखि सरकारसम्म सबै पक्षमा केही न केही कमजोरी छ,' उनले सोमबार नागरिकसँग भने, 'तत्काल यस्तो गलत कार्यको अन्त्य गरी दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्छ।' उनले दुर्घटनालाई अनावश्यक तोडमोड गर्ने माथि छानबिन गरी कडा कारबाही गर्न माग गरे।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस