सवारी दुर्घटना बढ्नुको कारण के हो?
सबैभन्दा बढी दोष चालक र व्यवसायीकै छ। सडकसँग सम्बन्धित अन्य सरोकारवाला निकाय पनि दोषी छन्। सार्वजनिक सवारी चलाउने चालक एकदमै लापरबाह छन्। उनीहरू सेवा दिनेभन्दा कसरी बढी यात्रु सडकबाट टिप्ने र आर्थिक लाभ लिने भन्नेमा केन्द्रित छन्। सवारीधनीहरूले पनि यसमा उनीहरूलाई साथ दिएका छन्।
सरकारी पक्षचाहिँ दोषी छैन?
छ। हाम्रो लाइसेन्स वितरण प्रणाली, सवारी चेकजाँच, कारबाही, सडक संरचना, ऐन–कानुन सबैतिर समस्या छ। अहिलेको लाइसेन्स वितरण प्रणाली तत्काल परिवर्तन गर्नुपर्छ। भर्खरै जुँगाको रेखी बसेका केटालाई यात्रुबाहक बस चलाउने अनुमति दिइन्छ। यसलाई तत्काल परिवर्तन गर्नुपर्छ। सवारी साधनको जाँचपास कागजको भरमा हुन्छ, त्यसको पनि अन्त्य हुनुपर्छ। कस्ता रूटमा कस्ता सवारी चलाउन मिल्छ भन्ने नीति बनाउनुपर्छ। सुरक्षाकर्मीलाई धेरै अधिकार दिनुपर्छ। दुर्घटना गराउने र नियम मिच्नेलाई तत्काल कारबाही गर्ने कडा सजाय दिने अधिकार ट्राफिकसँग हुनुपर्छ।
अहिलेको कानुन अनुसार कारबाही गर्न सकिन्न?
अहिले हामीसँग भएको कानुन निकै फितलो छ। यो कानुनले त हाम्रो हात झनै बाँधिएको छ। अधिकांश दुर्घटना बढी यात्रु कोचेर, तीब्र रफ्तारमा चलाउँदा भएका छन्। हामीले त्यस्तो गल्ती गरेको फेला पारे चालकलाई जम्मा ५ सय रुपैयाँसम्म मात्र जरिवाना गर्न पाउँछौं। तीव्र रफ्तारमा चलाएको पाइए त झन् दुई सय मात्र जरिवाना हुन्छ। यस्तो गल्तीमा कम्तीमा १० हजार रुपैयाँ जरिवाना तिराउने व्यवस्था हुनुपर्छ। जरिवाना जति चर्को भयो, कानुन उल्लंघन गर्नेहरू उति हच्किन्छन्।
चालकलाई सजायको सट्टा उन्मुक्ति दिइन्छ भन्ने छ नि?
मान्छेको ज्यानै जाने गरी दुर्घटना गराउने चालकलाई कारबाही भइरहेको छ। तर, त्यो कारबाही र सजाय कम छ। केही समय जेल बसेर निस्केपछि उसले फेरि सवारी कुदाउन पाउँछ। उसको लाइसेन्स खारेज हुँदैन। चालकको गल्ती हेरेर 'अन द स्पट' लाइसेन्स खारेज गर्नेसम्मको अधिकार हामीलाई दिइनुपर्छ।