मकवानपुर दुर्घटना : अधुरै रह्यो उच्च शिक्षा
१५ कार्तिक २०७१
•
८ मिनेट पाठ
मकवानपुर दुर्घटना : अधुरै रह्यो उच्च शिक्षा
इलाम- कल्कलाउँदी छोरी इशाको मृत्युले आमा नैनकला कार्की शनिबार उज्यालो नहुँदैदेखि बेहोस् छन्। छिनमै बर्बराउँछिन्, छिनमै अचेत। उनलाई स्याहार्न छिमेकी र नाताका महिला घरभरि छन्। तर, फेसबुक टाइमलाइनमा उनै इशा मुस्कुराइरहेकी छन्। इशाका खालखाले पहिरन र भावभङि्गमायुक्त तस्बिर पोष्ट गर्दै अनेकौं साथीभाइले उनैलाई सम्झिइरहेछन्। सबैको सम्झाई 'हार्दिक श्रद्धाञ्जली!'
'मकवानपुर बस दुर्घटनामा इशाको मृत्यु भएको खबर झिसमिसे उज्यालो नहुँदै सनसनी फैलिएपछि गोलाखर्क नजिकैको घरमा रुञ्चे मुहार पार्नेको गोलो छ। छिमेकीसहित दुर्घटनास्थल हान्निएका बुबा चक्र छोरीको शव लिएर आउने प्रतीक्षा लम्बिँदैछ। सम्भावित दुर्घटनाप्रति बेखबर इशा घरबाट नाच्दै अघिल्लो दिन दिदी जिनासँग आँगनबाटै बस चढेकी थिइन्। गन्तव्य थियो- काठमाडौं।
'दसैंमा आएकी छोरी तिहार मनाएर फर्किँदा घरै शून्य लाग्दैथ्यो,' सन्तान वियोगको पीडाले विह्वल नैनकला भन्दैथिइन्, 'अब त जीवन र संसारै शून्य भयो।' कार्की दम्पत्तिका दुई सन्तान भनेकै इशा र जिना हुन्। जेठी जिना जति गम्भीर थिइन्, कान्छी इशा उत्तिकै चञ्चल। त्यही स्वभावले उनलाई नृत्य, गायन हुँदै उद्‍घोषणसम्म अनुभवी बनायो। हाँसखेलमा जति रमाउँथिन्, पढ्नमा उत्तिकै। 
इलाम एफएममा झण्डै दुई वर्ष कार्यक्रम चलाउँदा उनले जति शुभेच्छुक कमाइन्, राजधानीको सूर्यविनायक बसेर बीबीए पढिरहँदा उत्तिकै साथी बनाइन्। 'तिहारअघि दुई जना साथी आएका थिए, इलाम घुमाएर पठाइ,' बच्चैदेखिकी हितैषी मनिषा निरौलाले इशाबारे भनिन्, 'नाच्न गाउन हत्ते हाल्ने, बोल्नमा फरवार्ड।' तिहारमा सँगै खेलेको देउसीभैलो निरौलालाई अहिले खिलझैं दुखिरहेको छ।
अरु दिनजस्तै राजधानीका लागि छुटेको ना५ख ४८४१ नम्बरको मेट्रो डिलक्स मकवानपुरको बस्तीपुरमा शुभश्री डिलक्ससँग जुध्दाा इशासहित १० जनाको मृत्यु भएको थियो। आइतबार बिहान सवा २ बजेको उक्त घटनामा मेट्रोमा सवार रसियन युवती दरिया मल्चापोभासहित इलामका नौ र शुभश्रीमा सवार इटहरीकी शान्ता लुईँटेलको ज्यान गएको थियो। घाइते भएका धेरैजनाको उपचार भइरहेको छ। 
ज्यान गुमाएकामध्ये छजना इशाजस्तै कल्कलाउँदा विद्यार्थी छन्, जो उच्च शिक्षा अध्ययननिम्ति इलामबाट राजधानीका कलेज पढ्दैथिए। दसैं-तिहारको लामो छुट्टीमा घर आएका उनीहरु राजधानी फर्किने क्रममा दुर्घटनाको सिकार भएका हुन्। पढाईमा अव्बल उनीहरुको अकल्पनीय मृत्युले परिवारजनमा गहिरो शोक छ। पढेका स्कुल, कलेज स्तब्ध छन्। इलाम शोकमा डुबेको छ।
धारापानीका प्रवीण आचार्यको पनि एमएम क्रेज कम थिएन। बरबोटेको रिब्स स्कुलबाट एसएलसी गर्नुअघिबाटै पूर्वका एफएममा फोन गर्दै हाजिरी जवाफमा सहभागी हुने उनले बानेश्वरको एम्विसन कलेजबाट १२ कक्षा सकेका थिए। 'कोर्स र कोर्स बाहिरकै पढाइमा अब्बल थिए,' उनका शिक्षक टंक खनालले सुनाए,' उनको मृत्युले सबैलाई पीडा दिएको छ।' प्रवीण घरका एक्ला छोरा हुन्।
नामसालिङका मिलन अधिकारी परिवारका दुईमध्ये कान्छा छोरा हुन्। २१ वर्षीय उनी आइटी विषयको चौथो सेमेष्टर पढ्दैथिए। इलाम विद्या मन्दिरबाट एसएलसी उत्तीर्ण भएपछि राजधानी छिरेका उनी चाडपर्व मनाउन घर आएका थिए। नामसालिङका पूर्वअध्यक्ष याम अधिकारीका छोरा उनी पढाईमा रुचि भएका र भविष्यमा केही गर्नसक्ने सम्भावना बोकेका विद्यार्थी भएको शिक्षक सम्झन्छन्। 
बस दुर्घटनमा ज्यान गुमाएका पिपलबोटेका रोशन भट्टराई राजधानीमै एमबिए दोस्रो सेमेस्टर अध्ययनरत थिए। तीन दाजुभाइमध्ये कान्छा उनले पनि इलाम विद्या मन्दिरबाटै एसएलसी गरेका हुन्। कीर्तिपुरस्थित त्रिविमा पढ्दै गरेका उनको मृत्युले पिपलबोटे क्षेत्रमा सन्नाटा छाएको छ। बुवा माधव शव लिएर घर फर्किँदा झनै रुवावासी मच्चिने स्थिति रहेको नातेदार गोपाल पौड्याल बताउँछन्।
तिल्केनीका प्रिजज दाहाल एम्बिसन कलेजबाटै विज्ञानमा १२ कक्षा सकेका विद्यार्थी हुन्। आफन्त कृष्ण दाहालका अनुसार, उच्च शिक्षा सकेर राम्रो नोकरी गर्ने सोच पालेका उनी थप अध्ययननिम्ति राजधानी जाँदै थिए। 'पढाईमा पहिल्यैदेखि राम्रो प्रिजजप्रति परिवारको ठूलो आशा थियो,' कृष्णले नागरिकन्युजसित भने, 'रहरै रहर पालेको उमेरमा भएको मृत्युले सबैलाई स्तव्ध पारेको छ।' 
एम्बिसन कलेजबाटै १२ कक्षा छिचोलेकी सुजाता काफ्लेको मृत्युले भानुरत्नन टोल स्तब्ध छ। एसएलसीपछि दाजु सुजनसँग राजधानी बस्दै आएकी उनी छुट्टी सकेर फर्किँदा पनि बसमा दाजुसँगै थिइन्। दुर्घटनापछि सुजन पनि घाइते छन्। छोराछोरी नै दुर्घटनामा परेको र छोरीको प्राणपखेरु उडेको खबरले मर्माहत बनेका बुबा सुरेश काफ्ले पत्नी सहित घटनास्थल गएका छन्। घर ताला लागेको छ।
आफ्नो कलेज अध्ययन गरेका विद्यार्थी दुर्घटनामा परेपछि एम्बिसन कलेज सञ्चालक विष्णु घिमिरे दुर्घटनास्थल पुगेका थिए। उनका अनुसार, बरबोटेकै विनोद रिजाललाई १५ टाँका लगाइएको छ भने नामसालिङका मनिष बुढाथोकी केही सामान्य छन्। 'उच्च शिक्षा अध्ययरत विद्यार्थीको दुर्घटनाले ज्यान जाँदा हामी स्तब्ध छौं,' घिमिरलेले भने, 'आइन्दा यस्तो दुर्घटना कसैले भोग्न र देख्नो नपरोस्।


अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस