देउराली (इलाम)- जीविकोपार्जनका लागि दूधालु गाईभैंसी पाल्ने किसान धेरै भएका उत्तरी इलामका केही गाउँमध्ये सुलुबुङ र माइपोखरी छुट्दैनन्। ती गाविसको केन्द्रमा पर्ने बजार हो- देउराली, जहाँ पाँच वर्षदेखि ‘शेर्पा डेरी उद्योग' रनघन चल्दैछ। दैनिक आठ सय लिटर दूध संकलन भई प्रशोधन हुने उद्योगमा कहिलेकाहीँ ठूलो स्वर निकाल्दै, अंग्रेजी मिसाउँदै र हतारिँदै बोल्ने एक प्रौढउन्मुख व्यक्ति झुल्किन्छन्। चस्मा लगाउने अग्लो कदका उनी रिञ्जिफुर्वा शेर्पा हुन्, जसको उद्योगमा दैनिक सयौंले दूध बेच्छन्।दूध बेच्न आएका किसान हुन् या चीज–घिउ किन्न आएका जनसाधारण, शेर्पालाई नमस्ते गर्दै हुन्छन्। उद्योग अघिल्तिरको सडकमा हि“ड्ने बटुवाले पनि उनलाई आदर गर्छन्। ६१ वर्षमा हि“डिरहेका शेर्पा रैथाने होइनन्, तैपनि किसानदेखि व्यापारीसम्मले उनलाई उत्तिकै सम्मान गर्छन्। दोलखाको स्यामा गाविसमा जन्मेहुर्केका उनी २०६६ सालदेखि मात्रै देउराली आएका हुन्। त्यसअघि बस्थे, इलामकै पशुपतिनगरस्थित हिले, जहा“को प्रशान्ति डेरी उद्योगमा उनको सानो जागिर थियो।
‘दूध बेच्ने किसानले नमस्ते गर्नुमा लामो संघर्ष लुकेको छ,' २०३० सालबाटै दुग्ध उद्योगमा जोडिएका शेर्पा भन्छन्, ‘दुग्ध व्यवसायकै लागि जन्मेहुर्केको ठाउ“ छोडेर सुदूरपूर्व आइपुगेको हु“।' दोलखाकै तत्कालीन जिरी बहुउद्देश्य स्कुलबाट ०२९ मा एसएलसी उत्तीर्ण उनी उच्चशिक्षानिम्ति राजधानी पुगेका थिए। त्यहा“ दुग्ध विकास संस्थानले खुलाएको विज्ञापनमा आ“खा पर्योन। जसमा, डेरीमा बसेर चीज उत्पादनको दुईवर्षे तालिम गर्नुपर्ने र काम गरेवापत पैसा पनि उपलव्ध गराइने उल्लेख थियो।
स्विस एसोसिएसन फर टेक्निकल एसिस्टेन्ट (साटा)ले संस्थानस“ग सहकार्य गरेको उक्त कार्यक्रमअन्तर्गत चीज उत्पादन विधि सिक्न फिलिपिन्ससमेत जान पाइन्थ्यो। त्यसले शेर्पालाई लोभ्यायो, नत्र साइन्स पढ्ने रुचि रहेछ। ‘विदेशमा समेत तालिम लिन पाइने र थोरै भए पनि तलब पाउने कुराले संस्थानकै पढाइलाई अघि बढाइयो,' उनले विगत सम्भि्कए, ‘पढाइ सक्नासाथ संस्थानमै जागिर पाउने कुराले झनै हौस्याएको थियो।' नभन्दै ०३४ मा उनी संस्थानका चौथो तह कर्मचारी नियुक्त भएछन्।
तर, शेर्पाको खुसी संस्थानमा लामो टिकेन। एसएलसी उत्तीर्णलाई मात्रै भर्ना लिइने भनिएकामा अनुत्तीर्ण पनि सामेल गराइएपछि शैक्षिक कार्यक्रमको प्रभावकारितामा प्रश्न उठ्यो। महिनाको एक सय रुपैया“ पाउने गरी बर्खाभर चीज कारखानामा काम गर्नुपर्थ्यो। हिउ“दमा मात्रै राजधानीमा सैद्धान्तिक पढाइ हुन्थ्यो। मासिक तीन सय ३० रुपैया“ तलब पाउने गरी पाएको जागिरप्रति पनि उनको मोहभंग भयो। तीन वर्ष घिसिपिटी काम गरेपछि दिक्दारिएका शेर्पाले ०३७ मा संस्थानबाट बिदा लिए।
‘फ्याक्ट्रीमा काम गर्दा धेरैपल्ट एप्रोन र गम्बुट मागिन्थ्यो तर पाइँदैनथ्यो,' शेर्पाले जागिरे जीवन भुलेका छैनन्, ‘प्रमोसनको कुरै हु“दैनथ्यो, वाक्क लागेर छोडिदिए“।' संस्थानमा छोटो अवधि आवद्ध भए पनि उनले त्रिशूली, क्यान्जिङ, सोलु, रामेछाप, च्योर्दुङ् र काभ्रेका कारखानामा काम गरिसकेका थिए। फिलिपिन्सको अनुभव त छ“दैथ्यो। तैपनि, उनले दुग्ध उद्योगमा काम गर्न चाहेनन्। गाविस सचिव भएर दोलखाकै दुर्गम गाउ“ चहारे। पछि अस्थायी शिक्षक भए। स्थायी नभएपछि त्यो पनि छोडे।
‘चित्त नबुझेपछि काम छोड्न जति सजिलो थियो, अर्को काम पाउन उत्तिकै गाह्रो,' उनले सुनाए, ‘हु“दाहु“दा अवसर खोज्नैका लागि गाउ“को दुई सय रोपनी जग्गा ३० हजारमा बेचेर फेरि राजधानी फर्किए“।' त्यसपछि सुरु भए उनका झनै दुःखका दिन। उमेर लक्का थियो तर हात खाली। आम्दानीबिनै विवाह गरिहाल्ने आ“ट थिएन। केही त गर्नैपर्यो्! अनि, स्वयम्भुमा दही र चिया पसल चलाएछन्। त्यहीँ सरसफाई गर्दा रहेछन्। अलिपछि, हितैषीमार्फत नेपाल शेर्पा संघ कार्यालयमा जागिरे भएछन्।
‘आफ्नै समुदायको केन्द्रीय कार्यालयमा खटाइ धेरै कमाइ थोरै थियो,' शेर्पाले जीवनबाटै वाक्क हु“दाको क्षण सम्भि्कए, ‘दिक्दार मानिरहेका बेला इलामकै निमा शेर्पा भेटें र हिलेको चीज उद्योगमा फेरि जागिरे भएर आए“।' त्यसबीचमा विवाह भइसकेको थियो। त्यहा“ सुरुवाती तलब पा“च हजार रुपैया“। उद्योग सञ्चालक निमास“ग राम्रै सम्बन्ध। दुई वर्षमै तलब बढेर सात हजार। प्रशान्ति डेरी उद्योग पनि राम्रै। हिलेबाट देउरालीमा शाखा विस्तार। त्यही शाखामार्फत शेर्पाको देउराली आगमन।
‘जागिरे भएर इलाम आएको, पछि आफैं उद्यमी भए“,' हिलेमै घरजम गरेर छोरीलाई दार्जिलिङतिर पढाइरहेका उनले भने, ‘कामको अनुभव र विश्वसनीयता भएपछि किसानले पत्याए।' प्रशान्तिको जागिर छोडेपछि उनले शेर्पा डेरी उद्योग खोलेका हुन्। सुलुबुङ, माइपोखरी मात्रै होइन, बरबोटे र माइमझुवाको दूधसमेत यहा“ ल्याइन्छ। किसानले दूधको प्रतिलिटर ३० रुपैया“भन्दा बढी नै पाउ“छन्। शेर्पाले उद्योगमा पा“चजनालाई रोजगारी दिएका छन्। यहा“को चीज र घिउ राजधानीका होटलमा खपत हुन्छ।
किसानलाई सकेसम्म धेरै मूल्य दिएर दूध खरिद गर्न शेर्पाले नया“ योजना बनाउ“दैछन्। दूधजन्य परिकार थप्ने, नया“ बजार खोज्ने र गुणस्तर कायम राख्ने उनका लक्ष्य छन्। बैंकबाट कर्जा लिएध्र उद्योग सुरु गरेका उनी अहिले नाफामा छन्। उद्योगकै सिलसिलामा कहिले देउराली, कहिले राजधानी त कहिले हिले र कहिले अन्तै व्यस्त रहन्छन्। ‘जहा“ रहे बसे पनि मेरो उद्योग इलामका किसानको भरमा चलेको छ,' दुई छोरीका अभिभावक शेर्पा प्रतिबद्धता जनाउ“छन्, ‘उनीहरुको सर्वथा उन्नति गर्नेछु।'