'नेपाल उडानबाट सन्तुष्ट छौं'
२५ असोज २०७१
•
१४ मिनेट पाठ
'नेपाल उडानबाट सन्तुष्ट छौं'
मलेसियाको सरकारी वायुसेवा कम्पनी मलेसिया एयरलाइन्सले नेपालमा उडान सञ्चालनको दोस्रो वर्ष पूरा गरेको छ। २०६९ भदौ १६ देखि १ सय ६० सिट क्षमताको 'बोइङ ७३७–८००' सिरिजको जहाजबाट काठमाडौं उडान सुरु गरेको मलेसियाले सातामा तीन दिन हुँदै २०७० जेठबाट दैनिक उडान गरेको थियो। त्यसपछि पुसबाट दैनिक दुई उडान गरिरहेको छ। काठमाडौं गन्तव्यबाट उल्लेख्य व्यापार हुन थालेपछि कम्पनीले हालै काठमाडौंमा नयाँ कार्यालय सञ्चालनमा ल्याएको छ। कार्यालय उद्घाटन गर्न आएका मलेसिया एयरलाइन्सको दक्षिण एसिया तथा मध्यपूर्व हेर्ने क्षेत्रीय वरिष्ठ उपाध्यक्ष अजहर हमिदले नेपालको व्यापारबाट सन्तुष्ट रहेको बताए। मलेसिया एयरलाइन्सको नेपाल व्यापार तथा विविध विषयमा हमिदसँग नागरिकका सुशील भट्टराईले गरेको कुराकानी : 


मलेसिया एयरलाइन्सले नेपाललाई किन आफ्नो गन्तव्यका रूपमा छनौट गर्यो ?
अहिले हामी क्वालालम्पुरबाट काठमाडौंका लागि दैनिक दुई उडान गरिरहेका छौं। सुरुवातमा साताको तीन हुँदै पाँच र दैनिक एक हुँदै अहिले दिनकै दुई उडान गर्न सफल भएका छौं। यो गन्तव्यबाट हामी सन्तुष्ट छौं। नेपालको बजार पनि हामीप्रति आभारी छ। मलेसियाका साथै एसिया तथा प्रशान्त क्षेत्रबाट हामी बढीभन्दा बढी पर्यटक पनि ल्याइरहेका छौं। यसबाट हामीलाई मात्र होइन, नेपालको पर्यटन उद्योग र समग्र अर्थतन्त्रमा पनि उल्लेख्य योगदान पुगेको विश्वास छ। नेपाललाई गन्तव्य बनाउँदा अवश्य सफलता मिल्छ भन्ने विश्वास पहिले नै थियो। 

नेपालको हवाई बजारलाई कसरी हेर्नुभएको छ?
हामीसँग एक दशकभन्दा बढी समयदेखि 'अफलाइन अफिस' काठमाडौंमा थियो। हामी भारतको नयाँदिल्लीसम्म आए पनि काठमाडौं भने आएका थिएनौं। मार्कोपोलो ट्राभलले नेपाल व्यवस्थापन हेरिरहेको थियो। अहिले मार्कोपोलो प्रेसिडेन्ट ट्राभलअन्तर्गत रहेको छ। हामी दुवैबाट खुसी छौं। हाम्रो बजार विस्तार र विकास गर्न दुवै ट्राभलले महत्वपूर्ण योगदान दिएका छन्। नेपालमा अहिले हामीसँगे दर्जनौं अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान गरिरहेका छन्। सबैबीच स्वस्थ प्रतिस्पर्धा छ। यो खुसीको कुरा हो। तर, मेरो अनुभवमा नेपाल मलेसियासँग बढी नजिक छ जस्तो लाग्छ किनभने मलेसियामा हाल ६ लाखभन्दा बढी नेपाली काम गरिरहेका छन्। यसले दुवै देशलाई अझ नजिक ल्याउन मद्दत गरेको छ। आजको दिनमा मलेसिया जानुभयो भने प्रत्येक ठाउँमा नेपाली भेट्न सक्नुहुन्छ। यता नेपालमा भने ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर, दरबार, पुराना सहरदेखि प्राकृतिक स्थल प्रशस्त मात्रामा छन्। ती अवलोकन गर्न मलेसियाली पनि ठूलो संख्यामा आइरहेका छन्। तिनले मलेसियालीलाई आकर्षित गरिरहेका छन्। हामीसँग यस्ता ऐतिहासिक चिज छैनन्। यी सबै पर्यटनका लागि नयाँ आकर्षण हुन्। नेपाललै यिनै धरोहरबाट वृहत फाइदा लिन सक्छ। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति पनि भएको छ। यसबाट हामी सन्तुष्ट छौं। समग्रमा भन्दा नेपालको हवाई बजारबाट ठूलो आम्दानी गर्न सकिन्छ। 
तपाईंहरू क्वालालम्पुरबाट काठमाडौं आइरहनु भएको छ। यही रुटमा मलेसियाको बजेट एयरलाइन्स एयर एसिया एक्स र यताबाट नेपाल वायुसेवा

निगम पनि उडिरहेको छ। यस्तो अवस्थामा प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ?
मैले अघि नै भनिसकेँ, काठमाडौं रुटमा स्वस्थ प्रतिस्पर्धा छ। एयर एसिया र नेपाल वायुसेवा निगमको पनि आफ्नै बजार छ र हाम्रो पनि आफ्नै बजार छ। हामी 'नेटवर्क क्यारियर' हौं। हामी एक विन्दुबाट अर्को विन्दुमा मात्र यात्रु लाने गर्दैनौं। हाम्रो आफ्नै सञ्जाल छ। फेरि दक्षिण–पूर्वी एसियामा हामी प्रमुख वायुसेवा हौं। यदि तपाईं मलेसिया आउनुभयो भने तुरुन्त आसियान मुलुकका जुनसुकै गन्तव्यमा जान सक्नुहुन्छ। अस्ट्रेलियाका ६ गन्तव्यमा उडान गरिरहेका छौं। त्यसकारण हामी मलेसियाबाट मात्र सेवा दिइरहेका छैनौं, यसबाट हाम्रो सेवा कति विस्तारित भएको छ भन्ने पुष्टि हुन्छ। हामीसँग कम उमेरका जहाज सञ्चालनमा छन्। हामी बोइङ ७३७–८०० जस्ता नयाँ सिरिजका जहाज उडाइरहेका छौं। हाम्रो गुणस्तरीय सेवा र सुविधाका कारण प्रतिस्पर्धा गर्न सहज भएको छ। काठमाडौंबाट नजिकको आधुनिक सहर मलेसिया हो, यसले पनि हामीलाई व्यापार गर्न थप सहज बनाएको छ। 


नेपालमा भइरहेको व्यापारबाट सन्तुष्ट हुनुहुन्छ?
अवश्य सन्तुष्ट छौं। काठमाडौं आउँदा र यताबाट जाँदा हाम्रा सबै उडान पूरै भरिने गरेका छन्। काठमाडौंको व्यापार विस्तारै माथि गइरहेको छ। यात्रु चाप हेर्दा हाम्रो व्यापारमा कुनै उतारचढाव आएको छैन। काठमाडौंका लागि हाम्रा सबै उडान ९० प्रतिशतभन्दा बढी भरिने गरेका छन्। हामीले अहिलेसम्म यात्रु चाप घटेको अनुभव पनि गरेका छैनौं। यसमा हाम्रो नेपाल साझेदार प्रेसिडेन्टले पनि महत्वपूर्ण योगदान पुर्याकइरहेको छ। 


नेपाली यात्रुका लागि कुनै आकर्षक प्याकेज पनि दिनुभएको छ?
नेपाली यात्रुकै लागि भनेर भिन्नै प्याकेज त केही छैन तर, हाम्रो टिकट भाडा नै प्रतिस्पर्धी छ। हाम्रो सिट भराइ दर (अकुपेन्सी) पनि राम्रो छ। म यति भन्न सक्छु, हाम्रो भाडा दर एकदम महँगो पनि छैन र एकमद सस्तो पनि छैन, प्रतिस्पर्धी छ जसले नेपालमा उडान सञ्चालन गर्न हामीलाई सहज भएको छ। वर्तमान अवस्थामा हामी बजारबाट खुसी छौं। नेपालमा हाम्रो टिकट बिक्री गर्ने ट्राभल एजेन्सीसहित यात्रुवर्गले हालसम्म भाडा दरमा कुनै गुनासो गरेका छैनन्। हामी यसैबाट खुसी छौं। 


तपाईंका जहाजमा यात्रुले कस्ता सुविधा पाउँछन्?
हाम्रा अधिकांश जहाज कम उमेर समूहका छन्। हाम्रा चालकदलले पनि यात्रुलाई चाहिँदो सुविधा दिइरहेका छन्। हामी पाँचतारे स्तरको सेवा दिने वायुसेवा कम्पनी हौं। सबै सिटमा भिडियो सेट छन्। ती सबै 'आइएफइ' मेनुमा सञ्चालित छन्। सबैले वाकम्यान सुन्न सक्छन्। जहाजमा पस्किने खानाले सबैलाई लोभ्याउँछ। नेपाली यात्रुले पनि हाम्रो खाना मन पराइरहेका छन्। बिजनेस क्लासमा यात्रा गर्नेलाई 'सिग्नेचर डिस' पस्किन्छौं। यसखाले सुविधाका कारण मलेसिया एयरलाइन्स विश्वका उत्कृष्ट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीभित्र पर्छ। यात्रु आकर्षित हुने प्रमुख कारण यो पनि हो। 


तपाईंको विचारमा सस्तो भाडा दर यात्रु तान्ने एकमात्र हतियार हुनसक्छ?
यो हुनैपर्छ भन्ने आवश्यक छैन। विभिन्न वायुसेवा कम्पनीको आ–आफ्नै बजार र आफ्नै किसिमका विभिन्न भाडा दर हुन्छन्। हामी पनि धेरै सस्तो भाडामा ओर्लिदैनौं, तर हाम्रो पनि एउटा तह भने छ। हामी कुनै पनि गन्तव्यमा उडान गर्छौं भने यात्रु गुमाउन पक्कै चाहँदैनौं। त्यही भएर सस्तो भाडामा उडाउने कुनै उपाय भने पक्कै हो। सस्तोमा उडान गर्ने बजेट एयरलाइन्सले पनि सधैं सस्तो भाडामा उडाउँछन् भन्ने छैन। उनीहरूको पनि एउटा तह हुन्छ। यो सामान्य व्यवसाय हो। कुनै बेला सस्तो भाडामा टिकट पाइन्छ, कुनै बेला महँगोमा परिन्छ। सामान्यतयाः हामीले सबै यात्रुको माग पूरा गर्नुपर्ने अवस्था आउँछ। कुनै यात्रुले सस्तो टिकट पाउँछन् भने कसैसँग समय अभावका कारण तुरुन्तै टिकट चाहिने हुन्छ, त्यसबेला महँगो टिकट किन्नुपर्ने हुन्छ। काठमाडौंबाट बिजनेस क्लासमा यात्रा गर्नेले पनि प्रतिस्पर्धी भाडामा उड्न पाइरहेका छन्। 


काठमाडौंका लागि उडान थप्ने योजना छ?
हामी उडान थप्ने योजनामा पनि छौं। यहाँ आउने सबै वायुसेवाका आफ्नै बजार छन्। हाम्रो पनि आफ्नै बजार छ। नेपालको बजार हामीप्रति आभारी छ भन्ने मैले अघि नै भनिसकेँ। हाम्रो नेपाल साझेदार जनरल सेल्स एजेन्ट (जिएसए) (प्रेसिडेन्टअन्तर्गतको मार्कोपोलो) ले मलेसिया एयरलाइन्सको काठमाडौं उडान सतप्रतिशत जिएसएले हेरिरहेको छ। यसमा हामी खुसी छौं। जसले गर्दा हामी एक दशकभन्दा बढी अवधिदेखि साझेदारी गरिरहेका छौं। जिएसएको कडा मिहिनेतका कारण पनि हामीले नेपाली हवाई बजारमा आफ्नो बलियो पकड जमाउन सफल भएका छौं। 
मलेसिया एयरलाइन्सको वर्तमान अवस्था कस्तो छ? सफलताको रहस्य पनि बताइदिनुहोस् न!
सन् १९४६ मा स्थापना भए पनि हामी १९७२ बाट पूर्णरूपमा सञ्चालनमा आएका हौं। त्यसअघि सिंगापुर एयरलाइन्ससँगको साझेदारीमा 'मलेसिया–सिंगापुर एयरलाइन्स' को नामबाट चलेको थियो। विभिन्न कारण पछि दुवै कम्पनी छुट्टिन पुगेको थियो। १९७२ पछि हामी आन्तरिकदेखि अन्तर्राष्ट्रिय उडान गरिरहेका छौं। आन्तरिकतर्फ हामी मलेसियाकै ठूलो सञ्जाल हौं। हामी १९ सिटका साना जहाज पनि चलाउँछौं। अहिले हाम्रो भगिनी वायुसेवाले यो सेवा दिइरहेको छ। हामी सानादेखि ठूला वाइड बडीसम्मका जहाज चलाइरहेका छौं। मलेसिया एयरलाइन्सको सफलताको रहस्य भनेको क्वालालम्पुरबाट संसारको कुनै पनि व्यापारिक केन्द्र होस् वा पर्यटन गन्तव्य, हामी सजिलै पुर्यारउन सक्छौं। हामीसँग हाल अन्तर्राष्ट्रिय उडान गर्न ९६ जहाज सञ्चालनमा छन्। तीमध्ये संसारकै ठूलो आकारको यात्रुवाहक जहाज ए३८० ६ वटा पनि उडानमा छन्। ती जहाज ६० अन्तर्राष्ट्रिय गन्तव्य गइरहेका छन्। त्यसैगरी २४ वटा बोइङ ७३७–८०० जहाज खरिद अर्डर पनि गरेका छौं। यस्तै ४१ वटा भने सञ्चालनमा छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस