मौका छोप्ने गल्तीले दुर्घटना
२१ असोज २०७१
•
९ मिनेट पाठ
मौका छोप्ने गल्तीले दुर्घटना
छतिवन (डोटी)-डोटीको बुडरदेखि जोरायलसम्म २८ किलोमिटर खण्डमा ट्र्याक खुले पनि जिल्ला विकास समितिले सार्वजनिक यातायात चलाउने अनुमति दिएको थिएन। सरस्वतीनगरका स्थानीय वीरेन्द्र साहु यही ट्र्याकमा यात्रुबाहक बस चलाउन चाहन्थे।
सुदूरपश्चिम यातायात व्यवसायी समितिले ‘ट्र्याक नखोलिएको' भन्दै बस हाल्ने अनुमति दिएन। बसमालिक र चालकसमेत रहेका वीरेन्द्रले भने टेरेनन्।3




दुर्घटना भएको स्थल देखाउदै स्थानीय उमेश साउँद।

समितिको अनुमति नपाए पनि उनी नियमकानुन मिच्दै आइतबार साँझ ना३ख ५७०७ नम्बरको बस लिएर कच्ची ट्र्याकमा निस्के। बुडरबाट बल्लतल्ल जोरायलको सरस्वतीनगर गाविस, चमकट्टे पुर्‍याए।

वर्षा सुरु भएदेखि बन्द यो ट्र्याकमा पहिलोपटक गाडी चलेको थियो, त्यो पनि यात्रुबाहक बस। गाउँमा पहिलोपटक बस आएपछि स्थानीयमा खुसीको सीमा रहेन। घरको दैलोबाटै गाडी चढ्न पाएकोमा स्थानीय यतिविधि हर्षित थिए, उनीहरूले त्यति साँघुरो कच्ची बाटोमा गाडी चलाउनु कति जोखिमपूर्ण हुनसक्छ भन्नेतिर ध्यानै दिएनन्।
गाउँलेको मात्र के कुरा, अनुमति नै नदिइएको ट्र्याकमा खुलेआम बस दौडाउँदा पनि स्थानीय प्रशासनले आँखा चिम्लिदियो।
सानो सुविधाका लागि भयंकर ठूलो जोखिम मोल्न सबै तयार भए।
नभन्दै, भोलिपल्ट सोमबार त्यही बस जोरायलको चमकट्टेबाट कैलालीको धनगढी फर्कने क्रममा दिउँसो ३ बजे छतिवन–५ कटपत्तेमा दुर्घटनाग्रस्त भयो।

2

मृतक र घाइतेका सामान खोज्दै आफन्त।

कम्तीमा ३० जना यात्रुको ज्यान गएको र ७० भन्दा बढी घाइते भएको यो बस दुर्घटना स्थानीय प्रशासनको लाचारी, बस सञ्चालकको अटेरीपन र गाउँलेको अज्ञानताको नतिजा हो। यसमा गाडी चलाइरहेका वीरेन्द्र आफैं पनि गम्भीर घाइते भएका छन्। उनीसहित १४ जना घाइतेलाई उपचारनिम्ति भारतको बरेली लगिएको छ।
बससञ्चालक वीरेन्द्रले सार्वजनिक यातायातलाई अनुमति नै नदिइएको कच्ची ट्र्याकमा जबर्जस्ती बस छिराउँदा दुर्घटना भएको यहाँका ट्राफिक प्रहरी र स्थानीयसमेत बताउँछन्। बस साँघुरो मोडबाट गुल्टिएर करिब २ सय ५० मिटर तल खसेको थियो। घरमा दसैं मनाएर रोजगारीका लागि भारत फर्कन लागेका स्थानीय दुर्घटनामा परेका छन्।
यो दुर्घटना बुडर–जोरायलको त्यही सडक खण्डमा भएको हो, जहाँ गाडी चलाउने अनुमति थिएन। सार्वजनिक बस कुदाउने अनुमति त छँदै थिएन। यो ट्र्याक बस सजिलै मोड्न नसकिने साँघुरो छ। दर्जनौं ठाउँमा पहिरो गएका छन्। जतासुकै खाल्टाखुल्टी छन्। बस जानुअघिसम्म यो बाटोमा कहिलेकाहीँ मोटरसाइकल र साना जिप मात्र जाने गरेका थिए।
बस आफैं पनि सही हालतमा थिएन। चमकट्टेबाट करिब २ किलोमिटर अघि बढ्नासाथ दायाँपट्टिको पत्ता भाँचिएको थियो। पत्ता भाँचिनासाथ चालकले गाडी अघि नबढाएका भए दुर्घटना हुने थिएन। उनको जोरजर्बजस्ती भने त्यसपछि पनि जारी रह्यो। उनले हुक हालेर भए पनि बस कुदाइरहे।

7

बस दुर्घटना भएको भिर।

दिउँसो झन्डै १ बजेतिर बिग्रेको बस त्यही हालतमा गुडाइरहँदा ३ बजेतिर दुर्घटनाग्रस्त भयो।
बसमा क्षमताभन्दा झन्डै तेब्बर यात्रु थिए। ४२ सिटक्षमताको बसमा १ सय ३५ जना यात्रु खचाखच रहेको ट्राफिक प्रहरीले जनाएको छ। उनीहरूका अनुसार एकतर्फकै सिटमा ४/४ जना यात्रु बसालिएको थियो। बसको छतमा समेत ४०–५० जना थिए। चमकट्टेबाट बस हिँड्दा नै १ सय ५ जनाले टिकट काटेको स्थानीय बताउँछन्। बाटोमा थप यात्रु चढेका थिए।
‘जिप जानसमेत गाह्रो बाटो हो यो,' ट्राफिक प्रहरी प्रेम बोहराले नागरिकसँग भने, ‘यातायात समितिले समेत रूट पास दिएको थिएन। चालककै जर्बजस्तीले यति ठूलो दुर्घटना भयो।' एकपटक डोजर लगाएर मर्मत गरेपछि मात्र त्यो बाटोमा गाडी चलाउन सकिने उनले बताए। 
डोटीका प्रहरी प्रमुख एसपी भोजजंग शाह सँाघुरो बाटोमा क्षमताभन्दा तेब्बर यात्रु बोक्दा दुर्घटना भएको बताउँछन्। ‘बस गुड्न सक्ने बाटो नै हैन,' उनले भने, ‘घाइतेको उद्धार गर्न हामीलाई जिप र एम्बुलेन्स पुर्यामउनै गाह्रो परेको थियो।' एम्बुलेन्स पुग्न नसक्ने भएकैले प्रहरीकै गाडी र मोटरसाइकलबाट घाइतेको उद्धार गरिएको उनले जनाए।
दुर्घटनामा मालिक आफैं रहेका चालकको चरम लापरबाही देखिएको उनको भनाइ छ। ‘४२ सिट क्षमताको बसमा १ सय ३५ जना यात्रु हालिएको थियो, दुर्घटना हुनुभन्दा करिब २ घन्टाअघि बस बिग्रेको थियो, तैपनि चालकले यात्रु थप्दै बस कुदाइरहे,' एसपी शाहले भने। 

6

बस दुर्घटना भएको साघुँरो बाटो।


ट्राफिक र प्रहरी प्रशासनले दोषजति गाडी चालकमाथि थोपर्न खोजे पनि गल्तीका भागीदार उनीहरू पनि हुन्। अनुमति नै नलिएको बाटोमा खुलेआम बस कुदाउन लागेको चाल पाउँदा–पाउँदै रोक्नेतर्फ उनीहरूले ध्यान दिएनन्। क्षमताभन्दा दोब्बर यात्रु ओसारेको पनि थाहा नपाएजस्तो गरिदिए। 
यसको प्रमाण हो, जोरायलबाट बुडर पुग्दासम्म बाटोेमा पर्ने प्रहरी चौकी।
जोरायलबाट अलि अघि बढेपछि राउटकट्टे प्रहरी चौकी पर्छ। बस यो प्रहरी चौकीको आँगनबाटै खचाखच यात्रुसहित अघि बढेको थियो। क्षमताभन्दा तेब्बर यात्रु बोकेको देख्दादेख्दै प्रहरीले बस रोक्ने प्रयास गरेन। उल्टै चौकी नजिकैबाट एक जना प्रहरीसमेत बसमा चढे।
‘बसमा सवार यात्रुले बाटो खराब भएका कारण अप्ठेरो ठाउँमा आफैं ओर्लन्छौं भने पनि चालकले कहीँ रोकेनन्, ट्राफिक प्रहरीले पनि केही गरेनन्,' दुर्घटनामा आफन्त गुमाएका सरस्वतीनगर– ५ का उमेश साउदले रुँदै भने, ‘जिप नचल्ने बाटोमा जबर्जस्ती बस हाल्दा यत्रो दुर्घटना भयो।'
अनुमति नै नदिइएको बाटोमा गाडी चलाउँदा पनि आँखा चिम्लिदिने स्थानीय प्रशासनको लापरबाहीका कारण बुडर–जोरायल सडकमा एक वर्षयता साना–ठूला आधा दर्जन दुर्घटना भएका छन्। छतिवन गाविसमा पर्ने बुडर–जोरायल सडक खण्ड र भिमदत्त राजमार्गमा भएका दुर्घटनामा ७० जनाभन्दा बढीको ज्यान गइसकेको छ।

तस्बिरहरु : बरुण पनेरु
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस