काठमाडौं-व्यापारीले चाडपर्बका बेला उपभोक्तालाई गुणस्तरहीन खाद्य पदार्थ बेचेको पाइएपछि सरकारले २४ घन्टे र्यापिड रेस्पोन्स टिम (आरआरटी) खडा गरेर काम थालेको छ। चाडपर्बमा म्याद गुज्रेका र हानिकारक खाद्य वस्तु बेच्ने गरेको गुनासो बढेपछि सरकारले नयाँ कदम चाल्दै बजार अनुगमन तीव्र पारेको हो।‘व्यापारीले मिति सकिएको र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेअनुसार लेबल नभएको सामान बेचेको गुनासो बढेको छ,' विभाग प्रवक्ता प्रमोद कोइरालाले नागरिकसँग भने, ‘यसलाई निराकरण गर्न र उपभोक्तालाई स्वस्थ खानेकुरा उपलब्ध गराउन टिम खडा गरी काम सुरु गरिएको छ।' विभागले तीनजनाको समूह बनाएर काम सुरु गरेको जनाएको छ।
‘उपत्यकाका जुनसुकै ठाउँमा समस्या देखिए पनि हाम्रो टोली हाजिर हुन्छ,' कोइरालाले भने, ‘उपभोक्ताले विभागलाई सूचना दिएर सघाउनु पर्यो।' उपभोक्ता वा सरोकारवालाले फोनबाट जानकारी दिएपछि टोलीले आवश्यक कारबाही गर्ने विभागले जनाएको छ।
टोलीले दुग्धपदार्थ, खाद्यान्न, पानीलगायत वस्तुमा देखिने समस्या समाधान गर्न टिम बनाएको हो। मासुको गुणस्तरसम्बन्धी गुनासोमा भने केही गर्न नसकिने उनले बताए। यसमा जनशक्ति अभाव भएको कोइरालाको भनाइ छ। ‘मासुको गुणस्तर कायम गर्ने जिम्मा हाम्रोमा पर्दैन,' उनले भने, ‘त्यसैले यससम्बन्धी कर्मचारी हामीसँग छैनन्।'
वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद विडारीले निजी क्षेत्रको योगदानबिना बजारमा पर्याप्त मात्रामा खसीबोका आउन नसक्ने बताए। नेपाल कृषि पत्रकार प्रतिष्ठानद्वारा आयोजित ‘चाडवाडमा मासु तथा खाद्य पदार्थको आपूर्ति व्यवस्था' विषयक अन्तर्क्रियामा उनले भने, ‘खाद्य संस्थानले ३ हजार ४ सय खसीबोका ल्याउँदैमा मागको सम्बोधन हुँदैन।'
बजारमा मूल्य नियन्त्रण गर्न संस्थानले खसीबोका ल्याउन लागेको उनले बताए। निजी क्षेत्रले मागअनुसार खसीबोका आयात नगरे काठमाडौंमा हाहाकार मच्चिने उनको भनाइ छ।
उनका अनुसार यो वर्ष ३५ देखि ४० हजार खसीबोकाको माग छ। त्यसमा खाद्य संस्थानको हिस्सा थोरै भएको उनको भनाइ छ। कार्यक्रममा विडारीले सुपथ मूल्य पसल प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारले विशेष पहल थालेको जानकारी दिए। शुक्रबार संसदीय समिति र वाणिज्य विभागले गरेको संयुक्त अनुगमनले पनि सुपथ मूल्य पसल उचित तरिकाले सञ्चालन गर्न निर्देशन दिएको छ।
चौपाया खरिद–बिक्री संघका अध्यक्ष दीपक थापाले यस वर्ष मागअनुसार खसीबोका आयात गर्ने बताएका छन्। ‘जति माग आउँछ, त्यत्ति आयात गर्न सक्छौं,' उनले भने, ‘आपूर्तिमा कुनै कमी हुँदैन।' कार्यक्रममा थापाले सोह्रश्राद्ध सकिएको भोलिपल्टबाट खसीबोका काठमाडौं उत्रिने बताए। तर, यसवर्ष भेडा च्याङग्रा नआउने भएको छ। तातोपानी नाकाको बाटो बिग्रिएपछि भेडाच्यांग्रा नआउने भएको उनको भनाइ छ। भेडाच्यांग्रा नआएपछि खसीबोका पर्याप्त मात्रा ल्याउने थापाले जानकारी दिए।
उनका अनुसार विभिन्न ठाउँमा ढाट राखेर कर उठाउँदा त्यसको मार उपभोक्तालाई परेको छ। थापाले दसैंका खसीबोकामा कर हटाउन स्थानीय निकायसँग आग्रह गरे।
सरकारले दसैंतिहारमा मात्रै बजार अनुगमन गर्ने गरेको छ। चाडपर्बमा मात्र नभई सधैंभरि अनुगमन गर्न उनले सुझाए।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले गुणस्तर, आपूर्ति, मूल्य र अनुगमलाई प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गरे। ‘पहिले कुरा त आपूर्ति सहज हुनुपर्योअ,' उनले भने, ‘त्यसपछि मात्रै मूल्यलगायतका विषयमा छलफल गर्नुपर्छ।'
पशु चिकित्सक मुकुल उपाध्यायले सिङ र पुच्छरमा हरियो रङ लगाएको खसीबोकामात्र किन्न सुझाए। ‘हामीले रङ लगाएर खसीबोकाको स्वास्थ्य अवस्था जनाउन दुईखाले रङ प्रयोग गर्छौं,' उनले भने, ‘रातो रंग लगाएको खसीबोका किन्नु हुँदैन।'