शक्ति समूहकी सुनितालाई 'सि १० अवार्ड'
३० भदौ २०७१
•
९ मिनेट पाठ
शक्ति समूहकी सुनितालाई 'सि १० अवार्ड'
काठमाडौं- महिला तथा बालबालिका बेचबिखनविरुद्ध १८ वर्षदेखि सक्रिय रहँदै आएको शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले विश्वविख्यात रोमन म्यागासेसे अवार्ड पाएको एक वर्ष नबित्दै अर्को अन्तर्राष्ट्रिय अवार्ड जितेकी छन्।

सोफियोस्टेन्बेक फ्यामिली फाउन्डेसन, वर्ल्ड चाइल्डहुड फाउन्डेसन र रिच फर चेन्ज नामक तीन संस्थाले बालअधिकार क्षेत्रमा निरन्तर कार्य गरेबापत प्रदान गरिने अन्तर्राष्ट्रिय बालबालिका पुरस्कार 'सि १० अवार्ड' नेपालबाट दनुवारलाई दिने निर्णय गरेका हुन्।
मानव बेचबिखन र व्यावसायिक यौन शोषणविरुद्ध क्रियाशील विश्वभरका १० जनालाई प्रदान गरिने यो अवार्ड झन्डै १० लाख नेपाली रुपैयाँ (१० हजार डलर) को छ। अवार्ड घोषणा सोमबार स्विडेनको स्टकहोमबाट गरिएको हो।
'भारतमा बेचिएका हामी १५ जनाको आँसुलाई शक्तिमा बदल्दै अरूका आँसुलाई पनि शक्तिमा बदल्नुपर्छ भनेर १८ वर्षअघि शक्ति समूह खडा गरेका थियौं,' अध्यक्ष दनुवारले सोमबार अमेरिकाबाट फेसबुकमार्फत् नागरिकसँग भनिन्, 'अन्तर्राष्ट्रिय अवार्डले हामीलाई आफ्नो अभियानमा अघि बढ्न हौसला प्रदान गरेको छ।'
घोषणाअनुसार दनुवार उक्त अवार्ड पाउने पहिलो नेपाली हुन्। तीनवटै संस्थाद्वारा स्थापित यो अवार्ड आगामी नोभेम्बर ३ मा स्विडेनको स्टकहोममा प्रदान गरिनेछ।
अवार्ड पाउनेमा नेपालका दनुवारसहित रुसको च्यारिटी फन्ड अफ सोसल प्रोजेक्ट्स 'ग्यालेक्सी'की ओल्गा कोल्पाकोभा, घानाको च्यालेन्जिङ हाइट्सका जेम्स कोफी अन्नान, रुसकै जिवल गर्ल्सकी एलेना टिमोफेबा, कम्बोडियाको फ्रेन्ड्स इन्टरनेसनलका सेवास्टियन म्यारोट, नाइजेरियाको ओपन सोसाइटी फाउन्डेसनकी ओबियागेली इजेक्वेसिली, अमेरिकाको ग्लोबल हेल्थ प्रोमिसका ब्रेन विलिस, अमेरिकाकै क्रिस्टी हाउसकी ट्रउडी नोभिस्की, अमेरिकाकै गर्ल्स एजुकेसनल एन्ड मेन्टोरिङकी र्याोचेल लोएड र रुसको ब्रिगेडका मिकाली क्रिभोनोस छन्।
घोषणालगत्तै शक्ति समूहले विज्ञप्ति जारी गर्दै यो अवार्डले समूहलाई मानव बेचबिखनविरुद्ध काम गर्न थप ऊर्जा मिलेको जनाएको छ। अध्यक्ष दनुवार अमेरिकामा रहेकाले उनको भनाइ समावेश गरी विज्ञप्ति निकालिएको समूहका कानुन तथा तालिम संयोजक दिलिप कोइरालाले नागरिकलाई बताए। उनले समूहकी संस्थापक सदस्य तथा हालकी अध्यक्ष दनुवारले नेपालमै पहिलोपटक यस्तो अवार्ड पाउन सफल भएको जनाए।
समूहले गत वर्ष मात्र रोमन म्यागासेसे अवार्ड पाएको थियो। म्यागासेसे अवार्ड पाएको एक वर्षमै पुनः अर्को अन्तर्राष्ट्रिय अवार्ड पाउनु समूहका लागि निकै खुसी र गौरवको कुरा रहेको समूहकी उपाध्यक्ष श्वेता लामाले जनाएकी छन्।
शक्ति समूह भारतमा बेचिएर नारकीय पीडा भोगी फर्कन सफल महिलाको अथक परिश्रमपछि सन् १९९६ मा स्थापना भएको हो। उक्त समूहका माध्यमबाटै दुनवारलगायत महिलाले बालबालिका तथा महिला बेचबिखनविरुद्ध निरन्तर कदम चाल्दै आएका छन्। दनुवारसहित भारतको बम्बईमा बेचिएका १५ जना चेली मिलेर संस्था सञ्चालन गरेका हुन्।
भारतबाट उद्धार गरी नेपाल फर्काइएपछि उनीहरूले आफूजस्तै पीडा अन्य नेपाली महिलाले भोग्नु नपरोस् भनेर समूह बनाएको बताउँदै आएका छन्। समूह गठन गर्नेमध्ये केहीको एचआइभीका कारण मृत्यु भइसकेको छ। केहीले विवाह गरे भने कोही विदेश पुगे। अहिले संस्थामा दनुवारसहित चरिमाया तामाङ, पूजा महतो, माया तामाङ र दिलकुमारी राई गरी पाँच जना संस्थापक मात्र सक्रिय छन्। संस्थापकमध्ये पूजा मिजार र रत्नमाया तामाङ अमेरिकामा छन्।

को हुन् सुनिता?
सन् १९७७ मा दैलेखको कासिगढ गाविसमा जन्मेकी सुनिता १४ वर्ष उमेरमा भारतको मुम्बईमा बेचिएकी थिइन्। उनी पाँच वर्षको हुँदा नै दाजुभाइ तथा दिदीबहिनीको कुपोषण र भोकमरीका कारण मृत्यु भएको थियो। त्यसपछि उनी परिवारका साथ भारतको जम्मु र कश्मिरमा बसाइँ सरिन्। त्यसपछि उनको परिवार नैनीताल सरेको थियो। 
नैनीतालमा उनीहरूले दुई जना नेपालीलाई भेटेका थिए। तिनै नेपालीले सुनितालाई बम्बईको कोठीमा लगेर बेचे। गरिबी र छोरीले पढ्नुहुन्न भन्ने सोचका कारण सुनिताले बेचिनु अघिसम्म पढाइ गरेकी थिइनन्। उनले भारतबाट उद्धार गरेर नेपाल फर्किएपछि सन् २००१ मा कक्षा ७ मा भर्ना भएर पढाइ सुरु गरेकी हुन्। त्यसयता केही समय पढाइमा बाधा आए पनि हाल सोसल वर्क विषयमा स्नातक तह अध्ययन गरिरहेकी छन्। 
उनी सन् १९९६ मा बम्बईको कोठीबाट उद्धार भएर नेपाल आएकी हुन्। त्यतिबेला भारतमा १८ वर्षमुनिका बालबालिकालाई काममा लगाउन हुन्न भन्दै ठूलो दबाब अभियान चलिरहेको थियो। दनुवारसहित दुई सयभन्दा बढी नेपाली महिला कोठीमा थिए। उनी पनि १८ वर्षभन्दा कमकै थिइन्। महाराष्ट्र पुलिसले धमाधम छापा मार्दै बालबालिकालाई निकालिरहेको थियो। त्यतिबेला नेपाल सरकार 'उनीहरू नेपाली नागरिक होइनन्' भन्दै पन्छिएको थियो। उनी कोठीबाट निकालिएको सात महिनासम्म बम्बईको चेमपुरमा निकै कष्टकर जीवन जिउन बाध्य भएकी थिइन्।
नेपाल सरकारले चासो नदिएपछि गैरसरकारी संघसंस्थाले उनीहरूलाई त्यहाँबाट नेपाल ल्याए। बालबालिका र महिला क्षेत्रमा कार्यरत संघसंस्थाले सरकारविरुद्ध आवाज उठाएर उनीहरूलाई उद्धार गरी नेपाल फिर्ता ल्याएका हुन्। नेपाल फर्काउन भारतीय अभिनेता सुनिल सेट्टीले सेभ द चिल्ड्रेनमार्फत् हवाई टिकट मिलाइदिएका थिए। नेपाल फर्किएपछि उनीहरूलाई ओरेक नेपालकी रेणु राजभण्डारीले बस्ने र पुनर्स्थापना गर्न सहयोग गरेकी थिइन्। उनकै सहयोगमा शक्ति समूह नामक संस्था खोलेर मानव बेचविखनविरुद्ध अभियान थालिएको हो।
समूह दर्ता भएपछि महिला बेचबिखनका घटना धेरै हुने १० जिल्ला छानेर उनीहरूले कार्यक्रम बनाए। बेचिएर फर्किएका महिलालाई परामर्श, उपचारसहित सीपमूलक तालिम दिने, जागिर खोजिदिने तथा व्यापार गर्नेलाई व्यापारमा सहयोग गर्ने काम समूहले गरिरहेको छ। यसबीच उनीहरूले ६ सय ३२ महिलालाई उद्धार गरिसकेका छन् भने बेचिबिखनमा संलग्न धेरै अपराधीलाई अदालतको कठघरामा पुर्यााएका छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस