आवरण कथा/महँगीको मार : गुजारा नै मुस्किल
२७ भदौ २०७१
•
१८ मिनेट पाठ
आवरण कथा/महँगीको मार : गुजारा नै मुस्किल
काठमाडौं- सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुई–दुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।




'म अहिले पनि दाजुसँगै बस्छु, दुवै दाजुभाइ मरिमेटेर काम गर्दा पनि महँगी थेग्न गाह्रो परिरहेको छ,' स्नातकोत्तर पढिरहेका उनी भन्छन्।
थाक्लेकै राजन दाहालसँग त महँगीको अझ पुरानो अनुभव छ। उनी २०४६ सालको जनआन्दोलनदेखि नै राजधानीमा छन्। जनआन्दोलनका दौरान सडकमा ओर्लिएर प्रजातन्त्रका लागि लडेको बताउँछन्। र, सँगसँगै यो पनि अनुभव गरेका छन्, राजनीतिक घटनाक्रमसँगै महँगी बढ्न थाल्यो।
कराँतेका राष्ट्रिय प्रशिक्षकसमेत रहेका राजनको आफ्नै स्त्रि्कन प्रिन्ट व्यवसाय छ। आफूसँग स्त्रि्कन प्रिन्ट गर्ने कला, सिप र क्षमता भए पनि लगानी गर्न नसकेकै कारण सीमित आयबाट गुजारा चलाउनुपरेको उनी सुनाउँछन्।
'म स्कुलहरूमा कराँते सिकाउँछु, स्त्रि्कन प्रिन्टको व्यवसाय पनि चलेकै छ, श्रीमती पनि स्कुलमा पढाउँछिन्,' राजनले नागरिकसँग भने, 'दुवै जनाको कमाइले पनि महँगीसँगको लडाइँ जित्न सकेको छैन।'
छोराको पढाइ र खेलकुदप्रतिको आबद्धताले काठमाडौं छाड्न नसकेको बताउने उनको महँगीबारे आफ्नै ठम्याइ छ। सामानको मनमानी मूल्य राख्ने व्यापारिक प्रवृत्ति र जति दाम भए पनि तिर्न तयार हुने उच्च आयस्रोत वर्गकै कारण महँगी अनियन्त्रित बनेको उनले भेउ पाएका छन्। 'महँगीले थिच्या थिच्यै, आय जति बढे'नि धान्न नसकिने, निश्चित, सीमित आय हुनेका लागि काठमाडौं बस्नयोग्य नै रहेन,' उनको निचोड छ।
'सीमित कमाइ हुनेहरूलाई मात्र महँगीले छुन्छ, उनीहरूको मसिनो आवाज कल्ले सुन्ने?,' राजनले भने, 'चल्न सकुञ्जेल चल्ने हो, नभए आफ्नै गाउँ थाक्ले छँदैछ।'
उता लामो समयदेखि शिक्षण गर्दै आएका कमलप्रसाद भट्टराई शिक्षा, स्वास्थ्य, यातायात खर्च र घरभाडा अत्यधिक महँगो हुँदै गएको बताउँछन्।
'तलब पनि बढेकै छ, तर बढेको तलबले महँगी दरलाई जित्न सकेको छैन,' भक्तपुर ठिमीको आदर्श उच्च माध्यमिक विद्यालयमा पढाउने उनले भने, 'देशको बदलिँदो सामाजिक–आर्थिक अवस्थाले पनि महँगीमा बल पुर्यावएको छ।'
एकाउन्टका शिक्षक भट्टराईको विश्लेषणमा, यहाँ उत्पादन कम छ, जनसंख्या बढ्दो छ। त्यसमाथि राजनीतिक अस्थिरताको फाइदा उठाउँदै व्यवसायीहरू कृत्रिम महँगी सिर्जना गरिरहेका छन्। 'स्थिर राजनीति भएको भए महँगीले यतिसाह्रो चेप्ने थिएन होला,' उनले भने, 'नियमकानुन पालना भएको देखिँदैन, जतासुकै अराजकता छ।'
नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा २०६२/६३ को जनआन्दोलनपछि महँगी दर उकालो चढेको देखिन्छ। नागरिकले कुरा गरेका दाहाल दाजुभाइ र भट्टराईको अनुभवमा यसबीच मासिक कमाइको आधा हिस्सा घरभाडा र बालबच्चाको पढाइमै खर्च गर्नुपर्ने अवस्था छ। बाँकीले घरखर्च चलाउनुपर्छ। 
श्याम २०६३ मा मैतिदेवीको डेरामा बस्थे। मासिक भाडा थियो, १५ सय। अहिले डेराभाडा ७ हजार पुगेको छ। कोठाको स्तर उस्तैउस्तै हो। राजनको अनुभव पनि योभन्दा फरक छैन।
'प्रत्येक निर्वाचन र राजनीतिक आन्दोलन बेला दालचामल लगायत उपभोग्य सामग्रीको भाउ बढ्छ, त्यसपछि घट्दैन,' राजन भन्छन्, 'यहाँ अनुगमन र निमयन भन्ने छैन, जसले जति लिनसक्यो उति लिइरहेका छन्। तिर्न सक्नेले तिरिरहेका छन्।'
तिर्न सक्ने वर्गमा धेरैले सरकारी कर्मचारीलाई पनि राखेका हुन्छन्। सरकारी कर्मचारीको तलब बढ्नुले पनि महँगीमा चाप परेको तर्कसमेत गरिन्छ। यो केही हदसम्म सत्य भए पनि अहिलेको महँगीले कर्मचारी पनि सुखी छैनन्।
नेपाल निजामती कर्मचारी संघका प्रवक्ता विश्वबन्धु रेग्मी अधिकांश कर्मचारीलाई महँगी छिचोल्न मुश्किल परिरहेको बताउँछन्। उनका अनुसार पछिल्ला दुई वर्ष लगातार कर्मचारीको तलब बढे पनि महँगी दर त्योभन्दा धेरै उकालो लागेको छ। 'छोराको स्कुल शुल्क र घरभाडा तिर्दा नै आधा तलब सकिन्छ,' अधिकृत जागिरे रेग्मी भन्छन्, 'बाँकीले भातभान्सा चलाउँदैमा ठिक्क हुन्छ।' श्रीमती पनि जागिरे भएकाले जसोतसो महँगी धान्न सकेको उनको भनाइ छ।
भुक्तभोगीका अनुभवमा पछिल्लो एक दशकमा घरभाडा कम्तीमा तीन गुणा बढेको छ भने सार्वजनिक यातायात भाडा ४ गुणा। प्याब्सन, एन–प्याब्सनको निर्देशनमा २०६२ यता स्कुलको शुल्क १ सय २३ प्रतिशत वृद्धि भएको देखिन्छ। 
के यो महँगीका पछाडि राजनीतिक घटनाक्रम जिम्मेवार छन् त?
अर्थशास्त्रीहरू ठाडै 'राजनीतिक कारण' भनेर औंल्याउँदैनन्। तर, आर्थिक कारणलाई मात्र पनि जिम्मेवार ठान्दैनन्। 
एसियाली विकास बैंक (एडिबी) को नेपाल आवासीय नियोगका एसोसियट इकोनोमिस्ट चन्दन सापकोटा नेपालको बजार अर्थशास्त्रको नीतिअनुसार चल्न नसकेको टिप्पणी गर्छन्। नेपाली मुद्राको भारतीय रूपैयाँसँग स्थिर विनियम दर भएको र अधिकांश आयात–निर्यात भारतसँगै हुने गरेकाले महँगी पनि उस्तै–उस्तै हुनुपर्ने उनको तर्क छ। जब कि यथार्थमा यहाँको महँगी भारतको तुलनामा बढी छ। भारतमा मूल्य वृद्धिदर ६ प्रतिशत रहेका बेला यहाँ ९ प्रतिशतभन्दा बढी हुनुमा खुला बजारविपरीतका अन्य राजनीतिक–सामाजिक पक्ष जिम्मेवार रहेको सापकोटा बताउँछन्।
खासगरी स्न २००७ देखि नेपाल र भारतको मूल्य वृद्धिमा भिन्नता देखिएको उनको विश्लेषण छ। यो विश्वव्यापी रूपमै खाद्यान्न संकट आएको वर्ष हो। 'खाद्यान्न उत्पादनमा सुधार आएपछि भारतलगायत देशमा मूल्य तल झर्न थाल्यो भने यहाँ एकपटक उकालो लागेको मूल्य तल झरेन,' उनी भन्छन्, 'यसले निश्चित आय भएका मध्यमवर्गीय सबैभन्दा मारमा छन्।'
साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इनभायरोमेन्ट (साउती) का कार्यकारी अध्यक्ष पोषराज पाण्डे पनि नेपालमा अर्थशास्त्रको सिद्धान्तअनुसार खुला बजार चल्न नसकेको धारणा राख्छन्।
'यहाँ नाफाखोर प्रवृत्तिको सबैभन्दा खतरा छ,' उनले भने, 'ठूला उद्यमी, व्यापारीबीच सतहमा प्रतिस्पर्धा देखिए पनि भित्रभित्रै उनीहरूबीच त्यस्तो प्रतिस्पर्धा हुँदैन। एउटाले भाउ बढायो भने अर्कोले पनि बढाउन थाल्छ। उनीहरू एकअर्कालाई नसिध्याउने खेलमा छन्।'

पैसाको खेला 
अत्यधिक मूल्यवृद्धि हुनुमा प्रशस्त पैसा बजारमा छरिनुलाई कारण मान्छन् कतिपय अर्थशास्त्री।
नेपालमा अघिल्लो वर्षभन्दा चालु आर्थिक वर्ष करिब २० प्रतिशत अर्थात् २ सय ५० अर्बभन्दा बढी रकम कारोबार भएको छ। यसले मूल्य वृद्धिलाई सहयोग पुर्या०एको पाण्डे विश्लेषण गर्छन्। 'हाम्रो आर्थिक वृद्धिदर ५ प्रतिशत हाराहारी छ, बजारमा अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढी पैसा आएको छ,' पाण्डेले भने, 'यस्तो अवस्थामा मूल्यवृद्धि हुन्छ नै।'
चालु आर्थिक वर्ष छ खर्ब रुपैयाँ विदेशबाट रेमिटेन्सका रूपमा भित्रिएको छ। यसअतिरिक्त विदेशी दातृ निकायले गर्ने खर्च, विभिन्न संघसंस्था र अभियानका लागि दृश्य–अदृश्य रूपमा आउने पैसाका कारण पनि मूल्यवृद्धि भएको व्यवसायीहरू बताउँछन्।
'हामीकहाँ पैसाको खोलो बगेको छ, राजनीतिक, सामाजिक, धार्मिकजस्ता नाम र नारामा ठूलो परिणाममा पैसा आइरहेको छ,' एक व्यवसायीले भने, 'नियमविपरीत कमाउनेहरू धेरै छन्, जति पैसाको चलखेल बढ्यो, महँगी उति बढ्छ। अत्यधिक पैसा बजार आएकाले नै अस्वाभाविक मूल्य वृद्धि भएको उनको दाबी छ। 
'अवैध कारोबार गर्नेहरू लुटको धन फुपूको श्राद्धझैं खर्च गरिरहेका छन्, उनीहरूलाई महँगीले छोएको छैन,' उनले भने, 'निश्चित आय हुने सामान्य मानिस रोइरहेका छन्।' 
सापकोटा भने सिद्धान्ततः धेरै पैसा बजारमा आउँदा त्यसले मूल्य बढाउने अर्थशास्त्रको नियमले नेपालमा खासै भूमिका नखेलेको दाबी गर्छन्। 

अपारदर्शी मूल्य नीति
केही वर्षअघि सीमित व्यक्ति र व्यापारिक घरानाको नियन्त्रणमा रहेको आयात व्यापार अहिले विस्तार भएको छ। बजारमा सयौं आयातकर्ता छन्। त्यसैअनुसार प्रतिस्पर्धा छ। तीन वर्षयता ठूलो परिमाणमा सामान भण्डारण गर्ने प्रवृत्ति कम भएको कालिमाटीका एक थोक बिक्रेता बताउँछन्। 
'पहिले बन्द–हडताल हुने भएकाले कतिपयले ठूलो परिमाणमा भण्डार गरेर बजारमा आफ्नो प्रभृत्व राख्थे,' उनले भने, 'अहिले भण्डार गर्ने परिपाटी अन्त्य भएको छ, केही हदसम्म प्रतिस्पर्धा बढेको छ।' प्रतिस्पर्धाकै कारण खाने तेल, चिनी, खाद्यान्न पोहोरभन्दा सस्तो भएको उनी दाबी गर्छन्। 
तर, के उनले भनेजस्तै पारदर्शी छ त नेपालको बजार व्यवस्था?
सतहमा प्रतिस्पर्धी देखिए पनि आयातकर्ता, थोक बिक्रेता, खुद्रा बिक्रेता हुँदै उपभोक्तासम्म पुग्दा बजार मूल्य अचाक्ली बढ्ने गरेको पाण्डे बताउँछन्। आयातकर्ता र उद्योगीले बजारको मागअनुसार मूल्य राख्नुपर्नेमा उनीहरूको संगठनले मनमानी रूपमा तोक्ने गरेको छ।
खुद्रा व्यापार संघ, काठमाडौंका अध्यक्ष पवित्र महर्जन भन्छन्, 'हामीले थोकबिक्रेताले तोकेको मूल्यमा ५–१० प्रतिशत मार्जिन राखेर बेच्ने हो।'
थोकबिक्रेताले कसरी मूल्य राख्छन् त?
थोकव्यापारीको संस्था नेपाल खाद्य किनारा संघका अध्यक्ष देवेन्द्रमान श्रेष्ठ भन्छन्, 'हामी उद्यमी, आयातकर्ताबाट पाएको मूल्यमा २–३ प्रतिशत थपेर मूल्य कायम गर्छौं।' 


आयातकर्ता वा उद्यमीले कति मार्जिन राख्छन् त?
नेपाल समुद्रपार निकासी पैठारी संघका पूर्वअध्यक्ष अखिलकुमार चापागाईं भन्छन्, 'आयातकर्ताले सामान हेरेर १०–१५ प्रतिशतसम्म नाफा राख्छन्।' उनका अनुसार अत्यावश्यक वस्तुमा कम मार्जिन हुन्छ भने बिक्री हुन लामो समय लाग्ने वस्तुमा अलि बढी।
व्यवसायीकै कथनलाई आधार मान्दा आयातीत सामानमा आयातकर्ता, थोकबिक्रेता हुँदै खुद्रा तहसम्म पुग्दा उपभोक्ताले कम्तीमा २५ प्रतिशत बढी तिर्नुपर्छ। भारतबाट आयात हुने दालचामल, चिनीलगायत सामान ठूलो परिमाणमा आउने भएकाले यिनमा कम मार्जिन हुनुपर्ने हो। तर, व्यवहारमा ठूला व्यवसायीबीचको कार्टेलिङले यस्तो भइरहेको छैन। 
एक व्यवसायीका अनुसार यहाँ एक किलो चामलमा आयातकर्ताले कम्तीमा २० रुपैयाँ मार्जिन राखेको देखिन्छ। त्यसैमा थपिँदै जाँदा अन्ततः उपभोक्ता ठूलो मारमा पर्छन्। 'भारतमा कारखाना मूल्य २५–२६ रुपैयाँ प्रतिकिलो पर्ने चिनी काठमाडौंसम्म आइपुग्दा ६० रुपैयाँमा बेच्दा पनि नाफा हुन्छ,' उनले भने, 'तर, त्यही चिनीको खुद्रा मूल्य ६७–७० कायम भएको छ।'

अनुगमन खै? 
काठमाडौंमा १३०—१४० रुपैयाँ खुद्रा मूल्य रहेको मासको दालको भन्सार मूल्य आयाकर्ताहरूले ३० रुपैयाँ कायम गरेका छन्। यही दाल काठमाडौं आइपुग्दा कसरी १ सय ३० पुग्छ?
यसमा दोष सरकारकै छ। सरकारले ३० रुपैयाँ भन्सार दर कायम गरेको दाल बजारमा १ सय ३० मा बिक्री हुँदा पनि सोधिखोजी गरिँदैन। 'हामीकहाँ अनुगमन भन्ने कुरा नै छैन,' राष्ट्रिय उपभोक्ता फोरमका अध्यक्ष प्रेमलाल महर्जनले भने, 'अत्यावश्यक वस्तु तथा सेवा ऐन लगाएर बजार अनुगमन र हस्तक्षेप गर्न सकिन्छ, तर सरकार त्यसबाट पछि हटेको छ।'
कानुनमा अधिकतम २० प्रतिशतसम्म नाफा लिनसक्ने प्रावधान छ। तर, आयातकर्ता, थोकबिक्रेता र खुद्राबिक्रेता सबै तहपिच्छे २०–२० प्रतिशत नाफा लिँदै जाँदा मूल्य दोब्बर हुने महर्जन बताउँछन्।
'खुला बजारमा राज्यको काम अनुगमन गर्ने हो,' पाण्डेले भने, 'राज्य त्यही काममा चुकेको छ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस