काठमाडौं-दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि सार्वजनिक यातायातको टिकट अग्रिम बिक्री (बुकिङ) सुरु भएको छ। मंगलबार यातायात व्यवस्था विभागमा सम्पन्न सरकारी अधिकारी र यातायात व्यवसायीबीचको बैठकले लामो दुरीमा चल्ने सवारी साधनको भाडा भने कात्तिक १ गतेबाट बढाउने निर्णय भएको छ।नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, कलंकीलगायत क्षेत्रबाट यात्रुले अग्रिम टिकट बुकिङ गर्न सक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल यातायात व्यवस्था विभागले जनाएका छन्।
गण्डकी अञ्चलबाहेक लामो दुरीका सबै सार्वजनिक यातायातको टिकट अग्रिम बुकिङ खुला भएको छ। गण्डकीको असोज ५ गतेदेखि खुल्ने महासंघका महासचिव सरोज सिटौलाले बताए। अन्य ठाउँभन्दा पोखरा नजिक भएकाले यसो गरिएको उनले बताए।
दसैंमा काठमाडौंबाट करिब १६ लाख यात्रु बाहिरिने अनुमान गर्दे सरकारले यातायात व्यवसायीलाई एक हजार गाडी थप गर्न आग्रह गरेको प्रधानमन्त्री कार्यलयका सचिव शान्तराज सुवेदीले बताए।
व्यवसायीले भने पहिले भत्किएका पुल र बाटो मर्मत गर्नुपर्नेमा जोड दिएका छन्। महासंघका सिटौलाले बाढीपहिरोले भत्काएको बाटो र पुल मर्मतसम्भारलाई तीव्रता दिएमात्र व्यवसायीले गाडी थप्नेबारे सोच्न सक्ने बताए। ‘पुल र बाटो भत्किएर अलपत्र छ, गाडीमात्रै थपेर के गर्ने?,' उनले भने।
यात्रुलाई टिकट काट्न सहयोग होस् भनेर उपत्यकाका विभिन्न १० ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाले बताए। विभाग अन्तर्गतका कार्यालय, प्रहरी, यातायात व्यवसायीका र मजदुर रहने सहायता कक्ष मंगलबारबाटै सञ्चालनमा आएको उनले जानकारी दिए। सहायता कक्ष कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, स्वयम्भु, गौशाला, सुन्धारा, जोरपाटी र सातदोबाटोमा छन् ।
विभागका अनुसार उपत्यकाबाहिर मेचीको काकरभिट्टा, कोसीको इटहरी, सगरमाथाको लहान, जनकपुरको ढल्केबर, नारायणीको पथलैया र भरतपुर, लुम्बिनीको बुटवल, गण्डकीको पोखरा, राप्तीको लमही, भेरीको कोहलपुर, सेतीको अत्तरिया र महाकालीको महेन्द्रनगर गरी १२ ठाउँमा सहायता कक्ष रहने छ।
सरोकारवालाको बैठकले चाडपर्वको बेला सार्वजनिक सवारीको टिकट र भाडामा हुने दलाली र कालोबजारीबाट सेवाग्राही नठगिऊन् भन्ने निश्चित गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई जिम्मा दिएको छ। महासंघले अहिलेको भाडादर सबैले देख्ने गरी टिकट काउन्टर र बसमा समेत टाँस्ने छ। विभागले परिचयपत्र लगाएका कर्मचारीबाट मात्र टिकट लिन यात्रुलाई अनुरोध गरेको छ। शंका लागे नजिकको यात्रु सहायता कक्ष वा प्रहरीमा सम्पर्क गरी यकिन भएपछि मात्र टिकट किन्न उसले सुझाएको छ।
लामो दुरीमा चल्ने यात्रुवाहक सवारी साधनमा दुईजना सवारीचालक अनिवार्य राख्न सवारी धनी सहमत भएका छन्। यसअघि यस्तो थिएन। लामो दुरीका बसमा दुईजना चालक राखी प्रत्येक ६ घन्टापछि पालैपालो सवारी चलाउन महासंघ र यातायात मजदुर संगठनलाई जिम्मा दिइएको छ।
यसरी सवारी चलाउँदा सुरु बिन्दुबाट बस छुट्नुअघिसबै यात्रुको नामसहित तीन प्रति चलानी बनाई एक प्रति महानगरीय ट्राफिक प्रहरीलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
यातायात व्यवस्था विभागका महानिर्देशकको नेतृत्वमा महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन र यातायात मजदुर ट्रेड युनियनका प्रतिनिधिले यसको सहज कार्यान्वयनमा सहकार्य गर्ने निर्णय भएको विभागले जनाएको छ। यसका लागि विभागले आवश्यक अनुगमन योजनासमेत बनाउने र सबै पक्षले संयुक्त रुपमा अनुगमन गर्ने तयारी छ ।
सरकारले यातायात व्यवसायीलाई यात्रुको चाप हेरेर एक हजार गाडी थप्न आग्रह गरेको प्रधानमन्त्री कार्यलयका सचिव शान्तराज सुवेदीले बताए।
कात्तिक एकदेखि भाडा बढ्ने
बैठकले लामो दुरीका गाडीको भाडा कात्तिकबाट बढाउने निर्णय गरेको छ। असोजदेखि नै करिब सात प्रतिशत बढाउने चर्चा चले पनि चाडपर्वको बेला यात्रुको आवतजावत धेरै हुने भन्दै पर सारिएको हो।
सरकार र उपभोक्ता अधिकारकर्मीको अनुरोधपछि कात्तिकबाट मात्र भाडा बढाउने निर्णय गरिएको विभाग महानिर्देशक दाहालले बताए। ‘हामीले असोजदेखि बढाउने भनेको गाडी भाडा कात्तिकदेखि मात्र बढाउने सहमति गरेका छौं,' उनले भने।
एक साताअघि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडादर पुनरावलोकन गर्न सैद्धान्तिक सहमति दिएको थियो। विभागले पाँच वर्षअघि सुरु गरिएको वैज्ञानिक भाडा निर्धारण संयन्त्रका आधारमा बढाउने तयारी गरेको थियो। सरोकारवालाले यसमा मिश्रित प्रतिक्रिया दिएपछि विभागले भाडादर परिमार्जन गर्न सकेको थिएन। यातायात व्यवसायीले भने १५ प्रतिशतसम्म भाडा बढाउन माग गरेका थिए।