काठमाडौं— टाटा मोटर्स नेपालमै गाडी उत्पादन प्लान्ट स्थापना गर्ने योजनाबाट पछि हटेको छ। कम्पनीले उपयुक्त वातावरण नभएको ठहर गर्दै यस्तो निर्णय लिएको हो। नेपालमा प्लान्ट स्थापना गर्न आवश्यक जग्गा, बिजुली र सरकारी सहयोगको अभाव भएको कम्पनीको निष्कर्ष निकाल्दै टाटाले नेपालमा प्लान्ट स्थापना गर्ने योजना त्यागेको हो।
सुरुमा विदेशबाट गाडीका पार्टपुर्जा आयात गरी नेपालमै एसेम्बल गर्ने र विस्तारै गाडी निर्माण कारखाना खोल्ने योजना बनाएको टाटा मोटर्सले त्यो लगानी इन्डोनेसिया स्थानान्तरण गरेको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटासँगकै सहकार्यमा तीन वर्ष अघि सरकारलाई इच्छापत्र बुझाएको थियो। सिप्रदीले एक्लै गाडी उत्पादन गर्न नसक्ने भएकाले टाटा मोटर्सले नेपालमा एसेम्बल गर्न सुझाव दिएको सिप्रदीका प्रमुख कार्यकारी अधिकृत शम्भु दाहालले बताए। 'गाडी उत्पादन गर्ने भन्नासाथ कार उत्पादन गर्ने भन्ने सोच बन्यो। कारमा अन्तः शुल्क र अन्य कर लाग्ने भएकाले पनि उचित वातावरण बन्न सकेन,' उनले भने।
सुरुमा सिप्रदीले टाटाको 'एस' नामको मिनी ट्रक उत्पादन गर्ने सोच बनाएको उनले बताए। नेपालसहित भारत, श्रीलंका र बंगलादेशमा पनि एस गाडी निकै बिकेकोले नेपाल प्लान्ट सोही गाडीबाट सुरु गर्ने योजना बनाएको उनले सुनाए ।
नेपालमा प्लान्ट स्थापना गर्ने योजना बनेपछि आफूहरु भारतको हिमाञ्चल प्रदेशमा रहेको टाटाको औद्योगिक क्षेत्रमा अध्ययन र अवलोकनका लागि पुगेको दाहालले बताए। 'हामीलाई प्लान्ट सञ्चालनका लागि सय बिघा जमिन चाहिने देखिएको थियो तर ६० बिघामै भएपनि प्लान्ट सुरु गर्न सक्छौं भन्ने लागेर खोज्न थाल्यौं,' उनले भने । मोटर प्लान्ट सुरु गर्दा मुख्य एसेम्बल गर्ने उद्योगका अलावा टायर, स्पेयर पार्टस, लगायतका एसेसरिज उत्पादन गर्ने उद्योग पनि स्थापना गर्नुपर्ने भएकाले पर्याप्त जग्गा आवश्यक परेको उनले बताए।
सिप्रदीले तयार गरेका प्रोजेक्ट रिपोर्टमा नेपालमा उत्पादन गरिएका गाडी सबै नेपालमै बिक्री हुन नसक्ने भएकाले अन्य मुलुकमा निर्यात गर्ने योजना बनाइएको दाहालले सुनाए। सुरुमा आफूहरु अत्यन्त उत्साहित भए पनि जग्गा लिने क्रममै समस्या भएपछि निराश बनेको उनको भनाइ छ। 'हामीलाई जग्गा पाउनै गाह्रो भयो। हरेक जग्गाको सम्बन्ध राजनीतिसँग जोडिएको र पर्ति जग्गा बीचबीचमा रहेकाले लिन सकिएन,' उनले सुनाए । अन्य मुलुकमा यस्ता उद्योग स्थापना गर्न सरकारले सहयोग गर्ने चलन भए पनि नेपालमा केही सहयोग नपाएको उनले गुनासो गरे। 'अन्य देशमा जो कोहीले उद्योग खोल्न चाहे पनि सरकारले सहयोग गर्छ। हामी कहाँ फटाइँ गर्न लागेको ठान्ने प्रवृत्ति छ,' उनले भने ।
नेपालमा ऊर्जा संकट रहे पनि यहाँको असीमित सम्भावनाप्रति विदेशी लगानीकर्ता आशावादी रहेको सिप्रदीको अनुभव छ । नेपालमै मोटर प्लान्ट उत्पादन गर्ने योजना बनाएपछि सिप्रदीले यो वर्षसम्ममा प्रशिक्षण केन्द्र पनि सञ्चालन गर्ने उद्देश्य लिएको थियो। आवश्यक दक्ष जनशक्ति नेपालमै उत्पादन गर्ने उद्देश्यले सन् २०१४ भित्र प्रशिक्षण विद्यालय स्थापना गर्ने योजना उसको थियो ।
नेपालकै सबैभन्दा ठूलो उद्योगको रुपमा गाडी उत्पादन प्लान्ट स्थापना गर्न खोजेका लगानीकर्ता स्थानीय समस्याका कारण रोकिएको दाहालले बताए। 'कसैले लगानी वा व्यवसाय सञ्चालन गर्दा स्थानीय मानिस त्रसित हुनु भएन,' उनले भने । उनको भनाइमा व्यवसाय भएकाले लगानीकर्ताले फाइदाको हिसाबले सोच्नु सामान्य हो। उनले नेपालको मानवस्रोत उत्तम भएपनि वातावरण उपयुक्त नभएको बताए।
टाटा मोटर्सले बंगलादेश, युक्रेन, केन्या, रसियालगायत देसमा पनि स्थानीय वितरक र लगानीकर्तासँग मिलेर गाडी उत्पादन गरिरहेको छ। बंगलादेशमा स्थापना गरिएको कम्पनीमा टाटा मोटर्सको ४० प्रतिशत र बाँकी बंगलादेशी व्यवसायीको लगानी छ। नेपालमा टाटाको मोटर प्लान्ट स्थापना भएपछि ५० हजारले रोजगारी पाउने अपेक्षा गरिएको थियो।