गौशाला–चाबहिलमा फ्लाई ओभर
१४ भदौ २०७१
•
११ मिनेट पाठ
गौशाला–चाबहिलमा फ्लाई ओभर
काठमाडौं- चीन सरकारको सहयोगमा विस्तार भइरहेको ८ लेन चौडा चक्रपथ सडकको गौशालादेखि चाबहिल खण्डमा फ्लाई ओभर (सवारी चल्ने सडक) बन्ने भएको छ। आगामी आठ वर्षभित्र चक्रपथको पूरा लम्बाइ २७ दसमलव ३९४ किलोमिटर सडक विस्तार गरी ८ लेन बनाइसक्ने गरी अघि बढाइएको परियोजना अन्तर्गत गौशालादेखि चाबहिलसम्म करिब २ किलोमिटर लामो फ्लाई ओभर निर्माण हुने भएको छ। फ्लाई ओभर चार लेनको हुनेछ।




चीनको प्राविधिक र आर्थिक सहयोगमा तीन फेजमा निर्माण सम्पन्न भइसक्ने चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत फ्लाइ ओभर निर्माणको काम तेस्रो फेजमा हुनेछ। पहिलो फेज अन्तर्गतको कलंकी–कोटेश्वर खण्ड विस्तार डेढ वर्षअघि सुरु भइसकेको छ। दोस्रो फेजमा कलंकीदेखि गोंगबुसम्मको सडक निर्माण गरिनेछ। 
गौशाला र चाबहिलसम्मको सडक खण्ड भने त्यसपछि मात्र निर्माण गरिनेछ। योजनाअनुसार कोटेश्वरदेखि गोंगबुसम्मको सडक खण्ड पहिलो चरणमा विस्तार गरिने भनिएको थियो। तर, यस खण्डमा सडक विस्तार गर्ने पर्याप्त ठाउँनभएकाले यो योजना पछि सारिएको हो।
चक्रपथ विस्तार परियोजनाका प्रमुख अशोक तिवारीका अनुसार फ्लाई ओभर निर्माण गर्ने विषयमा चीन सरकार तयार भइसकेको छ। उनले गौशाला–चाबहिल क्षेत्रमा अत्यधिक घर रहेको र उक्त घर भत्काएर विस्तार गर्न पर्याप्त ठाउँ अभाव हुने भएपछि फ्लाई ओभर बनाउन लागिएको बताए।
परियोजनाले फ्लाई ओभर निर्माणभन्दा पहिला गौशालादेखि चाबहिल क्षेत्रसम्म सुरुङ मार्ग बनाउने योजना अगाडि सारेको थियो। तर पशुपति क्षेत्र भएकाले सुरुङ मार्ग बनाउने क्रममा कुनै पुरातात्विक वस्तु फेला परे सम्पूर्ण निर्माण कार्य रोक्नुपर्ने अवस्था आउने भएकाले फ्लाई ओभर बनाउने निर्णय भएको हो।
'घर भत्काएर ८ लेनको चक्रपथ विस्तार गर्न लगभग असम्भव जस्तै देखिएकाले विकल्पका रुपमा फ्लाई ओभर र सुरुङमार्ग निर्माण गर्ने सोचिएको थियो,' उनले भने, 'तर सुरुङ मार्ग बनाउँदा पशुपति क्षेत्रमा छोइने र केही पुरातात्विक बस्तु फेला पर्ने सम्भावनासमेत रहेकाले सुरुङमार्ग बनाउने योजना रोकिएको हो।' 
गौशाला चोकदेखि चाबहिल चोकसम्मको दुरी १ दसमलव ३९ किलोमिटर भए पनि फ्लाई ओभर भने त्योभन्दा केही लामो करिब २ किलोमिटरको हुनेछ। चार लेन फराकिलो उक्त फ्लाई ओभरबाट चक्रपथ परिक्रमा गर्ने सवारी तथा बौद्धतर्फका सवारीसमेत चाबहिल चोकबाट आउजाउ गर्न मिल्ने बनाइनेछ।
परियोजनाका अनुसार चिनियाँ कम्पनी 'हेनान प्रोभिन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनी लिमिटेड'ले पूरा चक्रपथ निर्माणको सर्भे गरिसकेको छ। तर फ्लाई ओभरका लागि विस्तृत अध्ययन भने गर्न बाँकी नै छ। विस्तृत अध्ययनपछि फ्लाई ओभरको नक्सा, डिजाइन तथा लागतको टुंगो लाग्ने परियोजना प्रमुख तिवारीले जनाए। उनका अनुसार कलंकी–कोटेश्वर खण्ड निर्माणकै क्रममा अन्य खण्ड निर्माण पनि अगाडि बढ्नेछ। हाल काम भइरहेको खण्डबाहेक अन्य खण्डको प्रारम्भिक सर्भे भइसकेको छ। 
हाल चार लेन रहेको चक्रपथ सडक विस्तार पछि बढेर ८ लेनको हुनेछ। जसमा सडकको मध्यभागमा चार लेनको तीव्र रफ्तारको मूल सडक निर्माण गरिनेछ। मूल सडक प्रत्येक लेनको चौडाइ ३.५ मिटरको हुनेछ। दुईतर्फी गाडी गुड्न मिल्ने गरी बनाइने सडकको बीचभागमा १.५ मिटर चौडाइमा डिभाइडर राखिनेछ। मुख्य सडकको दायाँबायाँ दुईदुई लेनको सडक निर्माण गरिनेछ। ती सडकको लेनको चौडाइ ३.५ मिटर हुनेछ। यस्तै सडकका दुवैतर्फ २.५ मिटरको फुटपाथ रहनेछ। 
परियोजनाका अनुसार हाल विस्तार भइरहेको कलंकी–सातदोबाटो–कोटेश्वर खण्ड पौने ४ अर्ब रुपैयाँमा निर्माण हुने बताइएको छ। बाँकी खण्डको लागत र सकिने समयबारे चिनियाँ टोलीको सर्वेक्षण प्रतिवेदन आएपछि मात्र टुंगो लाग्ने परियोजनाले जनाएको छ। तिवारीका अनुसार चीन सरकारले सम्पूर्ण संरचना चिनियाँ प्राविधिक र उनीहरूकै डिजाइनअनुसार बन्नेछ। 
'अहिल्यै बाँकी क्षेत्रको लागत अनुमान गर्न गाह्रो छ,' उनले भने, 'सबै सडक एकै स्ट्यान्डर्डको बनाइने भएकाले हाल विस्तार सुरु भएको क्षेत्रका आधारमा बाँकी क्षेत्रको लागत झन्डै दोब्बर पर्ने देखिन्छ।' टोलीको अन्तिम प्रतिवेदनपछि मात्र कोटेश्वर–चाबहिल–बालाजु–कलंकी खण्डमा फ्लाई ओभरबाहेक कहाँकहाँ, कस्ता संरचना निर्माण गर्ने भन्ने टुंगो लाग्नेछ। 
अहिले बनाइरहेको क्षेत्रमा भने एकान्तकुना, सातदोबाटो र ग्वार्कोमा बाटो काट्न आकाशेपुल निर्माण गर्ने, कलंकीमा भूमिगत सडक निर्माण गर्ने तय भइसकेको छ। उक्त खण्ड ४० महिनामा सक्ने गरी डेढ वर्षअघि नै निर्माण सुरु भएको छ। सडक निर्माणको जिम्मा चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले पाएको छ।
नेपालले बनाउने भनेको फ्लाई ओभर नबन्ने
चीन सरकारले चाबहिल गौशालामा फ्लाई ओभर बनाउने भए पनि नेपाल सरकारले काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानमा निर्माण गर्ने भनेका फ्लाई ओभर नबन्ने भएका छन्। उपत्यकामा बढ्दो सवारी साधन र ट्राफिक जामले हैरानी भएपछि सडक विभागले पाँच वर्षअघिदेखि उपत्यकाका विभिन्न व्यस्त सडकमा फ्लाई ओभर निर्माणका लागि आवश्यक कार्य अगाडि बढाएको थियो। तर तीन वर्षदेखि उपत्यकामा सडक विस्तारका काम तीव्र रुपमा अगाडि बढेपछि फ्लाई ओभर निर्माण रोकिएको हो।
भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले फ्लाई ओभर बनाउने भनिएका सडक अहिले विस्तार भएर आठ लेनका भइसकेकाले तत्कालका लागि सबैतिरको फ्लाई ओभर निर्माण रोकिएको बताए। उपत्यकाका साँघुरा सडक विस्तार भएर फराकिला भइसकेकाले विगतमा बनाइने भनिएका स्थानका फ्लाई ओभर निर्माण रोकिएको उनले जनाए।
पाँच वर्षअघि मन्त्रालयले फ्लाई ओभर निर्माणका लागि उपत्यकाका ८ वटा स्थानको सम्भाव्यता अध्ययन गरेको थियो। तीमध्ये तीनकुने–माइतीघर, माइतीघर–सोल्टीमोड, बालाजु, सातदोबाटो र कलंकीमा फ्लाई ओभर निर्माणको प्रारम्भिक कामसमेत अगाडि बढेको थियो। यीमध्ये तीनकुने–माइतीघर र माइतीघर–सोल्टीमोडको प्रारम्भिक डिजाइन तयार भइसकेको थियो।
सडक विभागको पुल आयोजनाका अनुसार विभागले सन् २०१६ भित्र सञ्चालनमा ल्याउने योजनासाथ तीनकुनेदेखि माइतीघर र माइतीघरदेखि सोल्टीमोडसम्मको डिजाइन तयार पारेको थियो। करिब ६० करोड अनुमानित लागतमा योजना बनाएको विभागले टेन्डर आह्वानको तयारी गरिसकेको थियो। उक्त स्थानमा फ्लाई ओभर निर्माणको सम्भाव्यता र प्राविधिक अध्ययनको जिम्मा विभागले अभियान कन्सल्टेन्सीलाई दिएको थियो। 
कन्सल्टेन्सीले माटो परीक्षण लगायत काम सकेर प्रारम्भिक फाइल विभागमा बुझाएको थियो। विभागमा बुझाएको उक्त फाइल अनुसार तीनकुने–माइतीघरमा १७ मिटर चौडाइसाथ चार लेनको फ्लाई ओभर बनाउने तयारी भएको थियो। त्यसैगरी थापाथलीदेखि सोल्टीमोडसम्म तीन लेनको फ्लाई ओभर बनाउनेबारे अध्ययन भइरहेको थियो।
उपत्यकामा सबैभन्दा धेरै सवारीको भीडभाड हुने क्षेत्र बानेश्वर भएकाले उक्त क्षेत्रमा लक्ष्य गरी पहिला नमुनाका रुपमा फ्लाई ओभर निर्माणको तयारी तीव्र बनाइएको थियो। तर अहिले उक्त क्षेत्रमा निकै फराकिलो सडक बनिसकेकाले फ्लाई ओभर निर्माणको योजना रोकिएको छ। तर बानेश्वर क्षेत्रमा सवारी आउजाउमा समस्या नहोस् भनेर पुरानो बानेश्वर–शंखमुल सडकलाई भूमिगत बनाउने वा त्यति क्षेत्रमा फ्लाई ओभर बनाउने भन्ने छलफल भने अगाडि बढेको सिटौलाले जानकारी दिए।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस