आवरण कथा : बाढीपहिरोमा दोब्बर
१३ भदौ २०७१
•
२६ मिनेट पाठ
आवरण कथा : बाढीपहिरोमा दोब्बर
काठमाडौं- तीन दशकयताको अनुपातमा बाढीपहिरोले यो वर्ष दोब्बर मानवीय क्षति पुर्याोएको छ। ३० वर्षको तथ्यांक जोड्दा बर्सेनि नेपालमा बाढीपहिरोका कारण ३ सयजतिले मृत्युवरण गरेका छन्। यो तथ्यांक यस वर्ष ६ सय हाराहारी पुग्ने देखिन्छ।

नुवाकोट, बेलकोटमा बिहीबार रातिको पहिरोमा मृत्यु भएका एकै परिवारका तीन सदस्यको आलो तथ्यांक जोड्दा वैशाखयता बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २ सय ५३ पुगेको छ। यही अवधिमा बेपत्ताको संख्या २ सय ५१ छ। सिन्धुपाल्चोकको कान्ले पहिरोमा पुरिएका १ सय ३३ लाई बेपत्ताको सूचीमै राखे पनि सरकारले मृत्युगणना गरी परिवारलाई राहत बाँडिसकेको छ। बेपत्ता सबैको मृत्यु भइसकेको आधारमा यो वर्ष साढे चार महिना अवधिमा मानवीय क्षतिको अंकले ५ सय नाघेकोे छ। मनसुन फर्किएको छैन, बाढीपहिरोमा बेपत्ता भएका सबैको तथ्यांक आउन बाँकी नै छ। अर्थात् तथ्यांकले अझै उकालो चढ्ने देखिन्छ।
विभिन्न अध्ययनले हरेक पल प्रत्येक नेपाली एकैपटक बाढी, पहिरो, भूकम्प, हिमपहिरो, हिमताल विस्फोट, चट्याङ, चिसो हावा (सीतलहर), महामारीलगायत प्रकोपको सामना एकैचोटि गरिरहेका हुन्छन्। प्रकोप जोखिमका हिसाबले विश्वमा नेपाल २० आंै स्थानमा छ। बाढीपहिरोको जोखिमले ३० औं र भूकम्पीय जोखिमले ११ औं स्थान ओगट्छ। नेपालका २२ वटा हिमनदी विस्फोटन खतरामा रहेको संयुक्त राष्ट्रसंघीय प्रतिवेदनले नै औंल्याइसकेको छ। भौगर्भिक बनोट, मन्द गतिमा उचालिइरहेको हिमालय पर्वतमाला, भिरालोपन, कमजोर र कलिला पहाड अनि छोटो समयमा हुने अत्यधिक मनसुनी वर्षाका कारण प्राकृतिक प्रकोपको उच्च जोखिमा रहेको औंल्याउँछन् विज्ञहरू। 
कहाँ–कहाँ, कस्तो प्रकोपको जोखिम छ त नेपालमा? कहिले आउन सक्छन्, प्रकोपका विपत्ति? यसको भेउ भने स्वयं प्रकोपविदलाई नै छैन। विस्तृत अध्ययन नहुँदा र भएका अध्ययनलाई पनि जनमानसमा भयातंक सिर्जना हुने शंकालु नजरले हेर्दै विज्ञहरु तैँ चुप, मै चुप रहन्छन्। विज्ञ र अनुसन्धातका काम सार्वजनिक बहसमा ल्याइँदैनन्, ल्यापटपमै कैद राख्ने मनोविज्ञान छ। खतरनाक स्थान देखाइदिनुभन्दा थप अध्ययन आवश्यक रहेको औंल्याएर प्रतिवेदन थन्क्याउने प्रवृत्ति छ। 
प्राकृतिक प्रकोपमा काम गर्ने सरकारका दुई मुख्य जिम्मेवार निकाय हुन्, जलउत्पन्न प्रकोप नियन्त्रण विभाग र खानी विभाग। विडम्बना! यी दुवै निकायसँग मुलुकका कुन क्षेत्रमा कस्तो प्रकोपको खतरा छ भन्ने यथेष्ट जानकारीसम्म छैन। जलउत्पन्न विभाग तराईका बाढीमा केन्द्रित देखिन्छ भने खानी विभाग मुलुकका केही सहरको प्रकोप नक्सा बनाएर जिम्मेवारी पूरा भ्रममा छ। 
अघिल्लो साता राजधानीमा आयोजित एक प्राकृतिक प्रकोप जोखिमसम्बन्धी छलफलमा पहिरोमा विद्यावारिधि गरेका भूगर्भशास्त्री रञ्जन दाहाल आफ्नो ल्यापटपमा मुलुकका विभिन्न गाउँ, बस्ती खतरामा रहेको औंल्याउँदै थिए। 'महाभारत पहाडका धेरैजसो गाउँ, बस्तीहरू पुरानो पहिरोमाथि छन्,' दाहालले भने, 'त्यस्ता गाउँमा मोटरबाटो, सिँचाइ कुलो, पानी जम्ने खेतीपातीलगायत मानवीय क्रियाकलापले जमिनभित्र पानी छिर्न थाल्छ, त्यही पानीले पहिरोको खतरा निम्त्याउँछ।' पुराना पहिरोमा रहेका बस्तीको विवरण दिँदै दाहालले कास्कीको पुम्दीभुम्दी खतरामा रहेको औंल्याउँदै थिए। त्यसको केही दिनमै पुम्दीभुम्दी प्रकोपको चपेटामा पर्योु। गाउँको पुछारमा, खोल्साको आडमा रहेको रेस्टुरेन्टमाथि पाखाबाट आएको भल–बाढीको प्रकोपले तीन जनाको घटनास्थलमै मृत्यु भयो, एक जना पहिरोमै बिलाए। गाउँको सिरानमा रहेको विश्व शान्ति स्तुपलाई कसरी जोगाउने चुनौती थपिदियो पुम्दीभुम्दी पहिरोले। 
नेपाली भूबनोटका आधारमा हिमाली क्षेत्र हिमपहिरो, चट्टाने पहिरो र हिमताल विस्फोटको खतरामा छन्। उच्च हिमाल र चुरे पर्वतमालाबीचको महाभारत पहाड जहाँ नेपालको सबैभन्दा धेरै जनसंख्याको बसोबास छ, त्यो बाढी र पहिरो दुवै खतराले भरिएको क्षेत्र मानिन्छ। महाभारत पहाडको काखमा रहेका अधिकांश गाउँबस्ती हजारौं, लाखौं वर्ष पुराना पहिरोमाथि बसेको बताउँछन् भूगर्भशास्त्रीहरू। कतिपय पुराना पहिरोमा मानवीय र प्राकृतिक कारणले पहिरो निम्तिने खतरा औंल्याउँछन् उनीहरू। पहिरोले बनेका ठाउँमा स–साना चट्टान र माटो प्रशस्त हुन्छन्। त्यस्ता ठाउँमा वर्षाको पानी भित्रभित्रै पस्छ। राम्रोसँग नजमेका, स्थायित्व नभएका त्यस्ता क्षेत्र प्रकोप दृष्टिले खतरनाक हुने भूगर्भशास्त्रीहरू औल्याउँछन्। महाभारत पहाडबाट बग्ने ठूला नदीले कतिपय पुराना पहिरो र भिरालो जमिनको पुछार भाग नियमित कटान गरिरहेका हुन्छन्। नदी किनाराबाटै पहाडमा मोटरबाटो बनाउँदा जमिनको स्थायित्वमा दक्खल पार्ने र त्यसले पहिरो निम्त्याउन सक्ने औंल्याउँछन्, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एव प्रकोप पूर्वतयारी सञ्जाल, नेपालका अध्यक्ष विशालनाथ उप्रेती। 
'पहाडका कतिपय बस्ती पुरानो पहिरोमाथि छन्,' उप्रेती भन्छन्, 'जथाभाबी विकास निर्माण र मानवीय गतिविधि पहिरोनिम्ति थप उत्प्रेरक बन्छन्।' 
कान्छो पहाड चुरे पर्वतमाला हिमालय शृंखला निर्माणका आधारमा अझ खतरनाक मानिन्छ, पहिरो र भूस्खलका हिसाबले। त्यहाँको पत्रे चट्टान र ढुंगामाटो राम्रोसँग जमेको हुँदैन। तराईको मैदानी भाग, पहाडबाट बगेर आउने नदी र खोलाले आफूसँगै ल्याउने ढुंगा, माटो र गेग्र्यान थुपार्ने र खोलाहरू फैलने क्षेत्र हो यो। पहिरोको खतरा नभए पनि तराईमा नदी, खोलाहरूले किनार कटान गरेर गाउँबस्तीमा पानी पस्ने र डुबान निम्त्याउने खतरा अत्यधिक हुन्छ।
कहाँ कहाँ जोखिम? 
नागरिकले भूगर्भशास्त्रीहरू विशालनाथ उप्रेती, आमोदमणि दीक्षित, मेघराज धिताल, रञ्जन दाहाल र प्राविधिक टुकलाल अधिकारीसँग गरेको कुराकानीको निचोड छ– महाभारत पहाडका भिरालो जमिनमा रहेका बस्ती नै पहिरोका दृष्टिले सबैभन्दा जोखिममा छन्। 
यस्ता जमिनमा अहिल्यै कतिपय ठाउँमा धाँजा फाटेका, रुख, बिजुलीका पोल ढल्किएका देखिन्छन्। पानीका मुहान सुक्ने वा नयाँ ठाउँबाट पानी निस्कने घटना पनि पहिरोको उच्च जोखिमका छनक हुन्। ठूला नदी–खोलाले पहाडको तल्लो भाग कटान गरिरहेको अवस्था छ भने त्यस्ता पहाडी ढिस्का खस्ने खतरा उनीहरू औंल्याउँछन्। 'पहाडको टुप्पोमा चट्टान हुन्छ, त्यसैले पहिरोको खतरा हुँदैन। 'पहाडको मध्यक्षेत्रमा बसेका गाउँलेले भने आफ्नो गाउँको अवस्थाबारे सधैं चनाखो रहनुपर्छ,' उप्रेतीले भने, 'हामी खतरनाक भूक्षेत्रमा बसोबास गरिरहेका छौं भन्ने जानकारी सबैमा हुनु आवश्यक छ।' 
कसरी थाहा पाउने पहिरोको खतरा? धिताल भन्छन्, 'पहाडको कुनै भूभाग भुँडीझैं उचालिएको देखियो भने त्यो खतराको संकेत हो।' सिरानमा माटो खसेका धर्साहरू छन्, जमिन धाँजा फाटेको छ र तल नदीले कटान गरिरहेको छ भने त्यस्तो भूभाग ठूलो पानी पर्नासाथ बग्न थाल्छ। 'हामी पहिरै पहिराको खतरामा छौं, भौतिक निर्माण, जमिनको उपयोगलगायत मानवीय क्रियाकलापले अझ त्यो खतरालाई अझ बढाइरहेका छौं,' दाहालले भने, 'हामी हाम्रो भूअवस्थितिलाई ध्यानमा नराखी बसोबास र निर्माण गरिरहेका छौं।' 
तराईमा खोलाको बगरमा बस्ने, खोला आफंैले ल्याएर थुपारेको ढुंगा, माटोले बनाएका मैदान, खोला बगेको पुरानो बाटो, पहाडको काखको बसोबास खतरनाक हुने उनीहरू औंल्याउँछन् । 
दाहालका अनुसार सुनकोसी उपत्यकाको बा्रहबिसे पूर्वोत्तर तातोपानीसम्म जोखिमयुक्त क्षेत्र हो। दाहालका अनुसार ताप्लेजुङको हाङदेवा, इलामको कन्याम, धनकुटको पाखि्रबास, रामेछापको बाम्ती, काठमाडौं–हेटौंडा सडकको सिस्नेरी खण्ड, पृथ्वी राजमार्गको मलेखु–मुग्लिङका विभिन्न क्षेत्र, कास्कीको पुम्दीभुम्दी, गुल्मीको तम्घास, सल्यानको कपुरकोट, बाजुराको कोल्टी पुरानो पहिरोमा बसेका र अहिले सक्रिय भइरहेका पहिरो जोखिमका क्षेत्र हुन्। धितालको अनुसन्धानले भन्छ– कास्कीको सिकलेस पहिरोले बर्सेनि खाइरहेको गाउँ हो। इलामको साङरुम्बा, ताप्लेजुङको हाङदेवा, गोरखको वारपाक र जाजरकोटका विभिन्न क्षेत्र पहिरोजन्य मान्छन् धिताल। उनले भने, 'हामीले अहिलेसम्म गरेका अध्ययन पर्याप्त नहुन सक्छ पहिरोबारे विस्तृत अध्ययन आवश्यक छ।' 
महाभारतका भिराला बस्तीभन्दा पहाडको टुप्पाका बस्ती सुरक्षित रहेको विज्ञहरू बताउँछन्। तराईका फाँटका कतिपय सहरहरू बाढी, पहाडबाट आउने भल–बाढी र पहिरोको खतरामा रहेको भूगर्भविदहरू औंल्याउँछन्। उनीहरूका अनुसार पहाडमुनि बसेका धरान, बुटवल खतरामा बसिरहेका सहर हुन्। धिताल भन्छन्, 
'गाईघाट, कटारी, उदयपुरको राईगाउँ, हेटौंडाको उत्तरी भाग, चितवनको जुगेडी, तुल्सीपुर, जोगबुडा खोला वा खोलाकिनारकै बस्ती हुन्। 'तुल्सीपुरको बसपार्क र त्यसको आसपासको क्षेत्र पातु खोलाको बगरमा छ,' दाहाल भन्छन्, 'हामी आफंै खतरा खोज्दै बसेका छौं।' 
काठमाडौं भूकम्पकीय जोखिममा विश्वमै एक नम्बरमा पर्छ। यसको भूबनोट माटोयुक्त भएकाले भूकम्पका तरंगले बढी क्षति गर्ने खतरा औंल्याउँछन् दीक्षित। 'नेपालको जुनसुकै क्षेत्रमा ९० सालका जस्ता ठूला भूकम्प गए पनि सबैभन्दा धेरै क्षति हुने काठमाडौं उपत्यका नै हो।' कमेरे माटो र चुनढुंगाको भूसतह भएको पोखराका कतिपय क्षेत्र भित्रभित्रै सेती नदीले खोलिरहेकाले भासिने खतरामा रहेको औल्याउँछन् विज्ञ। 
पानी र पहिरो 
प्रकोपविद मेघराज धिताल पानी र पहिरोको सोझो सम्बन्ध रहेको औंल्याउँछन्। 'छोटो समयमा धेरै पानी पर्योम भने त्यसले पहाडमा पहिरो निम्त्याउने खतरा हुन्छ,' उनले भने, '२४ घन्टाभित्र १ सय मिलिमिटरभन्दा बढी पानी पर्योे भने त्यसले पहिरोको खतरा निम्त्याउँछ।' दाहाल थोरै समयमा धेरै पानी बर्सियो भने त्यसले बाढीपहिरोको खतरा निम्त्याउने बताउँछन्। उनी २४ घन्टाबीच १ सय ४० मिलिमिटर वर्षा खतराको संकेत हो। मुसलधारे वर्षा जसलाई प्राविधिकहरू 'क्याउडब्रस्ट' भन्छन्, त्यो पनि खतरनाक मानिन्छ। वर्षाको पानी खुकुलो माटो, धाँजा, चट्टानका दरारबाट भित्र पस्दा पानीको आफ्नै वजन र पानीको दबाब (पोर वाटर प्रेसर) का कारण पहिरो खस्ने उप्रेती बताउँछन्। 'ठुल्ठूला बाढीपहिरोका पछाडि अत्यधिक वर्षा मुख्य कारण देखिन्छ,' दाहालले भने, 'यसपालि सुर्खेत, बर्दिया, दाङ र बाँकेमा बाढीको ताण्डव मच्चिनुका पछाडि त्यस क्षेत्रमा एकै दिन परेको ४ सय मिलिमिटर वर्षा नै हो। उनका अनुसार काठमाडौंको उत्तरपूर्व सुनकोसी उपत्यकामा मनसुनका बेला दैनिकजसो वर्षा हुन्छ। दैनिक २०–३० मिलिमिटर वर्षा हुने सुनकोसी उपत्यकाको जुरेमा पहिरो जानुअघि दुई दिनमा करिब ८० मिलिमिटर वर्षा भएको थियो। दाहालले भने, 'दिनदिनै भएको वर्षामा २ दिन परेको पानीले पहिरो जान मद्दत गर्योर।' 
२०५० सालमा मध्यक्षेत्रमा भएको प्रकोपका पछाडि त्यसबेला एकैदिन ५ सय ४० मिलिमिटरभन्दा धेरै पानी परेको थियो। प्रकोपमा परेर करिब १ हजार ५ सय मानिसको ज्यान लिएको त्यसबेलाको बाढीपहिरो अहिल्ोसम्मकै ठूलो धनजन क्षति गर्ने जलउत्पन्न प्रकोप मानिन्छ। धिताल भन्छन्, 'त्यसबेला कुलेखानी, पालुङ क्षेत्रमा बाल्टीबाट पानी खन्याएजस्तो वर्षा भएको थियो।' सन् २००३ मा काठमाडौं मातातीर्थमा १६ जनाको ज्यान लिएको पहिरोका पछाडि पनि करिब ३ सय मिलिमिटर पानी नै हो। सन् २००३ मा पृथ्वी राजमार्ग आसपास एकैदिन परेको करिब ४ सय ४० मिलिमिटर पानीले राजमार्ग ठाउँठाउँमा बगेको थियो। 
खतरनाक हुन्छ, खोल्सी र भल–बाढी, भल–पहिरो 
कास्कीको पुम्दीभुम्दी गाउँको पुछार खोल्सीको आडमै थियो रेस्टुरेस्ट। फेवाको किरानामा रहेको रेस्टुरेन्ट माथि डाँडाबाट खसेको पहिरोले ल्याएको रुख, पात, ढुंगामाटो सबैको भल–बाढीमा पुरिएको हो। अत्यधिक पानी परेको बेला सतहको माटो पखाल्दै ओरालो झर्ने भलले आफ्नो बाटोमा भएका ढुंगा, माटो, रुख, सबै बगाउँदै झार्छ, त्यो भल–बाढी अर्थात् डेब्री बन्न जान्छ, जुन खतरनाक हुन्छ। भूगर्भशास्त्री आमोदमणि दीक्षित भन्छन्, 'खोल्सीका भल हेर्दा साना भए पनि धेरै पानी परेका बेला तीनै भयानक र विनाशक बन्छन्।' प्राध्यापक धिताल भल–पहिरो खतरनाक हुने बताउँछन्। उनले भने, 'खोल्सीहरू हेर्दा साना हुन्छन्, तर अत्यधिक वर्षा भएका बेला ती खतरनाक बन्न सक्छन्।' सुरुमा सतहको माटो पखाल्ने, त्यसपछि नजिकका ढुंगामाटो खोतल्ने, रुखपात बगाउँदै लगेर आफैंले आफ्नो बहाब मुख थुन्ने र खोल्ने अवस्थाले यस्तो भल खतरनाक हुने औंल्याउँछन् विज्ञहरू। धिताल भन्छन्, 'आफैंले ल्याएका सामग्री थुप्रिएर बाटो छेकिने र पानीको दबाबमा त्यस्तो बाटो फुटेपछि खोल्सीहरूले भल–बाढीको रुप लिन्छन्।' भल–बाढी सामान्य बाढीभन्दा शक्तिशाली हुने र यसले ठुल्ठूला ढुंगा, घरलगायत संरचना बगाउने उनीहरू बताउँछन्। 
जथाभावी बस्ती, ओझेलमा प्रकोप नक्सा 
नेपालका कतिपय स्थानमा खोलाको बगर र पुरानो बहाब बाटो र केही वर्षअघिको पहिरोजस्ता प्रकोपलाई बेवास्ता गर्दै बसोबास र भौतिक निर्माण हुने गरेका दर्जनौं उदाहरण पस्कछन्, भूगर्भशास्त्रीहरू। 'पालुङ फेदीगाउँमा २०५० को भल–बाढीमा ५६ जनाको मृत्यु भएको थियो। अहिले त्यहाँ नयाँ घर बनेका छन्,' धिताल भन्छन्, 'कसले भन्ने यहाँ बसोबास गर, यहाँ नगर भनेर?' 
फेदीगाउँ उदाहरण मात्र हो। पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म खोलाबगरमा बसेका गाउँ, बजार जुनसुकै बेला जोखिममा पर्ने औंल्याउँछन् विज्ञ। दाहालको शब्दमा हामी जानी–जानी प्रकोपको मुखमा बस्ती बसाल्दैछौं। २०४५ को भूकम्प र २०५० को बाढीपछि खानी विभागले मुलुकका विभिन्न सहरहरूको प्रकोप नक्सा तयार गर्योक। तर त्यसको कार्यान्वयन हुन सकेको छैन। काठमाडौैं, पोखरामा १५ वर्षअघि प्रकोप नक्सा तयार भएको भए पनि भौतिक निर्माणमा त्यस्ता नक्सालाई आधार नबनाइएको बताउँछन् विभागका वरिष्ठ भूगर्भविद लीलानाथ रिमाल। रिमालका अनुसार विभागले काठमाडौं, बुटवल, भैरहवा, धनगढी, महेन्द्रनगर, सुर्खेत, दाङ, विराटनगरलगायत सहरको प्रकोप नक्सा बनाएको छ। नारायणगढको नक्सा तयारी अन्तिम अवस्थामा छ। प्रकोप नक्सामा माटोको भारवहन क्षमताजस्ता कुराका आधारमा पनि प्रकोपको अवस्था औंल्याइएको हुन्छ। जमिन भन्दा १० मिटरमुनिको माटोको भारवहन क्षमता अध्ययनले २–३ तलाका आवास निर्माणमा सहयोगी बन्न सक्ने उनी बताउँछन्। मुलुकका विभिन्न क्षेत्रको प्रकोप नक्सा पहिलो आवश्यकता रहेको भूगर्भशास्त्रीहरू बताउँछन्।
विकास कि विनाश?
करिब १५ वर्षअघि सडक विभागको एउटा प्रोजेक्टअन्तर्गत कन्सल्टेन्सीमार्फत गोरखाको बारपाक क्षेत्रको भौगर्भिक अध्यनन गरेर वारपाकसम्म मोटरबाटो नबनाउन सुझाव दिएको स्मरण गर्दै उप्रेती भन्छन्, 'त्यहाँको अध्ययन गरेर हामीले बाटो नबनाउन, रोपवे वा केबलकार चलाउन भनेका थियौं।' उप्रेती र धितालले कन्सल्टेन्सीमार्फत गरेको अध्ययन रिपोर्ट सडक विभागको कुनै र्यावकमा धुलो जमेको हुनसक्छ। तर ४ वर्षदेखि गोरखाबाट वारपाकसम्म चल्ने कच्ची बाटोमा हिउँदमा गाडी गुड्न थालेका छन्। वारपाक गाउँडाँडामा सुरक्षित देखिए पनि डाँडामुनिको फराकिलो फाँट माटोको बाक्लो तहले बनेकाले त्यहाँ सडकलगायत संरचनाले पहिरो निम्त्याउने खतरा औंल्याउँछन् उप्रेती। उनले भने, 'जथाभाबी विकासले विनाश निम्याउँछ भन्ने हामीले पाठ सिक्न सकेका छैनौं। 
पञ्चायतकालमा विदेशी सहयोगमा सञ्चालित पहाडी सिँचाइ आयोजनाले कतिपय जिल्लामा सुषुप्त अवस्थामा रहेका पुराना पहिरालाई सक्रिय बनाएको उदाहरण दिन्छन्, भूगर्भशास्त्रीहरू। 'अहिले ग्रामीण विकास तथा कृषिसडक आयोजनाका नाममा जथाभाबी डाँडापाखा खन्न खोतल्न थालिएको छ,' उप्रेतीले भने, 'हामी जताततै पहिरोलाई निम्ता दिँदैछौं, अहिले मुलुकमा डोजर इन्जिनियरिङ चलेको छ।' सरकारी निकायबीच समन्वय अभाव उत्तिकै देखिन्छ। नक्सामा उच्च, मध्यम जोखिम र सामान्य जोखिम छुट्टिने रंगहरू पोतिएको हुन्छ। नक्सामा प्रकोप जोखिमको अवस्था आंैल्याइएको हुन्छ। उता भूमिसुधार मन्त्रालयअन्तर्गतको राष्ट्रिय भूउपयोग आयोजनाले पनि भूउपयोग सम्बन्धि रंगित नक्साहरू तयार गरिरहेको छ। ६ वर्षदेखि कहाँ खेती गर्ने र कहाँ बस्ती बसाल्ने भन्दै क्रियाशील आयोजना खानी विभागका प्रकोप नक्साबारे अनभिज्ञजस्तै छ। आयोजनाप्रमुख नारायण चौधरी भन्छन्, 'हामीलाई प्रकोप नक्साबारे जानकारी भएन।' उनले मुलुकमा विभिन्न क्षेत्रको भूउपयोग नक्सा बनिरहेको जानकारी दिए। 'हामीले कृषि क्षेत्र, आवास क्षेत्र, उद्योग क्षेत्र कहाँ–कहाँ राख्ने भनेर औंल्याउँछौं,' चौधरीले भने, 'यससम्बन्धी कानुन आएपछि कार्यान्वयन हुन्छ।' भूउपयोग नीति बनाउँदा विभिन्न विधाका विशेषज्ञबाट रायसल्लाह लिएको चौधरीको दाबी छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस