काठमाडौं-सरकारले ४० वर्षअघि पार्क बनाउन तीनकुने जग्गा अधिकरण गरे पनि कहिले बन्छ, टुंगो छैन। पटकपटक पार्कका नमुना कोरिने र योजना बने पनि मुआब्जा वितरण गर्न नसक्दा सरकारको योजना तुहिएको हो। २०३१ सालमा ३५ रोपनी अधिग्रहण गरेर ४ हजार रुपैयाँ प्रतिरोपनीका दरले मुआब्जा लिन सूचना जारी भए पनि स्थानीयहरुलाई मूल्य चित्त नबुझेर रोकियो। अहिले पनि अवस्था उस्तै छ। ‘पुरानो मूल्यअनुसार मुआब्जा लिँदैनौं,' जग्गाधनीहरुको माग यथावत छ।२०४० मा प्रतिरोनी ८० हजार रुपैयाँ मूल्यांकन भयो। महानगरपालिकाका अनुसार २०५२ सालमा भूमिसुधार मन्त्रालयले सडक र तीनकुने जग्गाको सीमांकन गर्योो। यसपछि ३० रोपनी १३ आना जग्गालाई ५७ कित्ता लगाइएको र सो जग्गाको मात्र मुआब्जा वितरण हुने तय भएको महानगरपालिका आर्थिक व्यवस्थापन विभाग प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए। तर यही मूल्यमा २०५३ सालमा सरकारले बोलायो तर फेरि जग्गाको भाउ बढेको भन्दै उनीहरु लिन गएनन्।
फेरि २०५९ सालमा त्यहाँको जग्गाको प्रतिआना ३ लाख २० हजार पुर्यानइयो। तर फेरि चालु बजार मूल्यभन्दा निकै कम मूल्य निर्धारण भयो। ‘यति हुँदाहुँदै पनि हामी पैसा लिन राजी भयौं,' ४ आना जग्गाको हकदार रहेका ऋषिराम पोखरेलले नागरिकसँग भने, ‘तर हामी महानगरपालिकामा लिन गयौं तर मुआब्जा वितरण नै भएन।'
उनका अनुसार २०६२ सालमा महानगरपालिकाले मुआब्जा लिन सूचना जारी गरेको थियो। तर बुझ्न जाँदा पैसा नआएको भन्दै आफूहरु रित्तोहात फर्केको उनले बताए। ‘२०६४ सालमा पाँच वर्ष पुरानो निर्धारित मूल्यमा पैसा लिन बोलाइयो तर हामीले अन्याय भएको भन्दै जग्गा फिर्ता माग्यौं,' उनले भने, ‘तर पनि विभिन्न जग्गाधनीले बाध्यताका कारण मुआब्जा लिए।' सोही वर्ष महानगरपालिकाको सात राजनीतिक दलको सर्वदलीय बैठकले पुनर्मूल्यांकनका लागि स्थानीय विकास मन्त्रालय पठाउने निर्णय भएको महानगरपालिका बताउँछ।
महानगरपालिकाका तत्कालीन प्रमुख तथा कार्यकारी अधिकृत आनन्दराज पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले २०६७ माघ २ गते पुनर्मूल्यांकन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। कार्यदलले ३५ रोपनीबाहेक तीनकुनेको तीन वटा सडकभित्र २३ रोपनी सडक विभागको नाममा लगतकट्टा भए पनि अरनिको राजमार्गपट्टिको ७ रोपनीबाहेक दुई वटा सडकको करिब १० रोपनी जग्गाको ३५ रोपनीकै अनुसार मूल्यांकन वितरण गर्न सुझाएको थियो। यो निष्कर्ष मन्त्रिपरिषदमा प्रस्तुत भएपछि फेरिएको अर्को मन्त्रिपरिषदले स्थानीय विकास मन्त्रालयमा फिर्ता पठाइदिएको थियो।
‘ती उच्च तहका व्यक्तिको कार्यदलले दिएको राय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन,' पूर्व जनप्रतिनिधि नवराज पराजुलीले नागरिकसँग भने, ‘वर्ष पुरानो मूल्यभन्दा अहिलेको बजारभाउ अनुसार नागरिकले मुआब्जा पाउनुपर्छ भन्ने कुरो हो। त्यसैले अहिलेसम्म त्यहाँ महानगरलाई कुनै पनि संरचना निर्माण गर्न खोज्यो कि विरोध गर्न हामी विवश छौं।'
आर्थिक व्यवस्थापन विभाग प्रमुख खड्काका अनुसार २०६४ मंसिरमा सरकारले मुआब्जा वितरणका लागि १५ करोड रुपैयाँ महानगरलाई दिएको थियो। ‘हामीले ०६४ माघदेखि कतिपयले पाँच वर्ष पुरानो मूल्यांनमा मुआब्जा बुझेका थिए,' उनले भने, ‘२०७० सालदेखि जिल्ला प्रशासन काठमाडौंमा धरौटी राख्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको थियो।'
उनका अनुसार ०६४ देखि ७० सालसम्म महानगरले २१ रोपनी दुई आना जग्गाको १० करोड ५१ लाख रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ। करिब आठ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको ४ करोड १९ लाख रुपैयाँ रकम प्रशासन कार्यालयमा धरौटी पठाइएको उनले जानकारी दिए। ‘हामीले ०६७ सालसम्म वितरण गरेका थियौं। तर उच्चस्तरीय कार्यदलले बुझाएको प्रतिवेदनको आसमा कतिपयले लिएनन्। कार्यदलले पेस गरेको प्रतिवेदनको टुंगो छैन,' खड्काले भने, ‘प्रधानमन्त्री कार्यालयले भनेपछि रकम प्रशासनमा छ।'
प्रशासन कार्यालयका लेखा अधिकृत शरदप्रसाद नेपालका अनुसार महानगरले प्रशासनमा पठाए पनि कोही पनि मुआब्जा लिन आएका छैनन्। ‘महानगरले यहाँ पठाएको सूचना जारी गरे पनि कोही लिन आएको छैन,' उनले भने, ‘रकम धरौटी खातामा जम्मा छ।' माग जायज भए पनि कतिपयले रकम बुझिसकेकाले राज्यले एकै जग्गामा फरकफरक मुआब्जा वितरण गर्न नसक्ने महानगरपालिका पूर्व प्रमुख तथा हाल पश्चिमाञ्चल क्षेत्रीय प्रशासक रहेका दिनेश थपलियाले बताए। ‘कतिपयले पुरानै मूल्यमा रकम बुझिसकेकाले अरुले पनि सरकारले निर्धारण गरेकै आधारमा लिनुपर्छ,' उनले भने, ‘सरकारले नागरिकलाई भेद गर्न सक्दैन। त्यसैले सरकारी निर्णय नै प्रमुख हुन्छ।'
सरकारले आफ्नो निर्णयअनुसार चल्न नसकेर जनताप्रति सद्भाव देखाएको उनले बताए। ‘तोकिएको मितिमा रकम लिन नआउनु जग्गाधनीको गल्ती थियो। महानगरले पैसा छैन भनेर कहिल्यै फिर्ता पठाएन,' उनले प्रष्ट पारे, ‘उहाँहरुले नदिएको आरोप लगाउनुभएको छ भने त्यो सरासर गलत हो।' त्यहाँ विकासनिर्माणको काम गर्नका लागि सरकारले थाल्नुपर्ने उनले बताए। ‘जग्गा सरकारको नाममा छ,' उनले भने, ‘सरकारले पार्क बनाउने योजना ल्याएको छ भने त्यो पूरा गर्नुपर्छ। मुआब्जा प्रशासन कार्यालयले दिइरहेको छ।'
महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठका अनुसार पछिल्लो पटक महानगरले पार्कको डिजाइनसमेत तयार पारेको छ। ‘सार्क सम्मेलनमा विमानस्थलनजिकै आकर्षणा लागि यस्तो डिजाइन तयार पारिएको हो,' उनले भने, ‘मुआब्जा वितरण जतिसक्दो छिटो सकिए राम्रो हुन्थ्यो।'
उनका अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले तीनकुनेमा पार्क बनाउने योजना अघि सारेको छ। महानगरले त्यहाँ हरियाली बनाउनका लागि रुख र गमला राख्ने तयारी पनि गरिरहेको उनले जानकारी दिए।
मंसिर १० र ११ मा हुन लागेको १८ औं सार्क सम्मेलनमा पार्क बनाउन सरकार लागिरहेको महानगरपालिका प्रवक्ता शान्ताराम पोखरेलले जानकारी दिए। ‘यसअघि विभिन्न समयमा ठूलो बुद्धमूर्ति बनाउने पनि कार्यक्रम आएकै हो, तर अहिले त्यस्तो छैन,' उनले भने, ‘अहिले सार्क सम्मेलनअघि नै पार्क बनाउने योजना छ।'
उनका अनुसार महानगरले केही समयअघि तार बार्न खोज्दा स्थानीयले अवरोध गरेका थिए। ‘अब फेरि तार बारेर सरकार र महानगरले पार्क बनाउने योजना ल्याउँछ,' उनले भने। यसअघिको सार्क सम्मेलनमा पनि नमुना पार्क बनाएर तीनकुने सजाइएको उनले बताए।