काठमाडौं-संसदीय समितिले बोटलको पानी कार्टेलिङ प्रकरणमा नाममात्रैको अनुगमन गरेर सरकार पन्छिन खोजेको निष्कर्ष निकालेको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रभावकारी अनुगमन गर्नुको साटो झारा टारेर आफूहरुको आँखामा छारो हाल्न खोजेको संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिअन्तर्गतको उपसमिति सभापतिले बताएका छन्।
‘हामीले निर्देशन दिएपछि काम गरेर देखायौं भन्नका लागि एउटा पानी स्टोरमा सिलबन्दी गरेर जनतामा भ्रम फैलाउन खोजेको छ,' उपसमिति सभापति सुभासचन्द्र ठकुरी शाहले भने, ‘जिल्ला प्रशासन कार्यालयको यस्तो चालाले दोषीलाई सीधै उन्मुक्ति दिन खोजेको देखिन्छ।'
संसदीय समितिले गत बिहीबार गृह मन्त्रालयका सचिवलाई बोलाएर पानीमा कार्टेलिङ गर्ने व्यवसायीलाई तत्काल फत्रे्कर कारबाही गर्न भनेको थियो। त्यसपछि गृहले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेर कारबाही गर्न निर्देशन दिएको हो।
‘गृह मन्त्रालयले दिएको निर्देशनलाई काठमाडौं जिल्ला प्रशासनले ठाडै उल्लंघन गरेको देखियो,' समितिका सदस्य रामवीर मानन्धरले भने, ‘प्रशासनको यस्तो रवैयाले दोषीलाई दण्डित गर्नुको सट्टा पानीमा एकाधिकार कायम गर्ने संस्था र व्यवसायीलाई छुट दिएको देखिन्छ।' निर्देशन दिएको चार दिन बित्तिसक्दासमेत एकजना पनि दोषीलाई पक्रन नसकेको समितिले बताएको छ।
निर्देशन दिएको चार दिनपछि संसदीय समिति आफैं अनुगमनमा निस्किएको थियो। पानीमा कार्टेल नरोकिएको गुनासो बढेपछि समिति आफैं अग्रसर भएको हो। ‘कार्टेलिङ गर्ने पानी व्यवसायीविरुद्व सरकारले कस्तो कदम चालेको छ भनेर अनुगमनमा गएका हौं,' उपसमिति सदस्य राज्यलक्ष्मी श्रेष्ठले भनिन्, ‘तर सोचेजति प्रतिफल आउन सकेन।'
उपसमिति सदस्य मानन्धरले काठमाडौं जिल्ला प्रशासन कार्यालय एउटा डिपोमा सिलबन्दी गरेपछि चार दिनसम्म चुपचाप बसेको भन्दै यसलाई गैरजिम्मेवारीको उदाहरण भने। ‘यसले कार्टेलिङ गर्ने व्यवसायीलाई थप प्रोत्शाहन मिलेको छ,' उनले भने।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतम बजार संरक्षण अधिकृत नआएकोले दोषीमाथि कारबाही गर्न नसकेको बताउँछन्। ‘बजार संरक्षण अधिकृत वाणिज्य विभागले तोकेर पठाउनु पर्छ, अहिलेसम्म नआएकाले कारबाही प्रक्रिया अघि नबढेको हो,' उनले भने, ‘वाण्ज्यि विभागलाई बारम्बार फोन गरेर एकजना कर्मचारी पठाउन आग्रह गर्दा पनि सुनुवाइ भएको छैन।'
उपसमिति सदस्य मानन्धरले पहिला दोषीलाई पक्रन गौतमलाई निर्देशन दिए। ‘पहिले दोषी ठहरिएका व्यक्तिलाई पक्रनुस्,' उनले भने, ‘अनि कारबाही प्रक्रिया अगाडि बढछ।'
काठमाडौंको तुलनामा ललितपुर जिल्ला प्रशासन कार्यालयले काम कारबाहीलाई तदारुकतासाथ अघि बढाएको उपसमितिको निष्कर्ष छ। ‘ललितपुरले धेरै राम्रो काम गरेको छ,' सभापति शाहले भने, ‘ललितपुरका प्रमुख जिल्ला अधिकारी पानी कार्टेलिङ गर्ने व्यवसायीलाई कारबाही गर्नेतर्फ अगाडि बढेको देखियो।'
जिल्ला प्रशासन कार्यालय ललितपुरले दोषी आरोपित व्यवसायी र संस्थालाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न प्रहरीलाई पत्र काटिसकेको छ। काठमाडौं जिल्ला प्रशासनको सहयोग लिएर दोषीलाई पक्राउ आदेश दिइसकेको छ। एम इन्टरनेसनलले ललितपुरका विभिन्न तीन ठाउँमा स्टोर गरेर राखेको पानीमा समेत सिलबन्दी गरेको छ। उसले जिल्लाका पानी उद्योगमा छापा मारी नेपाल बोटल वाटर उद्योग संघ र एमले उपलब्ध गराएको स्टिकरसमेत जफत गरेको छ।
उपसमितिले सोमबार पुनः गृह सचिवलाई दोषीको पहिचान गरी कारबाही गर्न निर्देशन दिने तयारी गरेको छ। काठमाडौं जिल्ला प्रशासनले सन्तोषजनक काम नगरेपछि पुनः गृह सचिवलाई बोलाएर कारबाहीका लागि निर्देशन दिन लागेको सभापति शाहले जानकारी दिए। ‘दोस्रोपटक निर्देशन दिँदा पनि दोषीमाथि कारबाही हुन सकेन भने व्यवस्थापिका संसदमा कुरो उठाउने तयारीमा छौं,' उनले भने।